नयाँ बर्षको शुभकामना गजल Happy New Year Special Ghazal by Ram Sharan Shrestha

NepaliTalim | 2:34:00 PM | 0 comments











नयाँ बर्षमा चोखो त्यी, प्यारहरुलाई शुभकामना
मित्रतामा पर्यायवाची, यारहरुलाई शुभकामना !!-१
..
समयलाई जित्न सक्ने, जोशहरुको रफ्तार बढोस,
पुरा हुन सबै काम, हतारहरुलाई शुभकामना !!-२
..
मुल्य बृद्दी रोकियोस, सबैका पैसा जोगियोस,
दु:खि र गरिबका, बजारहरुलाई शुभकामना !!-३
..
शान्तिको सन्देश बोकेर, नयाँ बिहान उदाओस,
प्रगति र उन्नतिका, समाचारहरुलाई शुभकामना !!-४
..
कसैले दु:ख नपाओस, बाढीं पहिरो नजाओस,
नदि कोशि नजिकका, किनारहरुलाई शुभकामना !!-५
..
बिगत जस्तै हुदै नहोस, अन्योल र निराकार,
अब आउने जनताका, सरकारहरुलाई शुभकामना !!-६
..
राजनीतिका काला बादल, हटोस नयाँ सालमा,
सकारात्मक संकेतका, आधारहरुलाई शुभकामना !!-७
..
महाँमारी नआओस, रोग बाट छुटकारा पाइयोस
डाक्टर नर्श अस्पातल, परिवारहरुलाई शुभकामना !!-८
..
प्रेमका पनि कुराहोस, सोचेका सबै पुरा होस,
नयाँ बस्न लागेका, घरबारहरुलाई शुभकामना !!९
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

Ghazal Bachat Video on YouTube

Muktak Mala मुक्तक माला -328 (2076-11-18) : Download

NepaliTalim | 2:31:00 PM | 0 comments

रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2076-11-18)


नमस्कार साथीहरु, आज मिति 2076 फाल्गुन 18 गते (1-March-2020) आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला ।

यो अंकमा तपाइहरुले नै muktakmala@gmail.com तथा मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी (Muktak Mala) मा पठाउनु भएका मुक्तक हरफहरु साथै नेपाल मुक्तक प्रतिष्ठान कोरिया साखाले आयोजना गरेको खुल्ला अनलाईन मुक्तक प्रतियोगितामा पुरस्कृत मुक्तक हरफहरु समाबेश गरिएको छ। Radio Vision's Muktak Special Program Muktak Mala hosted by Madan Bhandari.
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger