श्रृंखला 245 : वहकिने मन Bahakine Man (27-02-2017/2073-11-16) मुक्तक कसरी लेख्ने जान्नको लागि बिशेष श्रृंखला : Download

NepaliTalim | 1:33:00 PM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -247
DATE  -
(27-02-2017/2073-11-16)

Presenter :  Mahabir Bishwakarma

Facebook : Bahakine Man 

http://thahasanchar.com/ 

नमस्कार,

आज मिति 2073 फाल्गुन 16 तदनुसार 27-Feb-2017 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 245 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । Valentine's Day Special Bahakine Man 2017
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

Muktak Mala मुक्तक माला -197 (26-02-2017/2073-11-15) : Download

NepaliTalim | 1:27:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार
(26-02-2017/2073-11-15)
Facebook Page 



नमस्कार साथीहरु,

आज मिति 2073 फाल्गुन 15 गते तदनुसार 26-Feb-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 

Listen and Download

Download: Click Here to Download
Listen on YouTube

श्रृंखला 244 : वहकिने मन Bahakine Man (20-02-2017/2073-11-09) : Download

NepaliTalim | 2:06:00 PM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -244
DATE  -
(20-02-2017/2073-11-09)
Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/ 


नमस्कार,

आज मिति 2073 फाल्गुन 09 तदनुसार 20-Feb-2017 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 244 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । Valentine's Day Special Bahakine Man 2017
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

Muktak Mala मुक्तक माला -196 (19-02-2017/2073-11-08) : Download

NepaliTalim | 12:21:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी

हरेक राती १०.१५ आईतबार 
(19-02-2017/2073-11-08)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 फाल्गुन 08 गते तदनुसार 19-Feb-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download
Listen on YouTube

Muktak Mala मुक्तक माला -195 (12-02-2017/2073-11-01) : Download

NepaliTalim | 4:47:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी

हरेक राती १०.१५ आईतबार 
(12-02-2017/2073-11-01)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 फाल्गुन 01 गते तदनुसार 12-Feb-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download
Listen on YouTube

श्रृंखला 243 : वहकिने मन Bahakine Man (13-02-2017/2073-11-02) प्रेम दिवश विशेष : Download

NepaliTalim | 4:05:00 PM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -243
DATE  -
(13-02-2017/2073-11-02)

Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/ 


सबैलाइ प्रेम दिवशको शुभकामना चिसापानी नेपाल ब्लगको तर्फबाट 

नमस्कार,

आज मिति 2073 फाल्गुन 02 तदनुसार 13-Feb-2017 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 243 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । Valentine's Day Special Bahakine Man 2017
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube


मेरा ३ छोटा कविताहरू -राम शरण श्रेष्ठ

NepaliTalim | 10:37:00 AM | 0 comments
१.कविता -प्रतिक्षा

अझै पनि छन् !! 
तिम्रै प्रतिक्ष्यामा,
बर्सौ पहिले तिमीले लिन नमानेको रातो गुलाब,
मुटु टक्राएर जिन्दगी राजीनामा दिएको एउटा प्रेम पत्र, 
मैले तिम्रै लागी बचाइ रखेको एक दिनको जिन्दगी

तिमी प्रति हर दिन बढीरहेको कहिल्यै नघट्ने मेरो चोखो प्रेम ।
बस छैनौ त केवल तिमी
र तिम्रो साथ ।
07-01-2015
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 

२.कविता -घृणा

उस्ले पनि त,
प्रेम दिवशकै दिन देखी
सुरु गरेको रहेछ
मलाई घृणा गर्न ।

म बाट रातो गुलाफ
नपाएको झोकमा ।

के गर्नु मैसाप,
माया रहरले
हुँदैन ।

................

राम शरण श्रेष्ठ (राम)

३.कविता 
पिरहरुले कहिल्यै साथ छोडेनन्,
अभावहरुले कहिल्यै साथ छोडेनन्,
न छोड्यो,
मैलै स्वास फेर्ने हावाले,
न छोड्यो,
मैले टेक्ने धर्तिले
न विर्सियो
घडि सुइहरू घुम्न,
..
विर्सिएको त तिमीले हो,
छोडोको त तिमीले हो,
सँगै हिँडेको बाटो,
सँगै खाएका कसमहरु,
..
आज त बस,
धड्कन हराएको मुटु,
बोकी हिँडिरहेछु ।
..
राम शरण श्रेष्ठ (राम)

"साथी"-राम शरण श्रेष्ठ

NepaliTalim | 10:32:00 AM | 0 comments
"साथी"
.......
उस्ले प्रस्ताब राखेपछीका केही रातहरू,
म निदाउन सकिँन,
***********
थाहै थिएन,
एक्कासी आफ्नो सबैभन्दा मिल्ने केटि साथीले
मलाई मन पराउँदो रहेछिन् ।
***********
थाहै थिएन,
उस्को मुस्कानको तारिफमा मैले बोलेका
केहि शब्दहरुले उस्को मनमा
उथलपुथल ल्याईदिएछ ।
***********
थाहै थिएन,
उस्को सुन्दरताको बयानमा मैले लेखेका
केहि शेरहरुमा उ धड्किएर बसेको रहेछ ।
***********
थाहै थिएन,
मैले नबोलेका कयौं शब्दहरु
मैले नलेखेका शेरहरु
मैले नलेखेका प्रेम पत्रहरु
मैले नगाएका गीतहरु
मा उस्को आश,
मैले बोलोस, लेखोस, गाओस भनेर
पर्खाइको रातोगुलाबको बगैचामा
कोहि बसिरहेको
मलाई पत्तै भएन ।
***********
अब्यत्त प्रेमको कयौं वर्ष बिताईसकेपछी
मैले कसैलाई मन पराउँछु भन्नु भन्दा
ठिक एक घन्टा
पछाडी,
आफ्नो प्रेम प्रस्ताबको एउटा चिठ्ठि दिएर
बेपत्ता भईन
मेरो सबै भन्दा मिल्ने साथी
सायद कतै टाढा
मेरो यादहरु साथ दिएर
अन्तिम पल्ट
एक सानदार मुस्कान दिई
दुई थोपा आँसु चुहाँउँदै ।
विदाईको हात हल्लिएको
मात्र बारम्बार सम्झिरहेछु
बस सम्झिरहेछु ।
....
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

प्रेम दिवश विशेष ६ गजलहरु (राम शरण श्रेष्ठ)

NepaliTalim | 2:42:00 PM | 0 comments
१.गजल (प्रेम दिवश विशेष)
नजिक सर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा
मन पर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा

जति माया गर्छौ तिमी, त्यो भन्दा बढी तिमीलाई
माया गर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा

साथी मध्ये त्यस्तो मिल्ने, तिमीप्रति अति पागल
चैन हर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा

नबोलेरै कति कति, आँखा आँखाबाट मुटु
माया भर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा

पवित्र प्रेम साईनो कहिल्यै, नछुट्ने बाचा गर्दै
जीउने मर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा

सुखदु:ख सँगै काट्न, आँधी भेल जिन्दगीका
जँगार तर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा

सम्बन्धको सुरुवात नयाँ, रातो गुलाबबाट गर्दै
खुसि छर्ने कोही भए, प्रस्ताव राख्नु प्रेम दिवसमा
राम शरण श्रेष्ठ (राम)
चिसापानी ६, रामेछाप

२.गजल (प्रेम दिवश विशेष)
यसपालि त आँट्नु पर्ला जे जे होला होला ।।
प्रेम प्रस्ताब राख्नु पर्ला जे जे होला होला ।।

सुरुवात त गर्नैपर्छ, जस्ले गरे पनि....
आफै कुरा थाल्नु पर्ला जे जे होला होला ।।

प्रेम दिवस मौका पारी, मनको कुरा खोल्छु
माने जिवन साट्नु पर्ला जे जे होला होला ।।

जिन्दगीको नयाँ यात्रा, थाल्न सहयात्री
उस्को साथ माग्नु पर्ला जे जे होला होला ।।
राम शरण श्रेष्ठ (राम)
14-Feb-2012
राम शरण श्रेष्ठ (राम)
चिसापानी ६, रामेछाप

३.गजल (प्रेम दिवश विशेष)
प्रेम दिवसमा प्रेमै प्रेम, जोडिएला मन कतै ।।
चकनाचुर कति सपना, तोडिएला मन कतै ।।

पाउलान कतिले, नायाँ साथी नयाँ जीवन
टुक्रिएला कतै झन, मोडिएला मन कतै ।।

कलिलो कोपिलमा, मल जल गर्नुपर्छ
झुक्किएर जरैसित, गोडिएला मन कतै ।।

कति होलान् प्रणयमा, रम्दै आनन्दमा मस्त
कतै आँसु धरधरी, फोडिएला मन कतै ।।

कतै मायाँ मात्र मायाँ , कतै घृणा मात्र घृणा
प्रेम आड भरोसामा, ओडिएला मन कतै ।।

प्रेम प्रतिक रातो गुलब, सँगै बिशेष उपहार
होस गर्नु मन दुख्ला , छोडिएलमा मन कतै ।।
  (मिति - २०६७ फाल्गुन १)
राम शरण श्रेष्ठ (राम)
चिसापानी ६, रामेछाप

४. गजल (प्रेम दिवश विशेष)
मुटु भित्र सिंहाशनमा, बसाउँकी हजुरलाई ।।
प्रेम पत्र रातो गुलाफ, पठाउँकी हजुरलाई ।।


लुकि छिपी दिल भित्र, पसुँ पसुँ लाग्यो आज
कि त आई मनको कुरा, बताउँकी हजुरलाई ।।

मनै हर्ने मुस्कान सँगै, नजर हाना हान भयो
नजर बाटै ईसाराले, मनाउँकी हजुरलाई ।।

किन किन आजभोली, उसैलाई भेटुँ लाग्छ
मुटु झिकी टक्राएर, चढाउँकी हजुरलाई ।।

मायाँ छ कि छैन भन, यता जस्तै उता पनि
आफू जस्तै पागल प्रेमी, बनाउँकी हजुरलाई ।।
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
10-Feb-2012

५. गजल (प्रेम दिवश विशेष)
नयाँ यौटा सम्बन्धको बिस्तार गर्दैछु ।।
उस्लाई भन्ने कसरी हो बिचार गर्दैछु ।।

चोखो प्रेम गर्नेहरु, डराउँदैन भन्छन्
नयाँ जोस अफुभित्र प्रसार गर्दैछु ।।

धेरै सोधे मेरो र उस्को बारे आफन्तले
आज हाम्रो प्रेम रैछ स्विकार गर्दैछु ।।

लेखेकोछु प्रेम पत्र, मनको कुरा समेटेर
अन्तर्मुखीआफ्नो स्वभाव सुधार गर्दैछु ।।

थाहा छैन तिमीलाई, मन पर्छ पर्दैन
जानि जनी प्रेम रोगले, बिमार गर्दैछु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

६.गजल (प्रेम दिवश विशेष)
हुन्छ मान्छे पागल जस्तै, प्रेम रोग लागेपछी ।।
जाग्राम बन्छन् रातपनि, यस्ले सिमा नागेपछी ।।
-------------
लाग्छ उ नै सर्बस्व हो, सुरु अन्त्य उसैबाट
नचाहेर के हुन्छ र, आत्माले नै मागेपछी ।।
-------------
छट्पटी नि तिब्र हुन्छ, पलभर छुटिदिंदा
मनहरु देह छोडी, अन्तकतै भागेपछी ।।
------------------
एउटा यस्तो कसम बन्छ, संगै जिउने संगै मर्ने
कसै प्रति सच्चा प्रेम, यतिधेरै जागेपछी ।
राम शरण श्रेष्ठ
चिसापानी , रामेछाप
Note : रेडियो सर्लाहिको गजलका शेरहरु र उज्यालोबाट प्रसारण हुने बुलबुल २९३ औ अंकमा  बाचन भएको गजल

राम शरण श्रेष्ठ

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger