Home » , , » नयाँ बर्षको शुभकामना गजल Happy New Year Special Ghazal by Ram Sharan Shrestha

नयाँ बर्षको शुभकामना गजल Happy New Year Special Ghazal by Ram Sharan Shrestha

NepaliTalim | 2:34:00 PM | 0 comments











नयाँ बर्षमा चोखो त्यी, प्यारहरुलाई शुभकामना
मित्रतामा पर्यायवाची, यारहरुलाई शुभकामना !!-१
..
समयलाई जित्न सक्ने, जोशहरुको रफ्तार बढोस,
पुरा हुन सबै काम, हतारहरुलाई शुभकामना !!-२
..
मुल्य बृद्दी रोकियोस, सबैका पैसा जोगियोस,
दु:खि र गरिबका, बजारहरुलाई शुभकामना !!-३
..
शान्तिको सन्देश बोकेर, नयाँ बिहान उदाओस,
प्रगति र उन्नतिका, समाचारहरुलाई शुभकामना !!-४
..
कसैले दु:ख नपाओस, बाढीं पहिरो नजाओस,
नदि कोशि नजिकका, किनारहरुलाई शुभकामना !!-५
..
बिगत जस्तै हुदै नहोस, अन्योल र निराकार,
अब आउने जनताका, सरकारहरुलाई शुभकामना !!-६
..
राजनीतिका काला बादल, हटोस नयाँ सालमा,
सकारात्मक संकेतका, आधारहरुलाई शुभकामना !!-७
..
महाँमारी नआओस, रोग बाट छुटकारा पाइयोस
डाक्टर नर्श अस्पातल, परिवारहरुलाई शुभकामना !!-८
..
प्रेमका पनि कुराहोस, सोचेका सबै पुरा होस,
नयाँ बस्न लागेका, घरबारहरुलाई शुभकामना !!९
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप

Ghazal Bachat Video on YouTube

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger