Showing posts with label अतिथि मुक्तकहरु. Show all posts
Showing posts with label अतिथि मुक्तकहरु. Show all posts

प्रेम दिवश विशेष - साहित्यकार सरुभक्तका ४६ प्रेमिल मुक्तक (Valentine's Day Special Muktak by Saru Bhakta)

NepaliTalim | 12:40:00 PM | 0 comments















१) मुक्तक-सरुभक्त
प्रत्येक दिवस प्रेम दिवस हो, यौटा सत्य जानिराख
प्रेमभन्दा मूल्यवान केही अरु हुँदैन ठानिराख
सभ्यताको आकाशभरि कति घाम उदाए, जून उदाए
प्रेमको इतिहास चोखो लेखिनुपर्छ मानिराख ।

-२) मुक्तक-सरुभक्त
बदनाम नगर प्रेमलाई प्रेम महान् र अनन्त हुन्छ
धर्तीभरि आकाशभरि सहृदयताको जालो बुन्छ
मान्छेहरू भन्छन् दुनियाँ, स्वार्थमा कति डुबेको छ
तर प्रेम गर्ने मनले सधैँ उत्सर्गलाई मात्र चुन्छ  ।

-३) मुक्तक-सरुभक्त
नसोध मलाई कि म तिमीलाई कति माया गर्छु
हृदयको फाँट-गरामा अमूल्य कति सपना छर्छु
जान्नेहरू भन्छन्, प्रेम एक सुन्दर प्रेरणा हो
प्रत्येक क्षण म जीवनका कति जँघार-सागर तर्छु ।

-४) मुक्तक-सरुभक्त
बासनाको खेल खेल्नेहरू प्रेमको अर्थ बुझ्न सक्दैनन्
उच्चता अनि महानता के हुन्, मनमा कतै सुझन सक्दैनन्
मौसम बदलिएझैँ गरी प्रेम पात्र बदली हिँडेपछि
बिहानीको चोखो शीत परी ती प्रेमले रुझन् सक्दैनन् ।

-५) मुक्तक-सरुभक्त

प्रेम कस्तो हुन्छ, एउटा नमर्ने गीतझैँ
दिनरात साथ नछोडने मनको प्रिय मितझैँ
हृदयको धड्कनलाई सोधे बुझिन्छ प्रेम
हारेर पनि जितिने एउटा महान जितझैँ ।

-६) मुक्तक -सरुभक्त
प्रत्येक क्षण मुटुको ढुकढुकीमा तिमी आए जस्तो लाग्छ
सत्य भन्छु प्रत्येक सासमा तिमी छाएजस्तो लाग्छ
प्रेम गरेर मैले जीवनमा जे गुमाए पनि
बेहिसाब-बेहिसाब मैले आफैंलाई पाएजस्तो लाग्छ ।

-७) मुक्तक -सरुभक्त
प्रेम गरेर केही मागूँ, म भिखारी बन्न चाहन्न
सत्य भन्छु, म जीवनलाई यति तुच्छ भन्न चाहन्न
समर्पणको जीवनमा समर्पण नै गर्न देऊ है
विश्वासलाई चोट पारी आफ्नै दिल खन्न चाहन्न ।

-८) मुक्तक-सरुभक्त
तिमीलाई माया गर्दा सर्वस्व सबै लुटाइदिन्छु
खुसीका जम्मै अवसरहरू एक-एक गरी छुटाइदिन्छु
तिमी भन मात्र जीवनका कति शिखर चढछ्यौं
तिम्रा लागि मनभित्र असंख्य मन जुटाइदिन्छु ।

-९) मुक्तक-सरुभक्त
प्रेममा घात हुँदैन, कहिल्यै प्रतिघात हुँदैन
ठूलो सानो भन्ने पनि प्रेममा कुनै जात हुँदैन
ए ! नसाले बेहोस बनी प्रेमका कुरा गर्नेहरू !
म सत्य भन्छु, प्रेममा प्रभात हुन्छ कहिल्यै रात हुँदैन ।

-१०) मुक्तक-सरुभक्त
प्रेम पवित्र हुन्छ, हिमाली मूलको पानीझैँ
चरित्रले बेदाग मानौँ  सुनकेशरी रानीझैँ
शब्दकोशबाट बुझिन्न, आफैंबाट बुझी हेर
प्रेम तिमीलाई लाग्नेछ, हृदयको अक्षय खानीझैँ ।

-११) मुक्तक-सरुभक्त
प्रेम अनायास हुन्छ, गर्छु भनेर गर्न सकिन्न
मनभित्र विशाल सागर भर्छु भनेर भर्न सकिन्न
ए ! नक्कली प्रेमको कुरा गरी आफैलाई भुलाउनेहरू !
विनाआस्था कसैका लागि मर्छु भनेर मर्न सकिन्न ।

-१२) मुक्तक-सरुभक्त
प्रेमको नाम लिई फोहोरी खेल खेल्ने नगर
घामलाई सानो सम्झी हत्केलाले छेल्ने नगर
जीवनको घुम्तीभित्र सलाई नजिक देखे पनि
तिमी आफ्नो मनभित्र बासनाको रोटी बेल्ने नगर ।

-१३) मुक्तक-सरुभक्त
तिमीलाई नदेख्दा यस्तो लाग्छ, प्रत्येक क्षण देखेझैँ
मनको अनन्त पानीभरि प्रेमपत्र सधैँ लेखेझैँ
झरीका बादलहरू कति आए अनि कति गए
हिमालझैँ ठडिई मनका विषादहरू सबै छेकेझैँ ।

-१४) मुक्तक-सरुभक्त
प्रेम तपस्या हो स्वः परीक्षामा बस्नु पर्छ
कमजोरीहरू आए भने हृदय जम्मै कस्नुपर्छ
घृणाको यो दुनियामा प्रेम गर्छु भनी ठान्छौं भने
अरुका लागि हाँसीहाँसी नर्कमा पनि पस्नुपर्छ ।

-१५) मुक्तक-सरुभक्त
प्रेमीहरू प्रेम गरी अजम्मरी पीडा सहिरहन्छन्
ढुङ्गामाटो कणकणमा आत्मा बनी रहिरहन्छन्
चाहे दुनियाँले मानोस वा मान्न इन्कार गरोस्
प्रेमीहरू नबोलिकनै चरित्रले केही कहिरहन्छन् ।

-१६) मुक्तक-सरुभक्त
यस्तो दिन आओस यहाँ, मायैमायाको बास होस्
रिस, द्वेष र घृणाहरू सबै सबैको नाश होस्
मानवताको अंश भै म यस्तो सपना देखिरहेछु
मेरो सुन्दर धर्ती भोलि स्वर्गभन्दा पनि खास होस् ।

-१७) मुक्तक-सरुभक्त
जब मनमा प्रेम आउँछ, विषालु कुनै वाण दाग्दैन
बसेपछि मनमा त्यसले सौभाग्यको सीमा नाघ्दैन
जिन्दगीको प्रत्येक मोड ढुक्ढुकीहरूले भन्छन् यहाँ
प्रेम यस्तो बहार हो जुन आइ फेरि कतै भाग्दैन ।

-१८) मुक्तक-सरुभक्त
बुझ्नु मान्छे राम्रो गरी हृदयमा प्रेमको राज छ
मधुर धुन बजिराख्ने एउटा यस्तो साज छ
जिन्दगीको मुल्य खोज्दै बाहिर किन भौंतारिनु
प्रेम भए आफै भित्र दिव्य-अनमोल ताज छ ।

-१९) मुक्तक-सरुभक्त
प्रेम नसा होइन प्रत्येक क्षण पिइरहन्छु
मनमा लागे हजार चोट प्रत्येक क्षण सिइरहन्छु
जिन्दगीको तपस्यामा दिव्य वर पाएपछि
मृत्युञ्जली भएर म प्रत्येक क्षण जिइरहन्छु ।

-२०) मुक्तक-सरुभक्त
प्रेम पवित्र पागलपन हो, म सद्देहरूलाई भन्दै हिँड्छु
तिनका नजरमा सायद कसिङ्गरजस्तो बन्दै हिँड्छु
समय साक्षी छ, प्रेमको नाममा बदनामीहरू कति हुन्छन्
तर मनले नहारी धर्तीमा असंख्य आशा गन्दै हिँड्छु ।

-२१) मुक्तक-सरुभक्त
अर्ती-उपदेशहरू सुनेर मनमा प्रेम पलाउँदैन
समय आउँछ, समय जान्छ, कसैलाई छलाउँदैन
प्रेमपथमा लाग्ने भए समर्पणको बाटो चुन
हृदयलाई पत्थर पारे कुनै बाली फलाउँदैन ।

-२२) मुक्तक-सरुभक्त
जब प्रेम हुन्छ, मनको मनसित साइनो जोडिन्छ
जीउमा भए बन्धन कति, एक-एक गरी छोडिन्छ
ए ! रूपको बजारमा आफैलाई बेची हिँडनेहरू !
प्रेममा सक्रान्ति भै जीवनको बाटो मोडिन्छ ।

-२३) मुक्तक-सरुभक्त
विश्वविजेताहरू धर्ती लुट्न सक्छन्, माया लुट्न सक्दैनन्
अरुका अधिकारहरू घुत्न सक्छन्, माया घुत्न सकदैनन्
उन्मादले ग्रस्त भै जति विशाल सेना खडा गरे पनि
मायालाई पराजित गर्न मायालु मनभित्र जुट्न सक्दैनन् ।

-२४) मुक्तक-सरुभक्त
प्रेम अन्धो हुन्छ, प्रेम नगर्नेहरू भनिरहन्छन्
प्रेमको इतिहासका अध्येताझैं बनिरहन्छन्
म कसरी सम्झाऊँ प्रेम आफैंमा एक दृष्टि हो
तर हरे ! अबुझहरू अँध्यारोका दीप गनिरहन्छन् ।

-२५) मुक्तक-सरुभक्त
जहाँ प्रेम हुन्छ त्यहाँ धोका र छलछाम हुँदैन
प्रेमभन्दा पवित्र यहाँ कतै कुनै तीर्थधाम हुँदैन
जिन्दगीको प्रत्येक सासमा आफैंसँग सोधिहेर
प्रेममा व्यर्थ अहंको पनि कुनै राम हुँदैन ।

-२६) मुक्तक-सरुभक्त
प्रेम सिर्जना हो, विध्वंसको बाटो लाग्ने नगर
चुनौतीहरू आए भने आफैंदेखि भाग्ने नगर
घामछायाँ जिन्दगीका रङ्गहरू यस्तै हुन्छन्
युद्ध सम्झी प्रेमलाई तोपगोला दाग्ने नगर ।

-२७) मुक्तक-सरुभक्त
प्रेमको युद्ध अन्त होइन, आफैंभित्र लडिन्छन्
हृदयको कुरुक्षेत्रमा विजयझन्डा ठडिन्छन्
इतिहासमा जति भए पनि कथित प्रेमका युद्धहरू
महान् प्रेम त यहाँ महान् छातिहरूमै अडिन्छन् ।

-२९) मुक्तक-सरुभक्त
कहिलेकाहीं प्रेममा हृदय ठनक्क भाँचिन्छ
दुर्भाग्यको चोट परी अधमरो भइ बाँचिन्छ
समयको चक्र यहाँ जति उल्टो घुमे पनि
आस्थाभरिको जीवनमा पवित्रता मात्रै साँचिन्छ ।

-३०) मुक्तक-सरुभक्त
ताजमहल नै चाहन्छौं भने हरेक क्षण ताजमहल बनाइरहन्छु
हृदयभरि सिङगमरमर होइन मायैमाया खन्याइरहन्छु
के दुनियाँका आश्चर्यहरूमा आश्चर्य मानिरहन्छौं तिमी
म अनादिदेखि अनन्त मायामा आफ्नो उपस्थिति जनाइरहन्छु ।

-३१) मुक्तक-सरुभक्त
अजम्मरी पीडा भए, अजम्मरी मनले पिइदिनु
खिइनुको हद कहाँ हुन्छ, त्यसलाई नाघी खिइदिनु
प्रेम गर्दा जीवनमा जति निर्दयी प्रहार परे पनि
तिमी हरेक प्रहारमा आँशुको फूल भैदिनु ।

-३२) मुक्तक-सरुभक्त
थोरैले साँचो माया गर्छन धेरैले माया गरेझैँ गर्छन्
नपाएसम्म एक अर्कालाई हुरुक्क भै मरेझैँ गर्छन्
राम्रैसित चिन्न सकिन्छ नक्कली माया लाउनेहरू
बसन्त पूरै हराए फतक्क भै झरेझै गर्छन् ।

-३३) मुक्तक-सरुभक्त

प्रेमका लागि भनी धर्तीमा अब नबगाऊ रगतका धाराहरू
साँचेर युगौंदेखिका अहङ्ककार अनि विश्वविजयी पाराहरू
बन्दुक, तोप र तरवारहरूको मन जित्न नसकिने भए
मानवताको आकाशमा कहाँ चम्कन्थे साँचो प्रेमका ताराहरू ?

-३४) मुक्तक-सरुभक्त
बोलीले के याद गरुँ, धड्कनले याद गर्छु हुन्न र ?
नसानसामा तातो रगतले मायाको घर बुन्न र ?
समयलाई साक्षी राखे, समय आफै बदली जान्छ
मनमा माया भए कतै, मायाले माया छुन्न र ?

-३५) मुक्तक-सरुभक्त
घृणा छ यो दुनियाँमा धेरै प्रेमको दुनियाँ बसाइरहूँ
कठोर छ यो दुनियाँ धेरै कोमलता केही पसाइरहूँ
ढुकढुकीको अर्थ आफ्नै ढुकढुकीलाई सोधे हुन्छ
प्रेमोत्सव मानी जिन्दगीलाई सिर्जनामा रसाइरहूँ ।

-३६) मुक्तक-सरुभक्त
जिन्दगीको हरेक क्षण प्रेमोत्सव बाँचिदिन्छु
अरुले होइन मायाले नै जिन्दगी यो जाँचिदिन्छु
म मरे पनि मेरो माया कहिल्लै मर्ने छैन
माटो अनि खरानीमै तिम्रो याद साँचिदिन्छु ।

-३७) मुक्तक-सरुभक्त
प्रेम प्रेम हो उमेरको कुनै रहर होइन
प्रेम प्रेम हो स्वाष्टिष्ट कुनै जहर होइन
प्रेमलाई वर्जित फल मान्ने अज्ञानीहरू हो !
प्रेम प्रेम हो अभिशापको कुनै कहर होइन ।

-३८) मुक्तक-सरुभक्त
म कसरी भनूँ माया कि मेरो नाम दिलमा टाँसिदिऊ
दया गरेर भए पनि केही बेर बेमनले हाँसिदिऊ
माया माया हो सर्तबाजीको कुनै खेल होइन
त्यसैले भोग्छु तर भन्दिनँ कि मलाई हरेक क्षण फाँसी देऊ ।

-३९) मुक्तक-सरुभक्त

प्रेम कति गहिरो हुन्छ, नापेर नाप्न सकिँदैन
प्रेममाथि अरु केही खापेर खाप्न सकिँदैन
कसरी भनूँ म कि प्रेमको अनुभूति कस्तो हुन्छ ?
प्रेमलाई शब्दहरूमा पूरै छापेर छाप्न सकिँदैन ।

-४०) मुक्तक-सरुभक्त

प्रेमपथका यात्रीहरू हरघडी प्रेम चिताइरहन्छन्
उछ्वासविना जिन्दगीमा हरघडी प्रेम जिताइहरन्छन्
सपनाहरू जति विपना बन्न सके पनि, नसके पनि
प्रेमपथका यात्रीहरू हरघडी प्रेममै बिताइरहन्छन् ।

-४१) मुक्तक-सरुभक्त

स्वार्थको बजारमा हेर, स्वार्थको तानातान छ
नबुझेर होइन, सबै कुरा जानाजान छ
हृदयका तरेलीहरूमा प्रेमका मूल नफुटेर
मान्छेको बस्तीमा आजभोलि सर्वत्र हानाहान छ ।

-४२) मुक्तक-सरुभक्त
प्रेमको घाउ लाग्यो भने अप्रेमहरूले भर्ने नगर
दुर्भाग्यको खोलालाई नसकी-नसकी कहिल्यै तर्ने नगर
प्रेम-प्रेम हो, मनको कुनै कमजोरी होइन
त्यसैले बाँच्न छोडी जिन्दगीमा छिनछिनमा मर्ने नगर ।

-४३) मुक्तक-सरुभक्त

खुसीहरू मात्र हुँदैनन् मायामा असङख्य उछवासहरू हुन्छन्
हजार जन्मभन्दा लामो मायामा असङख्य निश्वासहरू हुन्छन्
कोमल तर चट्टान जस्तो मायालु हृदयलाई सोध
कि तिनका ढुकढुकीहरूमा मायाका असंख्य विश्वासहरू हुन्छन् ।

-४४) मुक्तक-सरुभक्त
आस्था हराएर कहिल्लै पनि बिहानी खुल्न सक्दिनँ म
समयको क्षणिक बजारमा बेहोसीसाथ घुल्न सक्दिनँ म
विशाल दुनियाँमा तिमीबाट जति टाढा भैगए पनि
आफूलाई भुल्न सक्छु तर तिमीलाई भुल्न सक्दिनँ म ।

-४५) मुक्तक-सरुभक्त
प्रेमीहरू प्रेम गर्छन्, कर्तव्यबाट भाग्दैनन्
हृदयमा जलन भै मलहम केही माग्दैनन
जिन्दगीमा अप्रिय बोझहरू जति खेप्नुपरे पनि
प्रेमीहरू प्रेमास्थाका मर्यादा कहिल्यै नाघ्दैनन् ।

-४६) मुक्तक-सरुभक्त
मान्छेहरू हृदयमा अनन्त सपना सजाइराख्नु
कठोर यो धर्तीभरि अस्तित्व आफ्नो कजाइराख्नु
उज्यालो र अँध्यारोको यो महान सृष्टि यात्रामा
जीवनभर प्रेमको अजम्मरी धुन बजाइराख्नु ।
सरुभक्त
साभारः प्रेम यात्रा 

प्रेम दिवशकाे सबैलाइ शुभकामना !



मुक्तककार दिनेश पुन ३० मुक्तकहरू (30 Muktaks by Dinesh Pun) -02-04-2017

NepaliTalim | 4:23:00 PM | 0 comments
नाम: दिनेश पुन
ठेगाना:पुर्तिमकाँडा १ रुकुम 

१.मुक्तक
नाटक गर्दै समय कटाउन खोजे जस्तो।।
सम्हालेको माया झट्टै घटाउन खोजे जस्तो।।
तिमी बारबार यस्तो व्यबहार नगर भो प्रिया
चट्क्कै भुलेर मनबाट हटाउन खोजे जस्तो।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम

२.मुक्तक
खाए जिन्दगी देखि ठुलै हार यस्तै सोचुँला।।
दिल दुखाउन गरिएछ हतार यस्तै सोचुँला।
मलाई छोडि अर्कैसंग खुसी हुन्छेउ भने तिमी
मेरो भाग्यमा नै रहेनछ प्यार यस्तै सोचुँला।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम

३.मुक्तक
बनाएर बोलीलाई हतियार थरीथरीका।।
फेरिरह्यौ माध्यम लगातार थरीथरीका ।।
कहिले घाँटि रेट्ने त कहिले मुटु छेड्ने गरि
पठायौ निष्ठुरीले उपहार थरीथरीका ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


४.मुक्तक
यो मन जलेर भैसकेछ खरानी पत्तै पाइन।।
रुँदारुँदा सकिएछ आँखाको पानी पत्तै पाइन।।
म रङ्गमन्चमा माया प्रेम भन्दै बसिरहदा
यता बितिसकेछ आधा जिन्दगानी पत्तै पाइन।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम

५.मुक्तक
पक्कै छैन हो म पबित्र भन्दा मानिनौ।।
भो भो नबस दिलभित्र भन्दा मानिनौ।।
आज मलाई धोखेबाज भन्नुको कारण
बिग्रेको छ है मेरो चरित्र भन्दा मानिनौ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


६.मुक्तक
सुम्पिदिन्छु, यो जिबन माया गरेउ भने।।
गर्छु सधै सधै ,जतन माया गरेउ भने।।
यो जिन्दगी तिमीलाइ नै अर्पण गरि
बनुँला मुनाको मदन माया गरेउ भने।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


७.मुक्तक
कस्तो रहेछ यो संसार भनी तुलाना गरिएको
छ।।
सुन ठुलो कि हिराको हार भनी तुलना
गरिएको छ।।
उसैलाई भुल्न एकै बोतल पिउछु भन्दा हिजो
एक रोज्नु रक्सी कि त प्यार भनी तुलना
गरिएको छ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


८.मुक्तक
पहिले त पत्थर जस्तै यो दिल बनाउनु छ।।
दुनियाँले मलाई भेट्टाउन मुस्किल बनाउनु छ।।
यो दुनियाँ देखि धेरै धेरै दुर भए भने म
अक्सर तिम्रो यादमा आँसु टिलपिल बनाउनु छ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


९.मुक्तक
जीवन मरणको दोसाँधमा शरीर बनेपछी।।
तिम्रै कारण झुकिरहने मेरो शिर बनेपछी।।
आज समाजले मलाई पागलको संज्ञा दिदैछ
त्यो कान्छिको भट्टी पनि आफ्नै मन्दिर बनेपछि।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१०.मुक्तक
चानचुने होइन उसलाई एकदम दामी बनाइदिनु।।
उसको चर्चा अनि मेरो बदनामी बनाइदिनु।।
तिम्रो बिहेको जन्ती जादा गाउँ नै रित्तो होला त्यो दिन
मेरो लास बोक्ने दुईचार जना मलामी बनाइदिनु।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


११.मुक्तक
त्यो अधेरी रात पनि जुनकै बनिदियोस।।
यो सारा संसार पनि उनकै बनिदियोस।।
मलाई धनकै कारण छोडिजाने निष्ठुरीको
सिरानी र ओछ्यान पनि सुनकै बनिदियोस।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१२.मुक्तक
मरिमरी पनि जिएको मान्छे हुँ।।
फाटेको मन सिएको मान्छे हुँ।।
उसैको यादले सताउदा भुल्न
रक्सी पछि चुरोट पिएको मान्छे हु
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१३.मुक्तक
म दुईथरीको माया लाउदिन तेति
सोचिदिनु।।
छोरी दिनु भन्दै घर घरमा धाउदिन तेति
सोचिदिनु।।
मेरो जन्म दिने बाआमालाई यति भन्नू छ कि
तपाईकी बुहारी मगर्नी आउदिन तेति
सोचिदिनु।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१४.मुक्तक
कसैको यादमा शरीर गलाउनु छ भने प्यार गर्नु।।
नचाहेर छातीमा आगो बलाउनु छ भने प्यार
गर्नु।।
भन्नेले त भन्लान माया नै सबथोक भनेर
सम्हालेर राखेको मुटु जलाउनु छ भने प्यार गर्नु।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१५.मुक्तक
रमाइला अनि खुसिका दिन गनेर बस्नु।।
कोहि थिएन मेरो जिबनमा भनेर बस्नु।।
अरे म त पागल जस्तै परे यार
तिमी सधै राम्री अनि सद्दे बनेर बस्नु।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१६.मुक्तक
मेरो मन दुखाएर नि दुखाएको हैन भन्नेहरुलाई।।
जाबो मुटु दुख्दैमा पिडा हुदैन भन्नेहरुलाई।।
जिन्दगीमा केही प्रगती गरेर देखाउने मन छ
मेरो बोली व्यबहार राम्रो छैन भन्नेहरुलाई।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१७.मुक्तक
आज साहु आयो अनि मलाई थर्काएर गयो।।
लिएको ऋण छिटो तिर्नु भन्दै भाका लर्काएर
गयो।।
पढेर कमाउन सकिएन बिदेश गई दिन्छु साहु भन्दा
घरजग्गा थुतिदिन्छु भन्दै आँखा फर्काएर गयो।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१८.मुक्तक
उसले तिमिलाई आफ्नै रानी भनेपनी।।
तिम्रो हात समाई भगाएर लानी भनेपनी।।
दुई दिने माया हो रे उसको त
काखमा राखी सुम्सुम्याएर सानी भनेपनी।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


१९.मुक्तक
पढ्न जान्छु भनी जङ्गलतिर डेटिङ धाएर
बिग्रीए।।
अर्कि हुदाहुदै दिलमा तिमीसंग माया लाएर
बिग्रीए।।
हरपल तिम्रै यादले सताउदा भुल्न
जवानीमै गाजा भाङ रक्सी चुरोट खाएर
बिग्रीए।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२०.मुक्तक
कहिलेकाही भेट्न आउ भन्दा आउदिन भन्छेउ।।
गरेपनी माया तिम्लाई बिहेगर्न पाउदिन
भन्छेउ।।
के लेखेको छ र तिम्रो त्यो ठुलो जातमा
मगरको हातको सिन्दुर पोते चुरा लाउदिन
भन्छेउ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२१.मुक्तक
गरिब अनि दुखीको जीवन भोगेर देखाउ।।
त्यो अनौठो माया तराजुमा जोखेर देखाउ।।
मै धनी मै बुद्धिमान भन्ने महानहरुले
सक्छौ भने स्वयम् मृत्यु रोकेर देखाउ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२२.मुक्तक
कुनै बहानामा तिम्रै पछि धाउने भएछु।।
निर्दोषीलाई पनि यहाँ दोष लाउने भएछु।।
हेर्दा लठ्ठै पार्ने मृगनयनी आँखा देखेर होला
सायद
हरपल तिम्रै यादहरुमा रमाउने भएछु।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२३.मुक्तक
बियर पिउन मन छ मलाई तिमी टन्न दिन्नेउ
यार।।
तिमी रिसाएका दिन गन्छु तिमी गन्न दिन्नेउ
यार।।
खोइ मन परेको हो कि मन नपरे झै गर्छेउ
कति माया गरि मेरि बुढी भन्छु तिमी भन्न
दिन्नेउ यार।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२४.मुक्तक
हातै छैन, टोपी खस्यो, टिप्न साथी
चाहिन्छ।।
आक्रमण भयो, विरुद्धमा, भिड्न साथी
चाहिन्छ।।
तिमी एक्लाएक्लै संसार जित्ने सपना देख्छौ
मित्र
आँखामा ,भुसुनो पस्यो, झिक्न साथी
चाहिन्छ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२५.मुक्तक
खुसी नै खुसीले भरिएको शहर देख्न पाउँ।।
माया गर्नेप्रती सबैको राम्रो नजर देख्न पाउँ।।
अर्को जुनिमा मान्छे भएर जन्मे भने हे दैब
प्रेमरोगको पनि उपचार गर्ने डाक्टर देख्न पाउँ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२६.मुक्तक
मुटु नै बिझाउने त्यो वचन, बडो अचम्मको।।
छेपारो जस्तै बानी त झन, बडो अचम्मको।।
गरेका बाचाकसम पनि सजिलै तोडिदिने
बुझ्नै नसकिने तिम्रो त्यो मन, बडो अचम्मको।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२७.मुक्तक
हेर प्रिया सुन संग पित्तल दाज्न मिल्दैन।।
बास्तबमा बुद्धि संग बल दाज्न मिल्दैन।।
तिम्रो देखावटी नजरमा राम्रो छौ भने पनि
मलाई
उ कति सज्जन म भने पागल दाज्न मिल्दैन।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२८.मुक्तक
साच्चै, हातमा गुलाफ लिएर बस्न गार्हो हुदो
रहेछ।।
त्यस्तै यादमा आँसु पिएर बस्न गार्हो हुदो
रहेछ।।
तिमीबिना हाँसीखुसी बाच्न सक्छु भनेपनी
छोडि जानेलाई सम्झिएर बस्न गार्हो हुदो
रहेछ।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


२९.मुक्तक
के होला तिमी बिनाको मेरो हाल याद गर्नु
सानी।।
अबको छिट्टैमा हुदैछ मेरो काल याद गर्नु
सानी।।
एकदिनको बोली बचनले के फरक पर्ला र भनेपनी
भेट्टिदैनन आकाश र पाताल याद गर्नु सानी।।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम


३०.मुक्तक
सोचेभन्दा राम्रो पाउनु भनिदिए, बिदा हुँदै
गर्दा।।
पिडा भुलेर मुकुराउनु भनिदिए, बिदा हुँदै
गर्दा।।
मसंगको प्रेम सम्बन्धमा थिए सोच्दै नसोचेर
जिन्दगीभर नै रमाउनु भनिदिए, बिदा हुँदै
गर्दा।
दिनेश पुन
पुर्तिमकाँडा १ रुकुम

Note :
Copyright of All Above Creation is reserved with Writer 

कमल बोगटी " अन्जान " का १६ साेह्र मुक्तकहरू (16 Muktaks by Kamal Bogati Anjan) : 05-07-2016

NepaliTalim | 10:18:00 AM | 0 comments
कमल बोगटी " अन्जान "
१.मुक्तक  
अल्छि भै यो शरीर त बस्न थाल्या छ...
जिन्दगी देखेर आफ्नै तग्दिर हास्न थाल्या छ...
न देखिने न व्यक्त गर्न मिल्ने कारण भै दिएर...
किन किन नशा तिर फस्न थाल्या छ...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

२.मुक्तक 
त्येता हाँसो यता आँसु छोडी जानेलाई..
जोड्ने नमिल्ने गरि घर तोडी जानेलाई...
सैयौ जुनी यसैगरी बाचिरहने बर मिलोस...
यता खरानी बने उता बस्ति जोडी जानेलाई...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

३.मुक्तक 
छेपारो झैँ रङ्ग फेर्ने जतिलाई....
चौतर्फी दबाब पारी घेर्ने जतिलाई....
न बोल्ने न शिर ठाडो पार्ने बनाउछु...
दु:ख पर्दा मेरो रमिता हेर्ने जतिलाई...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

४.मुक्तक 
सिताको झैँ तिम्रो पनि हरण भयो भने....
भेट्न नपाई मेरो यहाँ मरण भयो भने....
दैवको खेल्न हो केनै गर्न सक्छु र तेतिबेला...
माफी देउ भन्दै लाश माथि तिम्रो सरण भयो भने ....
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

५.मुक्तक 
झुटा प्रेमीहरुको मात्र एक दिन यहाँ संजाल हुने छ...
आरोपी छुट्याउनै नसकिने समस्याको जन्जाल हुने छ....
एकले अर्कालाई देखाउने अनि लुट्ने प्रब्रितिले ....
हेर्दै जाउ एक-एक गर्दै सबै यहाँ कंगाल हुने छ...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

६.मुक्तक
मृत्यु त केवल एउटा दैवको चाल हुनेछ...
अनेक थरि शंकाको त्यो दिन सवाल हुनेछ...
बिश्वास घात गरि चोट दिनेहरु होसियार भै बस्नु ....
म मरेको दिन पक्कै यहाँ बबाल हुनेछ...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

७.मुक्तक 
गन्हाउने रक्सि मान्छे पिउछु भन्छन कसो गरि....
टुक्रीएको मुटुलाई सिउछु भन्छन कसो गरि...
पानी बिना माछा जस्तै हुने यो आत्मालाई....
माया बिना पनि म जिउछु भन्छन कसो गरि...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

८.मुक्तक 
प्रेमिकालाई आँखाको नानी भन्नेलाई....
तिमी त मेरो मायाको खानी भन्नेलाई....
बुढेस काल लागे पछि मर्नु न बाँच्नु हुन्छ रे...
ऐले त मेरो सबैथोक हो जवानी भन्नेलाई...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

९.मुक्तक 
हिड्दै जादा खाल्डोमा म परे हुन्छ अरे....
होइन भने चाडै बसाई सरे हुन्छ अरे.....
कसलाई कहिले के बिगारेर जान्न मन छ मलाई.....
चाडै काल आइ यस्तो मान्छे त मरे हुन्छ अरे...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

१०.मुक्तक 
मै छोरालाई सम्झीएर रुदै छिन् रे आमा....
भिर पाखा गर्दै लुगा धुदै छिन् रे आमा...
लाऊ-लाऊ खाऊ भन्ने बेला प्रदेशीयो भन्दै....
म आउने बाटो हेरी तस्बिर छुदै छिन् रे आमा....
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

११.मुक्तक 
चाहिने भन्दा बढी पेल्यो भने मान्छेलाई....
जानी जानी फेरी पनि ठेल्यो भने मान्छेलाई .....
जुन सुकै बेला बम झैँ पटकन सक्छ अरे....
उम्कने नसक्ने गरि समस्याले जेल्यो भने मान्छेलाई....
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

१२.मुक्तक 
कपडाले बालुवा चाल्न मिल्ने भए....
मनको माया काँडा झैँ फाल्न मिल्ने भए ...
यो संसारमा दू:खी अनि एक्लो कोहि हुदैनथ्यो होला...
मरेको त्यो लाशमा एक मुठी श्वास हाल्न मिल्ने भए ....
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

१३.मुक्तक 
बेरोजगारी म गाउँ डुल्नेलाई भौतारी सम्झीएर....
थकाई मेटिन बीच बाटोको चौतारी सम्झीएर...
सब्बैले हेप्ने अनि लुटनै खोज्छन आज भोलि.....
कसैसंग पनि नमिले मलाई औतारी सम्झीएर...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

१४.मुक्तक 
मायामा आज भोलि, भर हुदैन र...?
छुट्टि हिड्ने मान्छेको, घर हुदैन र...??
सबैले भिन्दै छस किन भन्छन मलाई...?
के म जस्ताको कुनै एउटा, थर हुदैन र...??
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

१५.मुक्तक 
खुसीहरु सबै जले पिर बाँकी छ।
जल्न बाँकी याे मुटुकाे तस्बिर बाँकी छ।।
तिमी दिल माग्ने कुरा गर्छाैं छैन त्यो म सँग !!!!
चोरियो उहिलै अब खोक्रो शरीर बाँकी छ।
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

१६.मुक्तक 
शब्द-शब्दमा सम्बन्ध, तोडिदैछ आज....
खै के पुगेन र उनको पाइला, मोडिदैछ आज...
कसैले केहि सुनाएको वा कोहि अर्कै पाएको हुनु पर्छ....
तेसैले त मेरै अगाडी अन्तै नाता, जोडिदैछ आज...
कमल बोगटी " अन्जान "
बर्दियाली हाल काठमाडौँ

Note : Copy Rights Reserved with Writer 

एस.पि.असफल र गिता कार्कि बिच रचनाका पानाहरु नामक साहित्यिक ग्रुपमा भएको मुक्तक दोहोरी -09-06-2016

NepaliTalim | 4:34:00 PM | 0 comments
एस.पि.असफल र गिता कार्कि बिच रचनाका पानाहरु नामक साहित्यिक ग्रुपमा  भएको मुक्तक दोहोरी

एस.पि.असफल
अरु सँग बोल्दैमा किन तिमि आँखा तर्छेउ  ??
माया भए सिधै भन केलाई पछि सर्छेउ  ??
केही नभनि मनको कुरा कसरी म बुझु ??
माया नभए मेरो पछि किन तिमी पर्छेउ ??

गिता कार्कि
फूलको भाषालाई भवराले बुझ्नु पर्छ हेर
चोखो फूलले मनको देबता पुझ्नु पर्छ हेर
तिमी त भवरा हौ अनि छौ स्वतन्त्र सधै
हामी फूलले पानी झरिमा रुझ्नु पर्छ हेर

एसश.पि.असफल
मायाको फुल अन्तै फुलाएकि छौकि
अरुलाईनि मलाई झै भुलाएकि छौकि
खालि छड्के नजरले हेर्छेउ,मलाई हेर्ने
बाहानामा अन्तै नजर डुलाएकि छौकि

गिता कार्कि
तिमी सँगै जीवन काट्न गरु  भन्थे घरजम
तिमी सँगै यो मन साटी जिउछु भन्थे हरदम
आज तिमिले कालिको चरीत्रमा गर्यौ संका
अन्त माया प्रीती लाको  थिईन तिम्रै कसम

एस.पि.असफल
 माया बढि हुनाले होकि संका मात्रै लाग्छ
हरदम काली तिम्रो साँथ यो मनले माग्छ
यसपालि त घरबार जोड्नु पर्यो कालि
तेस पछि संका पनि आफै परपर भाग्छ

गिता कार्कि
तिम्रै लागि प्रीतिको फूल थियो कोपिला
संका गरेर दिलमा रोप्यौ  भाला  किला
आज सम्म काली थिई तिम्रै प्रतीक्षामा
तिमीले बन्द गर्यौ यो प्रीतको सिलसिला

एस.पि.असफल
फूल दिदा पनि ठान्छेउ  भाला र किला
 कसरी चल्छ यो मायाको सिलसिला
भैगोलिक दुरिले  फाटो आउँछ मायामा
छिटै घरजम गरै काली नगरौ भो ढिला

गिता कार्कि
मलाई आफ्नो बनाउ भन्दा मानेनौ पोहोर साल
यसपाली नि गफमै मस्त पार्ने होला तिम्रो चाल
खै कसरी बढ्ला माया घट्छ क्यारी संकाहरु
तिमी जाली बैगुनी छौ बुन्छौ खाली शब्द जाल

एस.पि.असफल
जे जे गल्ती भयो सबलाई पछि छोडेर
 जोडि ढुकुर भै बस्उ भो घरबार जोडेर
पछि फेरि एक अर्कालाई सम्झि रुनु पर्छ
आवेगको फैसलामा  पाईला अन्तै मोडेर

गिता कार्कि
आज पठाउ  लमी यता बिबहाको  कुरा लिई
अनि लगन जुराई आउ सिन्दुर पोते चुरा लिई
साथ देउ हात देउ अनि संका होइन माया देउ
नकाटे कोमल मुटु  यो घरवार पछि छुरा लिई

एस.पि.असफल
मेरो जस्तो माया अन्त खोजि पाहिदैन
आफौ आउछु माग्न कालि लमि चाहिदैन
स्याङ्जालि हु खरो कुरा गर्छु हेर काली
माया आफै हुन्छ लाउछु भनी लाहिदैन

गिता कार्कि
 म प्रती प्रेमको डोरि बाटेकै हो त अब
मन संग मन  तिम्रो साटेकै हो त अब
ल ल आए हुन्छ माग्न जुराएर साईत
गरौ घरजम  पक्का आटेकै हो त अब ??

एस.पि.असफल
यो मुटुको माझमा नै बसाएर राख्छु
सके सम्म तिमिलाई हसाएर राख्छु
चरि जस्तै भुर्र उडि जाने पो हौ कि
माछिझै मायाजालमा फसाएर राख्छु

गिता कार्कि
तिमी नै हौ मेरो जीवन अनि सास लाग्छ
यहि तिम्रो बोलिको त मलाई आस लाग्छ
आफ्नाहरु सारा दुस्मन बनेछ्न भने पनि
जिन्दगीमा  तिमी नै आफ्नो  खास लाग्छ

एस.पि.असफल
म माथिको आस तिम्रो मर्न दिने छैन
दुस्मन तिम्रो अघि पछि  पर्न दिने छैन
मायाको फुल फुलाई देखाउनु छ अब
फुल्नु अघि कोपिला मै झर्न दिने छैन

गिता कार्कि
पिरतिको साईनो चोखो नाता तिमीलाई
युगौयुग नमेटिने चोखो गाथा तिमीलाई
म प्रण गर्छु तिमी भुली अन्त फूल्ने छैन
तिम्रै सिरको छोई चोखो बाचा तिमीलाई

एस.पि.असफल
तिम्रो यादले सताउदा तिम्रै तस्बिर छुन्छु
तिम्रा मिठा कुरा सुनेर सधैं  खुसि हुन्छु
तिमिले झुटो सपना देखाएकि हौ कि सानु
म त कल्पनाको हाम्रो  सुन्दर ससार बुन्छु

गिता कार्कि
म रोए नि पलपल तिम्लाई रुन दिन्न
म एक्लि हौली तर तिम्लाई हुन दिन्न
मेरो बिस्वास गर तिमिले धोका हुदैन
म हुदा हुँदै तस्वीर तिम्लाई छुन दिन्न

एस.पि.असफल
सधैं साथ दिन्छु भनेउ खुसि भए म आज
तिम्रो हात माग्न आउछु छोडि काम काज
लमि अनि बाबालाई लिएर आउछु सानू
बाहिर निस्कि आदार गरे नमाने है लाज

गिता कार्कि
अब भनी  हाँसी खुसी  चल्छ जिन्दगानी।।
चोखो प्रीतको दिप बनी बल्छ जिन्दगानी।।
तिमी साथमा हुनेछौ हेर्दा शुभ बिउझिएर,,
अनि साझ तिम्रै साथमा ढल्छ जिन्दगानी।।

एस.पि.असफल
आएको छु  तिमिलाई लिन टाई सुट लाएर ।।
साह्रै खुसि छु म आज रोजेकि लाई पाएर  ।।
खुसियाली छाएको छ मेरा घरमा आज त
चेलिबेटी सबै नाच्दै  होलान्  रतौलिँ गाएर ।।


एस.पि.असफल  
  भाटखोला ९                          
  स्याङ्जा
बिरानो :मुलुक  
…………………………
गिता कार्की
न पा १५
सिन्धुली

विवश एस.बि चौलागाईंका १५ पन्ध्र मुक्तकहरू (21-Nov-2014)

NepaliTalim | 10:01:00 AM | 0 comments

१.मुक्तक एक
नब बर्ष नेपालीको घर आगन मा डुल्न सकोस ।
दु:ख कष्ट अशान्ति ले बर्षैभरी भुल्न सकोस ।
बिहानिको किरण सगै मिठो मुस्कान दिई ।
आशाको फुलहरु गुलाफ झै फुल्न सकोस ।
२०६०-०१-०१
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

२.मुक्तक दुई
दुई दिन मात्र बग्ने बर्षादको भेल हो जीवन ।
एक्लो एक्लो हैन दुई आत्माको मेल हो जीवन।
कहिले जित त कैले हार भईनै रहन्छ।
प्रतिस्पर्धात्मक रमाइलो खेल हो जीवन।
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०


३.मुक्तक तीन
भिरको बाटो हिड्नु पर्छ डोर्याउने हात चाहियो।
एक्लो जिबन अन्धकार छ एउटा साथ चाहियो।
दुई दिन मात्र वास्ना दिने गुलाफ को फुल हैन।
जिन्दगीको यात्रा भरी सम्झाउने बात चाहियो।
२०६८-०७-१७
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

४.मुक्तक चार
ट्याप्प टाँस्ने जिन्दगी लाई खोटो चाहियो।
समय लाई सुहाउँदो भोटो चाहियो।
छुट्टीएर तिमि पर पर भएपनी ।
सम्झना लाई मेटाउन फोटो चाहियो ।
२०६८-०७-२०
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

५.मुक्तक पाँच
सेतो कागज अनि कलम मेरो साथी ।
मुटु माझ घाउ लाग्दा मलम मेरो साथी।
शहर छ्दा काम आनि पढाइ मै बेस्त।
गाउँमा सगै बस्ने सलाम मेरो साथी ।
२०६९-०७-२०
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

६.मुक्तक छ
तलको पाइट तलै झर्न थाल्यो।
माथिको टिसर्ट माथी सर्न थाल्यो।
हातमा एउटा मोबाइल बोक्दैमा।
फोनबाटै पनि लभ पर्न थाल्यो।
२०६९-११-०२
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

७.मुक्तक मुक्तक
सात एता आउन भनी मलाई बोलाएउर आँए।
मन मुटुका बाचाकसम खोलाएउर आएँ।
भोलिका ती योजनामा रमाउदै थिए ।
मै तिर हेर्दाहेर्दै टोलाएउ र आएँ।
२०६९-११-०२

८.मुक्तक आठ
तिम्रो दिलमा बसेर रमाउन आउला।
अनगिन्ती माया कमाउन आउला।
नबोलाइ आयो भनी रिसानी त हुन्न।
मुटुमा बसेर सगरमाथा समाउन आउला।
२०६९-११-०२
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

९.मुक्तक नौ
बाटो पुरै जाम थियो ।
विध्यार्थिको लाम थियो ।
हल्लै हल्ला को बीचमा ।
विवश को नै नाम थियो ।
२०६९-११-०१
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

१०.मुक्तक दस
तिम्रो दिलको बगैचा फुलेछि आउँला।
पुर्व मेची माहाकाली डुलेपछि आउँला।
ललाई फकाई जिन्दगीमा तिमिले दिएको।
बाचा कसम धोका जति सबै भुलेपछि आउँला।
२०६९-१२-२४
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

११.मुक्तक एघार
इतिहासको पाना पल्टाई नाम खोज्दै छु।
काहाँ बन्छ भबिस्य ठाम खोज्दै छु।
प्रबिधिले विश्व लाई सानो बानाई दियो।
गूगल बाट आज म काम खोज्दै छु।
२०७०-०२-०१
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

१२.मुक्तक बाह्र
फर्किन्नछिन्न कि एउटा आश बाँकी छ।
घिटि -घिटि मुटु भित्र सास बाँकी छ।
मर्न त मेरा लागी पहिलेनै मरेकी हो।
उठाउन लाई बदलामा लास बाँकी छ।
२०७०-०२-०२
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

१३.मुक्तक तेह्र
समयले रुवायो मलाई।
खोक्रो परि चुवायो मलाई।
नानाभाँती कुराले फकाउँदै।
अमृतभनी विष खुवायो मलाई।
२०७०-०२-०५
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

१४.मुक्तक चौध
पठाउछु पत्र भन्दै कोर्दै होलिन मेरि आमा।
छोरो भन्दै अङ्गालोमा बेर्दै होलिन मेरि आमा।
आमको नजर देखि छोरो टाढा भइ सक्यो ।
आउँछ छोरो भन्दै बाटो हेर्दै होलिन मेरि आमा।
२०७०-०२-१५
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

१५.मुक्तक पन्ध्र
काटिन्छ जिन्दगी भने धार हुनु पर्छ।
जीवन जिउन पनि त आधार हुनु पर्छ।
ख्याल ख्यालमै समुन्द्र किन पस्नु।
पसेपछि पुरै भाग वारपार हुनु पर्छ।
२०७१-०७-१५
विवश एस.बि चौलागाईं
हेटैंडा-५ हाल बनेपा-१०

Note :
All Copyright Reserved of Above Muktak belogs to Writer 

मन चलउने “सरोबर”का ९ मुक्तकहरू (13-October -2014)

NepaliTalim | 4:10:00 PM | 0 comments
१. मुक्तक
नमेटिने यादहरु कि लियर जाऊ ।
तिम्रो याद भुलाउने कि तस्विर दियर जाऊ ।
तिमीले दियको त्यो विÈ पनि अमृत भयो ,
तिम्रो यादमा फाटेको मन कि सियर जाऊ ।।
मन चलउने “सरोबर”
लम्की चुहा नगरपालिका ९ कैलाली

२. मुक्तक
म खास हुदाहुदै तिमीले अर्कै यार खोजेपछी ।
मेरो मायामा घातगरी तिमीले अर्कै प्यार खोजेपछी ।
पहिले नचाहने मान्छे अचेल चाहन्छ मलाई ,
ऊस्को यार भनाउदाले उस्लाई मार्ने अर्कै हतियार खोजेपछी ।।
मन चलउने “सरोबर”
लम्की चुहा नगरपालिका ९ कैलाली

३. मुक्तक
काम गर्दा थाकेपछी सघाई दिनु तिमीले ।
चुरापोते सिरमा सिन्दुर लगाई दिनु तिमीले ।
तिमीले भन्दा मैले पहिला यो दु“निया छोडेपछी,
चितामा त्यो आगो पनि लगाई दिनु तिमीले ।।
मन चलउने “सरोबर”
लम्की चुहा नगरपालिका ९ कैलाली

४. मुक्तक
बन्दअनी हडताल भएको छ अचेल ।
मेचीकाली सुस्ताउदै गयको छ अचेल ।
स“विधान आउ“छ भन्दै आसवासन दिनेहरु,
राजनिती नै चुपचाप रहेको छ अचेल ।।
मन चलउने “सरोबर”
लम्की चुहा नगरपालिका ९ कैलाली

५. मुक्तक
गरीबलाई झुपडी बासको अभाब छ ।
त्यसैमाथी एकछाक गासको अभाब छ ।
धेरैछन पिडितहरु अन्नायमा मुछियका,
त्यसैले त पिडितलाई खासको अभाब छ ।।
मन चलउने “सरोबर”
लम्की चुहा नगरपालिका ९ कैलाली

६. मुक्तक
ऊ मलाई दोधारमा पारेर गई ।
जिउदो मुर्दा बनाई आफु बसाई सारेर गई ।
आफु भन्दा धेरै विश्वास गर्थे र त उसलाई,
सम्झी अरुलाई नै आप्ःनो मलाई टारेर गई ।।
मन चलउने “सरोबर”
लम्की चुहा नगरपालिका ९ कैलाली

७. मुक्तक
ओईलियको फुल जस्तै जिन्दगानी भएको छ ।
पिडाको मुल जस्तै जिन्दगानी भएको छ ।
हरदम दुखाउने हरपल जलाउने ,
के भनौ सुल जस्तै जिन्दगानी भएको छ ।।
मन चलउने “सरोबर”
लम्की चुहा नगरपालिका ९ कैलाली

८. मुक्तक
नजरमा नजर जुधायौत के भोे ?
खुसी हुदै परेली रुझायौत के भो ?
माया अनि पिरतीका कुराहरु ग्रर्दा गर्दाै,
तिमो चिनो लैजाउ भनी बुझायौत के भो ।।
मन चलउने “सरोबर”
लम्की चुहा नगरपालिका ९ कैलाली

९. मुक्तक
माया ग्रर्छे अरुलाई ऊ चाहान्छे मलाई मजवुर भएपछी ।
म चाहान्न उसलाई धोका दिने उसको सुर भएपछी ।
जाऊ तिमी म बाट भनि दिय मैले ,
अरे यार कोही त बोल,म के गरु“ ऊ आफै दुर भएपछी ।।
मन चलउने “सरोबर”
लम्की चुहा नगरपालिका ९ कैलाली
Note :-
Received by Mail

अम्बिका प्रसाद बन्जाराको ५ मुक्तकहरू (29-Sep-2014)

NepaliTalim | 10:52:00 AM | 0 comments
१.मुक्तक
शब्द संग खेल्नेको गज्जब बन्छ मुक्तक ||
दुख, कष्ट झेल्नेको गज्जब बन्छ मुक्तक ||
खेलाई,खेलाई शब्दहरु फनफनी घुमाएर ,,
शब्द, शब्द जेल्नेको गज्जब बन्छ मुक्तक ||

२.मुक्तक
राष्टियता जगाउने मुक्तक कोर्नुछ ||
नेता झक्झक्याउने मुक्तक कोर्नुछ ||
मायाँ प्रेमका कुरा ,,पछि गर्दै गरौंला ,,
पैले असमानता  हटाउने मुक्तक कोर्नुछ ||
अम्बिका प्रसाद बन्जारा

३.मुक्तक
मुक्तक रस पिउन त्यति सजिलो हुन्न ||
नपच्नेलाइ मुक्तक त्यति अडिलो हुन्न ||
शब्दका छोंका लगाउनु पर्छ मुक्तकमा ,,
हैन भने मुक्तक त्यति गतिलो हुन्न ||
अम्बिका प्रसाद बन्जारा

४.मुक्तक
सुस्त शासन ढल्नु पर्छ अनि बन्छ देश ||
प्रतिगामी गल्नु पर्छ अनि बन्छ देश ||
सुस्ताएको बिकास गति तिब्र बनाउन ,,
युबा शासन चल्नु पर्छ अनि बन्छ देश ||
अम्बिका प्रसाद बन्जारा

५.मुक्तक
रैछौ तिमि पट्ट मुर्ख कुरै नबुझ्ने |
भित्रि कुराको जिली गाँठी चुरै नबुझ्ने |
रामायण अध्यन गरि भन्छौ सिता हनुमानको ,,
रैछौ तिमि छेउ टुप्पो पुरै नबुझ्ने ||
अम्बिका प्रसाद बन्जारा
महुली मोहनपुर सप्तरी
हाल :--कृषि बिकास बैंक बिरगंज 

सुमन घिमिरे (सुमन काले) का ५ मुक्तकहरू (१२ भाद्र २०७१)

NepaliTalim | 10:53:00 AM | 0 comments
१.मुक्तक 
तिमीले मलाइ यसरि बर्बाद बनायौ,
आफ्नो भने जीवन कामियाब बनायौ.
दिलको पिजडामा थुनेको छु भन्थ्यौ,
पखेंटा काटेर आज किन आजाद बनायौ!!
तिमीले मलाइ यसरि बर्बाद बनायौ!!!
०१/०९/२०१३ "सुमन काले

२.मुक्तक
तिम्रो मनमा उमङ्ग छ, मेरो आफ्नै ढंग छ,
 तिमि गएनी तिम्रा, यादहरु मै संग छ,
घमाइलै छन दिन, रमाइलै छन रातहरु,
फरक यति हो अहिले, मदिराको रंग छ!!
०१/०९/२०१३ "सुमन काले"

३.मुक्तक
कैले डराउँदै ब्युझीन्छु म ,कैले फहराऊँदै ब्युझीन्छु म!!
रोक्छु भन्छु आँसु रोकिन्न , घाउ चहराऊँदै ब्युझीन्छु म!!
तिम्रै मुहारमा आँखा अल्झीयो,अतृप्त याद फेरी बल्झीयो!!
औंसीको रात कस्तो सन्नाटा, "सानु" !!! कराऊँदै ब्युझीन्छु म!!
कैले डराउँदै ब्युझीन्छु म ,कैले फहराऊँदै ब्युझीन्छु म!!
१२/०५८/२०६८ "सुमन काले"

४.मुक्तक
तिम्रो आँखा बाट खस्दिन भन्छु, तिमि रोई दिन्छौ ,
तिमीबिना एक्लै बस्दिन भन्छु , टाडा होइ दिन्छौ !!
के गरूँ म, तिम्रो लागी ? मर्न तयार छु भन्दा,
असुभ नबोल भन्दै औंलाले , ओठ छोई दिन्छौ!!!!
०४/०४/२०१३ "सुमन काले

५. मुक्तक
तिम्ल्यै दे'को दर्द मिठो , दुखाऊँछौ तिमि घरी घरी,
खाई सक्यौ मेरो कलेजा मुटु अलिअलि गरीगरी !!
तिमि बिना बाँचूँला र? तिम्रो दुखमा हांसुला र?
तिमि छौ र त धानेको छु, दुखि जीवन मरी मरी !!!!!!!
०४/०४/२०१३ "सुमन काले

नाम : सुमन घिमिरे (सुमन काले)
ठेगाना : श्री मंज्यांग - ८ लम्जुङ्ग, हाल काठमाडौँ !
E -mail  : kalemansu@gmail.com
पेशा :  बिध्यार्थी

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger