१.मुक्तक
सबैभन्दा पहिला " दलित " शब्द नै हटाउनु पर्छ
हामी आफैले अब शब्दकोशबाटै खटाउनु पर्छ
एकाईसऔँ शताब्दिमा आईपुग्दा बिहे र कर्म चल्यो ,
विभेद गर्नेलाई अब चेतनाको भाषा चटाउनु पर्छ ।
राजेश एम घायल
मेचीनगर -६, काँकरभिट्टा - झापा
सबैभन्दा पहिला " दलित " शब्द नै हटाउनु पर्छ
हामी आफैले अब शब्दकोशबाटै खटाउनु पर्छ
एकाईसऔँ शताब्दिमा आईपुग्दा बिहे र कर्म चल्यो ,
विभेद गर्नेलाई अब चेतनाको भाषा चटाउनु पर्छ ।
राजेश एम घायल
मेचीनगर -६, काँकरभिट्टा - झापा
२.मुक्तक
जात मिल्दैन नभन् तिम्रो रगत पाएर बाँचेको छु
यो प्रेम प्रगाढ छ, जीवन तिम्रै काखमा हाँसेको छु
युगौँ वर्ष पहिल्येको रुढीबादी कुरा नगर प्रियतमा,
रगतको सिन्दुर भरेर उदाहरण बन्दै नाँचेको छु ।
राजेश एम घायल
मेचीनगर -६, काँकरभिट्टा - झापा
३.मुक्तक
अन्तरजातीय प्रेम थियो माया र सम्मान दिएँ
यो समाजमा विद्रोह गर्दैथिएँ उनको साथ लिएँ
" रगतको सिन्दुर " नामक नाटक नै मञ्चन गरेँ,
चाँदनीको वर्षौंदेखि फाटेको मन आफैले सिएँ ।
राजेश एम घायल
मेचीनगर -६, काँकरभिट्टा - झापा
४.मुक्तक
चाँदनी सुक्कसुक्क रूँदै थिइनँ मैले आँट दिएँ
मन्दिर भित्र प्रवेश गराउन हजारौंको साथ लिएँ
हामी दुईको मन मिलेपछि मिलन कसरी हुँदैन ,
पण्डितलाई मन्त्र पढ्न लगाई रातो साडी सिएँ ।
राजेश एम घायल
मेचीनगर -६, काँकरभिट्टा - झापा


