कविता - मूल्य
तिम्रो क्यानभाषको आयातन
बढेको पक्कै हो-
जब तिम्रा कुचीले कामुक मुस्कान वाली
बिश्वसुन्दरीको चित्र दुरुस्तै कोरेको थियो
तिम्रो क्यानभाषको मुल्य आकासिएको पक्कै हो
जब त्यसमा कोरीए-
नामुद नगरबधुको मोहनी मुस्कान,
चर्चित नेताको मुखाकृति,
दरबारमार्गको बुढो शिरिषको रुख
सिंहदरबार अगाडीका पृथ्वीनारायणको चोर औंला
र मार्क्स लेलिनका जुँगे तस्विर !
शहरले तिमीलाई रातारात महान् बनायो
तिम्रा सबै पेन्टिङ् हातहातै बिक्री भए
मनग्य पैसा कमायौ
सुनें,...
Showing posts with label अतिथि कविताहरु. Show all posts
Showing posts with label अतिथि कविताहरु. Show all posts
कवि अजित क्षेत्रीको कविता - मूल्य (Poem Mulya by Ajit Chhetri)-29-10-2018
NepaliTalim | 4:30:00 PM | 0
comments
कवयित्री शुष्मा रुपाबुङ राईको कविता “लोकसेवा पिडित” _Poem Loksewa Pidit by Sushma Rupabung Rai
NepaliTalim | 11:10:00 AM | 0
comments

लोकसेवा पीडित
(कवयित्री शुष्मा रुपाबुङ राई)
फेल पार्नै बनाएको लोकसेवामा
पटक पटक पास गर्ने कोशीस गर्दा- गर्दा
जोबन लोलाएको म एउटा लोकसेवा पीडितलाई
न्याय चाहियो हजुर!
स्वास्नी पीडित
लोग्ने पीडित
छिमेकी पीडित
प्रेमीप्रेमिका पीडित
सबै आफ्नो न्याय खोज्नको लागि
एकजुट भएर साझेदारीमा संस्था खोलिसके
आउनुहोस् कोही म जस्तै लोकसेवा पीडित
हुनुन्छ भने एकजुट भइ न्याय मागौ
बढीपीडित र भुकम्पपीडितको राहत खोस्नेहरुले
के देला र हाम्रो जोवनको...
अजित क्षेत्रीको कविता -चिठ्ठी (Poem -Chiththi by Poet Ajit Chhetri) - 26-10-2017
NepaliTalim | 10:21:00 AM | 0
comments
कविता - चिठ्ठी
-क्षेत्री अजित
------------
प्रिय,
कुनैदिन म गएछु भने
तिमीबाट टाढा भएछु भने
लेखिदिनु एउटा बिरही गीत,
खसी जाने शितको सम्झनामा
पैयुँको बोटमा जुनकीरिले गाए जस्तो
बिरहको कुनै अँध्यारो रातमा
तिमीलाई सम्झि रुँदै रुँदै
म गाउनेछु ।
म खसेछु भने
मिर्मिरेमा तारा खसेजस्तो,
म बगेछु भने
सागरमा पुतली बगेजस्तो,
चढाई दिनु दुई थुँगा फूल,
लाहुर हिँडेको सिपाहीले
फेरी भेट्ने बाचा गर्दै
पियारीको सम्झनामा
सिमलको फेँदमा
पाती...
कवि अजित क्षेत्रीको कविता -प्रेम-एक अन्तहीन यात्रा (Poem by Ajit Chhetri -Prem Ek Antahin Yatra) -13-10-2017
NepaliTalim | 3:58:00 PM | 0
comments
प्रेम-एक अन्तहीन यात्रा
कबिता/क्षेत्री अजित
महिना दिनको
माइत बसाईं पछि
भेट्ने तिब्र चाहनामा
ऊ आई हुईकिँदै
दौडिँदै
एक सासमा बेगले
आँगन, र
आँगन हुँदै पिँडी
अनि भुइँतलाको
त्यो सानो कोठा
जहाँ म आतुर थिएँ
ऊ अर्थात्
मेरी पत्नीसँग आलिंगनको,
एउटा न्यानो अंगालोको
भुमरीमा
आफूलाई बिसर्जन गर्न ।
उ आई
चिसो प्रेमिल बतास आयो
सागरको लहर आयो
संघारमै
र त्यसमै म बगेँ
उसले हात दिई
समाई
काखमा राखी
उसैगरी
जसरी
काखमा राख्नु हुन्थ्यो
मलाई मेरी आमा
उ झुकी
बादल जस्तो...
कवि अजित क्षेत्रीकाे कविता बुख्याँचाहरू (Poem Bukhyachaharu by Ajit Chhetri) - 11-10-2017
NepaliTalim | 11:07:00 AM | 0
comments
कविता - बुख्याँचाहरू
क्षेत्री अजित
....
धेरै पहिले
हातमा मसाल र लाठी लिएर
अनिदो पहाडमा जम्मा भए
एक हुल बुख्याँचाहरू
र,त्यो बुढो घरमा हमला गरे
आगो लगाए
नारा लगाए
जिन्दाबाद
मुर्दाबाद
भिड जम्मा भयो
भिडमै मिसिएँ म पनि ।
बुख्याँचाहरू भन्दै थिए-
यो पुरानो सामन्ती महलमा
सेता माकुराले जालो लगाएको छ
यहि जीर्ण महलमा लुकेर
दुष्ट सेतो माकुराले
गाउँलेलाई सताएको छ
बाटो छेकेको छ
बाली बिगारेको छ
गाउँलेलाई डसेको छ
गाउँलेले आगो लगाए
सेता माकुराको जालोमा,
घर...
कवि अजित क्षेत्रीको कविता- कविताको खेती (Poet Ajit Chhetri with Kabitako Kheti) : 18-08-2017
NepaliTalim | 4:43:00 PM | 0
comments

कविता -कविताको खेती
-क्षेत्री अजित
भोक र शोकमा पनि हाँस्ने
अभाव र दुःखमा पनि बाँच्ने
रित्तो गोजी तर सधैं ब्यस्त जीवन
कवि तिमी महान छौ
भोकमै महाकविले कविता लेखे
भोकमै भुपीहरूले देश लेखे
तर लेखेनन् कहिल्यै दुःखका कविता
यहाँ भोका कविले
वीरताको कविता लेखे
स्वाभिमान र सम्पन्नताको कविता लेखे
रोगले थलिँदा लेखे
आँखा कमजोर हुँदा लेखे
तर लेखेनन् आफ्नै कथा
तर लेखेनन् आफ्नै कविता ।
अर्काको जीवनको करौंतीमा
साँध लगाउने कविहरू
आफ्नै जीवनको आँगनको
डिल...
कवि अजित क्षेत्रीको 'म बहुलाएको छु' शिर्षकको गद्य कविता (Ma Bahulayeko Chhu-Poem by Ajit Chhetri) -06-05-2016
NepaliTalim | 10:05:00 AM | 0
comments
अजित क्षेत्री
कविता - म बहुलाएको छु
-अजित क्षेत्री
.....................
यी पत्थरका ईश्वर
अनि कर्कट जस्तै मान्छे
डडेलोले छोपेको आकाश
र
रुमानी सपनाहरूको कारखाना
ओ प्रिय
मसँग प्रेमका कुरा नगर
म त बहुलाएको छु
जुनदिन म काठमाडौँ हिँडेको थें
रातो टीका र फूल दिएर
बहिनीले भनेकी थिइन्-
दाइ ठुलो मान्छे बनेस् है
काठमाडौँको भूगोलमा मैले
जीवनका गोरेटा खन्नु थियो
बहिनीले भनेजस्तै ठूलो
र बाबाले भनेजस्तै
असल मान्छे बन्नु थियो
अनि जितेर ल्याउनु थियो
आमाका सपनाहरू
सुनेको...
कवि अजित क्षेत्रीका मान्छे शिर्षककाे कविता -05-05-2016 (Poem by Ajit Chhetri)
NepaliTalim | 5:03:00 PM | 0
comments
Poet-Ajit Chhetri
मान्छेहरु (कविता)
यहाँ मान्छेहरु...जो हाँसेजस्ता देखिन्छन् ती रोएका हुन्छन्जो रोएको अभिनय गर्छन् ती हाँसेका भेटिन्छन्जो अंकमाल गर्छन् ती छुरा बोकेका हुन्छन्जो टाढा हुन्छन् ती अंकमालको आतुर हुन्छन्वास्तवमा मान्छेजे देखिन्छ त्यो होइनजे देखिन्न त्यो पनि होइनम मान्छे भएर पनि मान्छेलाई बुझ्न सकिनथाहा छैन यहाँको मान्छे होको मान्छे होइन ।
हिउँद याममाब्रम्हपुत्र नदी किनारमासमागमका लागी आतुर फिरन्ते बकुल्ला झैंतम्तयार छन् मान्छेमान्छेकै...
कवि दीप मिलनको वसन्त कविता अहाँकै सस्वरमा बाचन सहित (05-05-2016/2073-01-23) : Download
NepaliTalim | 4:46:00 PM | 0
comments

Poet-Deep Milan
कविता बाचन
शिर्षक -बसन्त
आयो पात्रो घर घर नयाँ आशको दीप बाल्दै!
लैजाऊ यी जनलहरको पीर चिन्ता पखाल्दै!!
यो माटोमा अब विरहको गर्नु पर्ने छ अन्त!!
आऊ आऊ सबतिर खुशी बाँड प्यारो वसन्त!!
-
रोएका यी तनमनहरु हाँस्न सक्ने बनाई!
हांस्दै खेल्दै सब मिलिजुली बाँच्न सक्ने बनाई!!
छर्दै फूल्नू रनवन भरी फूल मीठो सुगन्ध!!
यस्तै बास्ना सुमधुर छरे बन्छ मीठो वसन्त!!
-
काला मैला दिन मनुजका लाग्न थालून् किनारा!!
रोएका यी मन लहरको...
कविता - सरिता अर्थात नदी -प्रकाश विहीन (26-01-2015)
NepaliTalim | 9:21:00 AM | 0
comments

प्रिय सरितातिमी पलपलमा हजारौ चोटहरु सहदै । उचालीदै, पछारीदै अनि अतालिदै दौडिदै।लताकुञ्जसंग लुकामारी खेल्दै रमाउदै,जीवनको आभा भेट्ने तिव्र आकाँक्षमा पौडिरहेछौ ।पुग्न गन्तव्यमापरिवर्तनको संग्राममा होमीएकी छौ ।तर तिम्रो यात्रालाई,तिम्रो उपस्थितिलाईसमाजले अकै बुझेरब्ुझ पचाएर दुःख दिइरहेछ ।म त्यो अनुभुती गर्न सक्छु , अभाष पनि सरीता ।‘‘‘सरिता एउटा नारी एउटा नदीनदी र नारीको जीवन भोगाई उस्तैउस्तै तृष्णा अनि पीडा पनि दुरुस्तै ।एक पटक हरण भएको कुमारीत्व...
कविता "म पोखिन्छु " - खकेन्द्र साउद समर्पण (19-09-2013)
NepaliTalim | 10:58:00 PM | 0
comments

म पोखिन्छु
छताछुल्ल हुन्छु
चारै तिर फैलिन्छु र भिज्छु माटोमा
जब मेरि आमाका
मेरि प्रियाका
निदोष आवाजमा भरिएका
थुप्रै चाहानाका झोला फुक्छन मेरो अगाडि|
बाबाको गगन चुम्बि सपना
डक्टर बन्नु बाबु ,ईन्जिनिएर बन्नु
सबैको अगाडि
मेरो नाम उभ्याउनु र भन्नू
मेरो बाबा कर्णध्वज हो
तर बाबा
आज सोध्नेलाई भन्छु
म बहादुर का बेटा हुँ
मैले सबे कुरा मिचेको बस सबै कुरा|
आज प्रतेक गल्लि च्याहार्छु अनि सम्झिन्छु
बाबु पढेर ठुलो मान्छे बन्नु है
पोलिन्छु र रन्थनिन्छु
र...
कविता - परदेशी जीवन (गौरब श्रेष्ठ मनकुरा)
NepaliTalim | 11:25:00 PM | 0
comments

Mero Gaurab
नभन साथी, परदेशी भुमी, धन को, भकारि
नहुदो रैछ, घाउको पीडा, आफैलाई नपरि
बेचेर आफ्नो, प्रत्यक पल, अमुल्य समय
के गर्छौ चैन, फर्केर तीम्ले, जीबन, नै नरहे
पैसाकै पछि, दगुर्दै आज, जीबन, मारेर
नरहे माटो, फुल्दैन फूल बालुवामा सारेर
नभन साथी, परदेशी माटो सुखको, संसार
गरेर केही, देशैमा आफ्नो, मनलाई, सम्हाल
बेचेर धेरै, कमाउनु थोर, अनिद्रा रातमा
धेरैले जीबन, बनाए बेकार, पैसाको मातमा
आफन्त टाढा, मायाको आशमा, छटपटी हुदो,हो
सम्झेर...
कविता -रामेछापका सबै गा.वि.स.का नामहरुबाट बनेको कविता
NepaliTalim | 4:21:00 PM | 2comments

जाडो आयो घाम तापौला मन्थलीको रापमाचैत्र लाग्दा लेक चढौला हाम्रै रामेछापमा ।जुनारको वोटमा नाचौं ओख्रेनीमा गईसुकाजोर, खिम्ती गई खाउँला दुध दही ।अनारखेती गर्न थाल सुनारपानी सालुदोरम्बा र डडुवाले फलाएछन् आलु ।गुम्देल तिमी जल बाँड वनी अति बनी दानीभुजी, प्रिती माया गाँस ठासे फलामखानी ।कृष्णलाललाई जन्म दिने हाम्रै कठजोरचिया वगान बनाउने बाम्ती, गुप्तेश्वर । नागदह, सैपु, गोठगाउँ अनि विजुलीकोटनयाँ खेती गरी अव कमाउनु छ नोट ।वेताली, नामाडी, रस्नालु अव...
Subscribe to:
Posts (Atom)