Showing posts with label मेरो रचना – गजलहरु. Show all posts
Showing posts with label मेरो रचना – गजलहरु. Show all posts

गजल-समयका धारहरु बडो क्रुर हुन्छन् -राम शरण श्रेष्ठ (Ghazal by Ram Sharan Shrestha) -18-11-2016

NepaliTalim | 3:46:00 PM | 0 comments

समयका धारहरु बडो क्रुर हुन्छन् त्यहि रेटिन्छन् जो बेकसुर हुन्छन् .. दुःखीहरु लाई झन् दुःखनै थपिदिने भगवान पनि साह्रै निष्ठुर हुन्छन् .. पैसाको भोक मेटाउनको लागि मान्छे किन यति आँतुर हुन्छन् .. बिज्ञानले जतिनै प्रगती गरेपनी मृत्युको अगाडी सबै मजबुर हुन्छन् राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप ।
16-07-2015

गजल-कोही आई दियो गुलाब बोकेर-राम शरण श्रेष्ठ

NepaliTalim | 2:24:00 PM | 1comments
जिन्दगी चल्दै थियो अभाव बोकेर
कोही आई दियो गुलाब कोकेर
..
एउटा प्रेमीको फेरी दिल टुटेछ
प्रेमिका फर्किई सराब बोकेर
...
मनको संन्तुलन कतिन्जेल रहला
सधैं हिँड्नुछ तनाब बोकेर
..
यो रामको मन जितेर छोड्यौनी
जब आयौ प्रेमको प्रस्ताब बोकेर
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 

ज्ञात अज्ञात शहीदहरू प्रति शमर्पित मेरा २ गजलहरू -शहीद दिवश विशेष (राम शरण श्रेष्ठ)

NepaliTalim | 3:16:00 PM | 0 comments
(राम शरण श्रेष्ठ

यो मेरो गजल ज्ञात अज्ञात सबै सहिदहरुप्रति समर्पित छ 

देशको लागि, मरेर जाने, शहीद लाई सलाम छ
स्वतन्त्र देशलाई, गरेर जाने, शहीद लाई सलाम छ
..
शान्तिको लागि, आहुति आफ्नै, अर्पेर देशलाई,
शान्तीको सन्देश, छरेर जाने, शहीद लाई सलाम छ
..
नेत्रित्व लिई, ईनकलापको, बन्दुकको अगाडि...
आन्दोलन शिक्षा, भरेर जाने, शहीद लाई सलाम छ
..
झुक्न नजान्ने, दमन बिरुद्द, शहासी ति शिर,
विजय पथमा, सरेर जाने, शहीद लाई सलाम छ
..
ढालेर गयौ, निरंकुस सक्ता, इतिहाँस रचेर,
शंकट देशको, हरेर जाने, शहीद लाई सलाम छ
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।
(मिति : २०६७ माघ १३, बिहिवार )

गजल  2 
ति जिउँदा मान्छे हुन्  शहीदहरु ।।
मुक्तिका उज्यालाजून शहीदहरु ।।
..
आहुती देशकोलागि सधैँ अपर्ने
हो तातो रगत खुन शहीदहरु ।।
..
अन्यायको विरुद्ध सधै बुलन्दित
अमर विजय धुन शहीदहरु ।।
..
ढलाएर निरंकुश, बचाएर देश
बनाएर गए कानुन शहीदहरु ।।
..
सालिकमा हैन नेपाली मनहरुमा
अमर भइकन बाँचुन शहीदहरु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
2069 माघ

दुबै गजलहरू गजल शब्द शरोवरमा बाचन भएका छन्
शब्द शरोबर : (15-10-2069/28-01-2013) - Download
http://chisapaninepal.blogspot.com/2013/01/15-10-206928-01-2013-download.html

गजल-हुन्छ पुरानै सिलसिला धोकाको (राम शरण श्रेष्ठ)

NepaliTalim | 5:46:00 PM | 0 comments
हुन्छ पुरानै सिलसिला धोकाको फस्दै नफस्नु जालमा आँखाको .. स्कूल जानुपर्नेमा काममा छन् खै के होला भविष्य यि बच्चाको .. हरेक वर्ष बजेट आउँछ देशमा तर भर छैन जनतालाई रक्षाको .. इतिहाँस पल्टाउँदा यस्तो सोच्छु लाग्छ राजनीति बन्दैछ हिंशाको । .. तिमी चित्त किन दुखाउँछौ साथी कसै कसैका मन हुन्छन् ढुंगाको राम शरण श्रेष्ठ चिसापानी, रामेछाप ।
20-Oct-2014

गजल-नपुग्ने कुराको मन गरियो _राम शरण श्रेष्ठ (14-03-2013)

NepaliTalim | 3:28:00 PM | 1comments
नपुग्ने कुराको मन गरियो ।
मुटुमा राखेर जतन गरियो । 
..
के देला र निर्जिब ढुङ्गाहरुले
पुजाआजा र भजन गरियो ।
..
बार्ताबाट निकास नआएपछी
बिरुद्धमा आन्दोलन गरियो ।
..
जिन्दगी विताउन भनेर नै
राजिनामा धड्कन गरियो ।
..
असली चरित्र थाहा नहुनाले
खराब मान्छेको चयन गरियो ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

गजलका फूलहरू -6 : (30-08-2013/2070-05-14) : Download  मा बाचन भएको

गजल-आभास सम्म थिएन हतारको (राम शरण श्रेष्ठ)

NepaliTalim | 4:14:00 PM | 0 comments
(राम शरण श्रेष्ठ)
आभास सम्म थिएन हतारको
कस्तो आदत यो इन्तजारको 
....
किन गाउँतिरका समस्याहरुमा
अँखा पुग्नै सकेन अखवारको
...
नराम्रो कुरा जतिनै लुकाएपनि
हल्ला हावा झैँ फैलिन्छ बजारको
....
बिरामी आजै मरिसकेको छन्
भोलि आउनेछ डाक्टर सरकारको
...
म जस्तै खुशी हुँदा दुखी हुँदा
पिउने बानी छ मेरो यारको
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप

गजल- ....लाग्न सक्छ -20-09-2015

NepaliTalim | 4:20:00 PM | 1comments
सबै ठिक सबै बेठिक लाग्न सक्छ
मेरो सत्रु उस्लाई मित लाग्न सक्छ
..
नचिने सम्म हरेक मान्छेका अनुहार
हेर्दा खेरी साहै सरिफ लाग्न सक्छ
...
मेरो प्रेम कथा पढ्यौ भने तिमीले
प्रेममा ज्यूदो सहिद लाग्न सक्छ
...
होसियार हुनु यो जमाना सँग पनि
यहाँ नखाएको विष लाग्न सक्छ
..
तिमी अब श्रृंगार गरेर ननिस्कनु
बाटोमा हेर्नेहरुको भिड लाग्न सक्छ
..
उस्का फोटाहरु नजलाई राखेको छु
पूरै विर्सन केही दिन लाग्न सक्छ
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
20-Sep-2015

के दशैं के तिहार , गरिवको घरमा-राम शरण श्रेष्ठ

NepaliTalim | 2:24:00 PM | 0 comments
के दशैं के तिहार, गरिवको घरमा ।।
दुःख हुन्छ अपरम्पार, गरिवको घरमा ।।

छोरा छोरी परिवार, पाहुना पुजापाठ
कसरि थेग्नु ब्यवहार, गरिबको घरमा ।।

घाँटी हेरी हाड निल्न, खोज्दा खोज्दै पनि
पर्छ धेरै ब्यय भार..., गरिवको घरमा ।।

हाँसि खुसि रमाएर.., पुग्दैन मनाउन
परिवार हुँदा नि चार, गरिवको घरमा ।।

मुल्य बृद्धि दिनदिनै, हुँदै गाछ नेपालमा
कमाईको छैन आधार, गरिवको घरमा ।।

नआएकै बेश बरु, दशै तिहार चाडहरु
अनिकालले पर्दा मार, गरिवको घरमा ।।

राहत लिँदै जनतामा, दशै र तिहारको
कहाँ पुग्छ र सरकार, गरिवको घरमा ।।

राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स
बडा नं. ६, तल्लो टोल
रामेछाप ।

गजल संगम (2069-07-22/07-11-2012) मा बाचन भएको

गजल-प्रेम रोग लागेपछी...(राम शरण श्रेष्ठ)

NepaliTalim | 3:04:00 PM | 0 comments
हुन्छ मान्छे पगल जस्तै प्रेम रोग लागेपछी
जग्राम बन्छन रात पनि यस्ले सिमा नागेपछी 
..
लाग्छ उनै सर्बस्वहो सुरु अन्त्य उसैबाट
नचाहेरै के हुन्छ र अत्मालेनै मागेपछी
..
छट्पटिनि तिब्र हुन्छ पलभर छुटिदिँदा 
मन हरु देह छोडी अन्त कतै भागेपछी 
..
यस्तो एउटा कसम बन्छ संगै ज्युने संगै मर्ने 
कसै प्रती सच्चा प्रेम यति धेरै जागेपछी 
राम शरण श्रेष्ठ

चिसापानी , रामेछाप 
रेडियो सर्लाहिको गजल संसार , गजलका शेरहरु र उज्यालोबाट प्रसारण हुने बुलबुल २९३ औ अंकमा  बाचन भएको गजल

गजल-अचम्म के भो र ....(राम शरण श्रेष्ठ)

NepaliTalim | 3:49:00 PM | 0 comments
मान्छे मरेर जान्छ, अचम्म के भो र 
फूल झरेर जान्छ, अचम्म के भो र 
...
हिजो सम्म अन्जान, जिन्दगीमा आई
चैन हरेर जान्छ, अचम्म के भो र  
..
दिनदिनै भेट हुँदा, विस्तारै विस्तारै
मन परेर जान्छ, अचम्म के भो र
..
मुटु भएपछि कोहि, बस्छ मायाँ हुन्छ
घात गरेर जान्छ, अचम्म के भो र
..
भट्टिमा टन्न , पिइकोहि कोहि
बोतल भरेर जान्छ, अचम्म के भो र ।।
..
आफू मरेर पनि, देशको लागि भन्दै
शन्देश छरेर जान्छ, अचम्म के भो र ।।
..
नौलो लागेन मलाई, युद्ध हुनु यहाँ
साँझ टरेर जान्छ, अचम्म के भो र ।।
राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप ।

2012,

Episode : 52 (यो साँझ यो सुबाश-25-12-2012) बाचन भएको

गजल- शान्तिका पक्षमा छन्

NepaliTalim | 11:43:00 AM | 1comments
यहाँ मनका आवाजहरु, शान्तिका पक्षमा छन्
तराई पहाड हिमालहरु, शान्तिका पक्षमा छन् 
..
युद्धका थुप्रै डोबहरु ति, अझैं पुरिएका छैनन् 
अबका दिन र रातहरु, शान्तिका पक्षमा छन्
..
प्रगतिको बाटो तिर, पाईल चाल्न एकजुटभै
भएभरका अभाबहरु, शान्तिका पक्षमा छन्
...
धर्म जातको नाममा हुने, विभाजन विरुद्ध ति
गीता नमाज कुरानहरु, शान्तिका पक्षमा छन्
..
युद्धमा ईतिहाँसहरु, एक पल्ट पल्टाई हेरौ
के बन्दुकका अभ्यासहरु, शान्तिका पक्षमा छन्
..
बम बोकेका विचारहरु, अब त्याग्न जरुरी छ
बुद्ध जिसस र रामहरु शान्तिका पक्षमा छन्
राम शरण श्रेष्ठ
चिसापानी–६, रामेछाप ।
23-Feb-2015


मेरा केही गजलहरू - राम शरण श्रेष्ठ (20-05-2015)

NepaliTalim | 1:41:00 PM | 0 comments
२०७२ बैशाख १२ गते महाँ विनाशकारि महाँ गएपछि लेखिएका केहि गजलहरु 

१.गजल
यो डरको बिमारी कहिले सम्म हो 
सधैं महामारी कहिले सम्म हो
...
बिज्ञानले पनि त बताउन सकेन
हल्ला हवादारी कहिले सम्म हो
..
जिन्दगी अघि बढाउनु पर्ने रहेछ
खाली आसु झारी कहिले सम्म हो
..
घर भत्केका छन् मन भत्केका छन्
त्रास अझै जारी कहिले सम्म हो
..
नियतीले नेपालीको भाग्य लेख्ने
दुखै दुख पारी कहिले सम्म हो
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप

बुलबुलको २९७ श्रृंखलामा बाचन भएको गजल -20-05-2015

२.गजल
मनको घर भत्कियो आफ्नै आँखा अगाडी
सिङ्गो सहर भत्कियो आफ्नै आँखा अगाडी
..
परिश्रममि हातले ठड्याईएका धरोहर 
जग र चर भत्कियो आफ्नै आँखा अगाडी
..
उस्ले पनि छोडेर गइन नाता तोडेर
मायाँको भर भत्कियो आफ्नै आँखा अगाडी
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

बिभिन्न एफ एम हरूमा बाचन भएका मेरा ७ गजलहरू (राम शरण श्रेष्ठ)-16-02-2015

NepaliTalim | 12:33:00 PM | 0 comments
१. गजल 
नसुनेझैं गर्छ... शिंहदरवारले ।  
यो वस्तिलाई विर्सेछ सर्कारले ।

आफ्नो गाउँ लाइ आफै बनाउन 
जाग जनता.. भन्दैछ हतारले ।

आज पिइन्छ खुब पिइन्छ पक्कै 
बषौं पछि बोलाएको छ यारले ।

गुणस्तरले भन्दा बढी प्रभाव 
बिक्रीमा पर्दोरैछ उपहारले ।

गरिबको सन्तान डाक्टर भएमा 
यहाँका रोगी बाँच्थे उपचारले ।

धेरै पाठ पढाएकोछ 'राम'लाई 
कसैको धेकैधोका अनि प्यारले । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
21-June-2013
स्मृतिका पानामा बाचन भएको : स्मृतिका पाना (2071-05-09/23-08-2014)

२. गजल 
 मुटु भित्र सिंहाशनमा, बसाउँकी हजुरलाई ।।
प्रेम पत्र रातो गुलाफ, पठाउँकी हजुरलाई ।।

लुकि छिपी दिल भित्र, पसुँ पसुँ लाग्यो आज
कि त आई मनको कुरा, बताउँकी हजुरलाई ।।

मनै हर्ने मुस्कान सँगै, नजर हाना हान भयो
नजर बाटै ईसाराले, मनाउँकी हजुरलाई ।।

किन किन आजभोली, उसैलाई भेटुँ लाग्छ
मुटु झिकी टक्राएर, चढाउँकी हजुरलाई ।।

मायाँ छ कि छैन भन, यता जस्तै उता पनि
आफू जस्तै पागल प्रेमी, बनाउँकी हजुरलाई ।।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

10-Feb-2012
Sirjanako Suseliharuma Bachan Bhayeko


३. गजल 
चुपचाप चुपचाप आँखाबाटै
चलिरह्यो बार्तालाप आँखाबाटै

उताबाट निरन्तर गरेर प्रहार
गरिदियो सखाप आँखाबाटै

यसरी गरेपछि जुलम म मा
मैले नि गरे पाप आँखाबाटै

थमाइ गुलाब अनि धड्कनको
लिइएको थियो माप आँखाबाटै

मेरो हजुरले मलाई फसाउन
थाप्नुभयो धराप आँखाबाटै

यो 'रामले' अब हजुरलाइ आफ्नो 
बनाउँछ मैसाप आँखाबाटै
राम शरण श्रेष्ठ
(मनको आँखाबाट मनको आँखाहुँदै मुटु सम्म दस्तक दिनेहरुलाई सलामी यो गजल मार्फत )

४. गजल 
मिलिरह्यो हरदिन ठक्करहरु
रहरमै सिमित भो रहरहरु

तिमी हामी पूजा गछौं र पो
भगवान बनेकाछन् पत्थरहरु

सहरमैछ सुविधार पैसापानी
गाउँतिर आउँदैनन् डाक्टरहरु

तिमी बिना त सोचेकै थिएन
अब कसरी गरौखै सफरहरु

यो दुनियाँ पनि सुन्दर लाग्नेछ
फूलका आँखा बनाए नजरहरु
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप

गजल बिम्ब (2071-08-11/27-11-2014) 



५. गजल 
छध्म भेष धारी कति हुन्छन हुन्छन
प्रेमका ब्यापारी कति हुन्छ्न हुन्छ्न
..
आफैलाइ देउता भन्दा पनि ठुलो
सम्झने पुजारी कति हुन्छन हुन्छन
..
माया एउटा संग हुन्छ हुने बेला
नजरको जुहारी कति हुन्छन हुन्छन
..
कौडी झार्दैनन आपदको बेला
धनवान् भिकारी कति हुन्छन हुन्छन
..
तिमी धेरै भाउ नखोजेनी हुन्छ
रामका पियारी कति हुन्छन हुन्छन
राम शरण श्रेष्ठ
चिसापनी रामेछाप
01-01-2015
यो साँझ यो सुबासको १२८ औं श्रृंखलामा बाचन भएको गजल -13-01-2015

६ गजल 
उ आगो बनेको, हुनाले सखापभो ।
र माया गरेको, हुनाले सखापभो । 
.................
उ मान्छे हिजोसम्म साह्रै मिजासी
घमन्डै बढेको, हुनाले सखापभो ।
...............
म रोगी हजुरको, दबाई हजुरनै
भनेरै बसेको, हुनाले सखापभो । 
...............
उज्यालो दिने काम गर्दा म गर्दै 
दियौभै बलेको, हुनाले सखापभो । 
...............
बनायो खडेरी, यता 'राम' दाई 
मनैपो टुटेको हुनाले सखापभो । 
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 
सुत्र : बहरे मुतकारिव 

७. गजल 
बोईजत यो देशको कति गर्छौ नेता
सिध्याई ढुकुटी पेट कति भर्छौ नेता
...
भो अब पुग्यो झुठा आस्वासन हरु
जनतामा भ्रमैभ्रम कति छर्छौ नेता
..
आफूलाई ठान्छौ कानुनकै बाउ
विरुद्ध बोले स्वर कति हर्छौ नेता
..
न गर्छौ आफू न गर्न दिन्छौ
पाउमै बिदेशिको कति पर्छौ नेता
..
न देशको मतलब न जनताको
नैतिकतामै तल कति झर्छौ नेता
..
चाहिन्छ देशलाई एक सच्चा भक्त
बनाउन देश पछि कति सर्छौ नेता
२०१० नेभोम्बर,
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप



गजल- प्रेम पत्र रातो गुलाफ, पठाउँकी हजुरलाई (राम शरण श्रेष्ठ)

NepaliTalim | 4:26:00 PM | 0 comments
मुटु भित्र सिंहाशनमा, बसाउँकी हजुरलाई ।।
प्रेम पत्र रातो गुलाफ, पठाउँकी हजुरलाई ।।

लुकि छिपी दिल भित्र, पसुँ पसुँ लाग्यो आज
कि त आई मनको कुरा, बताउँकी हजुरलाई ।।

मनै हर्ने मुस्कान सँगै, नजर हाना हान भयो
नजर बाटै ईसाराले, मनाउँकी हजुरलाई ।।

किन किन आजभोली, उसैलाई भेटुँ लाग्छ
मुटु झिकी टक्राएर, चढाउँकी हजुरलाई ।।

मायाँ छ कि छैन भन, यता जस्तै उता पनि
आफू जस्तै पागल प्रेमी, बनाउँकी हजुरलाई ।।
Copyright :
With Gazalkar
राम शरण श्रेष्ठ
चिसापानी-6, रामेछाप
http://chisapaninepal.blogspot.com/

बिभिन्न एफ एमहरूमा प्रशारण भएका मेरा ५ गलहरू (राम शरण श्रेष्ठ)

NepaliTalim | 11:45:00 AM | 0 comments
१. गजल एक
हुन्छ मान्छे पागल जस्तै, प्रेम रोग लागेपछी ।। 
जाग्राम बन्छन् रातपनि, यस्ले सिमा नागेपछी ।।

लाग्छ उ नै सर्बस्व हो, सुरु अन्त्य असैबाट 
नचाहेर के हुन्छ र, आत्माले नै मागेपछी ।।

छट्पटी नि तिब्र हुन्छ, पलभर छुटिदिंदा 
मनहरु देह छोडी, अन्तकतै भागेपछी ।।

एउटा यस्तो कसम बन्छ, संगै जिउने संगै मर्ने 
कसैप्रति सच्चाप्रेम, यतिधेरै जागेपछी ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

गजलका शेरहरूमा प्रशारणा भएको
गजलका फूलहरू -9 : (20-09-2013/2070-06-04) प्रशारण भएको


२. गजल  दुइ
मेसिन जस्तै जस्तै शरिरहरु 
तर पनि थपिन्छन् पिरहरु 

कहाँ सुरक्षित छन् र यहाँ 
भगवान बस्ने मंन्दिरहरु 

शान्ति फर्काउन लडेका ती
शालिकमा बदलिए वीरहरु 

स्वभिमानको लागि नारा दिइन्छ 
अन्तमा काटिन्छन् शिरहरु

नेपाली बेरोजगारहरुको लागि
खाडीमा कुरिरहेछन् जागिरहरु

श्रमिकको पसिनामा टेकेर यी
मज्जा लुटिरहेछन् अमिरहरु

बिच सफरमा छोडिजानेको
बाँकी त्यै याद र तस्विरहरु
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेृछाप
एनएफएमको त्रिबेणीमा बाचन भएको गजल


३. गजल तिन
भएरै निरास कति बस्नुहुन्छ
माइतिकै पास कति बस्नुहुन्छ

मिलेरै गरौला सफर भोलीदेखी
थुपार्दै आश कति बस्नुहुन्छ ।

लेखौला मिलेर कथा जिन्दगीको
पढ्दै उपन्यास कति बस्नुहुन्छ ।

रहरमै रहेका रहर र समय
गरेर नास कति बस्नुहुन्छ

कहिल्यै नझुक्ने यो 'राम' पनि
भैदियो दास कति बस्नुहुन्छ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 
New Bulbul Episode 40

४. गजल चार
चुपचाप चुपचाप आँखाबाटै
चलिरह्यो बार्तालाप आँखाबाटै

उताबाट निरन्तर गरेर प्रहार
गरिदियो सखाप आँखाबाटै

यसरी गरेपछि जुलम म मा
मैले नि गरे पाप आँखाबाटै

थमार्इ गुलाब अनि धड्कनको
लिइएको थियो माप आँखाबाटै

मेरो हजुरले मलाई फसाउन
थाप्नुभयो धराप आँखाबाटै

यो रामले अब हजुर्लाइ अफ्नो
बनाउछ मैसाप आँखाबाटै
राम शरण श्रेष्ठ

चिसापानी ६, रामेछाप
गजलका फूलहरु श्रृंखला ४९ मा बाचन भएको छ ।

५. गजल पाँच 
तिमी यता आउनु अगाडी सब ठिक थियो ।
आँखा ति झिम्क्याउनु अगाडी सब ठिक थियो ।

पहिलो पल्ट भेटघाट हुँदा खेरी स्वागतमा
फूलहरु बिछ्याउनु अगाडी सब ठिक थियो ।

त्यसै राम्री मान्छे तिमी झनै श्रृगार गरिगरि
पाउजु त्यो बजाउनु अगाडी सब ठिक थियो ।

अपराध केही गरुँ गरुँ लागिरहेको छ
उस्ले गजल सुनाउनु अगाडी सब ठिक थियो ।

यादहरुको एटम बम बिस्फोटन गराएर
आतंक यो मच्चाउनु अगाडी सब ठिक थियो

आफ्नो नाम सँगै मेरो नाम 'राम' राखी
प्रेमपत्र पठाउनु अगाडी सब ठिक थियो ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
Bulbul Episode 256  मा सुरूमा बाचन भएको

गजल-तिमी यता आउनु अगाडी सब ठिक थियो

NepaliTalim | 9:14:00 AM | 0 comments
Ram Sharan Shrestha
तिमी यता आउनु अगाडी सब ठिक थियो । 
आँखा ति झिम्क्याउनु अगाडी सब ठिक थियो । 

पहिलो पल्ट भेटघाट हुँदा खेरी स्वागतमा 
फूलहरु बिछ्याउनु अगाडी सब ठिक थियो ।

त्यसै राम्री मान्छे तिमी झनै श्रृगार गरिगरि 
पाउजु त्यो बजाउनु अगाडी सब ठिक थियो ।

अपराध केही गरुँ गरुँ लागिरहेको छ
उस्ले गजल सुनाउनु अगाडी सब ठिक थियो ।

यादहरुको एटम बम बिस्फोटन गराएर
आतंक यो मच्चाउनु अगाडी सब ठिक थियो

आफ्नो नाम सँगै मेरो नाम 'राम' राखी
प्रेमपत्र पठाउनु अगाडी सब ठिक थियो ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

बुधवारीय बुलबुलको श्रृंखला २५६ मा बाचन भएको
Listen Bulbul Episode 256 : Click Here

गजल-चलिरह्यो बार्तालाप आँखाबाटै (राम शरण श्रेष्ठ)

NepaliTalim | 9:42:00 AM | 0 comments
Ram
चुपचाप चुपचाप आँखाबाटै
चलिरह्यो बार्तालाप आँखाबाटै
..
उताबाट निरन्तर गरेर प्रहार
गरिदियो सखाप आँखाबाटै
..
यसरी गरेपछि जुलम म मा
मैले नि गरे पाप आँखाबाटै
..
थमार्इ गुलाब अनि धड्कनको
लिइएको थियो माप आँखाबाटै
..
मेरो हजुरले मलाई फसाउन
थाप्नुभयो धराप आँखाबाटै
..
यो रामले अब हजुर्लाइ अफ्नो
बनाउछ मैसाप आँखाबाटै
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
बाचन भएको
नयाँ बुलबुल new bulbul 51 
Yo sanjh Yo Subash 107

मन पर्ने लाई गुलाब जरुर दिनुहोला

NepaliTalim | 10:31:00 AM | 0 comments
मन पर्ने लाई गुलाब जरुर दिनुहोला । 
मायाँ गर्ने लाई गुलाब जरुर दिनुहोला ।  

आज भन्दा भोली मायाँ बढ्दैबढ्दै जान्छ 
चैन हर्ने लाई गुलाब जरुर दिनुहोला । 

तपाइसँगै उभिएर जिन्दगीको युग्द
लड्न सर्ने लाई गुलाब जरुर दिनुहोला ।

सुरु अन्त जिन्दगीको तपाईलाई मानी
भर पर्ने लाई गुलाब जरुर दिनुहोला ।

मुटु धड्कन ढुकढुकीमा नाम लेखिदिई
खुसी छर्ने लाई गुलाब जरुर दिनुहोला ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

11-Feb-2014

आँखा हुँदैमा, देख्दैनन् सबैले

NepaliTalim | 4:12:00 PM | 0 comments
आँखा हुँदैमा, देख्दैनन् सबैले ।
पूरा आत्मा यो, बुझ्दैनन् सबैले ।

उस्को मुटुमा, अर्कौ पो रहेछ
मान्छे चाहेको, भेट्दैनन्  सबैले ।

मान्छे ढुङ्गाको,बनेर केगर्नु
यहाँ देउता, पुज्दैनन्  सबैले ।

ज्यान कसैले, बेचेर गएछ
बस्तु खराब, किन्दैनन्  सबैले ।

'राम' जपेर, चल्दैन गुजारा
लाश जिन्दगी, बाँच्दैनन्  सबैले ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
नभज्योति एफ एमको गजल बिम्बमा बाचन भएको गजल

कोही गर्दैछन्, खुब हमलाहरु

NepaliTalim | 10:43:00 AM | 0 comments
कोही गर्दैछन्, खुब हमलाहरु । 
भाँड्नलाइ सब यि एकताहरु ।  

केके चित्त बुझेन, आज आएर 
आन्दोलनमा देख्दैछु मोर्चाहरु । 

सरकारी हाकिमका, काला कर्तुत
हो छेकिदिन्छन्, मिलेर पर्दाहरु । 

देशका दुष्मन, नकाब लाएर 
बसेकाछन् जमाएर अखडाहरु ।

कहिल्यै बुझेनन् जनताका कुरा
बसिरहेछन् कुर्चिमा अन्धाहरु ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
18-Aug-2013

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger