Home » » कविता -रामेछापका सबै गा.वि.स.का नामहरुबाट बनेको कविता

कविता -रामेछापका सबै गा.वि.स.का नामहरुबाट बनेको कविता

NepaliTalim | 4:21:00 PM | 2comments


जाडो आयो घाम तापौला मन्थलीको रापमा
चैत्र लाग्दा लेक चढौला हाम्रै रामेछापमा ।

जुनारको वोटमा नाचौं ओख्रेनीमा गई
सुकाजोर, खिम्ती गई खाउँला दुध दही ।

अनारखेती गर्न थाल सुनारपानी सालु
दोरम्बा र डडुवाले फलाएछन् आलु ।

गुम्देल तिमी जल बाँड वनी अति बनी दानी
भुजी, प्रिती माया गाँस ठासे फलामखानी ।

कृष्णलाललाई जन्म दिने हाम्रै कठजोर
चिया वगान बनाउने बाम्ती, गुप्तेश्वर ।

नागदह, सैपु, गोठगाउँ अनि विजुलीकोट
नयाँ खेती गरी अव कमाउनु छ नोट ।

वेताली, नामाडी, रस्नालु अव वत्ति वाल
फुलासी,, गेलु, पुरानागाउँ गरिवलाई पाल ।

भलुवाजोर,भटौली, पकरवास फलाउ धान
खाँडादेवी तिमी बढाउ यो जिल्लाको मान ।

दिमीपोखरी, हिलेदेवी अर्को खनियापानी
माकादुम र राकाथुम यी आँखाका नानी ।

साँघुटार, देउराली, रामपुर, हिमगंगा
मझुवा नी अघि बढ मन पारेर चंगा ।

चनखु र चिसापानी हामी तिम्रै साथ
लखनपुर, टोकरपुर, गौश्वारा अघि बढाउ हात ।

पिङखुरी, चुचुरे, कुभुकास्थली, गोठपानी
अरु भन्दा कमी छैनौ अघि बढौं हामी ।

गुन्सी, फर्पु, वेथान, गागल अनि दुरागाउँ
सँगसँगै अघि बढ चलाएर नाउँ ।

बाँकी रह्यौ फेरी हामी तिल्पुङ, भीरपानी
सवैलाई सहयोग गर्छौं दयाका छौं खानी ।

तामाकोशी गाउँदै आईन संगित छ्योरोल्पा ताल
रामेछापका गहना हुन् गंगा, पुस्पलाल ।

जदौ ।

हिरालाल आचार्य ″अनारबाजे˝
सुनारपानी, रामेछाप
फोन ०४८ ५४००६९
मार्फत रविन शैलुङ
tbthapa.rabin@gmail.com
Source : http://ramechhapdistrict.com/?page_id=391
Share this article :

2 comments:

उमेश श्रेष्ठ said...

केहि Typing mistake भए जस्तो लग्यो

गुम्देल तिमी जल बाँड वनी अति बनी दानी
भुजी, प्रिती माया गाँस ठासे फलामखानी ।

ठोसे फलाम खानी|

Sanjaya kumar khadka said...

ल गज्जब को कविता बनेछ है सर्जक लाइ सलाम मेरो पनि यस्तै यस्तै कविता फुर्दै जावोस |

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger