Home » » Muktak Madhurima - (2069-05-21/06-09-2012) - Download

Muktak Madhurima - (2069-05-21/06-09-2012) - Download

Hari Sharan Shrestha | 10:03:00 PM | 0 comments
( मुक्तक मधुरिमा )
Program : Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-05-21/06-09-2012)

आज मिति 2069 भाद्र 21  गते तदनुसार 6th Sep 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मे
गाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen And Download
 
Download :  Click Here to Download



२०६९-०५-२१ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............

01-Ram Sharan Shrestha
कैले आफ्नै भरोसा हुँदैन ।।
जिन्दगी हाम्रो हमेसा हुँदैन ।।

बलेर दियो उज्यालो दिन्छ
आज भाको भोली पेसा हुँदैन ।।

चिसापानी ६ , रामेछाप ।
अगाडिका श्रीङ्खलाहरु चिसापानी नेपाल बाट सुन्न र डाउनलोड गर्न सकिन्छ ।
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhu



02-ß-kash Neupane
म प्रति पटक्कै विश्वास छैन रे कालि ले भनेको
संबंध मा हाम्रो अडिक भै'न रे कालि ले भनेको
गुनासो पनि कत्ति ठुलो छ भने नि मेरि मैया को
घुमाउन उनिलाइ कतै लै'न रे कालि ले भनेको

03-Mohan Bihani ********** मुक्तक ***********
तिम्रो यौवन को फुल फुले जस्तो देख्छु,
हिजो भन्दा आज अझै खुले जस्तो देख्छु,
मनको ईच्छा मन भित्रै गुम्सी रह्यो सदा,
फुलबारीमा अर्कै माली डुले जस्तो देख्छु।
Copyright@--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही -- listen and Download--
http://mohanbihani.blogspot.com/search/label/%E0%A4%AE%E0%A5%81%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%95%20%E0%A4%AE%E0%A5%81%E0%A4%A7%E0%A5%81%E0%A4%B0%E0%A5%80%E0%A4%AE%E0%A4%BE

04-Ashish Danai मुक्तक
चामल देखी नुनसम्म िकन्नुपर्छ यहाँ
पािन देखी खुनसम्म िकन्नुपर्छ यहाँ
एक सुको छैन साथमा खल्ती िरत्तीराछ
दयादेखी गुनसम्म िकन्नुपर्छ यहाँ
-आिशष दनाई
बेिसशहर, लमजुङ
Go to www.ashishdanai.com.np to listen and download all episodes of muktak madhurima...

05-अर्जेल मायाको शागर अर्जेल
नत यो मन भित्र कुनै दियो बलेको छ !
बिछोड को पिडाले यो मुटु जलेको छ
रुन्छु शँधै बिगतका ति दिनहरु सम्झी_सम्झी!
उनकै यादमा तडपी_तडपी यो ज्यान आज गलेको छ !
नवलपराशी शर्दी खोरन्डी टाँडी
हाल मुम्बैई ब

06-Lb Sagar
ऑफ्नै छॉनो उडाऐर ,अरुकै छॉयर के पॉयै ?
अपुरैमा भॉकल राखी ,मन्दिर धॉयर के पॉयै ?
जिबन्त उद्दारण दिन्छु भन्थ्यै ,नमेटीने गरी ।
अन गन्ति ऑशु थोपा ,चुहॉउन लॉयरै के पॉयै ?
ऐल.बि.सागर ,कैलाली ।हाल मलेशिया

07-Arjun Chaudhary
मेरो माया उनको ओल्ड भयो रे,
म हैन अरुनै गोल्ड भयो रे,
जाडो होस या गर्मि टासिएर बस्छु भन्थि,
म हैन अरुनै गर्मि यामको कोल्ड भयो रे....
ARJUN CHAUDHARY,PADAMPUR 6.

08-Aindra Bikram Nisthuri
ओइलाएको पात म त कहिले झर्छु थाहा छैन॥
बालुवाको माछा म त कहिले मर्छु थाहा छैन॥
साच्चै मलाई बिर्सिएर टाढा जाउ भन्छौ भने।
तिम्रो गाँउ छाडी बंसाई कहिले सर्छु थाहा छैन॥

09-Krishna Paudyal
राफ समान तातिनु हुन्न
वैशले धेरै मातिनु हुन्न
हुन्छ समाधान समस्याको
विवाह गर्न आतिनु हुन्न
कृष्ण पौड्याल बम्घा एक गुल्मी

10-Nirdoshi Pokhrel
न हार न जितको खेलमा देखें।
बर्षायामको ठुलो भेलमा देखें॥
चाहन्थें तिम्लाई आफ्नो बनाउन।
आज पराई सँग रेलमा देखें॥
लोक बहादुर पोख्रेल निर्दोशी बेनिमणिपुर सात देवि नगर सर्दी नवलपरासी
हाल मुम्बई

11-तिलक निस्कर्ष
आयौ मलाइ हराउन, आफै हारेर गयौ
के मा चित्त बुझेन कुन्नि आशु झारेर गयौ
तिम्ले नै दियको घातले म ढुंगा भयको हु
पहिले त् तिमि आफैले बशाई सारेर गयौ ...
रत्ननगर ७ चितवन

12-Baral Suryamani
देखेर मलाई मसक्क मस्किन्छे मैया,
टोलाउँछे अनि झसक्क झस्किन्छे मैया।
खै के मा चित्त बुझ्दैन उस्लाई।
अनि फेरि ठसक्क ठस्किन्छे मैया।।

महेन्द्रनगर-8, सुनसरी हाल घट्टेकुलो, काठमाण्डौ

13-Dipendra Chapagain
तिमीलाई माया गर्न कस्ले रोक्छ हेर्छु म पनि
तिमीलाई मायारुपी अँगालोमा बेर्छु म पनि
छातीभित्र तिम्रो माया जोगाउनलाई जुनिभरी
दिलको कलमले ईतिहासको पाना केर्छु म पनि ।।
दिपेन्द्र चापागाँई, हरिहरपुर–१, कपिलवस्तु ।
हाल–मुम्बईबाट

14-Artimus Siru
पिरको भारले घेरिएको मान्छे म ।
समस्याको भुमरीमा बेरिएको मान्छे म ॥
को नै पो हुन्छर आफ्नो भन्ने य यहाँ ।
समयको चक्रमा सेरिएको मान्छे म ॥
सुमित्रा अधिकारी (धिताल)
गोरखा

15-Raag Gazmer Raz
एकोहोरो बाली फल्दैन
एक हातले ताली बज्दैन
मेरो मात्र बाध्यता हो र सहनशिलता ?
त्यसै मुखले गाली बक्दैन

16-Nabodit Nabaraj
रातैभरी कुन्नि के के पिलाएर गईन उनी ।
मस्त हुँदै बाहुपासमा निदाएर गईन उनी ।
पर्खाल बनी उभिएथ्यो हामी बिचमा समय त्यो
मिर्मिरेमा आँखाको डिल भिजाएर गईन उनी ।
-नबराज नबोदित
Leguwa,Dhankuta
हाल: दोहा, कतार।

17-Lalu Gm
दैबले नै छलेको मान्छे म।
मुढो सरी ढलेको मान्छे म।।
आफ्नाले नै घात गर्छन यहाँ,
भित्र भित्रै जलेको मान्छे म।।
लालु जि.एम
स्वर्गद्वारी प्यूठान
हाल मलेसिया

18-A.p. Suman
एकैपल म विनाको जीन्दगी त्यो बाची हेर
माया मेरो कति लाग्ला सम्झनामा साची हेर
सम्भव जस्तो लाग्छ भने म विनाको जीन्दगी नि
ढुंगाको मन होइन मेरो कमलै छ भाची हेर
- "ए.पी." सुमन
नवलपरासी

19-Arjun Chaudhary
जवानी ढल्किएला होस गर है काली,
जवानी खेरजाला जोस गर है काली,
लाऊलाऊ खाऊखाऊ जवानीमा तडपिएर बस्छौ किन,
जवानी सकिएला मोज गर है काली......
ARJUN CHAUDHARY.PADAMPUR

20-निस्चल प्रेमी कान्छा
तिम्रो दिलको फुलबारिमा चरेकैत होनी काली
तिमीलाई भेट्न बुटवल तिर झरेकैत होनी काली
तिम्रो मेरो सम्बन्धमा अहिले फाटोँ परेपनी
हात समाई तिनाउँ खोला तरेकैत होनी काली
निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल मुम्बइ भारत

21-श्रीकान्त बराल कहेराज
राजनीतिक झैँ झगडा अबरुद्ध हुनु पर्छ
सारा नेता ज्युको मन हरु शुद्ध हुनु पर्छ
देश त हेर बरै खल्बलिमा डुबिसक्यो
सारा नेता अनि जनको मन बुद्ध हुनुपर्छ
कृष्णमन्दिर चोक

22-Boz Raj ...
माया गर्छु भन्ने हरु, गरे अनि गए,
संगै बस्छु भन्ने हरु, सरे अनि गए,
आफ्नै चिहान आफैं खनी, कुर्छ मान्छे काल,
हामी छौं नि भन्ने हरु, मरे अनि गए!
.....तपाइको दिन शुभ होस्!...

गीत > माया गर्ने को चोखो माया पनि देखियो >रामकृष्ण ढकाल

23-Amrit Shrestha
तिमी सँग हास्न रुन जरुर ठानिन
यो जिन्दगिमा सँगै हुन जरुर ठानिन
आखिर तिमी नै नभय् पछी मेरो भन्नु
तिम्रो तस्वीर दिल्मा सजाउन जरुर ठानिन ।।
(Amrit shrestha pokhara 12 kaski)

24-प्रेम प्रसाद भट्ट
जनताको गाश तानी तानी कति पेट भर्छौ नेता
खोक्ने मात्र होइन अब पुरा कहिले गर्छौ नेता
जनता को त कुरै छोड कुकुरले नि हेर्न छोड्यो
यस्तो बदनाम जनता लाइ कहिले सम्म छर्छौ नेता
SSMC

25-Gobinda Acharya Maya
शुभ दिन बिहानीको, शित बनी आऊ तिमी
हृदयमा बास बस्न, प्रीत बनी आऊ तिमी !
भाव पोख्दै संगीतको, सुर ताल धुनसँग
मन मुटु स्पर्श गर्ने, गीत बनी आऊ तिमी
गोबिन्द आचार्य माया
बिरेन्द्रनगर -७,चितवन
हाल: साउदी अरब, अल खोबर

26-Dipak Karakheti मुक्तक
म त हेर छाडिएको मान्छे, नसोध ब्यथा के हो भनेर
र त म टाडीएको मान्छे, नसोध ब्यथा के हो भनेर//
छु त फेरी ढाटिएको मात्रै, झरेर अनी पो माडियको
र त म गाडिएको मान्छे, नसोध ब्यथा के हो भनेर//
दीपक काराखेति
हाल्:-अबुधाबि

27-Bhola Dhital
मलाई माया गर्नु उनको भूल भयो रे,,
सधै मुटु दुखाउने शूल भयो रे,,,,,
कती थिए सपनाहरु दुख का ति खोला तर्ने,,,
तर आज भात्किएको पूल भयो रे,,,,
-भोला धिताल
डाछी-३ काठ्मान्डौ ।

28-Surya Chemjong
पानी भर्न पधेंरीमा झर्ने बहानामा
भेट्दथ्यौ घाँस दाउरा गर्ने बहानामा
कति सफा थियो साँच्चै वालापनको माया
नफक्रदै झर्यो !!! बोट सर्ने बहानामा।

29-मुक्तक सरोबर
तिजमा खाने यसपाली खीर छैन सानु
तिमी र म सँगै छौँ पीर छैन सानु
जिन्दगी को बाटो हाम्रो खुल्न थालेको छ
समथर छ जताततै भीर छैन सानु
-रेडियो देबदह 106.6 मेगा हर्ज।
को मुक्तक सरोबर को पेज लाईक गर्नु होला ।
www.facebook.com/muktaka.sarobar

30-Dipak Dhakal
तिम्रै हात को शिन्दुर पोते लाउछु भनी गयौ तिमी ..!
पर्खी बसे यही ठाउमा आउछु भनी गयौ तिमी ..!!
दिनौ बिते यही ठाउमा तिमलाई कुर्दा कुर्दै ..!
तिमी बस्ने बस्तीहरु धाउछु भनी गयौ तिमी ..!!
-दीपक ढकाल

31-Juntara Sangam
दर्शन दियौ थुर्र काम्ने भालुको रुपमा ,
कुक्क कुक्क कोक्याउने पिडालुको रुपमा ।
लौ सखापै मर्ने भए बतिलाहरु सब ,
तिमी पोखिँदा कडा बिषालुको रुपमा ॥

32-Arjun Bhul _____मुक्तक_____
मुटु संगै मुटु जोडी हानेका ति लातहरू ।
दोबाटोमा मलाई छोडी तानेका ती हातहरू ।।
मन अनि मुटु भित्र राख्न खोज्दा त्यो समाजमा ।
अन्धकारमा पिल्सिएका जुन विनाका रातहरू ।।
-अर्जुन ''प्रभात'' भुल
सिद्धेश्वार-4 अछाम
हाल: भारत

33-Mohan Rawal मुक्तक
म मायाको सँनसार बनाउँछु ।।
साच्चै अब घरबार बनाउँछु ।।
गरीब छु म महल छैन मेरो ।
झुपडि लाई दरबार बनाउँछु ।।
-मोहन रावल अनमोल "अस्तु" बान्नातोलि-5 {अछाम}
हाल-बिरानो शहर मुम्बई

गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
dherai sathiharuko muktak rahe6n tesaile yo satako lagi muktak post garena tra maya mareko hoina aru naya sathiharulai .......mauka diyeko.............................

34-Suman Adhikari
थाहाँ छैन कहाँ छौ तर ब्रत बस्दै हौली !
छिट्टै भेट होशभनि मन्दिर पस्दै हौली !
अन्जान छौ कहिले हो भेट हुने हाम्रो.....
तरपनी राम्री हुन सोह्र श्रिङ्गार घस्दै हौली !

35-Prakash Ajnabee मुक्तक
आमालाई चिठीको एउटा खाम पठाएको छु
खामको बाहिर आफ्नो नाम पठाएको छु
चिठी सगैँ एकै ठाउँमा पोको पारी वरी
बर्षौ देखी कमाएको दाम पठाएको छु ॥
-प्रकाश अजनबी पौडेल
कुर्घा पर्बत
मुम्बैबाट

36-M.s. Sharma
चर्कियको मुटु अनि , आँखा रसाई मुल देखेँ ।
हतारिदै हिड्या हातमा ' वैलियको फुल देखेँ ।
खै कसरि तर्छौ कुन्नि , जिन्दगिका बाटाहरू ?
उर्लियको भेल सँगै , भत्कियको पुल देखेँ ॥
यम. यस. शर्मा
sarkuwa 2 madi Baglung
( hal samundra ko kinar bata )

३७-अविरल भण्डारी
यो धर्तीमा जन्मियर आउदा पनि एक्लै छु म
भगवानको आशिर्बाद पाउदा पनि एक्लै छु म
एउटीको मात्र भर पर्ने बेला गयो अब
३/४ वटी संग माया लाउदा पनि एक्लै छु म

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger