राजेश एम घायलका ३ तिहार विशेष मुक्तकहरू (3 Muktaks by Rajesh M Ghayal- Tihar Special)-09-11-2026

Ram | 2:07:00 PM | 0 comments















राजेश एम घायलका ३ तिहार विशेष मुक्तकहरू

१. मुक्तक
आहा ! सयपत्री फूलको माला बहिनीले उनेको
वर्षौदेखि तिम्रो गोडा ढोग्ने सपना दाईले बुनेको
रगतको नाता नभएपनि चेली र माइतीलाई देखेर, 
एलिलाई भन्नेछन् क्या सुहायो माइती दाजै हुनेको ।
राजेश एम घायल
झापा

२. मुक्तक
आजदेखि भाङ्ग मदिरा छोडेर आएकोछु बहिनी
सत्य हिँड्छु गलत बाटो मोडेर आएकोछु बहिनी
सयपत्री लगाई तिम्रो सप्तरङ्गीको प्रभावले होला, 
जुवातास खेल्ने मित्रता तोडेर आएकोछु बहिनी ।
राजेश एम घायल
झापा

३. मुक्तक
यस धर्तीमा छरिएका सबैमा रहर भयो तिहार
देश परदेशमा आँसु बगाउनु कर भयो तिहार
परदेशी चेली सबैमा दीपावलीको शुभकामना, 
अर्कोसाल घरमै भेटौँला भन्ने भर भयो तिहार ।
राजेश एम घायल
झापा

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger