Muktak Mala मुक्तक माला -206 (30-04-2017/2074-01-17) : Download

NepaliTalim | 5:23:00 PM | 0 comments
डियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(30-04-2017/2074-01-17) 
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 बैशाख 17 गते तदनुसार 30-04-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click here to download

गजलकार सुनामी कोसिसका ५ गजलहरू (5 Ghazals by Sunami Kosis) -24-04-2017

NepaliTalim | 5:59:00 PM | 0 comments
१.गजल        
सपना देखेथे सपनै बनेर गयो 
रहरहरुले तँ मेरो हैन भनेर गयो

वाधाको पर्खाल सघर्षले भत्काउदा 
बारम्बार तगारोको पैह्रो म नेर गयो

सुरक्षित मौज्दातमा राख्न खोज्दा मन 
अतितका यादहरुले खनेर गयो

गुहार माग्दा मृत्युसंग बिना निर्णय 
पालो मिच्न हुन्न भन्दै गनेर गयो 
 सुनामी कोसिस 
 बिर्तामोड -3 झापा

२.गजल        
यो कदापी पनि अमर हुनै सक्दैन
भगवान हो मन पत्थर हुनै सक्दैन

जसरी सोच्यो त्यसरी कहाँ रंग फेर्छ
अरे यार गाउँ हो यो शहर हुनै सक्दैन

जमिनमा छ मान्छे जमिनकै छ औकात 
आसमानमा उस्को सफर हुनै सक्दैन

डाक्टरले मृत घोषणा गरेर भन्यो 
जुगौ पैले मर्या हो उ भर्खर हुनै सक्दैन 
 सुनामी कोसिस 
 बिर्तामोड -3 झापा

३.गजल        
सानोलाई ठूलोबाट खतरा छ अचेल 
बाबूलाई छोराबाटै हमला छ अचेल

सिहंदरबार निदाको छ संसद भवन उस्तै 
जनताको यहि विचार जहाँ छ अचेल

दुश्मन खोज्नु छ भने कमाउनु होस थोरै 
अरे मेहनतमा पनि यो कुण्ठा छ अचेल

हे भगवान यो कस्तो जमाना आउदैछ 
रासनको लाइनमा नि कोटा छ अचेल

एउटा हुदा त जनतालाई यो विधि सास्ती छ 
झन गाउँ गाउँमा सिहंदरबार चर्चा छ अचेल 
 सुनामी कोसिस 
 बिर्तामोड -3 झापा

४.गजल        
वेदलाई तुलना गरिन्छ बिज्ञानसंग
मन्दिरका पत्थर दाँजिन्छ भगवानसंग

उ महान हो ममता कि खानी यसै भनिन्छ 
तर बेचिन्छे नारी बजारका समानसंग

समावेशी देशमा भूगोल भाग गरिदैछ 
कसैलाई वास्ता छैन आफ्नो पहिचानसंग

जस्को पतन निश्चित छ थोरै समय पछि 
मात्र उहीँ शशंकित छ मतदानसंग

निरन्तर सत्तामा छन जनताकै मान्छे 
समृद्धि खुबै रछ आदरणीय महानसंग 
 सुनामी कोसिस 
 बिर्तामोड -3 झापा

५.गजल        
अखण्ड यो देश अब कस्तो हुन्छ होला 
इतिहास पुर्खाको नि सस्तो हुन्छ होला

जनतालाइ एकजुट हुन नदिएर 
आयातित राजनीति पस्तो हुन्छ होला

सोचेन कसैले यो सिङ्गो देश हो भन्ने
सार्बभौम देशको सान खस्तो हुन्छ होला

न त झुक्यो न त चुक्यो वीरहरुको शिर 
जंङे किल्ला अब चुरे पस्तो हुन्छ होला

स्वाभिमान गिरे पछि देश भक्त मान्छे 
वैराग्येर अमरसिङ जस्तो हुन्छ होला 
 सुनामी कोसिस 
 बिर्तामोड -3 झापा

Note :
Copyright Reserved with Writer 

गजल-जस्लाई मईले सम्जीएथें सबैभन्दा माथी (हरी गौतम)_24-04-2017

NepaliTalim | 9:53:00 AM | 0 comments

जस्लाई मईले सम्जीएथें सबैभन्दा माथी.!!
आज उ नै भईदीयो तितो वीगत साथी.!!

फकाएर-झुक्काएर यसो गर्छु भन्दै..,
आफु बनी बिगार्नलाई, गर्छन ना-ना भाती.!!

आफु भन्दा बढी विश्वास,गर्छौ हामी जस्लाई,
उसैले नै धोका दीदा पोल्दो रहेछ छाती.!!

दोष कस्को कसुर कस्को आफन्त नै वैरी,
आज उन्कै कारणले, भयो औशीं राती.!!

भयो अब कसै संग,कुनै संबन्ध छैन,
यस्तो नाता हुनु भन्दा नभएकै जाती.!!

[[२"जस्लाई मैले सम्जीएथें सबै भन्दा माथी.!!
आज उ नै भई दियो, तितो विगत साथी.२"]]

हरी गौतम (अर्घाखाँची)
-खनदह३|| हाल-भारत

Muktak Mala मुक्तक माला -205 (24-04-2017/2074-01-10) : Download

NepaliTalim | 5:20:00 PM | 0 comments
डियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(24-04-2017/2074-01-10)
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 बैशाख 10 गते तदनुसार 24-04-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click here to Download

श्रृंखला 252 : वहकिने मन Bahakine Man (17-04-2017/2074-01-04) : Download

NepaliTalim | 10:27:00 PM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -252

DATE  : (17-04-2017/2074-01-04)
Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/ 
नमस्कार,
आज मिति 2074 बैशाख 04 तदनुसार 17th April-2017 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 252 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download :
Listen On YouTube

श्रृंखला 251 : वहकिने मन Bahakine Man (10-04-2017/2073-12-28) : Download

NepaliTalim | 11:38:00 PM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -251

DATE  : (10-04-2017/2073-12-28)
Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/ 
नमस्कार,
आज मिति 2073 चैत्र 28 तदनुसार 10th April-2017 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 251 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

Muktak Mala मुक्तक माला -204 (16-04-2017/2074-01-03) : Download

NepaliTalim | 5:17:00 PM | 0 comments
डियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
 (16-04-2017/2074-01-03)
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 बैशाख 03 गते तदनुसार 16-04-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

श्रृंखला 250 : वहकिने मन Bahakine Man (03-04-2017/2073-12-21) : Download

NepaliTalim | 6:18:00 PM | 0 comments
Thaha Sanchar Network Presents 
बहकिने मन BAHAKINE MAN -250

DATE  : (03-04-2017/2073-12-21)
Presenter :  Mahabir Bishwakarma
Facebook : Bahakine Man 
http://thahasanchar.com/ 
नमस्कार,
आज मिति 2073 चैत्र 21 तदनुसार 03-April-2017 सोमबारका दिन थाहा संचार मार्फत देशभरिका विभिन्न मार्फत देशका 90 भन्दा बढी एफ एमहरु मार्फत मुक्तक विशेष कार्यक्रम बहकिने मन BAHAKINE MAN EPISODE 250 लिएर कार्यक्रम प्रस्तोता महाँविर बिश्वकर्मा उपस्थित हुनुभएको छ । आउनुस् हामी पनि सुनौ बहकिने मनको श्रृंखला । 
Listen and Download (Right and Save as)

Download : Click Here to Download
Listen on YouTube

How to Earn Free Dogecoins 2017- Make Money from DogeCoins -Best Site निशुल्क डगकोईन कसरी कमाउने

NepaliTalim | 9:32:00 PM | 0 comments
How to Earn Free Dogecoins and Multiply Dogecoins in Freedogecoin 
Signup to Earn :  

Create Dogecoin Wallet : 

How to Create Wallet Tutorial :

100 Adscash Free : Prelaunch Offer End 04-04-2017

बिटकोइन जस्तै अर्को एक डिजिटल करेन्सीको रुपमा २०१३ मा डगकोइन बजारमा आएको थियो र अहिले दिनदिनै यसको मुल्य बढिरहेकैछ । विभिन्न सर्वोक्षणमा देखिए अनुसार २०१७ को अन्त तिर र २०१८ सुरुवातमा एक डगकोइनको मुल्य एक डलर पुग्ने अनुमान गरिएको छ । त्यसैले हामी सकेसम्म निशुल्क पाउँदा सम्म धेरै भन्दा धेरै जम्मा गरेर राख्यौ भने र भोली मुल्य बढ्यो भने धेरै फाइदा हुन सक्छ । 
निशुल्क डगकोइन कमाउनको लागि
डगकोइनको वालेट बनाउनको लागि
डगकोइनको बालेट कसरी बनाउने तलको भिडियो हेर्नुहोला  

Dogecoin was created by programmer Billy Markus from Portland, Oregon in October 2013. Dogecoin is a decentralized, peer-to-peer digital currency that enables you to easily send money online. Today 4th April 2017 the price of Dogecoins is like this 
1,000 DOGECOINS = $0.43
And price is gradually growing and it's better to earn for future. 
Let's Learn How to Earn Free Dogecoin
Signup to Earn :  
Tutorial Video on YouTube 

Muktak Mala मुक्तक माला -202 (02-04-2017/2073-12-20) : Download

NepaliTalim | 5:42:00 PM | 0 comments
डियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार  
(02-04-2017/2073-12-20)
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2073 चैत्र 20 गते तदनुसार 02-04-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download
Listen on YouTube 

मुक्तककार दिनेश पुन ३० मुक्तकहरू (30 Muktaks by Dinesh Pun) -02-04-2017

NepaliTalim | 4:23:00 PM | 0 comments
नाम: दिनेश पुन
ठेगाना:पुर्तिमकाँडा १ रुकुम 

१.मुक्तक
नाटक गर्दै समय कटाउन खोजे जस्तो।।
सम्हालेको माया झट्टै घटाउन खोजे जस्तो।।
तिमी बारबार यस्तो व्यबहार नगर भो प्रिया
चट्क्कै भुलेर मनबाट हटाउन खोजे जस्तो।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम

२.मुक्तक
खाए जिन्दगी देखि ठुलै हार यस्तै सोचुँला।।
दिल दुखाउन गरिएछ हतार यस्तै सोचुँला।
मलाई छोडि अर्कैसंग खुसी हुन्छेउ भने तिमी
मेरो भाग्यमा नै रहेनछ प्यार यस्तै सोचुँला।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम

३.मुक्तक
बनाएर बोलीलाई हतियार थरीथरीका।।
फेरिरह्यौ माध्यम लगातार थरीथरीका ।।
कहिले घाँटि रेट्ने त कहिले मुटु छेड्ने गरि
पठायौ निष्ठुरीले उपहार थरीथरीका ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


४.मुक्तक
यो मन जलेर भैसकेछ खरानी पत्तै पाइन।।
रुँदारुँदा सकिएछ आँखाको पानी पत्तै पाइन।।
म रङ्गमन्चमा माया प्रेम भन्दै बसिरहदा
यता बितिसकेछ आधा जिन्दगानी पत्तै पाइन।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम

५.मुक्तक
पक्कै छैन हो म पबित्र भन्दा मानिनौ।।
भो भो नबस दिलभित्र भन्दा मानिनौ।।
आज मलाई धोखेबाज भन्नुको कारण
बिग्रेको छ है मेरो चरित्र भन्दा मानिनौ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


६.मुक्तक
सुम्पिदिन्छु, यो जिबन माया गरेउ भने।।
गर्छु सधै सधै ,जतन माया गरेउ भने।।
यो जिन्दगी तिमीलाइ नै अर्पण गरि
बनुँला मुनाको मदन माया गरेउ भने।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


७.मुक्तक
कस्तो रहेछ यो संसार भनी तुलाना गरिएको
छ।।
सुन ठुलो कि हिराको हार भनी तुलना
गरिएको छ।।
उसैलाई भुल्न एकै बोतल पिउछु भन्दा हिजो
एक रोज्नु रक्सी कि त प्यार भनी तुलना
गरिएको छ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


८.मुक्तक
पहिले त पत्थर जस्तै यो दिल बनाउनु छ।।
दुनियाँले मलाई भेट्टाउन मुस्किल बनाउनु छ।।
यो दुनियाँ देखि धेरै धेरै दुर भए भने म
अक्सर तिम्रो यादमा आँसु टिलपिल बनाउनु छ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


९.मुक्तक
जीवन मरणको दोसाँधमा शरीर बनेपछी।।
तिम्रै कारण झुकिरहने मेरो शिर बनेपछी।।
आज समाजले मलाई पागलको संज्ञा दिदैछ
त्यो कान्छिको भट्टी पनि आफ्नै मन्दिर बनेपछि।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१०.मुक्तक
चानचुने होइन उसलाई एकदम दामी बनाइदिनु।।
उसको चर्चा अनि मेरो बदनामी बनाइदिनु।।
तिम्रो बिहेको जन्ती जादा गाउँ नै रित्तो होला त्यो दिन
मेरो लास बोक्ने दुईचार जना मलामी बनाइदिनु।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


११.मुक्तक
त्यो अधेरी रात पनि जुनकै बनिदियोस।।
यो सारा संसार पनि उनकै बनिदियोस।।
मलाई धनकै कारण छोडिजाने निष्ठुरीको
सिरानी र ओछ्यान पनि सुनकै बनिदियोस।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१२.मुक्तक
मरिमरी पनि जिएको मान्छे हुँ।।
फाटेको मन सिएको मान्छे हुँ।।
उसैको यादले सताउदा भुल्न
रक्सी पछि चुरोट पिएको मान्छे हु
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१३.मुक्तक
म दुईथरीको माया लाउदिन तेति
सोचिदिनु।।
छोरी दिनु भन्दै घर घरमा धाउदिन तेति
सोचिदिनु।।
मेरो जन्म दिने बाआमालाई यति भन्नू छ कि
तपाईकी बुहारी मगर्नी आउदिन तेति
सोचिदिनु।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१४.मुक्तक
कसैको यादमा शरीर गलाउनु छ भने प्यार गर्नु।।
नचाहेर छातीमा आगो बलाउनु छ भने प्यार
गर्नु।।
भन्नेले त भन्लान माया नै सबथोक भनेर
सम्हालेर राखेको मुटु जलाउनु छ भने प्यार गर्नु।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१५.मुक्तक
रमाइला अनि खुसिका दिन गनेर बस्नु।।
कोहि थिएन मेरो जिबनमा भनेर बस्नु।।
अरे म त पागल जस्तै परे यार
तिमी सधै राम्री अनि सद्दे बनेर बस्नु।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१६.मुक्तक
मेरो मन दुखाएर नि दुखाएको हैन भन्नेहरुलाई।।
जाबो मुटु दुख्दैमा पिडा हुदैन भन्नेहरुलाई।।
जिन्दगीमा केही प्रगती गरेर देखाउने मन छ
मेरो बोली व्यबहार राम्रो छैन भन्नेहरुलाई।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१७.मुक्तक
आज साहु आयो अनि मलाई थर्काएर गयो।।
लिएको ऋण छिटो तिर्नु भन्दै भाका लर्काएर
गयो।।
पढेर कमाउन सकिएन बिदेश गई दिन्छु साहु भन्दा
घरजग्गा थुतिदिन्छु भन्दै आँखा फर्काएर गयो।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१८.मुक्तक
उसले तिमिलाई आफ्नै रानी भनेपनी।।
तिम्रो हात समाई भगाएर लानी भनेपनी।।
दुई दिने माया हो रे उसको त
काखमा राखी सुम्सुम्याएर सानी भनेपनी।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१९.मुक्तक
पढ्न जान्छु भनी जङ्गलतिर डेटिङ धाएर
बिग्रीए।।
अर्कि हुदाहुदै दिलमा तिमीसंग माया लाएर
बिग्रीए।।
हरपल तिम्रै यादले सताउदा भुल्न
जवानीमै गाजा भाङ रक्सी चुरोट खाएर
बिग्रीए।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२०.मुक्तक
कहिलेकाही भेट्न आउ भन्दा आउदिन भन्छेउ।।
गरेपनी माया तिम्लाई बिहेगर्न पाउदिन
भन्छेउ।।
के लेखेको छ र तिम्रो त्यो ठुलो जातमा
मगरको हातको सिन्दुर पोते चुरा लाउदिन
भन्छेउ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२१.मुक्तक
गरिब अनि दुखीको जीवन भोगेर देखाउ।।
त्यो अनौठो माया तराजुमा जोखेर देखाउ।।
मै धनी मै बुद्धिमान भन्ने महानहरुले
सक्छौ भने स्वयम् मृत्यु रोकेर देखाउ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२२.मुक्तक
कुनै बहानामा तिम्रै पछि धाउने भएछु।।
निर्दोषीलाई पनि यहाँ दोष लाउने भएछु।।
हेर्दा लठ्ठै पार्ने मृगनयनी आँखा देखेर होला
सायद
हरपल तिम्रै यादहरुमा रमाउने भएछु।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२३.मुक्तक
बियर पिउन मन छ मलाई तिमी टन्न दिन्नेउ
यार।।
तिमी रिसाएका दिन गन्छु तिमी गन्न दिन्नेउ
यार।।
खोइ मन परेको हो कि मन नपरे झै गर्छेउ
कति माया गरि मेरि बुढी भन्छु तिमी भन्न
दिन्नेउ यार।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२४.मुक्तक
हातै छैन, टोपी खस्यो, टिप्न साथी
चाहिन्छ।।
आक्रमण भयो, विरुद्धमा, भिड्न साथी
चाहिन्छ।।
तिमी एक्लाएक्लै संसार जित्ने सपना देख्छौ
मित्र
आँखामा ,भुसुनो पस्यो, झिक्न साथी
चाहिन्छ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२५.मुक्तक
खुसी नै खुसीले भरिएको शहर देख्न पाउँ।।
माया गर्नेप्रती सबैको राम्रो नजर देख्न पाउँ।।
अर्को जुनिमा मान्छे भएर जन्मे भने हे दैब
प्रेमरोगको पनि उपचार गर्ने डाक्टर देख्न पाउँ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२६.मुक्तक
मुटु नै बिझाउने त्यो वचन, बडो अचम्मको।।
छेपारो जस्तै बानी त झन, बडो अचम्मको।।
गरेका बाचाकसम पनि सजिलै तोडिदिने
बुझ्नै नसकिने तिम्रो त्यो मन, बडो अचम्मको।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२७.मुक्तक
हेर प्रिया सुन संग पित्तल दाज्न मिल्दैन।।
बास्तबमा बुद्धि संग बल दाज्न मिल्दैन।।
तिम्रो देखावटी नजरमा राम्रो छौ भने पनि
मलाई
उ कति सज्जन म भने पागल दाज्न मिल्दैन।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२८.मुक्तक
साच्चै, हातमा गुलाफ लिएर बस्न गार्हो हुदो
रहेछ।।
त्यस्तै यादमा आँसु पिएर बस्न गार्हो हुदो
रहेछ।।
तिमीबिना हाँसीखुसी बाच्न सक्छु भनेपनी
छोडि जानेलाई सम्झिएर बस्न गार्हो हुदो
रहेछ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२९.मुक्तक
के होला तिमी बिनाको मेरो हाल याद गर्नु
सानी।।
अबको छिट्टैमा हुदैछ मेरो काल याद गर्नु
सानी।।
एकदिनको बोली बचनले के फरक पर्ला र भनेपनी
भेट्टिदैनन आकाश र पाताल याद गर्नु सानी।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


३०.मुक्तक
सोचेभन्दा राम्रो पाउनु भनिदिए, बिदा हुँदै
गर्दा।।
पिडा भुलेर मुकुराउनु भनिदिए, बिदा हुँदै
गर्दा।।
मसंगको प्रेम सम्बन्धमा थिए सोच्दै नसोचेर
जिन्दगीभर नै रमाउनु भनिदिए, बिदा हुँदै
गर्दा।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम

Note :
Copyright of All Above Creation is reserved with Writer 

गजल- जरुर उसका अाखाँ खजानामा हुन सक्छ, (शारदा खड्का)- 02-04-2017

NepaliTalim | 3:46:00 PM | 0 comments

जरुर उसका अाखाँ खजानामा हुन सक्छ,
मान्छे न हाे बग्रेल्ती चाहनामा हुन सक्छ।

लुटेरा अनेक रुपमा गाउँ पस्लान हाेसियार,
चाहे समाजसेवा गर्ने बहानामा हुन सक्छ।

कसले गर्याे उसकाे हत्या कसैले बताएन,
अाशा गराैँ इतिहासकाे पानामा हुन सक्छ।

हर कुराकाे बिराेध गर्छ क्रान्तिकारी मान्छे,
तिमि यता खाेज्छाै उता धर्नामा हुन सक्छ।

किन हेरिरहन्छ ऊ मुस्कुराउदै मलाई,
यो  प्रस्नकाे जवाफ एेनामा हुन सक्छ।
(शारदा खड्का)

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger