Showing posts with label मेरो रचना – लेखहरु. Show all posts
Showing posts with label मेरो रचना – लेखहरु. Show all posts

"छेस्का" परिचय (Introduction of Chheska)

NepaliTalim | 3:56:00 PM | 0 comments
छेस्का परिचय
छेस्का सुन्दा गाउँघरमा प्रयोग गरिने अलि गाउँले नाम जस्तो लागेपनि साहित्यमा आजभोली विस्तारै लोकप्रिय बन्दै गएको स्वादिलो अचार जस्तो, चोटिलो प्रहार जस्तो गहण विषयबस्तुलाई चारलाईनमा समेटिएको कवितात्मक भाबले भरिपूर्ण जहाँ छोटा मिठा दुई शेरको बेजोड भाव बोकेको गजल तर छुट्टै पहिचान र अस्तित्व बोकेको विधाका रुपमा लिन छेस्का लाई लिन सकिन्छ ।

यसलाई फारषीभाषामा गाइने छोटो गीति लय पनि भन्ने गरिन्छ । नेपाली लयहरु झ्याउरे, हाक्पारे, पालाम, सिली, सेलो इत्यादि झैं यसको पनि आफ्नै संरचना छ । यसको पनि आफ्नै नियम छ ।

छेस्का सुन्दा अनौठो लागेपनि यो मिठो र सरपूर्ण र चिटिक्क परेको हुन्छ् । छेस्कामा अनिवार्य रुपमा ४ लाईन हुन जरुरी छ जुन २–२ लाईनलाई एक ठाउँमा राखेर विभाजन गर्दा गरिन्छन् जसलाई शेरहरु भन्न सकिन्छ । गजलकै नियम यसमा पनि लागू हुन्छ । सुरुको शेर मतला र अन्त मकत्ता भन्न पनि सकिन्छ । सुरुको २ लाईन अथवा मसरा मा अघिल्लो लाईन मिसरा ए उला र पछिल्लो लाईन मिसराए सानी दुबैमा काफिया अनिवार्य हुन्छ । त्यस्तै अन्तिम या दोस्रो शेर मा गजलकै नियम लागू हुनछ यानकी मिसराए सानी मा मतला संग स्वर ब्यञ्जन मिल्ने काफियाको प्रयोग हुनुपर्छ ।

यहाँ प्रयोग गरिएका शेरहरु यति शक्तिसालिहुनुपर्छ कि सम्पूर्ण भावहरु भन्न खोजिएका कुराहरु ति २ लाईनमा समेटियोस् । पहिलो शेरले विषयलाई सुरुवात सँगै मध्य सम्म लैजाने र दोस्रो सेरले बिषय बस्तुलाई निष्कर्षमा निर्णय प्रदान गर्ने क्षमता बोकेका शेरहरु भए मात्र छेस्का सफल हुन्छ भन्नाले हरेर शेरहरु एकदम दमदार र आफैमा परिपूर्ण हुन जरुरी छ ।

केही छेस्काका उदाहरणहरु

# छेस्का (१.एक )
भगवान पनि भागि गयो ।।
पैसाकै पछि लागि गयो ।।

गरिबको पुकार सुन्छ कस्ले
सर्कारले उल्टै मागि गयो ।।
 राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

# छेस्का (२ दुई )
च्व्स्स बिझ्ने वचन बातसंगै रोएँ ।।
अचम्मै थियो नशा मातसंगै रोएँ ।।

सुन्ने कोही थिएन, चित्कार मेरो
औंशीको कालो-अँध्यारो रातसंगै रोएँ ।।
रोहित राना
बुटवल रुपन्देहि
हाल काबुल, अफ्गानिस्थान ।

#छेस्का (३ तिन )
फाटिएको मन सिउनुको कारण छ।
जेनतेन यसरि जिउनुको कारण छ।

सधै पिएर किन ? तिमि सोधिरहन्छौ,
साच्चै मैले यसरि, पिउनुको कारण छ।
समिपा शाह ठकुरी

छेस्का नं. ३ लाई विस्तृतमा बुझ्दा
(यहाँ सिउनुको, जिउनुको र पिउनुको (काफिया) मध्यानुप्राश हो । त्यसपछि आएका जस्तै (रदिफ) अन्त्यानुप्राश हो । पहिलो, दोश्रो र चौंथो हरफमा अनिर्वाय काफियाको आवश्यक्ता पर्दछ । रदिफ भए अझ सुनमा सुगन्ध झैं हुन्छ । पहिलो लाईनले विषयवस्तुमा प्रवेश,  दोस्रो लाईनले थप व्याख्या, तेस्रो लाईनले तथ्य उजागर गर्दै  कौतुहलता र चौथालाईनले समग्र भावलाई एकमुष्ठ रुपमा प्रहार र्गदछ र निष्कर्ष दिन्छ । समग्र छेस्का एउटै विषयमा केन्द्रित हुन आवश्यक छ । काफिया अलमलका कारण पूरा नभएका गजलका दुई शेरलाई पनि छेस्का भन्न थालिएकोछ तर यो नत गजलको लागि हितकर हुन्छ न त छेस्काको लागि नै । छेस्का आफैमा छेस्का हो यसरी गजल नबनेको खण्डमा २ शेरलिएर छेस्का भनियो भने छेस्काको भावनै मरेर जान्छ भन्नुको मतलब त्यो छेस्का छेस्का नै बन्दैन् छेस्का प्रति न्याय हुँदैन । साहित्यका अरु विधाझैं छेस्कालाई पनि विश्वास र सम्मान पुर्वक सम्झनु पर्छ र लेखिनु आवश्यक छ तब मात्र पूर्ण र सक्षम छेस्का बन्दछ ।

छेस्का संसार तपाईहरु सबैलाई हाम्रो परिवारमा हार्दिक स्वागत गर्दछ ।

All Copyright Reserved
तयार पार्ने,
राम शरण श्रेष्ठ
रोहित राना
गौरब श्रेष्ठ
नेपाली गजलका साथीहरु
छेस्का परिवार  
Blog :
http://chheskasansar.blogspot.com/

गजल शुत्र र छन्दको बारेमा

NepaliTalim | 11:24:00 AM | 0 comments
छन्दमा आठओटा गणहरु हुन्छन । तिनै गणका आधारमा सम्पूर्ण छन्दको निमार्ण गरिन्छ । आचार्य पिङ्गलले गणनिर्धारणलाई सहज बनाउन एउटा सुत्रको निर्माण गरेका छन् ।
त्यो सूत्र हो ।

                 ( य मा ता रा ज भा न स ल गा )

उपयल्लिखित सुत्रबात प्रत्येक तिन तिन अक्षर छुट्याउँदै र एक अक्षर निकाल्दै जाँदा एक एक गणहरु निस्किदै जान्छन् । यसलाई यसरि छुट्याउन सकिन्छ ।

क्रसं       सुत्र            सङ्केत            गण              उदाहरण
१.         यमाता             iss                 य                जुनेली
२.         मातारा            sss                म                आएको
३.          ताराज            ssi                 त                नेपाल
४.         राजभा            sis                 र                 चाहना
५.         जभान            isi                  ज                रमेश
६.         भानस             sii                  भ                 सागर
७.         नसल              iii                  न                 रहर
८.         सलगा             iis                  स                 गमला
९.         ल                   i                   लघु               छ
१०.        गा                   s                  गुरु               यो


गजल सिद्धान्तहरु

NepaliTalim | 2:49:00 PM | 0 comments

गजल सिद्धान्तहरु

गजल सिद्धान्तहरु
नेपालका प्रथम गजलकारहरु मोतिराम भट्ट र शम्भु प्रसाद ढुङ्गेल लाई हार्दिक श्रद्दन्जलि ब्यक्त गर्दछु ।
बर्तमान विश्व साहित्यमा लोकप्रियताको सिखर चढ्न सफल गजल विधा आफैमा एक उत्कृष्ट साहित्य विधा हो । गजल अरविमा जन्मिएर उर्दु फारसिमा विकास विस्तार र उत्कृष्टता हाँसिल गरेको गेय विधा हो ।
गजल फारसि सब्द हो जसको अर्थ हुन्छ प्रेमिका संग कुराकानी वा प्रणय वार्ता तर ब्यवहारमा धेरै अगाडि देखिनै प्रेमि वा प्रेमिकासंगको वार्तामा मात्र सिमित छैन ।गजल लेख्न सामान्यतया काफिया, रदिफ, मतला, शेर आदिको जानकारि हुनु आवस्यक छ । जसको एक पंत्ति लाई “मिसरा” भनिन्छ । दुई ओटा मिसरा मिलेर एक सेर बन्छ । सेरको माथिल्लो पंत्तिलाई “मिसरा ए उला” र तल्लो पंत्ति लाई “मिसरा ए सानि” भनिन्छ । जसको दुबै सेरहरु अनुप्रास युत्त हुन्छन् । गजलमा एक भन्दा वढि मत्लाको प्रयोग हुनसक्छ यस्तो गजलमा प्रथम मत्लालाई “मत्ला ए उला” र त्यसपछिको लाई “मत्ला ए सानि” भनिन्न । त्यसपछिका शेरहरुमा “मिसरा ए उला” स्वतन्त्र हुन्छ भने तल्लो मिसरा मत्लाका मिसराहरमा अनुप्रास युक्त हुन्छन् ।गजलका सबैभन्दा महत्वपूर्ण २ तत्वहरु हुन् “रदिफ” र “काफिया” ।। “रदिफ” मत्लाका दुबै मिसराका अन्तिम र शेरको अन्तिम शब्द हो । “काफिया” रदिफको पूर्ववर्ति अनुप्रासयुक्त शब्द हो ।
उदाहरण
पछि पछि सारा विश्व आउनुको के अर्थ ।।
तिमी छैनौ त सारा खुसि पाउनुको के अर्थ ।।
यहाँ रदिफ — के अर्थ हो भने
काफिया — आउनुको, पाउनुको हो
माथिको २ लाईन लाई शेर भनिन्छ ।
यो गजलको पहिलो शेर भएकोले यसलाई मतला भनिन्छ जसमा दुबै लाईनमा काफियाको प्रयोग भएको छ
यस्तै,
काफिया एउटै गजलका शेरहरुमा कहिल्यै पनि दोहोरिनु हुँदैन भन्नुको मतलब एउटै काफिया अर्को शेरमा प्रयोग गर्नु हुदैन । जस्तै, नगाउ, नपाउ, नजाउ जस्ता शब्दहरु काफियाको रुपमा प्रयोग गर्दा अन्य शब्दहरु बनाउ, उठाउ जस्ता “ आउ ” स्वर आउने शब्दहरु प्रयोग हुनु पर्छ देउ, लेउ जस्ता पछाडि “उ” मात्र आउने शब्द प्रयोग हुनु हँुदैन । गजलमा गजलकारको अभिब्यक्ति कौशलको विशिष्टतालाई “अन्दाजेबयाँ” भनिन्छ भने “अन्दाजेवयाँ” को सवालमा गजलको शैली प्रतिक र भावले प्रकट गर्दछ ।
त्यस्तै, गजलको अन्तीम शेरलाई “मक्ता” भनिन्छ जसको अर्थ अन्त्य हुनु हो ।

१. काफिया :
काफियालाई गजलको मुटु भनिन्छ । काफिया प्रयोगमा गजलकार जति सशक्त छ गजल त्यतिनै उत्कृष्ट हुन्छ । काफिया भनेको गजलको थालनि देखि अन्त्य सम्म आउने विन्यास हो । गजलमा एउटै काफिया दुई ठाउँमै आउनु हुँदैन । त्यस्तै पुग्छ संग आएको फुट्छ र माग्ने संग आएको चाख्ने ले पूर्ण काफियाको भूमिका निर्वाह गर्न सक्दैन । मुख र दुःख उच्चारण मुख हुनसक्छ तर दुख् हुन सक्दैन जुनबेला काफिया दोस देखापर्छ ।। सहि र सान्दर्भिक काफियाको प्रयोग गर्न सक्ने खुबिनै गजलकारको विशिष्ट चिनारी हो ।।
उदाहरण,
मुटु तिमीले चोरेर लिएपछी बेचैन छु ।।
ज्यान तिम्रो मुठ्ठिमा दिएपछी बेचैन छु ।।
यहाँ,
काफिया — लिएपछी, दिएपछी हो भने
रदिफ — बेचैन छु हो ।

२. रदिफ:
रदिफ गजलको अनिवार्य तत्व हो । प्रत्येक काफियाको पछि आउने र सुरुदेखि अन्त्य सम्म आईरहने शब्द वा पदावलिनाई रदिफ भनिन्छ । यो नभएको गजल असफल चाहिं हुँदैन तर रदिफ नभएका गजल रदिफ भएका गजलको तुलनामा कम गेय हुन्छ । रदिफ प्रयोगमा गजलकारले सचेत हुनुपर्ने भनेको नै भावअनुकुल उहि शब्दको आवृतिमा हो ।।

३. मतला
:मतला को अर्थ प्रारम्भ र सुरुवात हो । मतला भनेको गजलको प्ररम्भ हो अर्थात गजलको प्रथम सेर वा पहिला दुई हरफलाई मतला भनिन्छ अर्थात दुबैमा काफियाको प्रयोग भएको गजलको पहिलो शेरनै मतला हो ।
उदाहरण,
एक पल्ट प्रेम नसा, पिएरत हेर्नुस ।।
मस्त प्रेम आनान्दमा, जिएरत हेर्नुस ।।

प्रस्ताव यो प्रेमको, राखेकोछु हजुरलाई
सुरुवात मा रोतो गूलाफ, लिएरत हेर्नुस ।।

जिन्दगीमा प्रेम भन्दा, ठुलो कुरा केहि छैन
एक मुस्कान यता तिर, दिएरत हेर्नुस ।।

जीन्दगीको अर्को नाम, दुःख र सुःख हो
घाउ भए पुरानो, सिएरत हेर्नुस ।।
नोट ः
लेखक ः राम शरण श्रेष्ठ
माथिको गजलमा मतला भनेको
...............................
एक पल्ट प्रेम नसा, पिएरत हेर्नुस ।।
मस्त प्रेम आनान्दमा, जिएरत हेर्नुस ।
यहाँ
मिसरा ए उला — एक पल्ट प्रेम नसा, पिएरत हेर्नुस ।।
मिसरा ए सानी — मस्त प्रेम आनान्दमा, जिएरत हेर्नुस ।।
र दुबै लाईनलाई मिलाए पछि एउटा शेर बन्छ ।।

४. मक्ता :
अरबिमा समापन अर्थात समाप्तीलाई मक्ता भनिन्छ । गजलका सन्दर्भमा मक्ता भन्नेविक्तिकै गजलको समाप्तीको शेर भन्ने सम्झनुपर्दछ । कतिपय लेखकले जुन शेरमा तखल्लुस प्रयोग भएको छ त्यसलाई मात्र मक्ता भनेको पाईन्छ । याहाँ मक्ता भनेको अन्य हुनु हो चाहे तखल्लुस होस या नहोस ।। तखल्लुस भन्नाले गजलकारले आफ्नो नाम गजलको अन्तिम सेरमा सन्दर्भ भिलाएर प्रयोग गरेका हुन्छन , त्यसैलाई जनाउँछ । अन्तिम शेरमा गजलकारले आफ्नो नाम प्रयोग गर्दछ भने त्यसैलाई तखल्लुस भनिन्छ ।।

५. बहर:
गजलमा प्रयोग हुने फारसि वा उर्दु शास्त्रिय लयलाई बहर भनिन्छ अर्थात गजलमा प्रयोग हुने लय बिधालाई नै बहर हो । गजल लय विहिन हुन सक्दैन.. चाहे त्यो परम्परिक, सैदान्तिक होस वा स्वनिर्मित लय होस । गजल गेय विधा हो त्यसैले यसका लागि लय अनिवार्य हुन्छ । लय, छन्द वा वहर सबैले रचना भित्रको संगित चेतनालाई संकेत गर्दछ ।

६. मिसरा:
शेरका हरेक पंत्तिलाई मिसरा भनिन्छ । मिसराको उचित समायोजनमा एउटा पूर्ण शेर बन्छ । गजलमा समेटिने भिन्न खालका भावनालाई मिसराहरुले उचित समायोजन गरेका हुन्छन् । यो २ प्रकारको हुन्छ हरेक शेरको पहिलो हरफलाई “मिसरा ए उला” र तल्लो वा दोस्रो हरफलाई “मिसरा ए सानी” भनिन्छ ।

७. शेर:
अरबि भाषामा “शेर” भनेको कपाल हो । यद्यपि गजलको सन्दर्भमा शेर भनेको गजलका दुई हरफलाई बुझाउँछ । गजल यिनै शेरहरुको सयुक्त रुप हो । गजलमा यतिकै शेर हुनुपर्छ भन्नेत छैन तर न्यूनतम ३ देखि माथि २२ शेर सम्मका गजल रचना भएको पाईएतापनि ५ शेरको गजल उत्कृष्ट मानिन्छ ।।
तयार पार्ने,
राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स, बडा नं. ६, रामेछाप 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger