Showing posts with label Category Wise Definitions of Nepali Literature. Show all posts
Showing posts with label Category Wise Definitions of Nepali Literature. Show all posts

रुबाइ बारे बिस्तृत जानकारी र यसको संरचना

NepaliTalim | 12:15:00 PM | 0 comments

रुबाईको पुर्वअवस्था 


रुबाइ(एकबचन), रुबाइयात(बहुवचन) फारषीभाषाको लोक लय भएता पनि यसलाई मलजल र अग्लो सृजनात्मकता दिने काम उमर खैयामले गरे। रुबाइको अध्यन गर्दा उमर खैयामलाई अध्यय्न नगरी पूर्णता पाउन सक्तैन। गणितिज्ञ, ज्योतिषविद, खगोलशास्त्री, दार्शनिक, वातावरणविद्, भूगोलविद्, इन्जिनियर, संगीतज्ञ, खनिजविद्, बातावरणविद, कवि आदि विविध विधाका महान प्रतिभा हुन उमर खैयाम (पर्सियन सन्१०३८–११३१)। उनको पूरा नाम Ghiyath al-Din Abu'l-Fath 'Umar ibn Ibrahim Al-Nishapuri al-Khayyami हो आजभन्दा लगभग हजार वर्ष(हालको इरान) पहिले निशापुरमा जन्मिएका। उनको बाल्यकाल बाल्ख (हाल अफगानिस्तानको उत्तरी भूभाग) मा वितेको थियो भने खैयामले समरकन्ड(हालको कायरो र बगदाद) मा शिक्षा हासिल गरेका थिए। उनले विशेष (गणितमा) अलजेब्राको आधुनिकिकरण र आधुनिक क्यालेन्डरको स्थापना गरेका थिए। आफ्नो समयअवस्थामा उनलाई संसारको दार्शनिक भनेर पनि उल्लेख गरिएको पाइन्छ।

रुबाई अंग्रजी साहित्यमा स्थापना

वि्रटेन साम्राज्यले ग्रेटवि्रटेनको सपनालाई व्यापकता दिन भारतवर्ष लगायत मुगलक्षेत्रमा आक्रमण र लुटपाट(साम्राज्य विस्तार) गर्ने क्रममा भेटिएका सवै बस्तुहरु, डकुमेन्टसहरु आफैसँग लगे। तीनै मध्ये अन्तत उमर खैयामका रुबाइयातहरु पनि लगिए। लुटेर, खोसेर वा बटुलेर वि्रटेन ल्याइएको लेखनीय सामाग्रीहरु हेर्ने काम प्ा्रोफेशर कोवेलको जिम्मामा थियो। अन्तत उनले फारसी भाषाका ज्ञान भएका अर्का प्रोफेशर Edward FitzGerald (31 March 1809 – 14 June 1883)लाई यो जिम्मा दिए।Edward FitzGeraldले भाव र संरचना दूवैको मर्मलाई ध्यानमा राखेर खैयामका सृजनालाई अनुवाद गरेर विश्वभर परिचित बनाए।

क्रमश फिजराल्डकै सोही अनुवादलाई निम्न मिति र निम्न पटक अनुवाद गरिए।
1st edition – 1859
2nd edition – 1868
3rd edition – 1872
4th edition – 1879
5th edition – 1889
पाँचौ सँस्करणसम्म आइपुग्दा फिजारल्डद्वारा अनुवादित खैयामको एक रुबाइ। 

"A Book of Verses underneath the Bough,
A Jug of Wine, a Loaf of Bread--and Thou
Beside me singing in the Wilderness--
Oh, Wilderness were Paradise enow!"

प्रसँग उमर खैयामको 

उमर खैयामको नाम सम्बन्धी पनि रोचकिलो किस्सा छ। उमर खैयाम जहिले पनि समयप्रति एकदम संवदेनशिल थिए रे। पलपल समयको महत्ववोध गर्थे रे। समय वित्ने कुरामा उनलाई एकदम चिन्ता लाग्ने गरेकाले सवैलाई भन्थे रे – समय खत्तम छ, समय वित्दो हुन्छ। अहिलेको पललाई नै जीवनमा रुपान्तरण गर्नुपर्छ। “उमेर(समय) खत्तम छ। जीवन क्षणभंगुर छ। उमेर खत्म, वाट उमर खत्याम हुँदै उमर खैयाम हुन गयो।”(खैयामकी मधुशाला। अनु : डा. हरिवंस राय बच्चन)
विशेषत उमर खैयामका रुबाइहरुमा रक्सी र स्त्रीको बढी उल्लेख पाइन्छ। रक्सी यानकी भट्टी, स्त्री यानकी जवानी, बैँस, आकर्षण(थाहा नपाइ छिटो वित्ने समयवस्था)। धार्मिक सम्प्रदायले, धार्मिक नशाले मान्छेहरुले जीवन भुलिरहेको अवस्थाको वोध गरेर, धार्मिक अत्यचारको, धार्मिक रुढताको दलदलवाट समाजलाई मुक्त गराउन, व्यँग स्वरुप रक्सी र भट्टीको प्रतिक प्रयोग गरेका थिए। एउटा स्त्री, को मतलव सवैभन्दा आकर्षण समयको प्रतिक स्वरुपमा उल्लेख थियो। भटि्टमा हजारौँ मानिसहरु, हज्जारौँ विचारहरु एकै ठाउँमा मिलेर बस्न, खान, गफिन सक्छन् तर मन्दिर, मस्जिदमा त्यो फराकिलो आकाश छैन भनेर व्यँग गरेका थिए। उनी मानवीयता प्रति एकदम सचेत थिए। मानवियता धर्मभन्दा, सम्प्रदायभन्दा महत्पूर्ण छ उनलाई थाहा थियो। यही वकालत गर्थे उनी।

रुबाइको भावपृष्ठ

आफुले ज्यानभन्दा बढी प्रेम गरेको पे्रमी या प्रेमिका(आफन्त)को वियोगमा हृदय भक्कानिएर निस्किएको शब्द नै रुबाइको भाव पृष्ठ हो भनिन्छ। आफन्तको वियोगमा रुनुसँगको अर्थ रोलाई, रुलाई हँुदै रुबाइ हुन गयो।(खैयामकी मधुशाला। अनु : डा. हरिवंस राय बच्चन)। यो एउटा संयोग मात्र हो। मानवीय संवेदनाको वहुरँग, वहुभाव सँगै समाज र समयको प्रतिविम्ब सृजनाहरुमा प्रतिविम्वित हुने भएकोले गर्दा सृजनाको प्रारम्भ जसरी भए पनि आज हरेक भाव, मानवीय घटनाहरुलाई यसले सम्वोधन गर्न सक्तछ।

Omar Khayyams को बारेमा

फिजराल्ड युरोपका मध्यकालिन कवि थिए। उमर खैयामका फारषी रुबाइयातलाई अँगे्रजी साहित्यमा अत्यन्तै सुन्दर तरिकाले संरचनागत र भावगत पक्षलाई ख्यालमा राखेर अनुवाद गरे। मारकाट, युद्दले आक्रान्त बनेका युरोपका आम मानिसहरुमा खैयामका स्त्री र मदिराको सृँगार भाव पोखिएका रुबाइहरुले एकप्रकारको नया अनुभव, रिफ्रेश्मे48ट जन्मायो। नयाँ आशा, उमँग र मानवीय सौँन्दर्यप्रति पुन लालयित बनायो। खैयामका अनुवादित रुबाइयात रातारात सवैको मनका स्थापित हुन पुग्यो। अँग्रेजी साहित्यमा सृँगाररस(रोमान्टिसिज्मः वडस्वर्थ, किट्स, शेली, वाइरन आदि)को प्रारम्भ यहींवाट भएको उल्लेख पाइन्छ। अँग्रेजी साहित्यमा फिजराल्डका अलावा निम्न अनुवादकले पनि खैयामका रुबाइयातलाई अनुवादक गरेका छन्। 

1)Graf von Schack
2)Friedrich von Bodenstedt
3)Edward Henry Whinfield
4)J.B. Nicolas
5)John Leslie Garner
6)Justin Huntly McCarthy
7)Richard Le Gallienne
8)Edward Le Gallienne
9)Edward Heron Allen
10)Franz Toussaint
11)A.J. Arberry
12)Robert Graves and Omar Ali Shah
13)Peter Avery and John Heath Srubbs
14)Karim Emami
15)Ahmed Rami
16)Ahmad Saidi

Omar Khayyams Rubaiyat at Other languages
Many Russian language translations have been undertaken, reflecting the popularity of the Rubaiyat in Russia since the late 19th century and the increasingly popular tradition of using it for the purposes of bibliomancy. The earliest verse translation (by V.L. Velichko) was published in 1891. The version by Osip Rumer published in 1914 is a translation of FitzGerald's version. Rumer later published a version of 304 rubaiyat translated directly from Persian. A lot of poetic translations (some based on verbatim translations into prose by others) were also written by German Plisetsky, Konstantin Bal'mont, Ts. Banu, I. Tkhorzhevsky, L. Pen'kovsky, and others.
In Polish, several collections of Rubaiyat have appeared, including one by Professor Andrzej Gawroński, which is regarded as the best.
Poet Cornelis Jacobus Langenhoven (1873–1932, author of Die Stem van Suid-Afrika) produced the first translation in Afrikaans. Herman Charles Bosman wrote a translation in Afrikaans published in 1948.
Eric Hermelin translated the Rubaiyat into Swedish in 1928.
G Sankara Kurup produced a translation into Malayalam (1932)
Thirunalloor Karunakaran translated the Rubaiyat into Malayalam in 1989.
Duvvoori Ramireddy translated the Rubaiyat into Telugu in 1935.
Maithili Sharan Gupt and Harivanshrai Bachchan translated the book into Hindi in 1959.
Kantichandra Ghosh, Muhammad Shahidullah (in 1942), Kazi Nazrul Islam (in 1958) and Shakti Chattopadhyay (in 1978) produced translations into Bengali
D. V. Gundappa translated the work into Kannada as a collection of poems titled "Umarana Osage" in 1952
Gopal Chandra Kanungo illustrated and translated the book into Oriya in 1954. Devdas Chhotray adapted Edward Fitzgerald's work in Oriya and recorded it in musical form in 2011.
Thomas Ifor Rees produced a Welsh translation, published in Mexico City in 1939.
Francesco Gabrieli produced an Italian translation (Le Rubaiyyàt di Omar Khayyàm) in 1944. Alessandro Bausani produced another translation in 1965.
Fraînque Le Maistre produced a Jèrriais version (based on FitzGerald's 1st edition) during the German occupation of the Channel Islands 1940–1945.
Robert Bin Shaaban produced a version in Swahili (dated 1948, published 1952)
Kerson Huang based a Chinese version on FitzGerald's version. Other than that there are altogether 48 translations(partial or complete) into Chinese, the complete list can be found at Baidu Baike.
In 1990, Jowann Richards produced a Cornish translation.
Scottish poet Rab Wilson published a version in Scots in 2004.
Fan Noli produced an Albanian translation, the melody and poetics of which are highly regarded.
At least four versions exist in the Thai language. These translations were made from the work of Edward FitzGerald many years ago. Their respective authors are HRH Prince Narathip Prapanpong, Rainan Aroonrungsee (pen name: Naan Gitirungsi), Pimarn Jamjarus (pen name: Kaen Sungkeet), and Suriyachat Chaimongkol.
Haljand Udam produced an Estonian translation.
The poet J. H. Leopold (1865–1925) rendered a number of Rubaiyat in Dutch.
The Kurdish poet Hajar translated the Rubaiyat in his Chwar Parchakani Xayam, which is also available as an audiobook in which the narrator sings the verses.
Armenian poet Kevork Emin has translated several verses of the Rubaiyat.
The Assyrian journalist and poet Naum Faiq translated the Rubaiyat into the Assyrian language.
In Finnish language first translations were made by Toivo Lyy in 1929. More recently Jaakko Hämeen-Anttila (1999 and 2008) and Kiamars Baghban with Leevi Lehto (2009) have translated Khayyam in Finnish.
The earliest translation in Hungarian consisted of a few stanzas taken from the French version of Nicolas, by Béla Erődi in 1919-20. Lőrinc Szabó finalized his translation of the Fitzgerald version in 1943.
First Czech translator is Josef Štýbr. At first he translated from English (from Fitzgerald's "translations") (1922), after that from original language (1931). Translation from original can be found on Czech wikisource (770 poems). Next translators are mentioned here.
The first translator into Slovene was Alojz Gradnik, his translation being published in 1955. It was translated again by slovene translator and poet Bert Pribac in 2007 from the French Toussaint edition.[7]
The first translation of nine short poems into Serbo-Croatian was published in 1920, and was the work of Safvet beg Bašagić. In 1932, Jelena Skerlić-Ćorović re-published these nine, alongside 75 more poems. In 1964, a noted orientalist Fehim Bajraktarević published his translation of Rubaiyat.[7]
Hồ Thượng Tuy translated from English into Vietnamese (from FitzGerald’s 1st edition) in 1990.
Nguyễn Viết Thắng produced a Vietnamese translation of 487 rubaiyat, translated from English and Russian in 1995, published in Hanoi in 2003.
Xabier Correa Corredoira published a Galician translation in 2010.[8]
Hemendra Kumar Roy translated the Rubaiyat into Bengali.
Christos Marketis translated 120 rubaiyat into Greek in 1975.
Srimadajjada Adibhatla Narayana Das (1864–1945) translated the original Persian quatrains and Edward Fitzgerald's English translations into Sanskrit and pure-Telugu. Pandit Narayana Das claimed his translation was more literal than that of Fitzgerald.


रुबाइको संरचना

रुबाइ मुलत फारषीमूल (भाषा)को एक लोक लय हो। फारषीभाषामा गाइने छोटो गीति लय हो। यो अनिवार्य चारहरफ भित्र अनुबन्धित हुन्छ। नेपाली लयहरु झ्याउरे, हाक्पारे, पालाम, सिली, सेलो इत्यादि झैं यसको पनि आफ्नै संरचना छ। यसको पनि आफ्नै नियम छ। उदाहरण स्वरुप गोविन्द विकलद्वारा सृजित एउटा रुबाइ प्रस्तुत गर्दछु।
तिमी भयौ आँखाको नानी जस्तै
तिमी भयौ खोलाको सँगलो पानी जस्तै
विर्षनै नसक्ने भएँ अब म तिमीलाई
मेरो जीवनको श्वास फेर्ने बानी जस्तै.....
(यहाँ नानी, पानी र बानी (काफिया) मध्यानुप्राश हो। त्यसपछि आएका जस्तै (रदिफ) अन्त्यानुप्राश हो। पहिलो, दोश्रो र चौंथो हरफमा अनिवार्य काफियाको आवश्यक्ता पर्दछ। रदिफ भए अझ सुनमा सुगन्ध झैं हुन्छ। पहिलो हरफले विषयवस्तुमा प्रवेश। दोस्रो हरफले थप व्याख्या। तेस्रो हरफ (स्वतन्त्र हुन आवश्यक छ) ले कौतुहलता र चौथोहरफले समग्र भावलाई एकमुष्ठ रुपमा प्रहार गर्दछ। समग्र रुबाइ एउटै विषयमा केन्द्रित हुन आवश्यक छ। काफिया अलमलका कारण पूरा नभएका गजलका दुई शेरलाई पनि रुबाइ भन्न थालिएकोछ तर यो नत गजलको लागि हितकर हुन्छ न त रुबाइको लागि नै। हरेक विधामा झैँ रुबाइलाई पनि विश्वास र सम्मान पुर्वक लेखिनु आवश्यक छ।

नेपाली साहित्यमा रुबाइ

फिजराल्डको रुबाइको संरचनाभन्दा भावलार्इ बढी केन्द्रमा राखेर भारतीय साहित्यकार डा. हरिशवंशराय बच्चनले पनि हिन्दीमा मधुशाला प्रकाशन गरेँ । जसले बच्चनलार्इ विश्वप्रसिद्ध बनायो । संभवत नेपाली साहित्यमा रुबाइ भित्रिनुको निकट स्रोतको श्रेय बच्चनलार्इ दिनु पर्ला कि, जस्तो लाग्छ । खैयामका रुबार्इयात फारष्ाीवाट उदर्ु हुँदै पनि हिन्दीमा आएको पाइन्छ तर प्रशिद्धि र सर्वमान्य आगमन भने अंग्रेजी हुँदै हिन्दी भएर नेपालीमा हुनुपर्दछ ।

कहिलेदेखि नेपाली साहित्यमा रुबाइ भित्रियो यो खोजको विषय हो तर रुबाइ संरचनाका सृजना भने पाँच दशक आसपासवाट सृजिन थालिएको पाइन्छ। भिमदर्शन रोक्का, भूपि शेरचन, हरिभक्त कटुवाल आदिका रचनाहरुमा पनि रुबाइको संरचना पाइन्छ तर वहाँहरुले त्यसलाई कविता, टुक्रा, मुक्तक आदि भनेकाले त्यसलाई हामीले पनि रुबाइ नै हो भनेर जिकिर गर्न अव्यवहारिक हुन जान्छ। सायद यसको पछाडि यो संरचनालाई के भनिन्छ भन्ने अध्यय्न र सन्दर्भ सामग्रीहरुको तात्कालिक अभाव पनि हुन जाला। कतिपय स्रष्टाहरुले रुबाइ भनेर फाट्टफुट्ट पनि लेखेको पाइन्छ तर आधिकारिक रुबाइ कृति भने केदार सत्याल(विराटनगर)द्वारा २०३२ चैतमा प्रकाशित उमर खैयामका रुबाइयात को भावानुवाद हो। यो कृतिमा गहन अध्ययन् र संरचनाको आधारभन्दा पनि रुबाइ साहित्यको विश्व बजार र हिन्दी साहित्यमा भएको लोकप्रियतालाई ख्यालमा राखेर सत्यालद्वारा नेपालीमा प्रेमले गरिएको भावानुवाद मात्र हो। सत्यालद्वारा अनुवादित रुबाइ कृति आधारको हिसावमा पहिलो भएता पनि नेपाली साहित्यमा रुबाइको संरचानागत मर्म र धर्ममा रहेको प्रथम मौलिक रुबाइयात कृतिको श्रेय भने वि.स.२०६१ सालमा प्रकाशित ग्याँसचेम्बरमा बुद्ध लाई जान्छ। यो कृतिपछि नेपाली साहित्यमा रुबाइ यति लोकप्रिय भयो कि एकदशकको यो अवधिमा नै दर्जनौ रुबाइ कृतिहरु प्रकाशित भइसकेका छन्। विश्वको जुनसुकै भूगोलमा बसे पनि आज नेपाली रुबाइयातले साहित्यको आकाश ढाकेको छ। भारतीय नेपाली साहित्य र तेस्रो देश पुनर्वासको शिलशिलमा यूरोप, अमेरिका, अष्ट्रेलिया आदि भूगागमा फैलिएका नेपालभाषी भूटानीहरुको कारण विश्व साहित्यमा नेपाली रुबाइको गर्विलो उपस्थिति अग्लिइरहेको छ। 

निष्कर्ष : 

साहित्य सृजनाको क्षेत्र आफैमा हार्दिकताको क्षेत्र हो। जुन, फूल, नदी, घाम, इन्द्रेणी, झर्ना आदिलाई यति महान कसैले बनायो भने त्यो साहित्यले हो। राजनीतिले हज्जारौँ सुन्दरता लत्याएर एउटा कुरुपता खोतल्छ। तर साहित्यले हज्जारौँ कुरुपताबीच एउटा सुन्दरता खोतल्छ। सुन्दरताको आँखा साहित्य रहेछ। कुरुपताको आँखा राजनीति। हामी सृजनामा आफ्नो अस्तित्व खोजिरहेका छौँ। आफ्नो अस्तित्व खोज्नुको मतलब अरुको अस्तित्वलाई पनि सम्मान गर्नु हो। विश्व साहित्यमा हरेक विधाहरुका आफ्नो आफ्नै अस्तित्व छ, पहिचान छ। हरेको रँग छ, स्वअर्थ छ र अर्थ हुनुको साँस्कृति, भौगोेलिक, हार्दिक कारणहरु छन्। रुबाइ साहित्य पनि त्यसमध्ये एक हो। आज विश्व फेसवुक कल्चरमा प्रवेश गरिसकेको छ। विश्वमा चलेका कुनै पनि तरँगवाट हामी मुक्त छैनौ। यो ग्लोवल भिलेजमा हामीले रुबाइलाई पनि उसकै अस्तित्वमा स्विकार्न मन परायौँ। हामीले इतिहास, शिद्धान्त, प्रमाण, जीवन्तता र हार्दिकता सहित रुबाइलाई नेपाली साहित्यमा पनि रुबाइ भन्ने हिम्मत गर्यौ। हामीले रुबाइलाई उसकै नाम, पहिचान सहित स्विकारी अगाडि बढ्न चाह्यौ र बढी रहने छौ। सहि स्रष्टा र सृजनशिलहरुले हाम्रो यो अभियानलाई भित्रै देखि स्विकार्नु भएको छ। हामी पनि नेपाली रुबाइलाई विश्वमाझ गर्विलो तवरले उभ्याउने कसरतमा छौँ। रुबाइ साहित्य मात्र होइन हामी अन्य साहित्यका विधालाई पनि उत्तिकै सम्मान गर्दछौ। हामीलाई थाहा छ, सृजनाका जुनै विधा पनि आफैमा सुन्दर र शक्तिशाली हुन्छन्। साहित्यको जुनै विधा भए पनि भावनाका अभिव्यक्तिय रुप मात्र हुन्। जे लेखे पनि सृजनाको मर्म र धर्म समेटिनु पर्दछ। सही र सृजनात्मक सामर्थ्य भए मात्र हरेक विधा सम्मानित हुनेछ भन्ने वोध छ हामीलाई। यही लेख्नुस भन्दैनौ हामी। तँपाइ त्यही विधामा कलम चलाउनुस जुन विधामा तँपाई आफुलाई सहज र सरल रुपमा पोख्न सक्नुहुन्छ। रुबाइ साहित्य पनि कसैको वाध्यता नबनोस् हामी यही चाहान्छौ। 
अन्तमा
हामीले वोध सहित, प्रमाण सहित, प्रेम सहित र गर्व सहित रुबाइलाई रुबाइ भनेर सृजना गर्दा कसैले पनि एकलकाँटे आधारमा हाम्रा सृजनालाई मुक्तक या अन्य विधाको साँघुरो संवोधन नगरी दिन अनुरोध (खबरदारी) गर्दछौँ।

अन्तमा एउटा रुबाइ

तर्क गर्दा कोक्याउने सुर्ती भयो भन्छन् 
व्यस्त रहदाँ आरिषले फुर्ती भयो भन्छन्
भन्नेहरु भनिरहन्छन् मुख टाल्न सकिदैन
मौन भई बस्ता पनि मुर्ती भयो भन्छन्....... 

-प्रकास आङ्गदाग्बे

नेपाली गजलका बारेमा बिस्तिृत जानकारी

NepaliTalim | 12:06:00 PM | 2comments
गजललाई अंग्रेजी भाषामा Ghazal, हिन्दी भाषामा ग़जलउर्दू भाषामा غزل भनिन्छ। 

गजल भनेको प्रेमका विषयमा श्रृङ्गार रसका कविता लेखिने एकप्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिएको कविता हो।
गजल भनेको प्राय ५ देखि ११ शेरहरू हुने उर्दु र फारसी कविताको एक प्रकार हो। यसका सबै शेर
एउटै रदीफ एवं काफियामा आबद्ध हुन्छन् र प्रत्येक शेरको विषयवस्तु फरक हुन्छ। पहिलो शेरलाई मत्ला भनिन्छ, जसमा दुबै मिसरा अनुप्रासयुक्त हुन्छन् भने अन्तिम शेरलाई मकता भनिन्छजसमा गजलकारले आफ्नो उपनामको प्रयोग पनि गर्न सक्छ। गजलको संग्रहलाई दीवान भनिन्छ। 

गजल भनेको प्रेमसम्बन्धी वा रागात्मकपुरानोलयात्मक कविताको एक प्रकार होजसमा सीमित श्लोकउही अनुप्रासको आवृत्ति तथा पश्चिमी पद्यभन्दा पृथकता अपनाइएको हुन्छ।
गजल भनेको जीवन र जगतबाट प्राप्त अनुभव र अनुभूतिलाईर् कोमलहार्दिक र कलात्मक रूपमा प्रस्तुत गर्ने काव्यिक विधा हो।
गजलको शेरमा गीत र कवितामा जस्तो कपोलकल्पना गरिँदैन। यसमा सत्य अभिव्यक्ति मात्र गरिन्छ।
गजल भनेको रदिफ + काफिया + बहर (अर्को नामहरू: बह्रमीटरलयया मात्रिक-क्रम) हो।
गजलगीत र कविता एउटै होईन। गजल भनेको गीत र कविता भन्दा छुट्टै विधा हो। गजलको आफ्नै परिधी वा संरचना हुन्छ।

नेपाली गजलको इतिहास
नेपाली गजलको इतिहास यस प्रकार छ।
वि.सं. १९४१२००२
विक्रमको १९४० तिर मोतीराम भट्टले नेपाली भाषामा फारसी छन्दको प्रयोग गरी गजलको उदय गराए।
वि.सं.२००३२०३५
मौलिक नेपाली लय तथा स्वनिर्मित लयमा यसपछिका गजलहरू रचना गरिए। भूपि शेरचनम.वी.वी.शाहभीम विराग,राम मान तृषितशङ्कर लामिछानेईश्वरवल्लभगोपाल प्रसाद रिमाल आदि प्रतिभाहरू देखिन्छन्।
यस समयमा रचना गरिएका गजल भन्न रुचाइएका सिर्जनाहरूमा काफियाको व्यवस्थापन र प्रयोग अनिरदीफ र तखल्लुस पनि प्राय भेटिदैन।
वि.सं.२०३६२०५०
वि.सं. २०३६ सालको मधुपर्क’ साहित्यिक पत्रिकामा ज्ञानुवाकर पौडेलको मुक्तक’ शीर्षकमा प्रकाशन भएको एउटा रचनाले गजलले संरचनाभित्र प्रवेश गरेको मानिएको छ।
ललिजन रावल – केही गजलहरू (२०४२)विरानो यो ठाउँमा (२०४६)सिरानीमा आँसु (२०५९)धर्मागत शर्मा तुफान’–तुफानका गजलहरूदेशको माटो दुख्ने गर्छरवि प्राञ्जल– ‘उही बाढी उही भेल’, ‘घामका झुल्काहरू’, ‘तारिदेऊ न माझी दाइ’ आदि गजल सङ्ग्रहहरू प्रकाशनमा भएको छ।
वि.सं. २०५० – हालसम्म
गजलकारहरू मनु ब्राजाकीडा. कृष्णहरि बरालघनश्याम न्यौपाने परिश्रमी’ आदि वरिष्ठताको श्रेणीमा बाँधिएका छन्।
यस कालका प्रमुख गजलकारहरू तथा कृतिहरूमा घनश्याम न्यौपाने परिश्रमी’ – ‘यो मौसम ( २०५०) घामको छहारी ( २०५२) जून चुहेको रात (२०६०)मनु ब्राजाकी– गजलगङ्गा (२०५१) काँडाका फूलहरू (२०५६) के हेरेको ए जिन्दगी (२०६४),बूँद राना – रातो मलाई प्यारो (२०५६) चल्दैछ जिन्दगी (२०६४)वियोगी बुढाथोकी – आफन्तका चोटहरू (२०५२)राजेन्द्र थापा – सुर्जे पनि अस्ताउन मात्रै (२०६२) सहनैको छाती अचानो (२०६२)श्रेष्ठ प्रिया पत्थर’ – पग्लिएका कथाहरू (२०५३) पत्थरका प्रलापहरू (२०५९) आँसुको सौगात (२०६०)कृष्ण पौडेल बी’ – नानी हजुरको (२०६१)कृसु क्षेत्री – अद्र्धमुदित आँखाहरू (२०५८)मुन पौडेल – गजलोत्सव (२०५३)गोवद्र्धन पूजा – धर्तीको धूलोमा (२०५४). भीम विराग – भीम विरागका गीत गजल (२०५७) रासा रात निदाएको रातमा (२०५८)माधव वियोगी गुम्सिएका भावहरू (२०५८)ऋचा लुइँटेल – बाँसुरीका धुनहरू: (२०५८)पुष्पलता कलमका डोवहरू,- सन्तोश काफ्ले "स्पन्दन" ,२०६४-स्पन्दन, (२०६१ (बराल,२०६४पृ.२१६२६८) रहेका छन्।

गजलको प्रकार
गजललाई दुई किसिममा वर्गीकरण गरिएको पाइन्छ।
1.       विषयवस्तुको आधारमा
2.       रदीफको आधारमा
विषयवस्तुको आधारमा:- विषयवस्तुको आधारमा लेखिने गजल दुई किसिमका हुन्छन्।
·         मुसलसल गजल:- जुन गजलका सबै शेरहरू एउटै विषयवस्तुमा लेखिएका हुन्छन्त्यस्तो गजललाई मुसलसल गजल भनिन्छ।
·         गैरमुसलसल गजल:- जुन गजलका शेरहरू फरक-फरक विषयवस्तुमा लेखिएका हुन्छन् भने त्यस्तो गजललाई गैरमुसलसल गजल भनिन्छ।
रदीफको आधारमा:- यस आधारमा पनि गजल दुई किसिमका हुन्छन्।
·         मुरद्दफ गजल : जुन गजलमा काफिया र रदीफ दुवैको प्रयोग भएको हुन्छ त्यस्तो गजलाई मुरद्दफ गजल भनिन्छ।
·         गैरमुरद्दफ गजल : जुन गजलमा रदीफको प्रयोग भएको हुँदैन अर्थात् रदीफविहीन गजललाई गैरमुरद्दफ गजल भनिन्छ।

गजलको संरचना
गीतगजल र कविता एउटै होईन। गजल भनेको गीत र कविता भन्दा छुट्टै विधा हो। गजलको आफ्नै परिधी वा संरचना हुन्छ।
1.       मिसरा
गजलको हरफलाई मिसरा भनिन्छ।
2.       शेर
गजलका प्रत्येक दुई मिसरालाई शेर भनिन्छ। हरेक शेर आफैमा एउटा स्वतन्त्र कविता हुन्छ। शेरको माथिल्लो मिसरालाई मिसरा-ए-उला र तल्लो मिसरालाई मिसरा-ए-सानी भनिन्छ। उलाले भावको उठान गर्छ भने सानीले त्यसको पुष्टि गर्छ।
(उला + सानी = शेर)

  मिठो प्यार पाएँ   [मिसरा-ए-उला]
  काखमा रमाएँ।   [मिसरा-ए-सानी]
  -   गोर्खे साइँलो
·         शाहे वैत
गजलको सबैभन्दा राम्रो शेरलाई "शाहे वैत" वा "बैत-उल-ग़जल" वा "हुस्न-ए-ग़जल" भनिन्छ।

शेरको प्रकार
शेरको विषयवस्तुको आधारमाशेरलाई २ भागमा बाँढिएको छ।
1.       मुसलसल गजल:- जुन गजलका सबै शेरहरू एउटै विषयवस्तुमा लेखिएका हुन्छन्।
2.       गैरमुसलसल गजल:- जुन गजलका शेरहरू फरक-फरक विषयवस्तुमा लेखिएका हुन्छन्।

मतला
गजलको पहिलो दुर्इ हरफलाई मतला भनिन्छ। मतलाको आधारमा रदिफकाफिया र बहर छुट्याईन्छ। रयस्को पालना पुरै गजलमा गरिन्छ।
यसका दुईटै मिसरामा काफिया र रदीफ हुन्छ।
या   रदीफविहीन गजल हो भने दुईटै मिसरामा काफियाको मात्र प्रयोग भएको हुन्छ।
हुस्ने मतला वा मतला-ए-सानी
यदि कुनै गजलमा दुईटा मतला देखिएको छ भने तल्लोलाई हुस्ने मतला वा मतला-ए-सानी भनिन्छ।

काफिया
स्वर समता र तुकबन्दीयुक्त अनुप्रासिक शब्दलाई काफिया भनिन्छ। यो मत्लाको दुवै मिसरामा र बाँकी शेरहरूको तल्लो मिसरामा रदीफको अगाडि वा रदीफविहीन गजलमा अन्तिममा प्रयोग हुने गर्दछ।

पूर्ण काफिया
पूर्ण शब्दको प्रयोगलाई पूर्ण काफिया भनिन्छ जस्तैः गर्न तर्न छर्न झर्न मर्न आदि।

आंशिक वा शब्दांश काफिया
शब्दका अन्तिमका केही अक्षरहरू काफियाको रूपमा प्रयोग भएका छन् भने त्यस्तालाई शब्दांश काफिया भनिन्छ। जस्तैः कहानीसिरानीनिशानीजवानीजिन्दगानीतानी आदिमा आनी आंशिक वा शब्दांश काफिया हुन्छ। [कहानी = क + ह + आ + नीसिरानी = सि + र + आ + नीजवानी = ज + व + आ ‌+ नीतानी = त + आ + नी]

हम काफिया
काफियाको साथमा जोडिएर आउने शव्दलाइ हम काफिया” भनिन्छ।
उदाहरण:
फुल सारें सुन्दर वगैचा वनाउने तर्खरमा ।
त्यहिं आफ्नो मनको भारी विसाउने तर्खरमा ।।
लालीगुरांस फुल्यो वनमा वसन्तले रङ्ग पायो
मन उड्यो उनको चुल्ठो सजाउने तर्खरमा ।।
आज किन वहे कुन्नि आंशु मेरा भलभली
कोही आउछकी आश वोकें संझाउने तर्खरमा ।।
ख्याली सेलो झ्याउरे भाका नराम्रो त किन लाग्थ्यो
प्यारी आईन् जोर मादल घन्काउने तर्खरमा ।।
एकैपटक भएपनि उनले हांसिदिदा खेरी
सावन’ लाग्यो जवानीलाई रङ्गाउने तर्खरमा ।।
Copy Right eskhalitsaavan@gmail.com.


वनाउने” र विसाउने
व + न + आ + उ + नेवि + स + आ + उ + ने
आउने” शव्दलाई "आंशिक काफिया" भनिन्छ भने वन्” र विस्” हम काफिया हुन्छन्।

एक अक्षरे काफिया
शब्दको अन्तिम अक्षरलाई मात्र काफियाको रूपमा प्रयोग गरिएको छ भने त्यस्तालाई एक अक्षरे काफिया भनिन्छ जस्तैः कथा, सदा, मजा, गला, आदि त्यस्तै हो, त्यो, रातो, कालो, आदि।

रदीफ
काफियाको पछाडि बारम्बार दोहोरिएर आउने शब्द वा शब्दसमूहलाई रदीफ भनिन्छ। रदीफचाहिँ गजलको अपरिहार्यताभित्र पर्दैन। यो प्रायः एक शब्ददेखि तीन शब्दसम्म भएको हुन्छ।

हमरदीफ
कुनै कुनै गजलमा भएका दोहोरिएका रदीफहरूलाई हमरदीफ भन्ने चलन छ।
जस्तै:
सुकेपछि मनको घाउकोखाटो अलि अलि।
याद आयो तिम्रो घरकोबाटो अलि अलि।
करुण थापा
माथिका 'अलि अलि'मा दोहोरिएका रदीफ छन् तिनलाई नै हमरदीफ भनिन्छ।

एकल रदीफ
शेरमा एक शब्द प्रयोग भएको रदीफलाई एकल रदीफ भनिन्छ।

बहुल रदीफ
शेरमा एकभन्दा बढी शब्दहरू प्रयोग भएमा "बहुल रदीफ" भनिन्छ।

मक्ता
गजलको अन्तिम शेरलाई मक्ता भनिन्छ।

तखल्लुस
मक्ताको कुनै मिसरामा गजलकारले आफ्नो छोटो नाम वा उपनामको प्रयोग अर्थपूर्ण तरिकाले गरेका हुन्छन्। यस्तो उपनामलाई तखल्लुस भनिन्छ। तखल्लुसको प्रयोगलाई अनिवार्य मानिदैन।
    इ सानै उमेर्देखि मन हर्न लागे   [मतलाको मिसरा-ए-उला]
    यिनै सुन्दरीले जुलुम् गर्न लागे।   [मतलाको मिसरा-ए-सानी]

    कहाँ सम्म आँट लौ हेर तिन्को
    रिसाएर आँखा पनि तर्न लागे।

    अघि पर्न सक्दीन मैले हरिका   [मक्ताको मिसरा-ए-उला]
    नजर्देखि "मोती" पनि र्झन लागे।   [मक्ताको मिसरा-ए-सानी]   [तखल्लुस   "मोती"]
    -   मोतिराम भट्ट

बहर
कुनै नियममा बाँधिएका शेरहरूको "वजन"लाई बह्र वा बहर भनिन्छ।
नेपाली गजलमा प्रयोग हुने शास्त्रीय लयलाई नै बहर भनिन्छ। संस्कृत काव्य परम्परामा छन्द भने झैं फारसी गजल परम्परामा "बहर" भनिन्छ। यसले गजलको लयअनुसानलाई निर्धारण गरेको हुन्छ। केही "पिङ्गला छन्द"हरू शास्त्रीय बहर सँग मिल्न जान्छन। त्यसैले पनि पिङ्गला छन्दको राम्रो ज्ञान भएकालाई शास्त्रीय बहरमा गजल सिर्जना गर्न सहयोग मिलेको देखिन्छ। [४]
संस्कृत छन्दलाई यहाँ हेर्नु होला: छन्द
वजनलाई यहाँ हेर्नु होला: तक्तिअ
उदाहरण:
Copy Rights: http://pallawa.com.np
मुरब्बा मक्बूज (छन्द प्रमाणिका)
सूत्र:।ऽ।ऽ।ऽ।ऽ, (१२ १२ १२ १२)
(एक अक्षरे काफियाहुश्ने मतला)
कथा भयो कसो गरूँ ?
ब्यथा भयो कसो गरूँ ? <--- मतला।
कुरा भयो कसो गरूँ ?
छुरा भयो कसो गरूँ ? <--- हुश्ने मतला।
कता कता कतै कतै
नशा भयो कसो गरूँ ?
खुशी थियो झिनो झिनो
दशा भयो कसो गरूँ ?
यहां:
एउटा मात्रै काफिया भएकोले "एकल काफिया"र एक अक्षर मात्रै काफिया भएकोले "एक अक्षरे काफिया"।
कथा = क+थ+आब्यथा = ब्य+थ+आकुरा = कु+र+आछुरा = छु+र+आ आदी।
३ वटा रदिफ "भयो कसो गरूँ" भएकोले "बहुल रदिफ / धेरै रदिफ"।

मात्रा गणना:
क(१)था(२) भ(१)यो(२) क(१)सो(२) ग(१)रूँ(२) = १२ मात्रा (वजन) [पहिलो शेरको पहिलो हरफ]
ब्य(१)था(२) भ(१)यो(२) क(१)सो(२) ग(१)रूँ(२) = १२ मात्रा (वजन) [पहिलो शेरको दोस्रो हरफ] (*"ब्यथा"को "ब्य" लाई (१) मान्ने गजलकारहरूबाट सर्व सहमत।)
एउटा शेर२४ मात्रा (वजन)।
मिटर:
अंग्रेजी मिटर: (daDUM, daDUM, daDUM, daDUM) x 
नेपाली मिटर: (लघुगुरूलघुगुरूलघुगुरूलघुगुरू) 
केहि बहर वा छन्दको प्रकार
मतलाको आधारमा बहर छुट्याईन्छ। बहर भनेको छन्द हो रछन्द भनेको लय हो।
बहर (बह्र)को आधार भनेको "अरकान" ("रुक्न "को बहुवचन) हो। अरकान भनेको मात्रिक क्रमको समूह हो।
गजलको शास्त्रिय मान्यता भनेकोकुनै न कुनै छन्दमा बाँधिनु हो। संस्कृत छन्दमा अनेक वार्णिक र मात्रिक पिङ्गल छन्दहरू भए झै इस्लामिक काव्यशास्त्रमा वर्णमात्रामा आधारित अनेक इस्लामिक शास्त्रिय बहरहरू छन्।

छन्द वा बहरका केही प्रकार र उदाहरणहरू:
·         संस्कृत छन्द (पिङ्गल): अनुष्टुप छन्दविद्युन्माला छन्दइन्द्रवज्रा छन्दउपेन्द्रवज्रा छन्द आदि।
·         इस्लामिक बहर: मुफरद बहरमुरक्कब बहरमुजाहिफ बहर आदि।
·         नेपाली छन्द: सवाईलोक छन्द आदि।
नेपालमा अक्षरको उच्चारणको आधारमाकेही नेपाली शैलीका लयहरू पनि निकै प्रचलनमा आएका छन्। नेपाली बहरको लागि तल हेर्नु होला।

तर जुल गजल
अक्षरको एकरूपता पनि नमिलेको र शास्त्रीय बहर पनि नमिलेको तर भावका दृस्टीले चोटिला गजल।

नेपाली बहर
केवल आक्षेरिक एकरूपतालाई आधार मानी लेखिने बहरलाई नेपाली बहर भनिन्छ। मिसरामा प्राय घटीमा ६ र बढीमा २० अक्षरहरू हुन्छन। नेपाली बहरमा अक्षर गनिन्छमात्रा गनिन्दैन।
उदाहरण:
६ अक्षर:-
    मिठो प्यार पाएँ     [मि-ठो  प्या-र  पा-एँ  =  ६]
    काखमा रमाएँ।     [का-ख-मा  र-मा-एँ  =  ६] 
-  गोर्खे साइँलो
७ अक्षर:-
    प्यासमा पानी पायौ     [प्या-स-मा  पा-नी  पा-यौ  =  ७]
    साथमा माया लायौ।     [सा-थ-मा  मा-या  ला-यौ  =  ७] 
-  गोर्खे साइँलो

१६ अक्षर:-
    समेनामा बोकी ल्यायौ भएँ प्यारा घर्की रानी     [स-मे-ना-मा  बो-की  ल्या-यौ  भ-एँ  प्या-रा  घर-की  रा-नी  =  १६]
    तिमी हुँदा तातो प्याला भएँ आफैँ पानी पानी।     [ति-मी  हुँ-दा  ता-तो  प्या-ला  भ-एँ  आ-फैँ  पा-नी  पा-नी  =  १६] 
-  गोर्खे साइँलो[

नेपाली लोक छन्द
नेपालमा अक्षरको उच्चारणको आधारमाकेही नेपाली शैलीका लयहरू पनि निकै प्रचलनमा आएका छन्। नेपाली लोक छन्दमा अक्षर गनिन्छमात्रा गनिन्दैन
जस्तै:
सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान
[सानो ‍छ = ३खेत = २सानो छ = ३बारी = २सानै छ = ३ जहान = ३] = १६
[नगरी = ३काम = २पुग्दैन = ३खान = २साँझ र = ३ बिहान = ३] = १६

केहि नेपाली लोक छन्दहरू:
·         असारे – झ्याउरे (३+२+३+२+३+३=१६):
सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान
·         सवाई (४+४+४+२ =१४)
समय यो बगिर'न्छ नदी बगे जस्तै
मान्छे खोज्छ डुब्न यहाँ हावा हुरी जस्तै
·         सेलो(२+२+३=७)
पैले बाज्या पालामा
रूप्या गन्थे डालामा
·         मारूनी (४+३+३ = १०)
मेरो माया आउँछौ कि भनेर
भीरको बाटो सम्मै छ खनेर
·         बालौरी (४+२ = ६ वा ४+३=७)
ताराबाजी लै लै
मामा आए घोडा
सानी सानी छोरी छ
काली ह्वैन गोरी छ
·         घाँसे (काठे भाका) (१८ देखि २१ अक्षर)
आजै र म त घाँस काट्न गएँ टिकी त खस्यो पातमा
बैरागी ज्यानको मन बुझाई दिने कोही छन् कि साथमा,
·         झ्याउरे ( १९ देखि २० अक्षर )
गाइने दाइ आएर गाए सबैलाई धुरुरु रुवाए
बीस हुन्छ अक्षर भन्दै झ्याउरेमा सँसारै अटाए,

मात्रिक बहर
अक्षर गन्दा कम बेश भए पनि यसका सबै मिसरामा मात्रा बराबर हुन्छ। रलघु गुरूको क्रम समान हुँदैन।
संस्कृत मात्रिक छन्दए हेर्ने भए यहां: मात्रिक छन्द
उदाहरण:
लघु मात्रालाई १ गनिन्छ।
गुरू ‍मात्रालाई २ गनिन्छ।
१ मात्रा हुने (लघु)
किकुकृ
अँहँ (चन्द्र बिन्दु हुने वर्ण) जस्तै: अँसुवर
त्य (संयुक्त व्यंजन हुने वर्ण)। जस्तै: नित्य
२ मात्रा हुने (गुरू)
काकीकूकेकैकोकौ
अनुस्वार वा विसर्ग हुने वर्ण: इंविंतःधः जस्तै: इंदुबिंदुअतःअधः आदि
संयुक्ताक्षरको अगाडिको वर्ण: जस्तै: अग्रको अवक्रको व
हलन्त वर्णको पहिलो वर्ण: जस्तै: राजन्को ज
उदाहरण
१७ मात्राको मिसरा:-
    सिरानी यो हातमा निदाऊ  - [उदाहरण: १२२ + २ + २१२ + १२२ = १७]
    आउ मेरो साथमा निदाऊ।  - [उदाहरण: २२ + १२ + २१२ + १२२ = १७]
    - गोर्खे साइँलो
२४ मात्राको मिसरा:-
    जागरुकताको दियो बालेर आए हुन्छ  - [उदाहरण: २१२१२२ ‌+ १२ + २११ + २१ + २२ = २४]
    सँगै लाने अधिकार पालेर आए हुन्छ।  - [उदाहरण: २२ + २१ + १२२१ + २११ + २१ + २२ = २४]
    - गोर्खे साइँलो
यहां उदाहरणमा मात्रा के हो बुझाउनलाईसजिलो तरिकाले मात्रा गणना गरिएको छ।

फारसी बहर
बहरको नाम लिनु पर्दा सर्वप्रथम त उर्दू-फारसीमा बहर भनिने शब्द नै नेपालीमा प्रचलित पिङ्गल छन्द नै होसंस्कृत छन्द नै हो। केही पिङ्गला छन्दहरू शास्त्रीय बहर सँग मिल्न जान्छन।

रुक्न
रुक्न भनेको गण हो। उर्दू भाषाको लेखाइ अनुसार रुक्नचाहिँ १ अक्षरेदेखि ७ अक्षरेसम्म प्रयोग भएर बन्ने गर्दछन्। रुक्नहरू भनेको पिङ्गल छन्दको लघुलाई । भने जस्तै १ र पिङ्गल छन्दको दीर्घलाई ऽ भने जस्तै २ लेखिन्छ।
रुक्न को बहुवचनलाई अरकान भनिन्छ।[६]

अर्कान
रुक्‍नको बहुवचनलाई अर्कान भनिन्छ [६]। तिनै अर्कानहरूलाई नै टुक्र्याएर आलग-अलग रुक्नको निर्माण गरिन्छ र त्यसलाई जिहाफत भन्दछन्। जिहाफ भनेको मात्रा घटनु हो र जिहाफत भनेको मात्रा घटाउने प्रक्रिया।

अर्कानको प्रकार
"लघु (१)" र "गुरू (२)" मात्राहरूको आधारमा अर्कानहरूलाई "७ मात्रा" र "५ मात्रा" भएको२ भागमा विभाजन गरिएको छ:
·         सबाई अर्कान: जस्को अर्कानमा ७ मात्रा हुन्छ।
·         खामसी अर्कान: जस्को अर्कानमा ५ मात्रा हुन्छ।

सबाई अर्कान:
निम्न अनुसारको "लघु (१)" र "गुरू (२)" अक्षरहरूले बनेर७ मात्रिक वजन भएको अर्कानलाई सबाई अर्कान भनिन्छ। यो ६ ओटा छ।
फाइलातुन् २१२२ बराबर ७ मात्रा
मुस्तफ्इलुन् २२१२ बराबर ७ मात्रा
मफाईलुन् १२२२ बराबर ७ मात्रा
मुतफाइलुन् ११२१२ बराबर ७ मात्रा
मफाइलतुन् १२११२ बराबर ७ मात्रा
मफ्ऊलात २२२१ बराबर ७ मात्रा

खमासी अर्कान:
निम्न अनुसारको "लघु (१)" र "गुरू (२)" अक्षरहरूले बनेर५ मात्रिक वजन भएको अर्कानलाई खमासी अर्कान भनिन्छ। यो २ ओटा छ:[६]
फऊलुन् १२२ बराबर ५ मात्रा
फाइलुन् २१२ बराबर ५ मात्रा

अर्कानहरूको तालिका
रुक्न/अरकान
मात्रिक वजन
रुक्न नाम
मात्रा क्रम
मूल रुक्न/अरकान
फायलातुन्
२१२२
मूल रुक्न/अरकान
मुस्तफ्यलुन्
२२१२
मूल रुक्न/अरकान
मफाईलुन्
१२२२
मूल रुक्न/अरकान
मुतफायलुन्
११२१२
मूल रुक्न/अरकान
मफायलतुन्
१२११२
मूल रुक्न/अरकान
मफ्ऊलात
२२२१
खमासी रुक्न/अरकान
फऊलुन्
१२२
खमासी रुक्न/अरकान
फायलुन्
२१२

मुफरदको तालिका
मुफरदको अर्थ: जस्को सालिममा एउटै प्रकारको रुक्‍न हुन्छ र रुक्‍न के हुन्छ तय भएको। जस्तै: मुस्‍तफएलुनले मात्रै बनेको छ भने रजजमुफाईलुनले मात्रै बनेको छ भने हजजफाएलातुनले मात्रै बनेको छ भने रमल आदी।
क्रमांक
नाम
प्रकार
रुक्‍न
वजन
रजज
मुफरद
मुस्‍तफएलुन
२२१२
हजज
मुफरद
मुफाईलुन
१२२२
रमल
मुफरद
फाएलातुन
२१२२
मुतका़रिब
मुफरद
फऊलुन
१२२
मुतदारिक
मुफरद
फाएलुन
२१२
कामिल
मुफरद
मुतफाएलुन
२२१२
वाफर
मुफरद
मुफाएलतुन
१२११२

नियम:
1.       मुसमन: गजलको एउटा मिसरामा एउटै वा फरक-फरक गरी बनेका जम्मा ४ अर्कानहरू छन् भने त्यसलाई मुसम्मन् भनिन्छ।
2.       मुसद्दस: त्यसैगरी एउटा मिसरामा एउटै वा फरक-फरक गरी जम्मा ३ अर्कान छन् भने त्यसलाई मुसद्दस् भनिन्छ।
3.       मुरब्बा: कुनै पनि एउटा मिसरामा एउटै वा फरक-फरक गरी जम्मा २ अर्कान छन् भने त्यसलाई मुरब्बा भनिन्छ भने फरक-फरक अर्कानबाट बनेको मुरब्बा बहरको नामकरण भएको देखिन्न।
4.       मुसना: एउटा मिसरा सिर्फ १ रुक्‍नले मात्र बनेको छ भने मुसना भनिन्छ। तरयो सिर्फ सिद्धान्तमा मात्रै सिमित छ रव्‍यवहारमा कम भेटिन्छ।
5.       सालिम: एउटा मिसरा पूर्ण रूपले १ प्रकारकै अर्कानहरूले बनिएको छ भने त्यसलाई सालीम भनिन्छ। सालिम शब्‍दको अर्थ हुन्छ समग्र[६]
6.       मुदाइफ: दुई गुना गर्नुलाई मुदाइफ भनिन्छ।
फारसी बहरको प्रकार
गजलका बहरलाई ३ भागमा वर्गीकरण गरिएको छ:[१६]
मुफरद बहर (मूल बहर): जस्को सालिममा एउटै प्रकारको रुक्‍न हुन्छ र रुक्‍न के हुन्छ तय भएको। जस्तै: मुस्‍तफएलुनले मात्रै बनेको छ भने रजजमुफाईलुनले मात्रै बनेको छ भने हजजफाएलातुनले मात्रै बनेको छ भने रमल आदी।
मुरक्कब बहर (मिश्रित बहर)
मुजाहिब बहर (परिवर्तित बहर)

फारसी बहरको नामाकरण
उदाहरण:
यदि कुनै बहरमा फाएलातुन-फाएलातुन-फाएलातुन-फाएलातुन (२१२२ ४) छ भने: माथी तालिका र नियम हेर्नु होला।
·         मुफरद फाएलातुन भएकोले नाम रमल।
४ वटा रुक्‍न भएकोले मुसमन।
४ वटै रुक्नएउटै फाएलातुन रुक्नले बनेकोले सालिम।
त्यसैले बहरको नाम हुन्छ बहरे रमल मुसमन सालिम।
त्यस्तै:
·         फाएलातुन-फाएलातुन ( मुरब्‍बा सालिम - २ रुक्‍न )फाएलातुन-फाएलातुन-फाएलातुन ( मुसद्दस सालिम - ३ रुक्‍न)फाएलातुन-फाएलातुन-फाएलातुन-फाएलातुन ( मुसमन सालिम - ४ रुक्‍न )।

गजलका गुण र दोषहरू
गजलका केही गुण र दोषहरू यस प्रकार छन्।
·         स्पष्टताः गजलको शेरमा जुन भाव वा विचार अभिव्यक्त गरिएको हुन्छ त्यो स्पष्ट हुन पर्दछ। गजलमा अर्थ या भावलाइ असर गर्ने र अभिव्यक्ति गर्न असजिलो लाग्ने शब्दहरू प्रयोग गर्न हुँदैन।
·         पौढता: गजलका शेरहरू विचार र भावले परिपक्क हुनु पर्दछ।
·         अर्थपूर्णताः गजलका शेरहरू अर्थपूर्ण हुनु पर्दछ।
·         अन्योन्याश्रिता: गजलको पहिलो मिसराले जुन विषयवस्तुको उपस्थान गर्दछ त्यसलाई प्रमाणित वा पुष्टि गर्ने काम दोश्रो मिसराले गर्नु पर्दछ।
·         गेयात्मकता: गेयता गजलको पहिलो सर्त हो।
·         व्याख्यात्मकता: गजल थोरैमा धेरै भनिने विधा हो। गजलका शेरहरूमाका थोरै भन्दा थोरै शब्दहरूले धेरै भन्दा धेरै कुराहर भन्न सक्नु पर्दछ।
·         सरलता: गजलका शेरहरू सरल र सहजबोध्य हुनु पर्छ।
·         पुर्णता: गजलका शेरहरू अपूर्ण हुनु हुँदैन। भन्न खोजेको कुरा पूर्ण हुनु पर्दछ।
·         ब्याकरण दोष: गजलको शेरमा प्रयोग हुने शब्दहरूलाई व्याकरण विरुद्ध तोडमोड गरिनु हुन्न।
·         अश्लीलता दोष: गजलको शेरमा असभ्यअश्लीलनग्नतापूर्णकामुकगुप्ताङ्ग शब्दहरूको प्रयोग गर्नु हुँदैन।
·         विक्षेप दोष: गजलको शेरमा आवश्यक भन्दा बढी शब्दहरू प्रयोग भएमा वा शब्दको अभाव महशुस भएमा विक्षेप नामको दोष उत्पन्न हुन्छ।
·         जटिल शब्द: गजलका शेरहरूमा कोमल शब्दहरूको प्रयोग हुनुपर्दछ श्रुतिकटु र अर्थका दृष्टिले समेत जटिल शब्दहरूको प्रयोग गर्नु हुँदैन। साथै अनादरवाची शब्दहरूको पनि प्रयोग गर्नु हुँदैन।

VIA - INTERNET 
Source : Gazalkaphoolharu Blog

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger