Home » » गजल-उदय भो तिम्रो, मेरो अन्त्य संगै

गजल-उदय भो तिम्रो, मेरो अन्त्य संगै

NepaliTalim | 4:05:00 PM | 0 comments
उदय भो तिम्रो, मेरो अन्त्य संगै ।।
बिजय भो तिम्रो, मेरो अन्त्य संगै ।।

लाग्थ्यो मायाँ मैले भन्दा, तिम्ले बढि गथ्यौ
प्रेममय भो तिम्रो , मेरो अन्त्य संगै ।।

जब हारें सर्बस्व, तिमी देखि सारा सबै
संचय भो तिम्रो, मेरो अन्त्य संगै ।।


भन्छन् जोडि माथिनै, बनेको हुन्छ रे
त्यहि तय भो तिम्रो, मेरो अन्त्य संगै ।।

ज्यानै हाँजिर थियो, त्यो भन्दा वढी लियौ
अनि अभय भो तिम्रो, मेरो अन्त्य संगै ।।
Composed Date :-
27th May 2010/2067/ Jestha 13
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger