यादहरु पनि पालै पालो आउन थाले
आज फेरी बिगतले सताउन थाले
..
आफ्नाहरु नभएकोमा पछुतो छैन
यी सबै आफ्ना हुन्छन् कमाउन थाले
..
फूलले बिझाउन थालेपछी मुटु भित्र
काँडा टेक्दा पैताला मुस्कुराउन थाले
..
हो रहेछ बा जिन्दगी कठिननै रहेछ
मन परेकै जुक्ताले खुट्टा दुखाउन थाले
लक्ष्मी श्रेष्ठ
मंन्थली ८, चिसापानी, रामेछाप
गजलको कार्यक्रम बुलबुलको अंक ८१ मा बाचन भएको
गजल- यादहरु पनि पालै पालो आउन थाले (लक्ष्मी श्रेष्ठ) -2082-01-25
गजल- दुःख मेरै हो दर्द मेरै हो उनले दिएका यी चोट मेरै हो (शब्दको खेलाडी )
दुःख मेरै हो दर्द मेरै हो ,उनले दिएका यी चोट मेरै हो
संका मेरै हो रिस मेरै हो ,नभएका पनि खोट मेरै हो।।
..
कहदै छु म मेरा कहानी कोर्दै एउटा निरस गजल
कलम मेरै हो शब्द मेरै हो, मायाको चिनो कोट मेरै हो।।
..
पारी बनमा गुराँस फुल्दा कोसेली आउँथे थुँङ्गा
सुवास मेरै हो रङ्ग मेरै हो,सिंचाइ नगरेका बोट मेरै हो।।
..
नभएको होइन इच्छा बन्ने अटुट जीवनसाथी
आश मेरै हो सास मेरै हो,हैसियतले नपाएका भोट मेरै हो।।
..
मन मिले पनि अकुत धन नभए पछि साथमा
हार मेरै हो प्रहार मेरै हो,विकल्पमा टाढिने अठोट मेरै हो।।
शब्दको खेलाडी ✍️
विराटनगर 6
गजलकार एच.एल. गौतमको तिज विशेष गजल - 09-08-2023
गर्दै छौ त....के तयारी? यो सालको तिजमा...!!
वर्त पुजा राखी हौली...,वाधा अड़्चन हर्न...!
देवी देउता खुशी पारी, यो सालको तिजमा...!!
मेरी सानु कती राम्री, देखीन्छ्यौ खै कुन्नी ...!
सिन्दुर पोते, लाई सारी.. यो सालको तिजमा...!!
भित्री मनमा गुम्सिएका, पिड़ा पन्छाएर...!
दु:ख पिरलाई लाउनु आरी,यो सालको तिजमा ...!!
जे माग्ने छौ त्यही दीन, सम्भव भयो भने...!
ल्याई दीनेछु तारा झारी, यो सालको तिजमा...!!
रमाउने छौ मिली-जुली, आउने महान चाड़मा...!
एक जुट् भई नर र.. नारी यो सालको तिजमा...!!
[[2"केछ विचार? भन प्यारी, यो सालको तिजमा..!!
गर्दै छौ त....के तयारी? यो सालको तिजमा...2"]]
सर्जक- एच.एल. गौतम
(अर्घाखाची) खनदह3!
हाल- भारत।।
गजल-मेरो पनि दिल छ दुख्छ रिसाउन सक्छु (लक्ष्मी श्रेष्ठ)- १७ चैत्र २०७९ (Ghazal by Laxmi Shrestha)
सहरे दोलखाका गजलकार रोशन खड्काको १० गजलहरु (10 ghazals by Roshan Khadka from Khahare Dolakha)-30-03-2023
गाउ घर फर्की अब टोल बनाउँछु।
युवाहरु जुट्नु पर्ने माहोल बनाउँछु।
बस्दिन म प्रवासमा फर्की आफ्नै देश,
कोका कोला पेप्सी जस्तै झोल बनाउँछु।
आफ्नै बन पाखाको कपास बटुलेर,
म शिरक बनाउँछु खोल बनाउँछु।
स्वदेशमै सबै थोक उत्पादन गरी,
किसानलाई सुहाउने मोल बनाउँछु।
जस्ले मेरो स्वर्ग जसतो घर बिगार्यो,
हेर्नुस् तेस्को पनी डामाडोल बनाउँछु।
रोशन खड्का,
सहरे दोलखा।
२. गजल
तिमी मेरो जिन्दगीमा खोट बनि रह्यौ।
विना सित्ती मुटू भित्र चोट बनि रह्यौ।
फिरतीलाई तराजूमा जोखी हिड्यौ कठै!।
अनि आज बहु मुल्य नोट बनि रह्यौ।
खडेरीको झार जस्तै नासिदा जिन्दगी।
अर्कै एक बसन्तको बोट बनी रह्यौ।
विना काल मरौँ भने मर्न सकिएन।
जेन-तेन बाँच्नै पर्ने अठोट बनि रह्यौ।
जिन्दगीले दुख रोज्यों मैंले पनी तेही।
सुख भन्नू तिमी थ्यौ विछोट बनी रह्यौ।
@रोशन खड्का।
सहरे दोलखा।
३. गजल
म भन्दा'नी धनी केटा पायौ भने विहे गर्नू।
अन्त कतै चोखो मायाँ लायौ भने विहे गर्नू।
बाध्यताले गर्दा म त गाउँ छोडी हिडेको छु।
म नआई , सिँउँदो भर्न चायौ भने विहे गर्नू।
अति सुन्दर् रङ्ग थियो रेशमीले बनेको थ्यो।
अर्कैलाई त्यो पछ्यौरी ओ-ढायौ भने विहे गर्नू।
बाँसुरीमा मेरो धुन बज्दा नाच्थ्यौ रमाउँथ्यौ।
आज बेग्लै धुन् सित र-मायौ भने बिहे गर्नू।
हल्लाहरु सुनेको छु भाव-विह्वल् भा'की छ्यौ रे!
उसकै यादमा नयन् रु-झायौ भने विहे गर्नू।
गोधुलीमा डुबेको घाम् विहान् न'भै देखीदैन।
साच्चै *रोशन्*बाट धोका खायौ भने विहे गर्नू।
रोशन खड्का
सहरे दोलखा।
४. गजल
सुन्दर फूल फूली रहोस् तिम्रो दिल्को बगानमा।
थोरै ल्याई चढाई दिनू मेरो चिता चिहानमा।
डिग्री रह्यो सिरानीमै काम कतै भेटिएन।
विदेश् जाउँ भने सित्तै लादैन रे! विमानमा।
याद् आउँदा मेरी प्रिया हेर्दी हुन कहिले काहीँ।
एक तस्वीर छोडेको छु उनी सुत्ने सिरानमा।
बाह्र बर्षे आन्दोलनमा लड्दा लड्दै 'बाबा' विते।
आमा ढलीन् मझेरीमा लास आयो दलानमा।
व्यर्थै भयो फूल अक्षता चढाउनू देवतालाई।
ईस्वर हुँदा रहेनछन् मन्दिरको चट्टानमा।
रोशन खड्का।
सहरे दोलखा।
५. गजल
हात्को गुलाब् हातमै रह्यो तिमी आईनौ।
आशुँ झर्यो पातमै रह्यो तिमी आइनौ।
युगौँ देखी चोखो मायाँ साँचे पनी मैंले।
अछुत् मेरो जातमै रह्यो तिमी आईनौ।
प्रणयको शुभ्- संन्ध्या भेट्न आउँछु भन्थ्यौ।
आखिर् वात वातमै रह्यो तिमी आईनौ।
तिमीलाई भनी मैंले उपहार् साँचेको थे।
साथ्मा थियो साथमै रह्यो तिमी आईनौ।
हुलै हुलको विच्मा पनी एक्लै भएँ म,
दिन'नी मेरो रातमै रह्यो तिमी आईनौ।
रोशन खड्का।
सहरे दोलखा
६. गजल
संघार' नाघी घर भित्र पस भन्न सकिन।
उनिलाई आज मैले बस भन्न सकिन।
धेरै पछी अनायासै आगनीमैं भेटेथेँ।
आसुँ बनिन् नयनमा खस भन्न सकिन।
गला भरी पोते थिए सिउँदोमा सिन्दूर थ्यो।
तेसैले बाहु पासमा कस भन्न सकिन।
होलीकाको प्रसाद् भन्थी, हात्मा रातो रङ्ग थ्यो।
आउ प्रिय लाउ मधू:रस भन्न सकिन।
धेरै कुरा साचेको थेँ उनिलाई भन्छु भनी।
अचानक् मुटू काँप्यो क्रमश: भन्न सकिन।
रोशन खड्का
सहरे दोलखा
७. गजल
नौलो कथा बोकेको छ मेरो खास जिन्दगीले।
र त! लिन सकेन याहाँ अबकास जिन्दगीले।
यौटा साथी भेटेको थेँ उकालीमा उतै रह्यो।
उनिलाई त दिई रह्यो मधुमास जिन्दगीले।
बेग्ला बेग्लै बनेको छ उन्को मेरो जीवन् शैली।
महलमा र झुपडीको दियो वास जिन्दगीले।
बाँच्नै पर्दो रैछ आखिर जति मुटू दुखे पनी।
भट्टी भित्र दिन चर्या रोज्यो तास जिन्दगीले।
जब मलाई सड़क पनी घर जस्तै लाग्न थाल्यो।
फर्की हेर्न चाहेन याहाँ ईतिहास जिन्दगीले।
रोशन दोलखा
सहरे दोलखा।
८. गजल
'ऊ'जितेर गई म हारेर आएँ,
पथ्थरमा मुटु बझारेर आएँ ।
कमजोर प्यून कहाँ छु र म?
बोतललाई खाली पारेर आएँ।
भक्कानो परि नरुनू आमा,
बा-को हिसाब उतारेर आएँ।
वैरीले सिमा मिचेको ठाउमा,
राष्ट्रिय झण्डा सारेर आएँ।
हत्यारो 'रोशन' भनेनी भनून्।
यौटा देश द्रोही मारेर आएँ।
रोशन खड्का
सहरे दोलखा।
९. गजल
मान्छे मान्छेका कहानी बेग्लै हुदो रहेछ।
जीवन् सैली आनी-बानी वेग्लै हुदो रहेछ।
हिजो हाम्ले केही रात सँग्-सँगै काटेपनी।
धन् दौलतको सिरानी बेग्लै हुदो रहेछ।
धेरै मायाँ गर्दा रैछन् छोडी जाने मान्छेहरु।
तेसैले त जिन्दगानी बेग्लै हुदो हदो रहेछ।
प्रायः मेरो हातमा बोतल् हुन्छ। तास हुन्छ।
जी'रहनूको मर्दानी बेग्लै हुँदो रहेछ।
समयको गती संगै यात्रा गर्न नजान्दा।
गन्तव्यको निशानी वेग्लै हुँदो रहेछ ।
रोशन खड्का
सहरे दोलखा।
१०.गजल
जिन्दगी गुजार्न तेती सजिलो हुदैन।
विग्रेसी सुधार्न तेती सजिलो हुदैन।
यदि तिम्ले चोखो माया गरेकी छ्यौ भने।
अरुले विगार्न तेती सजिलो हुदैन।
मैले सारा जिवन् जगत् अर्पी सकेको छु।
तिमीले नकार्न तेती सजिलो हुदैन।
दुर्गन्धले भरिएको हाम्रो राजनिती।
सजिलै बढार्न तेती सजिलो हुदैन।
युवालाई वालुटार् पठाउँ भने पनी ।
यि नेता पछार्न तेती सजिलो हुदैन।
विना सित्ती शहरमा किन ढोल् पिटीन्छ?
*रोशन*लाई मार्न तेती सजिलो हुदैन।
रोशन खड्का
सहरे दोलखा।
रामेछापका गजलकार दिनेश खत्री एकल यात्रीका ५ गजलहरु (5 Ghazals by Dinesh Khatri Ekalyatri from Ramechhap)-30-03-2023
बिहान बेलुका जसोतसो चुलो त बलिरहेको छ
बाँच्नकै निम्ति भने पनि यति संङघर्ष गर्नु परेको
संङ्घर्ष रह्यो जिन्दगी त्यसै भाग्यले छलिरहेको छ
दुख त कति हुन कति दुनियाँ रैति बनी हेरिरहेछ
बाहिर जस्तो देखेपनि भित्र मेरो मन जलिरहेकोछ
देख्छ उसले म ठाडो उभिएको मात्र सोच्दैन कि
भित्र भित्र खाक्रो बनाई यहाँ जिउँदै ढलिरहेको छ
लाग्छ जिन्दगी मलाई बिहान बेलुका मात्र हजुर
दिनको घाम अनि रातमा जुन पनि गलिरहेको छ
दिनेश खत्री एकल यात्री
मन्थली नं।पा १३ रामेछाप
हाल, अफ्रिकी कंगो
२. गजल
शुभ बिहानी संगै मेरो दिनचर्या त चलिरहेको छ
बिहान बेलुका जसोतसो चुलो त बलिरहेको छ
बाँच्नकै निम्ति भने पनि यति संङघर्ष गर्नु परेको
संङ्घर्ष रह्यो जिन्दगी त्यसै भाग्यले छलिरहेको छ
दुख त कति हुन कति दुनियाँ रैति बनी हेरिरहेछ
बाहिर जस्तो देखेपनि भित्र मेरो मन जलिरहेकोछ
देख्छ उसले म ठाडो उभिएको मात्र सोच्दैन कि
भित्र भित्र खाक्रो बनाई यहाँ जिउँदै ढलिरहेको छ
लाग्छ जिन्दगी मलाई बिहान बेलुका मात्र हजुर
दिनको घाम अनि रातमा जुन पनि गलिरहेको छ
दिनेश खत्री एकल यात्री
मन्थली नं।पा १३ रामेछाप
हाल, अफ्रिकी कंगो
३. गजल
दिन ढल्यो आज उसै रात पनि ढल्दै छ
मन गल्यो आज उसै पन पनि गल्दै छ
जलोस जिन्दगीमा के( के जल्ने हो मेरो
खुन जल्यो आज उसै मुटु पनि जल्दै छ
काटे रगत रातो हुन्छ किन भयो बिभेद
श्रम चल्यो उसको बल्ल पानी चल्दै छ
आवज मेरो बन्द भयो सुन्ने कोहीँ भए
उसले सुन्यो बल्ल अब कसले सुन्दै छ
राख्नु छ भने ईमान सधै भरि यसै गरी
बगैंचामा फुलायो फुलहरु फेरि फुल्दै छ
निषेध गर्यो उसले, बनायो बन्धक हजुर
सबको खुल्यो ईतिहास बिस्तारै खुल्दै छ
दिनेश खत्री एकल यात्री
मन्थली नं।पा १३ रामेछाप
हाल, अफ्रिकी कंगो
४. गजल
जीवन भर्नु छ यहि हातले सुन्दर फुल झै
बगाएर पसिना देशमै बनाउनु छ मुल झै
नभएको हैन भएर पनि भिक मागिरहेछ
कैले बिकास हुन्छ जोडेर नदिको पुल झै
राखेर बाँझो खेत र बारी बन्द गरेर ढोका
लस्कर लागेर हिडेको छ बांदरको हुल झै
बनाउनु छ भन्छौ सम्बृद्वी यहाँ खै कसरि
हिड्छौ परदेश किन सम्झि आफ्नै कुल झै
बेचेर के पायो पसिना,जीवन उतै सकायो
अनि कहानी बनेर बस्यो मनमा चुलवुल झै
दिनेश खत्री एकल यात्री
मन्थली नं।पा १३ रामेछाप
हाल, अफ्रिकी कंगो
५. गजल
हेर्दा कोही कोही मानिस हैन दानव लाग्छ
यो वलिदानमा उसको भन्नू पर्दा के त्याग्छ
चिहानबाट पनि सलवलाएर यहाँ सबै सबै
मरेका भुत प्रेत आत्माहरू फेरि किन जाग्छ
य मनुवा मानवलाई किन भ्रम छर्दैछौ यहाँ
तिम्रा बक्रे बखानको पछि त कसले समात्छ
लाग्दो हो तिम्रो चाकडीको मालिक भगवान
तर परिवर्तन लाई गिजालेर के खिचडी पाक्छ
परिवर्तन गर्ने हो आंफै बाजा बजाएर आउदैन
त्यहीँ गर्व गर मनुवा ब्याज खाएर स्याज ताक्छ
कुर्लिनलाई कुर्ल कुर्लिनलाई पनि त छुट नै छ
यस्तै कुमतिमा यहाँ सारा जन्ता त्यसै भाड्छ
दिनेश खत्री एकल यात्री
मन्थली नं।पा १३ रामेछाप
हाल, अफ्रिकी कंगो
गजलकार तेजनाथ दंगालकाे गजल- परदेश जाने यो मेरो ठहर भयो
परदेश जाने यो मेरो ठहर भयो
जीवन धान्न यहाँ सधैं कहर भयो ।
लालपुर्जा साहुको बन्दकिमा पर्या छ
त्यसैले घुट्को पानी पनि जहर भयो ।
काम खोजौ यहाँ पाउन गाह्रो भयो
एक छाक सितो देख्न पनि रहर भयो ।
काम र दाम साम हुनेका लागि भयो
बेसिको गोठ मेरो लागि शहर भयो ।
आयका श्रोत बन्जर तार टाारी भयो
घडााको पानी अब नहर भयो ।
नाम : तेजनाथ दंगााल
ठेगाना : चाबहिल काठमाडौं
Note : Copyright Reserved with Writer
नयाँ बर्षको शुभकामना गजल Happy New Year Special Ghazal by Ram Sharan Shrestha
नयाँ बर्षमा चोखो त्यी, प्यारहरुलाई शुभकामना
मित्रतामा पर्यायवाची, यारहरुलाई शुभकामना !!-१
..
समयलाई जित्न सक्ने, जोशहरुको रफ्तार बढोस,
पुरा हुन सबै काम, हतारहरुलाई शुभकामना !!-२
..
मुल्य बृद्दी रोकियोस, सबैका पैसा जोगियोस,
दु:खि र गरिबका, बजारहरुलाई शुभकामना !!-३
..
शान्तिको सन्देश बोकेर, नयाँ बिहान उदाओस,
प्रगति र उन्नतिका, समाचारहरुलाई शुभकामना !!-४
..
कसैले दु:ख नपाओस, बाढीं पहिरो नजाओस,
नदि कोशि नजिकका, किनारहरुलाई शुभकामना !!-५
..
बिगत जस्तै हुदै नहोस, अन्योल र निराकार,
अब आउने जनताका, सरकारहरुलाई शुभकामना !!-६
..
राजनीतिका काला बादल, हटोस नयाँ सालमा,
सकारात्मक संकेतका, आधारहरुलाई शुभकामना !!-७
..
महाँमारी नआओस, रोग बाट छुटकारा पाइयोस
डाक्टर नर्श अस्पातल, परिवारहरुलाई शुभकामना !!-८
..
प्रेमका पनि कुराहोस, सोचेका सबै पुरा होस,
नयाँ बस्न लागेका, घरबारहरुलाई शुभकामना !!९
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
गजलकार बिष्णु वली का ५ गजलहरू (5 Ghazals by Bishnu Oli)
१.गजलमेरो पाइला पाइलामा,ठेस लाग्छ किन,,
मर्नु भन्दा बउलाउन,बेस लाग्छ किन,,
जेगरेपनि मनपरी छ,यहाँ हुनेखानेलाई
मात्र दुखी गरिबलाई,केस लाग्छ किन,,
न यहाँ भित्री मन हेरे,नत हेर्ननै चाहान्छन
इनलाई मन भन्दा राम्रो,फेस लाग्छ किन,,
झिलि मिली बसिएकै छ, ठुलो महलमा
र पनि प्यारो आफ्नै, देश लाग्छ किन,,
बिष्णु वली
दाङ्ग हाल मलेसिया
२.गजल
दशै आयो भन्छन ,आएनन् परदेशीलाई,,
खुसी लायो भन्छन ,लाएनन् परदेशीलाई,,
बर्ष दिनको दशैँ ,रमाउछन रे नाच्दै गाउदै
मन बुझ्ने एउटा गीत,गाएनन् परदेशीलाई,,
हल्ला गर्छन सबैले ,दशैँ आयो दशैँ आयो
कसैले खुसी दिन ,चाएनन् परदेशीलाई,,
कहिले दशैले चोट दिन्छ ,कहिले तिहारले
मनमा शान्ति कहिलै,छाएनन् परदेशीलाई,,
दशैँ आयो भन्छन ,आएनन् परदेशीलाई,,
खुसी लायो भन्छन ,लाएनन् परदेशीलाई,,
बिष्णु वली
दाङ्ग हाल मलेसिया
३.गजल
भगवानको सरन ,परेर जान्छ जिन्दगी,,
सबैको यहाँ , मरेर जान्छ जिन्दगी,,
सुन्दरताको कहिलै , नगरौ घमण्ड
एकदिन फुल झै ,झरेर जान्छ जिन्दगी,,
सबै मेरै हो जस्तो ,नगर यो दुनियामा
करकलुको पानीझै,तरेर जान्छ जिन्दगी
आज यहाँ छौ,भोली कहाँ हो,थाहा छैन
कुन दिन बसाई , सरेर जान्छ जिन्दगी,,
नसोच मरेर केही,दिलाउछु आफन्तलाई
मात्र आँखामा आँसु,भरेर जान्छ जिन्दगी,,
बिष्णु वली
दाङ्ग हाल मलेसिया
४.गजल
कुटो कोदालो गरी खाउँला,नजाउ परदेश भन्थे बाबा ले,,
फाटेको टालेर लाउँला , नजाउ परदेश भन्थे बाबा ले,,
बाबाको कुरै नसुनी हिडियो घर छोडेर, के के नै गर्छु भनी,,
अर्काको ठाउँ हो दुस्ख पाउला,नजाउ परदेश भन्थे बाबा ले,,
हिड्दैछु परदेशको गल्ली गल्ली , पच्पन्न डिग्रीको घाममा,
गैरी खेत पानी पधेरो धाउँला , नजाउ परदेश भन्थे बाबा ले,,
थाहा छैन कतिखेर के हुन्छ,फर्कनु पर्छकि काठको बाकसमा,
मरे काखमै बाँचे साथमै बाँचउँला,नजाउ परदेश भन्थे बाबा ले,,
बिष्णु वली
दाङ्ग हाल मलेसिया
५.गजल
अब फाटेका मन, टाल्दै हिन्छु,,
निभेका दियोहरु, बाल्दै हिन्छु,,
जतिछन सकरातमक,अंगालेर
नकरातमक सबै ,फाल्दै हिन्छु,,
आउँछ यात्रामा,बाधा अर्जना
डराउदिन पाइला,चाल्दै हिन्छु,,
फुलाउनुछ अब, यहाँ फुलहरु
पसिनाको सिचाई,हाल्दै हिन्छु,,
फुल्न दिने त ,छैनन् सत्रुहरुले
जो हुन्छ तगारो ,ढाल्दै हिन्छु,,
प्रतिक्ष्याको फल,मिठो हुन्छ अरे
मनभरी आसा , पाल्दै हिन्छु,,
बिष्णु वली
दाङ्ग हाल मलेसिया
Note : Copyright Reserve with
गजलकार शारदा खड्का का ३ गजलहरू (3 Ghazals by Sharada Khadka) - 11-04-2017
१. गजलक्षितिज बाट उज्यालो छिप्नै लाग्दा भेटियौ,
मेरो विश्वासको दियो निभ्नै लाग्दा भेटियौ।
लिलामिमा राखेकोथ्यो समयले खुसी,
कोहि आएर पहिलै किन्नै लाग्दा भेटियौ।
न त अघि बढ्न सक्छु न पछि फर्कनै,
बाध्यताको पैह्रोले थिच्नै लाग्दा भेटियौ।
हार खाएकि मान्छे म केही आशा छैन,
एक मुठी सास यो रित्तिनै लाग्दा भेटियौ।
उकाली ओरालि सँग सँगै गर्नु हुन्थ्यो,
यात्रा जिन्दगीको सक्किनै लाग्दा भेटियौ।
शारदा खड्का
रामेछाप
२.गजल
समय घर्के पछि आउनुको के अर्थ,
तिमिलाई आफ्नो बनाउनुको के अर्थ।
दिलको भित्ताभरि अनगिन्ति चित्र छन्,
भरिएको ठाउँमा अटाउनुको के अर्थ।
केही छैन बचाएकि मैले तिम्रो लागि,
रित्तो रित्तो जिन्दगीमा धाउनुको के अर्थ।
सुख दुख सँगै बाँड्ने रहर मेरो पनि,
अधुरा रहरहरु सजाउनुको के अर्थ।
तन,मन,जीवन जम्मै बन्दकिमा छन,
बेनामि साइनो लगाउनुको के अर्थ।
शारदा खड्का
रामेछाप
३.गजल
समयले यहि पल फेरि बनाउला,
कसैलाई अघि कसैलाई पछि बनाउला।
रोबर्ट बनायो विज्ञानले सजिलै,
मेरो जस्तै दिल त्यसमा कसरी बनाउला।
यो घाम पनि कति साह्रो बेईमानि,
उसै त काली म भरे कस्ति बनाउला।
बा भन्नुहुन्छ कसैको विश्वास नगर्नु,
स्वार्थि छ दुनियाँ अपराधी बनाउला।
प्रियको खुसिमै आफ्नो खुसि देखेकिछु,
सके घर नसके जिन्दगी बनाउला।
शारदा खड्का
रामेछाप
गजल-बा र आमा.. भगवान तिनैहन् (राम शरण श्रेष्ठ)
![]() |
| (राम शरण श्रेष्ठ) |
बा र आमा.. भगवान तिनैहन् ।
जन्म र कर्मदिई हिड्न सिकाइ
आत्मामा फुकिदिने प्राण तिनैहन् ।
सन्तानको लागि जिन्दगी अर्पर्ने
सबैभन्दा त्यागी महान तिनैहुन ।
बाटो सिकाए अनी माटो सिकाए
निराकार संसारमा ज्ञान तिनैहुन ।
पर्दैन नानाथरी धाउन तिर्थहरु
स्वर्ग चरणमै बरदान तिनैहन् ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
(यो गजल सबै सबैका आमा र बा प्रती शमर्पित छ । )
Download :
Episode : 71 (यो साँझ यो सुबाश-14-05-2013) मा बाचन भएको
गजल-सबैका घरघरमा लक्ष्मी आओस तिहारमा (राम शरण श्रेष्ठ)
झिलिमिली बत्तिले उत्सब ल्याओस तिहारमा
सबैका घरघरमा लक्ष्मी आओस तिहारमा
..
देशै भरी दिपावली लक्ष्मी पुजा भाई टिका
देउसी भैलो रमाईलो धुन छाओस तिहारमा
..
नहोस खाली निधार भाईको हात दिदिवहिनीको
ओखर सँगै साँढेसाती फूटी जाओस तिहारमा
..
सप्तरंगी टिका माला दिदिबैनीको हातबाट
सबले टिका यसपाली लाउन पाओस तिहारमा
...
झिलिमिली बत्तिले उत्सब ल्याओस तिहारमा
सबैका घरघरमा लक्ष्मी आओस तिहारमा
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप
गजल-आधा आधा जोडेरै पुरा हुन्छन् - अजित क्षेत्री (06-04-2018)
गजलकार बिमल बाबु अर्यालकाे २ गजलहरू (2 Ghazals by Bimal Babu Aryal)-26-01-2018
१. गजल हाँसोहरु साटीएर गाढीएको गाढा माया !1!
मुस्कानहरु मातिएर मस्किएको सारा माया ,
आधा जीबन उनकै लागी सफर आधा बाकी,
पानी जस्तै छल्केर जोगीएको आधा माया!2!
हराएका’छन् अधुरा अनि अपुरा’छन् सपनाहरु
निराशाहरु जलाईएर उम्रीएको आशा माया!3!
भरोसा कसरी म गरू भईदीन्छ हरपल परीर्तन,
बन्दीन्छ खप्टीएर ओझेलीएको छाया माया !4!
सजीएर फूलीदीन्छ बनाईदीन्छ सुगन्धित मन्,
बग्दीन्छ झोक्कीएर बतासीएको टाढा माया!5!
बिमल बाबु अर्याल
२. गजल
आफ्नै आखाँहरूको बिश्राम काँहा होला?
धडकन ढुकढुकीको आराम काँहा होला?
भन्नलाई के भयो र ? त जा भन्दीदा भो,
सम्मानले यो जगमा काम काँहा होला ?
आफ्नै थियो रात र'त लाग्दै थियो आश,
अन्धकारमा नहुने छलछाम काँहा होला?
बसन्त गयो शिसीर आउदैछन् भू-तलमा,
एकादेशको स्वर्गीय याम काँहा होला?
तन्त्र' मन्त्र' यन्त्रले तिम्रो प्राप्ति गणतन्त्र,
सोध्न पर्छ जादू हेर्ने घाम काँहा होला?
बिमल बाबु अर्याल
Note :
Copyright Reserved with Writer
गजलकार सन्तोष गिरी का २ दुई गजलहरु (2 Ghazals by Santosh Giri) -18-01-2018
![]() |
| सन्तोष गिरी |
रामेछापका गजलकार शारदा खड्काको ५ गजलहरू (5 Ghazals by Sharada Khadka)
१.गजलजे देख्छौ त्यही गर आँखा सिकाउछ,
परिवर्तन हुनैपर्छ दुनियाँ सिकाउछ।
खटेर कमाउ या लुटेर कमाउ पैसा,
उसले सबैलाई आफ्नो धन्दा सिकाउछ।
पसिना बेचेर थोरै खुसि किनेकि छु,
दुख कस्तो हुन्छ पसिना सिकाउछ।
मालिकले डक्टर बनाए छोरोलाई,
ऊ त कवि हो कविता सिकाउछ।
किन प्रश्न गर्छौ मेरो शृङ्गारपटारमा,
यस्तै यस्तै लगाउ जमाना सिकाउछ।
शारदा खड्का
रामेछाप
२.गजल
क्षितिज बाट उज्यालो छिप्नै लाग्दा भेटियौ,
मेरो विश्वासको दियो निभ्नै लाग्दा भेटियौ।
लिलामिमा राखेकोथ्यो समयले खुसी,
कोहि आएर पहिलै किन्नै लाग्दा भेटियौ।
न त अघि बढ्न सक्छु न पछि फर्कनै,
बाध्यताको पैह्रोले थिच्नै लाग्दा भेटियौ।
हार खाएकि मान्छे म केही आशा छैन,
एक मुठी सास यो रित्तिनै लाग्दा भेटियौ।
उकाली ओरालि सँग सँगै गर्नु हुन्थ्यो,
यात्रा जिन्दगीको सक्किनै लाग्दा भेटियौ।
शारदा खड्का
रामेछाप
३.गजल
समय घर्के पछि आउनुको के अर्थ,
तिमिलाई आफ्नो बनाउनुको के अर्थ।
दिलको भित्ताभरि अनगिन्ति चित्र छन्,
भरिएको ठाउँमा अटाउनुको के अर्थ।
केही छैन बचाएकि मैले तिम्रो लागि,
रित्तो रित्तो जिन्दगीमा धाउनुको के अर्थ।
सुख दुख सँगै बाँड्ने रहर मेरो पनि,
अधुरा रहरहरु सजाउनुको के अर्थ।
तन,मन,जीवन जम्मै बन्दकिमा छन,
बेनामि साइनो लगाउनुको के अर्थ।
शारदा खड्का
रामेछाप
४.गजल
जरुर उसका आखाँ खजानामा हुन सक्छ,
मान्छे न हो बग्रेल्ती चाहनामा हुन सक्छ।
लुटेरा अनेक रुपमा गाउँ पस्लान होसियार,
चाहे समाजसेवा गर्ने बहानामा हुन सक्छ।
कसले गर्यो उसको हत्या कसैले बताएन,
आशा गरौँ इतिहासको पानामा हुन सक्छ।
हर कुराको बिरोध गर्छ क्रान्तिकारी मान्छे,
तिमि यता खोज्छौ उता धर्नामा हुन सक्छ।
किन हेरिरहन्छ ऊ मुस्कुराउदै मलाई,
यो प्रस्नको जवाफ एेनामा हुन सक्छ।
शारदा खड्का
रामेछाप
५.गजल
समयले यहि पल फेरि बनाउला,
कसैलाई अघि कसैलाई पछि बनाउला।
रोबर्ट बनायो विज्ञानले सजिलै,
मेरो जस्तै दिल त्यसमा कसरी बनाउला।
यो घाम पनि कति साह्रो बेईमानि,
उसै त काली म भरे कस्ति बनाउला।
बा भन्नुहुन्छ कसैको विश्वास नगर्नु,
स्वार्थि छ दुनियाँ अपराधी बनाउला।
प्रियको खुसिमै आफ्नो खुसि देखेकिछु,
सके घर नसके जिन्दगी बनाउला।
शारदा खड्का
रामेछाप
उहाँको गजल बाचन भिडियो
गजलकार सुरेश पाण्डेयका २ गजलहरू (2 Ghazals by Suresh Pandey) - 01-12-2017
एच.एल.गौतमको गजल -सादा जीवन फिल्मी भए म,नी तिम्रै हुन्थे होला
सादा जीवन फिल्मी भए म,नी तिम्रै हुन्थे होला !!हाम्रो जोडी छुटाउने लाई नमज्जाले धुन्थे होला !!
सानो संसार सजाउनलाई तिम्रो अनी भनी मेरो "
साचों भन्छु तिम्रै लागी सारा खु:शी चुन्थे होला !!
वशन्तको स्पर्श साथै ह्रदय भीत्र छरीएर "
अजम्बरी पिरतिको डोरी वाटी् वुन्थे होला !!
आकाशमा उड्थे होला,पातालमा डुल्थे होला"
सोंचे जती पुग्ने भय भर्खर सगरमाथा छुन्थे होला !!
[[२ सादा जीवन भील्मी भय म,नी.तिम्रै हुन्थे होला-"
हाम्रो जोडी छुटाउने लाई नमज्जाले धुन्थे होला २]]
सर्जक- एच.एल.गौतम
(अर्घाखाची) मा.गा.
खनदह3! हाल- भारत।।
Sent from my Samsung device.
गजल- यो मुटु भित्र सायद शंकाको सहर हुन्छ (राम शरण श्रेष्ठ)
पाउनेहरु लाई सधैं गुमाउने डर हुन्छयो मुटु भित्र सायद शंकाको सहर हुन्छ
..
किन होला पल्लो घरकी एउटी केटीको
सधैं सधैं मेरै तर्फ छड्के नजर हुन्छ
..
मेरो चासो लिई हिड्ने मेरो प्यारो सत्रु
तिमी लाई पक्कै मेरो जितको खबर हुन्छ
..
छोडी जानेले बर्सौ अघि छोडेर गएपनी
कहिँ न कहिँ मुटुमा चोटको असर हुन्छ
..
मैले लाख कोशिस गरेँ आफ्नो बनाउन
हुँदैन हुँदैन उस्को सधैं यहि उत्तर हुन्छ
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
18th Oct 2015
भइरहेको भाइचारा फुटाउने काम बन्द गर्नुस् (नेपाली गजल बिशेष) -गजलकार तथा कवि -बाबु त्रिपाठी
![]() |
| Babu Tripathi |











