Full Novel-Deshle Hareko Yugda हर्क खडायतको उपन्यास "देशले हारेको युद्ध" - Download

NepaliTalim | 4:40:00 PM | 0 comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : "देशले हारेको युद्ध"

लेखक : हर्क खडायत
विधा : उपन्यास
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक :  अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज


Don't Forget to Subscribe YouTube : Click Here


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।


आज तिमी २०६९ फाल्गुण १८ गते तदनुसार १ मार्च २०१३ शुक्रबार, आज देखि हामी नयाँ गद्य लिएर उपस्थित भएका छौं । आज देखि बाचन हुने गद्यहो हर्क बडायतको उपम्यास देशले हारेको युद्ध । मुल्य रु. २०० रहेको यो उपन्यासलाई ओरिएन्टल प्रकाशन गृहले २०१२मा बजारमा ल्याएको थियो । लोकसंगीतको क्षेत्रमा परिचित युवा हर्क खडायतले उपन्याससमेत लेखेर नयाँ परचिय बनाएका छन्। देशले हारेको युद्ध उपन्यासमार्फत उनले आफ्नो हिंसाविरोधी चिन्तनलाई स्थापित गर्न खोजेका छन् । उपन्यासको नाम नै यसको प्रमाण हो । माओवादीको सशस्त्र संघर्षकालमा नेपाली समाजले बेहोरेको भौतिक(अभौतिक क्षतिको सचित्र वर्णन हो, यो उपन्यास। हिंसाले आक्रान्त पारेको जीवन, खण्डित भएको मानवीय मूल्य र मान्यताप्रति उनले सहानुभूति दर्शाएका छन्। उपन्यासका मूलपात्र अमर र अन्य सहचरत्रिका मुखबाट उनले शान्तिको पक्षमा वकालत गरेका छन्।
(Desh Le Hareko Yugda By Harka Khadayan)
Listen and Download
Episode 1:(18-11-2069/01-03-2012)

Download : Click Here to Download Episode 1
Episode 2:(25-11-2069/08-03-2012)

Download : Click Here to Download Episode 2
Episode 3:(02-12-2069/15-03-2012)

Download : Click Here to Download Episode 3
Episode 4 :(09-12-2069/22-03-2012)

Download : Click Here to Download Episode 4
Episode 5 :(16-12-2069/29-03-2012)

Download : Click Here to Download Episode 5
विगत ५ श्रृंखलादेखी बाचन भइरहेको हर्क खडायतको उपन्यास देशले हारेको युद्धको आज अन्तिम श्रृंखला लिएर आएका छौं उपन्यास सुनिसकेपछि प्रतिकृयाको लागि मा मेल गर्न सक्नुहुनेछ ।
Episode 6 :(23-12-2069/05-04-2012)-Last

Download : Click Here to Download 6- Last
All Episodes Listen at YouTube

श्रृंखला 214 : वहकिने मन Bahakine Man (25-07-2016/2073-04-10) : Download

NepaliTalim | 9:29:00 AM | 0 comments
बहकिने मन BAHAKINE MAN -214
Thaha Sanchar Network Presents
DATE : (25-07-2016/2073-04-10)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Facebook : Bahakine Man 
http://thahasanchar.com/

नमस्कार,

आज मिति 2073 साउन 10 तदनुसार 25-July-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 214 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen at YouTube


साताको ६ मुक्तक (2073-04-10)
यी साथीहरुले अागामी ४ प्रतिष्पर्धामा सहभागिता नजनाएर अरु साथीहरुलार्इ पालो दिनुपर्नेछ है ! सहभागिता जनाउनुहुने सबैलाई धेरै धन्यवाद  !
1)
आजफेरि एउटा अर्को भुल पठायौ ।
अनगिन्ती पिडाहरु एक हुल पठायौ ।।
उपहार स्वरुप तिमिलाई मुटु पठाएँ
बदलामा पठायौ यार त्रिशूल पठायौ ।।।
`संगमश्री´ निमा गुरुङ
सुर्खेत
2)
को बदमास को सज्जन थियो, पत्तै भएन...
कस्ले निभाएछ बलेको दियो, पत्तै भएन...
म बिचरा.. उस्लाइ, सोझो ठान्दै गएँ...
फाली बनेर निस्केछ सियो, पत्तै भएन...
लक्ष्मण घिमिरे,सन्धिखर्क,अर्घाखाँची ।
हाल-बुटवल
3)
खाडी जाने तरिका चाहियो
भाषा अनेक थरिका चाहियो
अरबिलाइ अनिवार्य गरियोस् सरकार
पाठ्यपुस्तकमै भए भरिका चाहियो
भानुभक्त आचार्य
घोडाघोडी १ कैलाली
हाल –मलेशिया
4)
अधुरो भयो रहर खबर सुनाईदिनु ।
नपरे है अब भर् खबर सुनाईदिनु।।
धन कमाउन परदेश गको परदेशी उतै मर्यो
उ फर्कन्न अब घर खबर सुनाईदिनु।।
प्रदिप रिजाल
भूमेस्थान 8 देविस्थान धादिङ्
हाल काठमाडौं ।
5)
यी मेरा दुश्मन बरु दुश्मन जस्ता छैनन
मित्र धोका दिन्छन् अरु दुश्मन जस्ता छैनन
यो शहरको जञ्जाल भित्र पस्नु मात्र पर्छ
कसका आफन्तहरु दुश्मन जस्ता छैनन ?
प्रकाश प्रभाकर भट्टराई
इन्द्रेणी पोखरि छ खोटाङ
हाल बिराटनगर
6)
यदि सक्छ्स त खुसी पारेर जा!
कि उचाल माथी अनि पछारेर जा!
ए समय! नखेल मेरो जीवन सँग
बरु गल्ती देखा कान बटारेर जा!
देश बन्धु आचार्य
रुपन्देहि

गजलकार विष्णु विरही श्रेष्ठका ५ गजलहरू (5 Ghazals by Bishnu Birahi Shrestha) -22-07-2016

NepaliTalim | 11:39:00 PM | 0 comments
विष्णु विरही श्रेष्ठ 

१.गजल
कोही हर्षमा छन् यहाँ कोही छन् पिरै पिरमा 
बाँचेका छन् कोही ऋणै ऋण बोकेर शिरमा

याद पनि आइरहन्छ,औधी माया लाग्छ उस्कै
जो लेखिएको रैनछ अभागी यो तक्दिरमा

वृद्ध बाआमा वृध्दाश्रम् पठाएर छोराबुहरी
पुण्य कर्म गर्छु भन्दै धाइरहेछन् मन्दिरमा 

जे गर्नु अब म गर्छु, ए बा! किन हत्ते गर्छौ?
खरानी हुनु त रैछ यो जिन्दगी आखिरमा 

ए! प्रिया, नदेख्नु तिमी महङ्गा सपनाहरू
यो जिन्दगी अडेको छ यौटा सानो जागिरमा
विष्णु विरही श्रेष्ठ
गागल- भदौरे-१,

धुलेबेशी रामेछाप।

२.गजल
तिमी सम्पन्न छौ रुपियाँ र सम्पतिले
म'नि सम्पन्न छु अभाव र गरिबीले

पीडा मात्रै दिन्छ, सधैँ रोइरहनु पर्ने
भाग्य लेखिएको होला आँसुको मसीले

जस्तो पाएकी छे माया छोरीले घरबाट
त्यस्तै माया कैल्यै पाउँदिनन् बुहारीले

बढार्नु पर्नेथ्यो हावाले उडायो भन्दै
नाच्छौ होला तिमी मेरो मृत्युमा खुशीले

यो सहर हो यहाँ जे गर्छ पैसाले गर्छ
जिन्दगी चल्दैन याँ योग्यता र खुबीले
विष्णु विरही श्रेष्ठ
गागल- भदौरे-१,

धुलेबेशी रामेछाप।

३.गजल
मुटुको घाउ र तिम्रो याद मेटाउन सकिएन
र त सँधै अनिदो छु निदाउन सकिएन

छाती चर्काईरहन्छ र मुटु बिझाईरहन्छ
तिम्रा याद्हरूबाट दिल् बचाउन सकिएन

हरपल सताईरहन्छ कहाँबाट आउँछ आउँछ
तिम्रो याद आउने द्वार पत्ता लाउन सकिएन

तिम्ले आफ्नो बे'को सुखद् खबर् सुनाएर गयौ
गह्रुङ्गो भो मन् चाहेर' नि मुस्कुराउन सकिएन
विष्णु विरही श्रेष्ठ
गागल- भदौरे-१,

धुलेबेशी रामेछाप।

४.गजल
जब मान्छे चोट् सहँदा सहँदा हैरान हुन्छ 
फूल जस्तै कोमल लाग्ने दिल्पनि चट्टान हुन्छ

तोडिनु हुन्न धैर्यता सबैको पालो आउँछ 
जसरी मन्दिर छिरे'सी ढुङ्गो भगवान हुन्छ

आफ्नै श्रीमती र छोरी बेचेर धनी बन्यो ऊ
अब हेर्नुस् उस्को फुर्ती कस्तो कस्तो शान हुन्छ

दिनदिनै सुस्त सुस्त भेट्दै गर्दा बोल्दै गर्दा
मन्सँग मन्को परिचय आदान प्रदान हुन्छ
विष्णु विरही श्रेष्ठ
गागल- भदौरे-१,

धुलेबेशी रामेछाप।

५.गजल
यी आँखाका नानी बनाउँछु तिम्रो हात मलाई देऊ
माया गर्छु, दिल्मै सजाउँछु तिम्रो हात मलाई देऊ

एकोहोरिन्छु, भुल्छु दुनिया तिमीलाई देखेपछि
कसम् तिमीलाई मन पराउँछु तिम्रो हात मलाई देऊ

केके गर्नुपर्छ गर्छु, मन्दिरको द्यौतासामु पनि
फूलपाती अक्षता चढाउँछु तिम्रो हात मलाई देऊ

मायाको खडेरी पर्न दिन्न खुसी राख्छु जुनीभरी
तिमीसँगै हाँस्छु, रमाउँछु तिम्रो हात मलाई देऊ
विष्णु विरही श्रेष्ठ
गागल- भदौरे-१,

धुलेबेशी रामेछाप।

Note-
Copyright Reserve with Writer 

Muktak Mala मुक्तक माला -165 (17-07-2016/2073-04-02) : Download

NepaliTalim | 6:16:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
(17-07-2016/2073-04-02)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 साउन 02 गते तदनुसार 17-July-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download 
Listen at YouTube

मुक्तककार प्रजित कुवंरका ७ मुक्तककार (7 Muktaks by Prajit Kuwar) -22-07-2016

NepaliTalim | 5:24:00 PM | 0 comments
(१).मुक्तक
घर गोठ पाखा बारी सम्झियर  
गैरी खेत अनी टारी सम्झियर  
ऑशुकै भेल बग्छ प्रवासमा,
अचेल रिनको भारी सम्झियर  
प्रजित कुवंर थुमपोखरा 
८ स्या्गंजा वायखोला सिख्रे

(२).मुक्तक
तिम्रो निम्ती मर्न तयार छु म
जसो भन गर्न तयार छु म
तिमी सधै खुशी हुन्छ्यौ भने
आफै लाई हर्न तयार छु म
प्रजित कुवंर थुमपोखरा 
८ स्या्गंजा वायखोला सिख्रे

(३).मुक्तक
 बगाउंछु पसिना मेरै देशको ,माटा हरूमा 
अनी चिनचान गर्छु कुना का्प्चा , बाटा हरुमा 
 किसानी हुँ लहलह सुनका दाना फलाउंछु /
 गैरीखेत र बारिका ठुलाठुला ,पाटा हरुमा 
प्रजित कुवंर थुमपोखरा 
८ स्या्गंजा वायखोला सिख्रे

(४).मुक्तक
 भरिन्न साथी लोभको भकारी
 जति नैै गरौ अर्काको चाकरी
आधा जुनि बिताए प्रवासमै
दुखले सधै गरेर नोकरी
प्रजित कुवंर थुमपोखरा 
८ स्या्गंजा वायखोला सिख्रे

(५).मुक्तक
 सॉचो कुरा  ,भन्दैनन्  मान्छे हरु अचेल
 सिधा साधा ,बन्दैनन् मान्छे हरु अचेल
छोडेर गाउ शहर पसेपछी.खै किन ?
ठुला भए गन्दैनन् मान्छे  हरु अचेल 
प्रजित कुवंर थुमपोखरा 
८ स्या्गंजा वायखोला सिख्रे

(६).मुक्तक
फर्किन्छु आमा बस्दिन प्रदेशमा /
धनको निम्ती पस्दिन प्रदेशमा/
चलाउछु गुजारा स्वदेशमै अब,,
कलिलो जिउ डस्दिन प्रदेशमा/
प्रजित कुवंर थुमपोखरा 
८ स्या्गंजा वायखोला सिख्रे

(७).मुक्तक
भाडिन्छ यो घर गाउले ,कुरा सुन्यौ भने 
मुखमा राम वगलि मा , छुरा उन्यौ भने 
फेरी हाम्रो सम्बन्धमा फाटो आउला प्यारी
छोडेर मलाई तिमीले अर्कै ,चुन्यौ भने
प्रजित कुवंर थुमपोखरा 
८ स्या्गंजा वायखोला सिख्रे

मुक्तकका एस.पि. असफलका ५ मुक्तकहरू (5 Muktaks by S.P. Asaphal) -22-07-2016

NepaliTalim | 5:18:00 PM | 0 comments
मुक्तक १
आज त मलाई हल्का मंधिरा पिउन मन थियो  ।। 
साथिले चाहिँ आज मेरो मुड छैन पो भन दियो ।।
आज नपिए मदिरा सक्दिनँ होला म निदाउन,,
निस्ठुरीको सम्झनाले पुरानो घाउ झन बल्झियो ।।
एस.पि. असफल
भाटखोला ९
स्याङ्जा 
हाल:बिरानो मुलुक

मुक्तक २
जमिन बाड्यौ भन्दैछन् दाइले कित्ता छुट्याएर   ।।
माता लाई पाल्छु भन्छ भाइले पिता छुट्याएर  ।।
रावण बन्ने होडमा लाग्दैछन् मेरा दाजुभाइ  ,,
रामसँग उनकी  प्राण प्यारि सीता छुट्याएर  ।।
एस.पि. असफल
भाटखोला ९
स्याङ्जा 
हाल:बिरानो मुलुक

मुक्तक ३ 
प्रवासी  भएर बस्यो छोरा हाम्रो माया मारि \\
नस्सक्ने हुदा  काम गर्न बाँझै छन् खेत वारि \\
आज सपनिमा बा-आमाले यस्तै कुरा गर्दै  ,,
बसेको देखे कठै आँसु धारा बर्बर झारि  \\
एस.पि. असफल
भाटखोला ९
स्याङ्जा 
हाल:बिरानो मुलुक

मुक्तक ४
बनेर नेता हिडिन्थ्यो हिजोसम्म आवरा टोलिको।।
खुसि नै थिए म नमान्दा सम्म पिर चिन्ता भोलिको।।
केही  गरि  खाने समयले  नेटो काटेर  गएछ ,,
नगर्दा कदर हिजोका दिनमा बा-आमाको बोलिको ।।
एस.पि. असफल
भाटखोला ९
स्याङ्जा 
हाल:बिरानो मुलुक


मुक्तक ५
मर्दाङ्नी देखाउन घरमा श्रीमती लाई कुट्ने भेटिए  ।।
बुढी आमालाई बोक्सि आरोप लगाउन जुट्ने भेटिए  ।।
दिन भरि नारी हक अधिकार को लागि लड्ने हरु,,
आफ्नै घरका चेलिबेटी हरुको ईज्जत् लुट्ने भेटिए ।।
एस.पि. असफल
भाटखोला ९
स्याङ्जा 
हाल:बिरानो मुलुक

Episode 33 : Muktak Diary मुक्तक डायरी (20-07-2016/2073-04-05) : Download

NepaliTalim | 12:45:00 PM | 0 comments
रेडियो राप्तीको प्रस्तुती 
मुक्तक विशेष कार्यक्रम 
हरेक : बुधवार बेलुका ९.१५ देखि
Every : Wednesday 9.15pm
 (20-07-2016/2073-04-05)


नमस्कार साथीहरु, 
आज मिति 2073 साउन 05 गते तदनुसार 20-07-2016 का दिन   सामुदायीक रेडियो राप्ती एफ.एम.१०४.८ मेगाहर्ज सल्यान र प्रकृति एफ.एम. ९३.४ मेगाहर्ज दाङबाट एकैसाथ हरेक बुधबार राती ९ः१५ देखि ९ः५५ वजेसम्म प्रसारण हुने मुक्तक विशेष कार्यक्रम मुक्तक डायरी लिएर कार्यक्रम प्रस्तोता उपस्थित उत्तर कुमार साहु हुनुभएको छ । आजको यो कार्यक्रममा पनि तपाईहरुले पठाएका मुक्तकहरु वाचन भएका छन । सुनेर कस्तो लाग्छ प्रतिकृया खिनुहोला है त । कार्यक्रम सुनेर प्रतिकृया दिनुहुनेनै छ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

Episode 32 : Muktak Diary मुक्तक डायरी (13-07-2016/2073-03-29) : Download

NepaliTalim | 11:58:00 AM | 0 comments
रेडियो राप्तीको प्रस्तुती 
मुक्तक विशेष कार्यक्रम 
हरेक : बुधवार बेलुका ९.१५ देखि
Every : Wednesday 9.15pm
 (13-07-2016/2073-03-29)


नमस्कार साथीहरु, 
आज मिति 2073 असार 29 गते तदनुसार 13-07-2016 का दिन   सामुदायीक रेडियो राप्ती एफ.एम.१०४.८ मेगाहर्ज सल्यान र प्रकृति एफ.एम. ९३.४ मेगाहर्ज दाङबाट एकैसाथ हरेक बुधबार राती ९ः१५ देखि ९ः५५ वजेसम्म प्रसारण हुने मुक्तक विशेष कार्यक्रम मुक्तक डायरी लिएर कार्यक्रम प्रस्तोता उपस्थित उत्तर कुमार साहु हुनुभएको छ । आजको यो कार्यक्रममा पनि तपाईहरुले पठाएका मुक्तकहरु वाचन भएका छन । सुनेर कस्तो लाग्छ प्रतिकृया खिनुहोला है त । कार्यक्रम सुनेर प्रतिकृया दिनुहुनेनै छ । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

कथाकार अजित क्षेत्रीको कथा -प्रेमको बाछिटा (Story-Premko Bachhita by Ajit Chhetri) :-20-07-2016

NepaliTalim | 3:26:00 PM | 0 comments
अजित क्षेत्री
कथा -प्रेमको बाछिटा
-अजित क्षेत्री
मिति -20-07-2016

अफिस सकिनासाथ आज पनि उही चिया पसलमा पुगिसकेको थिएँ । पसलकी साहुनी चिया पकाउँदै रहिछन् ।

केही दिनयता अफिसपछि घर फर्कने बेला यही पसलमा चिया र समोसा खाने दैनिकी नै बनेको छ । रङ कडा र बाक्लो दूधको चिया गिलासभरि पाइने भएकैले म यही पसलमा आउने गर्छु ।

अफिस नजिकैका चिया पसलेहरु नजिकको तीर्थ हेला गर्‍यो भनेर मुख खुम्च्याउँछन् । कसैले केटीले पकाएको चिया खान गएको भन्छन् । कसैले चिया खाने निहुँले त्यही केटीलाई जिस्काउन गएको ठान्छन् । तर म चियाको स्वादमै पल्केर यहाँ आउँछु ।

करिब आठ/दस फुट चौडा सटरमा खोलिएको छ चिया पसल । पसलमा दुईवटा टेबल, आठ/दस कुर्सी र एउटा बेन्च छ । छेउमै समोसा, पकौडा र बिस्कुटले भरिएको सानो सोकेस छ । सोकेसको छेउमा छ ग्यास चुल्हो ।

भित्तामा एउटा क्यालेन्डर, स्वर्गीय राजा वीरेन्द्रको परिवारको फोटो, साप्ताहिक पत्रिकाको केही ब्लोअप र त्यसको सामुन्ने एउटा ऐना । यही हो यो पसलको चिनारी ।

पसल एक युवतीले चलाएकी छिन् । अन्दाजी पच्चीस वर्षकी अग्लो कदकी युवतीको मुहार हल्का कालो वर्णको छ । मुस्काउँदै बोल्ने उसको सम्बोधनमा आदर झल्किन्छ । काममा फूर्तिली र हातको स्वाद मीठो ।

पसलमा पुग्नासाथ भित्ताको ऐनामा दिनभरिको कामले च्याउसिएको आफ्नो अनुहार एक खेप हेर्नु र गाला छेउछाउ फस्टाएका डन्डिफोर निचोर्नु मेरो बानी नै बनिसक्यो ।

ऐनामा एक झलक हेरिसकेर बसेको के थिएँ चिया आइपुग्यो टेबुलमा ।
“समोसा पनि ल्याऊँ सर ?” उसले भनी ।

“उम्” मैले टाउको हल्लाएँ ।
प्लेटमा समोसा पनि आयो ।

“आज त खूब च्वाँक देखिएकी छ्यौ नि !”- मैले जिस्काउने सुर कसेँ ।
“अँ होला खुब ! सर पनि जे पायो त्यै बोल्दिनु हुन्छ ।” उसको प्रतिक्रिया थियो ।
“हो भन्या, कस्सम । आज झनै राम्री देखिएकी छ्यौ ।” मैले थपेँ ।
“राम्रो-नराम्रो त मान्छेको हेराइ हो सर । राम्रो त मन हुनुपर्छ मन ।” उसले भारी शब्दमा बोली ।
“तिमी मान्छे’नि राम्री । तिम्रो मन झनै सुन्दर, आकाशको रंगीन चंगाजस्तै ।”  फुर्क्याउने पाराले भनेँ ।

तर, ऊ फुर्किइन ।
‘आकाशको चङ्गा जतिसुकै राम्रो भए पनि कि त कसैको मुठीमा आउने हो, कि त धागो चुँडिएर कतै पछारिने हो । तपाईँ पनि मलाई पछार्दै हुनुहुन्छ सर ।’ उसले सहजै भनी ।
लाग्यो- उसले मलाई तीखो प्रहार गरी ।

रक्षात्मक हुँदै मैले भनेँ – ‘तिमी त राजकुमारले विशाल दरबारमा उडाउने चङ्गा जस्ती छ्यौ । चुँडिएर खसे’नि दरबारमै खस्छ्यौ ।’
मेरो कुरामा उसले कुनै प्रतिक्रिया जनाइन । सायद जरुरी पनि ठानिँन ।

ऊ सँग मैले यति धेरै सवालजवाफ गरेको यो पहिलो चोटि थियो । उसले यति खुलेको पनि यो पहिलो पटक ।

खासमा कुनै पनि ग्राहकसँग धेरै बोल्दिन ऊ । रिसाउँदिन पनि । ऊ अर्थात् यो चिया पसलकी साहुनी । नाम अझैसम्म थाहा थिएन ।

कसैसँग नजर नजुधाई काममै घोरिन्छे हरदम । नजर नजुधाउने मानिस कसैसँग सजिलै प्रेममा फस्दैन भन्छन् । मलाई लाग्छ ऊ आजसम्म प्रेमको मीठो फल नखाएकी यौवनकी कलि हो । धत् ! मैले त के के सोच्न भ्याइसकेछु ।

साँच्ची, युवतीहरु पनि हामी युवकको बारेमा यस्तै सोच्दा हुन् त ?

सोचेँ – युवतीहरु प्रेम र यौन अनि घरजमको बारेमा सोच्नुभन्दा युवकको सुगठित शरीर र उसको आम्दानीका बारेमा सोच्छन् होला । मेरा एक मित्र भन्ने गर्थे – ‘पुरुषको एक चौथाइ जिन्दगी युवतीको बारेमा सोचेर बित्छ । युवतीको आधा जिन्दगी मेकअप गरेर र ठूलो घरकी मालिक्नी हुने सपना देखेरै बित्छ ।’

सोचेँ – ठीकै भन्थ्यो उसले ।
“साहुनी सुन त !” बोलाएँ ।
“प्लीज सर मलाई साहुनी नभन्नुस् न ।” उसले आग्रह र निर्देशन मिसिएको स्वरमा भनी ।
“पसल चलाउछ्यौ, साहुनी नभनेर के भनूँ त ?”
“जुठो भाँडा उठाएर एक-एक पैसा बटुल्ने मान्छे के को साहुनी नि ?” उसको प्रतिप्रश्न आयो ।
“त्यसो भए के भनूँ त ?” म अलमलिएँ ।
“बैनी भन्नुस् ।” उसले सहजै भनी ।
ऊ सहज हुन खोजी । मलाई भने असहज भयो ।
ऊ एकातिर दूरी मेटाउँदै थिई । तर, अर्कातिर सीमाना पनि कोर्दै थिई ।
“नाइँ । बैनी त भन्दिनँ ।” मैले थपेँ – “यस्तो सजाय मलाई नदेऊ । यो त बाघलाई दाह्रा र नङ्ग्रा भाँचेर बाख्राको खोरमा छोडे जस्तै भयो ।”
“पापी !”- उसले धारे हात लगाएजस्तो गरी मायालु पारामा भनी ।
पापी शब्द सुन्नासाथै यस्तो लाग्यो, मानौं मलाई यमराजको अघिल्तिर उभ्याइएको छ र मैले गरेका पापहरुको लामो सूची वाचन गरिँदै छ ।
“म त धर्मको खोजीमा निस्केको मान्छे, तिमीले त पापी पनि घोषित गरिदियौ है ?,”  बैनी बन्न तम्सिने साहुनीलाई मैले दङ्ग्याएँ ।

आज अलि बढी गफिएको थिएँ । किन-किन गफमा मजा आइरहेको थियो । गफको मिठासमा चियाको स्वाद फिका थियो ।
एकछिनको मौनता तोडेर मैले नै कुराको सिलसिला बढाएँ – ‘ए साँच्चि, तिम्रो नाम के हो नि ?’

”पापी नै त निस्कन्छन् धर्मको खोजीमा,” दार्शनिक शैलीमा उसले भनी- ”धर्म कमाउन त तीर्थ यात्रा र मन्दिर धाउनु नि सर, यता चिया पसलतिर होइन ।”
”जहाँ पवित्रता हुन्छ त्यही हो तीर्थ, जहाँ विश्वास हुन्छ त्यही हो मन्दिर, अनि जहाँ सेवा त्यही ईश्वर,” मैले पनि जाने जति एकै सासमा भन्दिएँ ।
“तर सर बाटोको ढुंगालाई फूल चढाउँदैमा त्यो ईश्वर बन्छ र ?” उसले प्रश्न तेर्स्याई ।
“ईश्वर त विश्वास गरेपछि हुने कुरा न हो । विश्वास गरेपछि अमूर्त कुरा पनि मूर्त बन्छ । ज्ञानीहरुले मात्र देख्न सक्छन् ईश्वरलाई ।” मैले भनेँ ।
“त्यसो भए तपाईं ज्ञानी हो ?”
”होइन, ज्ञान प्राप्त गर्न ध्यान चाहिन्छ । म ध्यान गर्न सक्दिनँ ।” मैले भनेँ ।
ऊ केही बोलिन । पसलमा चिया पिउन आएका ग्राहकहरु गइसकेका थिए ।

मैले पनि चिया सकिसकेको थिएँ । पैसा बुझाएँ ।

आज अलि बढी गफिएको थिएँ । किन-किन गफमा मजा आइरहेको थियो । गफको मिठासमा चियाको स्वाद फिका थियो ।
एकछिनको मौनता तोडेर मैले नै कुराको सिलसिला बढाएँ – ‘ए साँच्चि, तिम्रो नाम के हो नि ?’

हुन पनि यतिका दिनसम्म मैले उसको नाम सोधेको थिइनँ ।

“के राखेको छ र नाममा ? नाम बिना पनि तपाईंले मलाई चिनिराख्नुभएकै छ क्यारे ।” झटारोले लाग्ने गरी हिर्काई उसले ।

आज उसले जित्दै गइरहेकी थिई । म हार्दै थिएँ । तर यस्तो लाग्दै थियो – हारे पनि रेफ्रीले मलाई नै विजयी घोषणा गरिरहेको छ ।
“नाम व्यक्तिको परिचय हो । व्यक्तिको अनुपस्थितिमा पनि नामले उसको भूमिका निर्वाह गर्छ ।” मैले उसलाई पढाउन खोजेँ ।
“त्यसो भए नाम बिना मान्छेको परिचय नै हुँदैन त ? जे नाम भए पनि म मैँ हुँ, नामको शृंगारले मान्छेको बाहिरी परिचयमा त केही भिन्नता देखिएला तर मैले जिउने जिन्दगी र मेरा सपनामा मलाई साथ दिन्छन् जस्तो लाग्दैन सर ।” उल्टै उसैले पो मेरो क्लास लिने छाँट देखाई ।
उसको दार्शनिक जवाफले म अवाक् भएँ । मैले भनेँ- ‘दर्शन सिक्न त कोही तिमीसँग आओस् ।’
“सर तारिफ धेरै भयो अब जानुस् ढिला भयो,” उसले सम्झाई ।
नाम नभनी यसै टारी ।

घडी हेरेँ, साँझको सात बजिसकेछ । हल्का अँध्यारो हुँदैथ्यो । सरासर घरतिर लागेँ ।

OOOO

दिनहरु यसैगरी अगाडि बढ्दै गए ।

अफिस लागेका बेला दिनमा एकपटक उसको पसल पुग्ने रुटिन छँदै थियो । आदत नै बनिसकेको थियो – यो पसल, यहाँको एक कप चिया र उसको मुस्कान ।

आज-भोलि आफू कताकता हराउँदै गएको थिएँ । अफिस र चोकतिर मेरो बारेमा गाइँगुइँ चल्न थालेको थियो । तर, कसैले सामुन्नेमा मुखै चाहिँ फोरेका थिएनन् ।

खासमा साहुनीसँग मेरो कुनै खास सम्बन्ध भने थिएन । म उसका लागि अरु ग्राहक सरह नै थिएँ । तर, मेरा लागि ऊ खास बन्दै गएकी थिई। खास कुन अर्थमा भने उसको पसल मेरा लागि सुस्ताउने चौतारी बनेको थियो ।

चञ्चले उमेरमा ठिटा-ठिटीहरु यस्तो भएन, त्यस्तो चाहियो भन्दै बाबुआमालाई दङ्ग्याउँछन् । ऊ भने आफ्नो उमेरभन्दा गह्रुंगो जिम्मेवारी बोकिरहेकी थिई ।

मैले एकदिन कारण सोधेँ । बुबा प्यारालाइसिसका कारण बितेको र वृद्ध आमाको काँधमा घरको जिम्मेवारी आएकाले परिवारलाई सघाउन पसल चलाएको उसले बताएकी थिई ।

अर्को दिन समयमै अफिस पुगेँ । अघिल्लो दिनको केही काम बाँकी थियो- सकेँ । अफिसमा अडिट सुरु हुने लागेको थियो । त्यसैको तयारीस्वरुप भोलि बिहानै म र अर्का एक कर्मचारी करिब दुई साताको लागि सुर्खेतको वीरेन्द्रनगर जानुपर्ने भयो ।

अफिसमा बसेर जाने तयारी गर्दै गर्दा मनमा हुटहुटी भइरहेको थियो । एक मन पहिल्यै वीरेन्द्रनगर पुगिसकेको थियो भने अर्को मन यतै कतै अल्झिरहेको थियो ।

काम सकेर अफिसबाट निस्कँदा साँझको ६ बज्नै लागेको थियो ।

सरासर उही चिया पसलमा गएँ । भित्तामा झुन्डिएको ऐनामा आफ्नो अनुहारको एक्स रे गरेँ । छेउको कुर्सीमा बसेँ । उही परिचित शैलीमा उसले चिया र समोसा टेबलमा राखिदिई । किन-किन आज मैले चिया एक चुस्कीभन्दा बढ्ता पिउनै सकिनँ । उसलाई मात्र एकोहोरो हेरिरहूँ लागेको थियो । भर्खर नुहाएर निस्केकी कुमारी युवतीको शरीरबाट बास्ना निस्के झैं उसको शरीरको बास्नाले लठ्याए झैं भयो । उसलाई छाडेर केही दिन वीरेन्द्रनगरको अपरिचित भिडमा जाँदै थिएँ भोलि । यो पनि पीडा जस्तै भएको थियो ।

ऊ मेरो सामुन्नेको टेबलमा रायोको साग केलाउँदै थिई ।
“भोलि म सुर्खेत जाँदैछु नि ।”- काममा एकोहोरिएकी ऊ मेरो यो अप्रत्यासित कुराले झस्के जस्ती भई ।
“आबुई हो र ! कति कामले नि ? कि उतै बस्ने हो र अब सर ?” उस्सुकता र विस्मयका साथ उसले एकैपटकमा थुप्रै प्रश्न सोधी ।
“करिब १५ दिनका लागि ।”
मैले यसो भने पनि उनको अनुहारमा कुनै परिवर्तन देखिएन । लाग्यो- मेरो जवाफबाट सन्तुष्ट भइन ऊ । आफ्नो जवाफबाट म आफैं पनि सन्तुष्ट हुन सकेको थिइनँ ।
झ्वाट्ट मुखमा आयो – “तर १५ दिन मेरा लागि १५ वर्ष जत्तिकै लामा हुनेछन् ।”
“किन नि त्यस्तो, सर ?”

“मन यतै छुटेपछि त्यहाँ कसरी रमाउन सकिन्छ र ?” मैले जवाफ दिएँ ।
“महासय, मन किन यतै छोडि जाने नि ? आफ्नो मन आफैसँग लैजाने गर्नुहोला, नत्र चोरी हुन के बेर !” मलाई हाकाहाकी जिस्क्याई ।
‘महासय’ ! उसले पहिलो पटक यो शब्दले सम्बोधन गरी ।

मन चोरिन सक्छ भनेर उसले ठीक भनेकी थिई । पछिल्लो समय मन विस्तारै चोरिँदै गएको महसुस गर्दै थिएँ । र म चोरलाई चुपचाप मनको तालाचाबी सुम्पिँदै थिएँ ।
“मन त चोरी भइसक्यो ।” मैले भनेँ ।
“त्यसो भए उजुरी दिनुस् न मन चोरी भो भनेर ।”
“कहाँ दिऊँ उजुरी ? उनै चोर छन्, उनै सिपाही भएका छन्” मैले संकेत गरेँ ।
“मन चोरी भएको के प्रमाण छ तपाईंसँग ?”

उसको यो प्रश्नले म आफूलाई अदालतको कठघरामा उभिएको कैदी जस्तै महसुस गरें । यस्तो लाग्यो – जसको विरुद्ध उजुरी दिएको छु, उही मेरो उजुरी उपर सुनुवाइ गर्दै छ ।

“तिमी केरकार विभागको प्रहरी अधिकृत कि अदालतको न्यायाधीश हँ ?” सोधेँ ।

“तपाईँ जे सम्झनुस्,” उसले भनी- “तपाईंको हराएको मन भेटाउन सहयोग गर्न चाहने एउटा शुभचिन्तक मात्र हुँ म ।”
“उसो भए सुन,” मैले भनेँ- “मान्छेले आफैंलाई बिर्सनु, बिना पानी तैरिन खोज्नु र बिना हुरी मन टाढा-टाढासम्म पुग्नु मन चोरिएको लक्षण होइन त ?”

“कुन दिन सर पनि चोरिनु भयो रे भन्ने समाचार आउन बेर छैन ।”- हाँस्दै उसले थपी ।

“आओस् छिटै त्यो दिन ।”
हामी दुवै गलल्ल हाँस्यौं ।

घडी हेरें समय त घर्किसकेछ । पसलबाट निस्केर घरतर्फ पाइला बढाएँ । हिड्नै लाग्दा उसले भनी – “शुभयात्रा सर । चाँडै फर्कनुहोला ।”

हिँड्नै लाग्दा मैले आज फेरि उसको नाम सोधेँ । उसले यो पालि कुनै तर्क-वितर्क नगरी भनी सहज उत्तर दिई – “माया” ।
“माया” यो शब्द ननिदाउन्जेल कानमा गुञ्जिरह्यो ।

भोलिपल्ट बिहानै म अफिसको साथीसहित वीरेन्द्रनगरतर्फ लागेँ ।

OOO

वीरेन्द्रनगर आएको चौथो दिनमै दुई अपरिचित अनुहार हाम्रो अफिसमा छिरे र अभिवादन कमरेड भन्दै जोडले हात मिलाए । दुईमध्ये एक रक्षात्मक हिसाबले ढोकानेरै उभियो र अर्को हामीसँग गफिन थाल्यो । निकै मृदुभाषी यी युवक माओवादी जनयुद्धमा लागेका र भर्खरै यो बजारक्षेत्रको पार्टी इन्चार्ज भएर आएका रैछन् । असली नाम दीपक सुनाम । पार्टीले दिएको नाम कमरेड उमंग ।

केही आर्थिक सहयोग गर्नुपर्ने उनको माग थियो । हेड अफिससँग सल्लाह गर्नेछौं भनेर हामी उम्कियौं ।

उनीहरू त्यहाँबाट निस्केको दुई घण्टापछि पुलिसको एउटा भ्यान आएर हाम्रो कार्यालय अगाडि रोकियो । तत्काल हाम्रो कार्यालयलाई चारै तर्फबाट घेरा हाले । केही प्रहरी जवान कार्यालयका कागजात खानतलासी गर्न लागे । अफिसमा भएका हामी चारै जनालाई भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय लगे । त्यस दिन माओवादी कार्यकर्ताहरू हाम्रो कार्यालयमा आएको सुराकी कसैले प्रहरीलाई दिएको रहेछ ।

बिना कारण प्रहरी हिरासतमा १५ दिन जति राखियो हामीलाई । प्रहरी खोरमा बस्नुको पीडा र त्यहाँ भएको अपमानले हीनताबोध भयो । राज्यप्रति वितृष्णा पैदा भयो । माओवादीमा कतै पनि हाम्रो संलग्नता नपाइएको र हेड अफिसले मानव अधिकारकर्मी मार्फत दिएको दबाबका कारण १६औं दिनमा प्रहरी हिरासतबाट मुक्त भइयो । मुक्त भएपछि सीधै कोठामा पुगेँ । सहकर्मीहरु कोठामै भेट्न आए । भोलिपल्ट पनि कोठामै सुतेँ । अफिस जानै मन लागेन ।

अर्को दिनदेखि नियमित अफिस जान थालेँ । केही दिनअघि भएको अप्रत्यासित घटनाले मन विचलित भइरह्यो ।

एक दिन अचानक साँझपख तिनै माओवादीहरु बाटोमा भेट भए । प्रहरीले म र अन्य सहकर्मीलाई पक्राउ गरेर यातना दिएकोमा कमरेड उमंगले गहिरो दुःख व्यक्त गरे । सामन्ती राज्यसत्ताको विभेद र दमनविरुद्ध संघर्षमा उत्रन उनीहरुले मलाई आग्रह गरे । मैले उपयुक्त समयमा यसबारेमा सोच्न सकिने बताएँ ।

उनीहरुले मार्क्सवाद र माओवादी दर्शनका केही किताब मेरो हातमा थमाउँदै तिनको अध्ययन गरेर छिटै पार्टीको पूर्णकालीन कार्यकर्ता बन्न आउन आग्रह गरे ।

सबैभन्दा बढी त उही चिया पसलको याद आयो अनि मायाको । वीरेन्द्रनगरका कुनै पनि चिया पसलले मलाई मायाको झल्को मेटाउन सकेनन्

एकातिर माओवादीहरु मलाई माओवादी कार्यकर्ता बन्न दिनहुँ दबाब दिँदै थिए भने अर्कोतर्फ म र अफिसका सहकर्मीहरुमाथि सेना र प्रकोहरी निगरानी बढिरहेको थियो । माओवादीको साथमा बसेको अवस्थामा सुरक्षाकर्मीले फेला पारे मेरो पनि सफाया हुने निश्चित थियो । मन आतङ्कित थियो ।

दिनहरु बित्दै गए । म आफूलाई असुरक्षित महसुस गर्न थालेँ । कहिले माओवादी त कहिले सेना पुलिसका मान्छे भेट भइरहन्थे ।

एक दिन एकजना माओवादी कार्यकर्ता मेरो कार्यालयमै आएर अघिल्लो दिन हुने माओवादीको गोप्य सभामा सहभागी हुन जारी गरिएको उर्दी हातमा थमाएर गयो । चिठी सर्सर्ती पढेँ- अनिवार्य उपस्थित हुनु भनिएको थियो । पत्र खल्तीमा राख्ने हिम्मत आएन, टोकरीमा फाल्न पनि डर लाग्यो । म जस्तो प्रजातन्त्र र स्वतन्त्रताको पक्षधर मानिस कसरी माओवादी जनवादी अभ्यास स्वीकार गर्न सकूँला र भन्ने पनि सोचेँ । अर्कोतिर, माओवादी आग्रह र उर्दी लत्याउन सक्ने नैतिक बल पनि जुटाउन सकिनँ । मेरै जस्तो हालत रैछ अफिसका साथीहरुको पनि।

कार्यक्रममा जाऊँ त बिनसित्ति माओवादीको बिल्ला भिरिने र सेना-प्रहरीको आक्रमणको सिकार पनि बन्न सकिने डर । नजाऊँ भने माओवादीको उर्दी नमानेर उनीहरुको नजरमा विरोधी बनिने डर । खेदिएर भिरमा पुर्‍याइएको मृगको हालत भएको थियो मेरो । एकातिर भिर र अर्कोतिर विशाल नदी । भिरमा ज्यान फालूँ कि नदीमा हाम फालूँ ?

दुई साताको लागि वीरेन्द्रनगर आएको म करिब चार सातादेखि यतै थिएँ । अफिसको काम सकिनु त कता हो कता, हरेक दिन नयाँ-नयाँ उल्झनमा फस्दै थिएँ । एक दिन पनि एक युग जस्तै लाग्दै थियो ।

यस अवधिमा घर-परिवारको याद खूब आइरह्यो । सबैभन्दा बढी त उही चिया पसलको याद आयो अनि मायाको । वीरेन्द्रनगरका कुनै पनि चिया पसलले मलाई मायाको झल्को मेटाउन सकेनन् । यहाँका कुनै पनि पसलका चिया मलाई स्वादिला लागेनन् । साँच्चै भन्दा यो सहरले मलाई आफ्नो बनाउन सकेन, मैले यो सहरलाई आफ्नो बनाउन सकिनँ । यहाँ मैले कोही आफ्ना भेटिनँ ।

सहरको भिडमा म हराइरहेको थिएँ ।

“कुनै दिन सर पनि चोरिनुभएको समाचार आउन बेर छैन ।”- मायाले भनेका यी कुरा झट्ट याद आयो । म चोरिएको त थिइनँ तर हराइरहेको थिएँ यहाँ । साँच्ची कुनै दिन म यस सहरबाट साँच्चि नै हराएँ भने !

म गिरफ्तारीमा परेको र छुटेको थाहा पाएदेखि नै मेरो परिवारबाट यहाँ नबस्न तीव्र दबाब आइरहेको थियो । र, मलाई पनि अब यहाँ बसिरहन असुरक्षित महसुस हुँदै थियो । आज रातभरमै मैले एउटा साहसिक निर्णय लिनुपर्ने भयो ।

बिहान सबेरै निद्रा खुल्यो । किन-किन आज तनाव हटेर ज्यान चङ्गा भएको महसुस भइरहेको थियो । खाना खाइवरी समयमै अफिस पुगेँ । कम्प्युटर खोलेर केही कुरा टाइप गरेँ । एक प्रति प्रिन्ट गरेँ र सरासर कार्यालय प्रमुखको कक्षमा गएर उनलाई बुझाएँ ।

पत्र पढिसकेपछि उनले अचम्मित हुँदै प्रश्न गरे- “अर्जुन सर, तपाईंबाट राजीनामा ! तर के कारणले ?”

“कारण प्रष्टै छ सर । यस्तो अशान्त वातावरण र चौतर्फी निगरानीको बीचमा म कसरी काम गर्न सक्छु र ?”

उनी केही बोलेनन् ।

एकैछिनमा म अफिसबाट बाहिरिइसकेको थिएँ । सरासर म उही चौतारी पछाडिको सानो चमेनागृहमा पुगेँ, जहाँ बितेका केही दिनयता मैले कमरेड उमंगसँग भेट्ने गरेको थिएँ ।

जनयुद्धमा लागेको करिब डेढ वर्षपछि पहिलो पटक घर गएको थिएँ । मायालाई भेट्न उनको चिया पसल भएको ठाउँ पुगेँ । तर त्यहाँ न त माया थिई, न त उसको चिया पसल

उनले करिब केही पर रहेको माओवादी पार्टीको आमसभा स्थलमा पुर्‍याए । सभामा मसँगै थुप्रैले माओवादी पार्टीको पूर्णकालीन सदस्यता लिए ।

सेना प्रहरीको निगरानीमा रहनु र माओवादी धम्की खेपेर अधमरो जिन्दगी जिउनुभन्दा माओवादी भएरै हिँड्नु उचित लाग्यो ।

पार्टी प्रवेश लगत्तै अर्घाखाँची र सल्यानका घना जंगलमा सैनिक तालिममा सहभागी भएँ ।

माओवादी पार्टीमा लागेर हिँडेको खबर घरमा पठाइसकेको थिएँ । सुरुका दिनमा घरको यादले निकै सतायो । मनको क्यानभासमा मायाको तस्बिर उस्तै गरी आइरह्यो । केही दिन । केही हप्ता । तर, विस्तारै फौजी खटन र पार्टीको स्कुलिङले यति व्यस्त बनायो, त्यहाँ आफू, आफ्नो पार्टी र जनयुद्ध बाहेक केही सोच्न सकिनँ ।

जनयुद्धमा लागेर भूमिगत भएर हिँडेको चार-पाँच सालमा एक-दुई पटक घर गए । त्यो पनि पार्टीको कामविशेषले जाने क्रममा एकछिनका लागि पसियो ।

जनयुद्धमा लागेको करिब डेढ वर्षपछि पहिलो पटक घर गएको थिएँ । मायालाई भेट्न उनको चिया पसल भएको ठाउँ पुगेँ । तर त्यहाँ न त माया थिई, न त उसको चिया पसल । मन खिन्न भयो । ‘छिटै आउनुस् है सर’ भनेकी थिई हिँड्ने बेलामा ।

दुई साताको लागि हिँडेको म डेढ वर्षपछि फर्केको थिएँ । उसको पसल भएको ठाउँमा ठूलो भवन बनेको थियो र त्यहाँ अहिले हार्डवेयर पसल थियो । कसैले पनि मलाई माया कहाँ गई भनेर बताउन सकेनन् । त्यसपछिका करिब चार वर्ष म जनयुद्ध र फौजी कारबाहीमै व्यस्त भएँ । विस्तारै मायाका यादहरु जीवनबाट ओझेल पर्दै गए ।

माओवादी पार्टीमा रहँदा दाङ, सल्यान, अर्घाखाँची र पाल्पा आक्रमणमा सहभागी भएँ । पाल्पा सदरमुकाम तानसेनमा पार्टीले केही व्यक्तिको सफाया गरेपछि भने म पार्टीको सैन्य मोर्चा त्यागी राजनीतिक मोर्चामा सहभागी हुन थालेँ । तानसेनको घटनासँग मेरो केही असहमति रह्यो । आफ्नै आँखा अगाडि निर्दोष मानिसलाई समातेर मारिएपछि मलाई पार्टीको फौजी लाइन र सफाया प्रवृत्तिप्रति वितृष्णा भयो ।

पछि पार्टी शान्ति प्रक्रियामा आयो । पार्टी लाइन बदलेर नेकपा माओवादी खुला राजनीतिमा प्रवेश गर्‍यो । लगत्तै पार्टी संसदमा प्रवेश गरी सरकारमा पुग्यो । जनजीविका र वर्ग संघर्षको मुद्दालाई पाखा लगाएर अवसरवादी पथबाट पार्टी गुज्रिन थालेपछि मैले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिई स्वतन्त्र जीवनयापन गर्ने निर्णय गरेँ ।

पार्टी जिम्मेवारी छाडे लगत्तै काठमाडौँबाट घर जान बस चढेँ ।

तनहुँ खैरेनीटार आइपुगेपछि एक जना विधवा महिला सानो बच्चासहित बसमा चढिन् । महिला कहीँ कतै चिने-जानेको जस्तै लाग्यो । तर यही हो भनेर ठम्याउन सकिनँ । एकैछिनमा ती महिला मेरै छेवैको सिटमा बस्न आइपुगिन् । जब ती महिला मेरो आडैमा बसिन्, मेरो होसले ठाउँ छोड्यो ।

मैले उनलाई राम्ररी चिनेँ तर उनले मलाई चिनिनन् । म पहिला दुब्लो थिएँ, अहिले मोटाएको थिएँ । त्यसमा पनि दाह्री पालेर चश्मा लगाएको थिएँ । उनलाई चिनेपछि म स्तब्ध भएँ । पहिला छरितो जीउडाल र कालो वर्ण भए पनि हिस्सी परेकी युवती अहिले निकै गलेर फुङ्ग उडेकी ।

चार-पाँच वर्षे बच्चाको साथमा सिटमा बसेकी महिला मेरी साहुनी उनै माया थिइन् ।

यी तिनै माया थिइन्, जसको हातको चिया नखाएसम्म म अफिसबाट घरको बाटो देख्दैन थिएँ ।

यी तिनै माया थिइन्, रुप, बोली र व्यवहारबाट प्रभावित भएर म एकोहोरो प्रेममा परेको थिएँ ।

यी तिनै माया थिइन्, जसको सम्झनाले भक्कानिएर सुरुका दिनमा कैयौं पटक म माओवादी जनयुद्धबाट भागेर घर जानेसम्म सोच्थेँ ।

उनको दुःखसँग एकाकार हुन मन लाग्यो मलाई । हुन पनि कुनै समय आफूले मन पराएको मान्छे जिन्दगीको खेलमा पछारिएको देख्दा म कसरी निरपेक्ष रहन सक्थेँ र ?

उनले मलाई चिनेको भए अतीतका घाउ कोट्टिने थियो । मैले उनको बारेमा सोध्ने थिएँ, उनले मेरो बारेमा । सायद मनमनै मलाई धोकेवाज भन्ने थिइन् । किनकि मैले बुझेको थिएँ, भावना कहिल्यै व्यक्त नगरे पनि उनी पनि मलाई प्रेम गर्थिन् ।

नचिनेर ठीकै गरिन् जस्तो लाग्यो ।

बस अगाडि बढ्दै गयो । म अपरिचित पात्रकै रुपमा उनीसँग गफिन सुरु गरेँ ।

मलाई उनी र उनको जीवनमा बितेका पाँच/छ वर्षमा के-के भए जान्न मन भयो । उनले पनि मनमा गाँठो परेर बसेको आफ्नो दुःखको पोयो फुकाउन थालिन् । उनका प्रत्येक आवाजमा दुःख र असन्तुष्टि मात्रै भेटेँ । कति चाँडै विवाहित र विधवा पनि भइछन् कठै ! कति चाँडै समयले कोल्टो फेर्दो रैछ ! उनको जीवनको रुखका हरिया पातहरु कति चाँडै ओइलाएछन् ?

मनमा अनेक प्रश्नहरुले दोहोरी खेल्न थाले । उनको दुःखसँग एकाकार हुन मन लाग्यो मलाई । हुन पनि कुनै समय आफूले मन पराएको मान्छे जिन्दगीको खेलमा पछारिएको देख्दा म कसरी निरपेक्ष रहन सक्थेँ र ?

उनले आफ्नो बिहे भएदेखि आजसम्मका सबै कुरा बताउँदै गइन् ।

जब उनले माओवादीले आफ्नो पतिको हत्या गरेको घटनाबारे बताइन्, मैले आफू बसेको ठाउँ हजारौं फिट भासिएको महसुस गरेँ । आज आएर थाहा भयो- उनका पति तिनै अभागी व्यक्ति थिए जसको हत्या मेरो पार्टीले मेरै आँखा अगाडि गरेको थियो । पाल्पामा शिक्षक सेवामा रहेका उनका पतिलाई सुराकी गरेको आरोपमा सफाया गरेको थियो । उनी निर्दोष थिए भन्ने मलाई थाहा थियो । उनी पहिलोपटक पक्राउ पर्दा मैले नै उनलाई भगाएको थिएँ । तर, दोस्रो पटकमा बचाउन सकिनँ ।

एउटा निर्दोषले त्यसरी अनाहकमा ज्यान गुमाउनु परेको तानसेन घटनाको साक्षी बनेपछि नै मैले माओवादी सैन्य विभागको जिम्मेवारीबाट राजीनामा दिएको थिएँ ।

माया जति-जति आफ्ना कहानी सुनाउँदै जान्थिन्, म उति पग्लँदै गएको थिएँ । कुनै समय म यिनैसँग प्रणय जीवनको कल्पना गरेर रोमाञ्चित हुने गर्थेँ । म उनको निकटता चाहन्थेँ, उनी डराउँदै आफ्नो परिचय लुकाउँथिन् । तर आज म उनीसँग भागेर आफ्नो परिचय लुकाउँदै छु ।

म कसरी भनूँ म उही अर्जुन सर हुँ, जो आफ्नो मन परेको मान्छेलाई विधवा भेषमा देख्दा पनि रुन सकेको छैन । म कसरी भनूँ म उही अर्जुन सर हुँ, जो हिजो परिचय खोज्दै दिनहुँ चिया पसल धाउने गर्थ्यो आज उसैको सामुन्ने आफ्नो परिचय लुकाउन खोज्दै छ । मलाई उनीसँग होइन, आफैसँग डर लाग्यो । आफैं हराए झैं लाग्यो भिडमा । उनले मेरो परिचय जान्न पनि खोजिनन् ।

बोल्दै जाँदा उनका परेलीमा आँसु छचल्किरहेका थिए । त्यो आँसुमा मैले उनको विगत देखेँ, वर्तमान देखेँ अनि धमिलो भविष्य देखेँ ।

उनले माओवादीलाई आफ्नो निर्दोष पतिको हत्यारा भनिरहँदा मैले आफ्नो निधारमा पनि त्यो रगतको छिटा लागेको महसुस गरेँ । निधार छामें- चिटचिट पसिना आएको रहेछ । सिकारीको जालमा परेको मृग झैं म भित्रभित्रै मरिरहेको थिएँ । कतै उनले मलाई मेरो बारेमा मलाई सोधिन् भने ? या चिनिन् भने ? म उनको नजरमा हत्यारा हुनेछु या धोकेवाज ? उनले मेरो बारेमा सोधिन् भने म आफ्नो परिचय के भनेर दिऊँ ? आईएनजीओको पूर्व कर्मचारी अर्जुन सर या पूर्व माओवादी लडाकु, उनको पूर्वप्रेमी या उनको सपनाहरूको हत्यारा ?

वास्तवमा म आफैं परिचयविहीन भइसकेको थिएँ । उनको अनुहार हेर्नै सकिनँ ।

बस दमौली आइपुग्यो ।

कथा -प्रेमको बाछिटा
-अजित क्षेत्री
मिति -20-07-2016
कपिराइट लेखकमा निहित छ । 

श्रृंखला 213 : वहकिने मन Bahakine Man (18-07-2016/2073-04-03) : Download

NepaliTalim | 5:39:00 PM | 0 comments
बहकिने मन BAHAKINE MAN -213
Thaha Sanchar Network Presents
DATE :  (18-07-2016/2073-04-03)
Time : 9.15pm Every Monday         
Host :  Mahabir Biswakarma         
Facebook : Bahakine Man 
http://thahasanchar.com/

नमस्कार,

आज मिति 2073 साउन 03 तदनुसार 18-July-2016 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 213 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

Muktak Mala मुक्तक माला -164 (10-07-2016/2073-03-26) : Download

NepaliTalim | 12:22:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी
हरेक राती १०.१५ आईतबार 
(10-07-2016/2073-03-26)
Facebook Page 


नमस्कार साथीहरु,

आज मिति 2073 असार 26 गते तदनुसार 10-July-2016 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

गजल-प्यार बोकेर सुमधुर प्रिया यस्तो भन्छिन (खगेन्द्र बोहरा)-12-07-2016

NepaliTalim | 10:22:00 AM | 0 comments
प्यार बोकेर सुमधुर प्रिया यस्तो भन्छिन
घर आउनु न हजुर प्रिया यस्तो भन्छिन  

  सुख दुःख दुबै मिलि यतै गरौंला नि
चाहिदैन सुनको गजुर प्रिया यस्तो भन्छिन

   सायदै बिलासिता नमिल्ला म मान्छु
हुन्छ आत्मा खुशी जरुर प्रिया यस्तो भन्छिन

   घर बाट जतिसुकै टाढा बसे पनि
हुदैन आफ्नोे लाहुर प्रिया यस्तो भन्छिन

  यसपालि त बाबा घर आउनु हुन्छ भनी
छोराछोरी भा छन् आतुर प्रिया यस्तो भन्छिन

खगेन्द्र बोहरा
गुलरिया कंचनपुर

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger