
नानू मगर
केस्रा(१)
मातृभूमि
रगतले मातृभूमी धुने होला
अनि बग्ला यहाँ रगतको खोला
आँसुमा राख्यौ नेपाल आमालाई
माग्दै छिन् शान्ति थापेरै रित्तो झोला
चिन्ता लाग्छ नेपाल के हुने होला
रोएरै बित्ने भो दुई दिने चोला!!
नानू मगर
किचनास ८ स्याङ्जा
हाल कुवेत
केस्रा (२)
सरकार
अशान्ति ल्याई के पायौ सरकार
किन हुन्छ खै झगडा बार बार
भाइ भाइमा लडाई चलाउदै
भएको छ सडकमा काट मार
अत्ति भयो केही गर सरकार
नदेउ मातृभूमि...