गजलकार तेजनाथ दंगालकाे गजल- परदेश जाने यो मेरो ठहर भयो

NepaliTalim | 6:10:00 PM | 0 comments


 

परदेश  जाने  यो  मेरो  ठहर भयो 

जीवन धान्न  यहाँ  सधैं  कहर भयो ।


लालपुर्जा  साहुको बन्दकिमा पर्‍या छ

त्यसैले   घुट्को  पानी  पनि जहर भयो ।


काम खोजौ यहाँ   पाउन  गाह्रो  भयो 

एक छाक सितो देख्न पनि रहर भयो ।


काम र दाम साम हुनेका लागि भयो 

बेसिको गोठ  मेरो लागि शहर  भयो  ।


आयका श्रोत  बन्जर तार टाारी भयो 

घडााको  पानी  अब   नहर   भयो ।

नाम : तेजनाथ दंगााल 

ठेगाना : चाबहिल  काठमाडौं  

Note : Copyright Reserved with Writer 

कथा सुन्नुहोस - शेयर मार्केटमा पैसा कसरी डुब्छ थाहा छ ? - एक प्रेरणादायी छोटो कथा

NepaliTalim | 10:51:00 PM | 0 comments


एउटा  ब्यापारी  एउटा  गाउँमा  गयो  र  भन्यो,

" म  तपाईंहरुसँग  कुकुर  खरिद  गर्न  आएको  हुँ । गाउँमा  जति कुकुर  छन्  म  प्रति  कुकुर  रु. एक  हजारको  दरले  दिन्छु ।"

गाउँलेहरुले  गाउँमा  भएका  जति  कुकुर  ल्याए  र  उसलाई  रु. एक-एक  हजारको  दरमा  बेचे । 

केहि  हप्तापछि  फेरि  उ  गाउँमा  गएर  भन्यो,

" अब  म  प्रति  कुकुर  रु. दुई  हजार  दिन्छु ।"

फेरि  गाउँलेहरुले  गाउँमा  बाकी  रहेका  र  वल्लो-पल्लो  गाउँमा भएका  सबै  कुकुरहरु  समातेर  ल्याए  र  रु. दुई  हजारको  दरले  बेचे ।

फेरि   केहि  हप्ता  पछि  उ गाउँ  गयो  र  अब  प्रति  कुकुर  रु.पाँच हजारमा  किन्ने  कुरा  सुनायो । अनि आफु  बिशेष  कामले  शहर बाहिर  जाने   र  उ  नआइन्जेल  कामको  जिम्मा   आफ्नो असिस्टेन्टले  जिम्मा  लिने  कुरा  बतायो  र  फेरि  भेटौंला  भनेर  बाटो  लाग्यो ।

गाउँलेले  असिस्टेन्टलाई  भने,

" हामीसँग  भएको  सबै  कुकुरहरु  बेचिसकेका  छौ , हामीसँग 

अरु  छैनन् ।"

असिस्टेन्टले  आइडिया  लगायो,

" ल  म  तपाईंहरुलाई  एउटा  आइडिया  दिन्छु, त्यो  के  भने  मेरो मालिकसँग  भएको  कुकुरहरु  रु. चार  हजारमा  किन्नुहोस्  र

मेरो  मालिक  आएपछि  उनीहरुलाई  रु.पाँच  हजारमा  बेच्नुहोस् । तपाईंहरु  सबैलाई  रु. एक - एक  हजार  फाईदा  हुँनेछ ।"

यो  कुरामा  सबै  गाउँलेको  चित्त  बुझ्यो । उनीहरुले  आफैले  एक हजार  र  दुई  हजारमा  बेचेको  कुकुरहरु  चार- चार  हजारमा  किने । 

त्यसपछि  हप्ता  बित्यो, महिना  बित्यो  र  साल  बित्यो । गाउँमा  न  ब्यापारी  गयो  न  असिस्टेन्ट  नै । जता  हेर्यो  गाउँमा  कुकुरहरु  मात्रै ।😂😂😂

कथाको श्रोत 

छोटो कथा सेयर बजारमा लगानी गरेको पैसा कसरी डुब्छ भन्ने सिर्षकमा सेयरमान्डु फेसबुक ग्रुपमा सामाजीक संजालबाट साभार भनेर विना लेखकको नाम एक जना ग्रुप मेम्बरले पोष्ट गर्नुभएको रहेछ कथा घुमाउरो तथा भाव गहिरो भाबको वियोगान्त लाग्यो र यस्ले दिन खोजेको सन्देश पनि सकारात्मक लाग्यो त्यसैले यो कथा तपाईहरु सामु बाचन गरेर लिएर आएको छु । 

Listen in Audio Bachan 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger