मुक्तकहरू - साथमा तिहार विशेष २ मुक्तकहरू पनि - राम शरण श्रेष्ठ

Ram | 11:15:00 AM | 0 comments















सयपत्री गोदावरी, फूल्छ होला मेरो देशमा ।।
देशै भरि दिपावली, हुन्छ होला मेरो देशमा ।।
म यता विदेशमा, रुदै होलीन् दिदि वहिनी
कति मन तिहारमा, दुख्छ होला मेरो देशमा ।।
6th Oct 2012
राम शरण श्रेष्ठ
चिसापानी,रामेछाप
..
विदेशमै बस्यौ दाजै, तिहार गयो त्यसै ।।
इश्वरलेनी नसुनेको पुकार गयो त्यसै ।।
मखमली सयपत्री सुकिगयो सप्तरंङ्गी 
मेरो खाली हात तिम्रो निधार गयो त्यसै ।।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप ।।
17th Nov 2012
खै मान्छे आत्मा हो कि शरिर 
कता जान्छ होला मरेर आखिर 
के मृत्यु पछि पनि जिन्दगी होला 
आत्मा मर्दैन भने किन लाग्छ पिर 
राम शरण श्रेष्ठ
30-Oct-2014
हुनेछु यति बेखबर सोचकै थिएन । 
तिमी सँगको सफर सोचेकै थिएन ।
म आफ्नै धुनमा हिँडिरकेको थिएँ 
देला गुलाबले ठक्कर सोचेकै थिएन । 
राम शरण श्रेष्ठ
30-Oct-2013
नकाब पछाडी अनुहार भिन्दै छ । 
बास्तबमा उस्को विचार भिन्दै छ। 
जे देखिन्छ उ त्यस्तौ हुँदै हैन 
पर्दा पछाडी सुरसार भिन्दै छ । 
राम शरण श्रेष्ठ
30-Oct-2013
नबनेका जोडिहरु होलान् कतिकति 
कहाँ हुन्छ सचेजस्तै सधै सहमती । 
जिन्दगीका बाटाभरी सधै काँडै काँडा
समयले पनि सधै दिन्छ किन क्षती ।
राम शरण श्रेष्ठ
30-Oct-2013
चालकको लापरबाहिले दुर्घटना हुन्छ । 
अनि निर्दोशको मृत्यु सँग सामना हुन्छ । 
जाँड रक्सि खराब हुन् पिउँदै नप्यूनु
नत्र मृत्युको भयानक यातना हुन्छ । 
राम शरण श्रेष्ठ
30-Oct-2013
यो दुनियाँ रहुन्जेल पृथ्वी रहुन्जेल । 
चन्द्र सुर्य अनि जिन्दगी रहुन्जेल । 
यो समयले जुन कुनामा लगेपनी 
नेपाली नै रहनेछु ढुकढुकी रहुन्जेल । 
राम शरण श्रेष्ठ
30-Oct-2013

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger