Home » » नयाँ वर्षको शुभकामना गजलहरू -राम शरण श्रेष्ठ

नयाँ वर्षको शुभकामना गजलहरू -राम शरण श्रेष्ठ

NepaliTalim | 11:29:00 AM | 0 comments

गजल १ 
नयाँ वर्षमा चोखो ति, प्यारहरुलाई शुभकामना ।। 
मित्रतामा पर्यायबाची, यारहरुलाई शुभकामना ।१।
....
समयलाई जित्नसक्ने, जोशहरुको रफ्तार बढोस्
पूरा होस सबै काम, हतारहरुलाई शुभकामना ।२।
....
शान्तीको शन्देश बोकेर, नयाँ विहान उदाओस्
प्रगति र उन्नतिका, समाचारहरुलाई शुभकामना ।३।
....
मुल्य बृद्धि रोकियोस्, सबैका पैसा जोगियोस्
दुखि र गरिबका, बजारहरुलाई शुभकामना ।४।
....
कसैले दुख नपाओस्, बाढी पैरो नजाओस्
नदि कोशि नजिकका, किनारहरुलाई शुभकामना ।५।
....
विगतजस्तो हुँदै नहोस्, अन्योल र निराकार
अब आउने जनताका, सरकारहरुलाई शुभकामना।६।
....
महाँमारी नआओस्, रोग बाट छुट्टी पाइयोस
डाक्टर नर्स अस्पातलका, परिवारहरुलाई शुभकामना ।७।
....
राजनीतिका काला बादल, हटोस् नयाँ सालमा
सकारात्मक संकेतका, आधारहरुलाई शुभकामना।८।
....
प्रेमका पनि कुरा होस्, सोचेका सबै पूरा होस्
नयाँ बस्न लागेका, घरवारहरुलाई शुभकामना ।९।
राम शरण श्रेष्ठ

2068-12-26/8-April-2014
नयाँ वर्ष २०६९ को पुर्व सन्ध्यामा लेखिएको यो गजल आउँदै गरेको इसं २०१४ को पूर्व सन्ध्यामा फेरी पनि । यो गजल गजलका शेरहरुमा नयाँ बर्ष विशेषमा बाचन भएको थियो ।
Wish you Very Very Happy Upcoming New Year 2015


२.गजल
शुख शान्ति घर घरमा, आओस नयाँ सालमा ।।
चिताएको कुरा सबैले, पाओस नयाँ सालमा ।।

भोकै कोही बस्नु नपरोस, परिश्रम गर्दापनि
भकारी दिनदिनै भरिँदै, जाओस नयाँ सालमा ।।

जन जनका ईक्छा, हितकारी नयाँ संबिधान
मिलेर सबै दलहरु, बनाओस नयाँ सालमा ।।

कानुन मजबुत बनाएर, शान्ति शुरक्षा सरकारले
जनमुखी राहत पनि, ल्याओस नयाँ सालमा ।।

उत्तरोत्तर प्रगति र, सबको ईक्छा पुरा भई
देशैभरि खुसियाली, छाओस नयाँ सालमा ।।
राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स
बडा नं. ६, रामेछाप
April 2012
यो बुलबुलको श्रृंखला १३७ मा २०६९ को नयाँ वर्ष विशेषको रुपमा बाचन थियो : 
Click Here to Listen Bulbul episode 137
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger