Solution of YouTube Video Thumbnail Not Showing 100% on Facebook [Post Large and full YouTube Thumbnail on Facebook]

NepaliTalim | 9:47:00 AM | 0 comments

FIX - YouTube Thumbnail Not Showing on Facebook Complete Tutorial in Nepali ।। Solution of YouTube Video Thumbnail Not Showing 100% on facebook in Nepali  ।। Post Large and full YouTube Thumbnail in Facebook When you share any videos to Facebook Page or Profile ।।

Dear Friend, Today We learn how to fix Youtube thumbnail not showing on facebook when you share your youtube link. How demonstrate you How to Show 100% YouTube Video Thumbnail on Facebook When You Share any YouTube Video to any facebook page and profile. We use some third party website which helps you to generate link which gives you solution of youtube video thumbnail not showing 100% on facebook when you share.
How to Show full YouTube Thumbnail to Facebook when you share any videos from YouTube. These are the sites where I normally love to make large and full thumbanail of youtube video when I post on Facebook
FIX - YouTube Thumbnail Not Showing on Facebook Complete Tutorial in Nepali

हामीले युट्युबको भिडियो फेसबुक पेज या प्रोफाईलहरुमा सेयर गर्दा युट्युबमा देखिएझैं भिडियोको थम्बनेल या भिडियोको कभर फोटो फेसबुकमा पुरा देखिँदैन केही कटेर मात्र देखिन्छ । आज हामी यो समस्याको समाधान लिएर आएका छौं । तपाईले युट्युब भिडियोको लिंक तलको वेबसाईटमा पेस्ट गरेर कन्भर्ट गर्नुस र कन्भर्ट भएको लिंक फेसबुकमा पोष्ट गर्नभयो भने युट्युब भिडियोको थम्बनेल पुरा देखाउने छ ।
LIKE | COMMENT | SHARE | SUBSCRIBE
Tutorial on YouTube

Muktak Mala मुक्तक माला -236 (2074-09-09/24-12-2017) : Download

NepaliTalim | 9:42:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2074-09-09/24-12-2017)
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 पाैष 09 गते तदनुसार 24-December-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

Muktak Mala मुक्तक माला -235 (2074-09-02/17-12-2017) : Download

NepaliTalim | 9:37:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2074-09-02/17-12-2017)
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 पाैष 02 गते तदनुसार 17-December-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

कवि अजित क्षेत्रीको कविता अंश (Poem Ansha by Ajit Chhetri) - 29-12-2017

NepaliTalim | 1:57:00 PM | 0 comments
कविता-अंश
-क्षेत्री अजित
................

मैले नौ महिना गर्भमा पालेको
मेरो रगतको एक अंश
जसको पहिलो स्पर्शमा
म आफ्ना पीडा भुलेर
अल्हादीत भएकी थिएँ
जसको पहिलो रुवाईमा
म आमा बनेको खुसीले रोएथें
जसलाई तातेताते गराउँदा
मैले हिँड्न सिकेथें
जसको पापा मामा शब्दले
म पुलकीत भएथें
जसले खाँदा म अघाएथें
जसले निदाएसी निदाएथें
त्यही छोरो तिमी
आज भन्दैछौ
अंश चाहियो आमा म छुट्टिन्छु ।

बाबु किन चाहियो अंश ?
यो सबै तिम्रै त हो
लैजाउ पुरै लैजाउ ।

यो आँगन लैजाउ
यो मझेरी लैजाउ
जहाँ तिमी खेल्ने गर्थेउ
र म खेलिदिन्थेँ,
तिम्रा लागी बच्चा बनिदिन्थेँ
त्यो बालापन लैजाउ ।
तिम्रै खुसीमा लुटाएथें मैले जो
त्यो यौवन लैजाउ
लैजाउ सबैथोक लैजाउ
बस् मलाई नलैजाउ

किन माग्छौ अंश बाबु
लैजाउ पुरै लैजाउ ।

तिमीलाई बाह्रखरी लेख्न सिकाएथें
आँगन बाहिर टेक्न सिकाएथें
तिम्रा कलिला दाँत दुख्लान् भनि
चपाएर खुवाएथें
तिमीले आकाश छुने जिद गर्दा
मैले टाउकोमा बसाएथें
घाम लाग्दा छाता बनेथें
पानी पर्दा ओत बनेथें ।

बाबु सम्झना छ कि छैन ?
मेरो काख तिमीलाई
बिशाल संसार हुन्थ्यो
बिशाल रंगमन्च हुन्थ्यो
तिमी खेलेर थाक्दैनथ्यौ
निदाउँथ्यौ र लात्तिले हान्थ्यौ
छातिमै मेरो
म असह्य पीडा पनि बिर्सन्थें
र चुमिदिन्थें तिम्रा कलिला पाउ
अनि माडिदिन्थे दुख्यो कि भनि
मेरो छातीमा हान्दा ।

तिमीलाई लोरी सुनाएका
ति साँझ लैजाउ
आमा, म ठुलो भएसी पाल्छु भन्थ्यौ नी
अनि म आँखा टिल्पिलाउँदै मुस्कुराउथें
ति सबै याद लैजाउ ।

मात्र छाडी देउ मलाई
तिम्रो सहारा बनि बिताएको
मेरो एकल र उधारो जवानी ।

मलाई याद छ त्यो सुनौलो बिहान
जुन दिन तिमी गर्भमा बसेको थाहा पाएर
म पेट मुसारी मुसारी रोएथें ।
तिम्रो जन्ममाथी शंका गर्दै
तिम्रो कालो रंगमा कटाक्ष गर्दै
तिम्रा बाबु तिमी जन्मेकै दोस्रो दिन हिँडेथे
त्यसपछि कहिल्यै आएनन्
घरको हेला र समाजको तिरस्कार सहें
घाम पानी र पसिना सहें
बेश्या बनें
बोक्सी बनें
अलक्षिनी बनें
जे जे म थिईन ति सबै बनें
ति सबै मलाई छाडिदेउ ।
लैजाउ तिम्रो स्वाभिमान लैजाउ
लैजाउ तिम्रो अभिमान लैजाउ
तिमी पेटमा हुँदा तिम्रै खातिर सम्झने
मेरा प्रिय भगवान लैजाउ ।

तिम्ले टेक्ने अलग्गै धर्ती छ भने लैजाउ
सास फेर्ने अलग्गै बतास लैजाउ
तिम्लाई चाहिएला यो आकास लैजाउ ।

मलाई बाँच्न एक मुठ्ठी सास भए पुग्छ
बाँकी सबै तिमी लैजाउ
किन माग्छौ अंश छोरा
यो सबै तिम्रो हो सबै लैजाउ
जो म तिम्री हुन सकिन
मलाई मसंगै छाड
बाँकी तिम्रै हो सबै लैजाऊ ।

स्याङ्जा,
हाल:युएई

युट्युब भिडियोमा कसरी धेरै Views ल्याउने How to Optimize Your YouTube Videos with Tube Rank Jeet in Nepali-YouTube SEO Tool

NepaliTalim | 8:17:00 PM | 0 comments
युट्युब भिडियोमा कसरी धेरै Views ल्याउने How to Optimize Your YouTube Videos with Tube Rank Jeet in Nepali-YouTube SEO Tool

How to Optimize Your YouTube Videos with Tube Rank Jeet in Nepali ।। Best YouTube Video SEO Software Tool

Tube Rank Jeet is the best youtube channel and video optimizer software tool which helps you to analyze the other's youtube video and give you the best suggested tags for your new videos with high rank and score keywords and tag. Using of Tube Rank Jeet you can get more views and subscriber and rank your video high. I will complete guide you the process of use Tube Rank jeet with this video
How to get more views on your YouTube Videos with Tube Rank Jeet Software tool ।। Rank Your YouTube Video High with Tube Rank Jeet ।।
Watch on YouTube
LIKE | COMMENT | SHARE | SUBSCRIBE

फेसबुकले ल्यायो फेसबुक भिडियोको लागि निशूल्क रोयल्टि फ्रि धुनहरु Facebook Sound Collection for Facebook Video Creators - Royalty Free Music for Facebook Videos

NepaliTalim | 4:17:00 PM | 0 comments

फेसबुकले ल्यायो फेसबुक भिडियोको लागि निशूल्क रोयल्टि फ्रि धुनहरु

Facebook New Update 2017-Facebook Sound Collection for Facebook Video Creators (Free Music)
Facebook has launched new feature that is facebook sound collection. Which is collection of free music that can be used for facebook video background music and instagram video. This is really great for facebook video creator.

Facebook Profile User
https://www.facebook.com/sound/collection
You will see Sould Collection on publishing tool of Facebook Page

फेसबुक फर क्रृएटर बाट फेसबुकमा भिडियो अपलोड गरेर पैसा कमाउन सकिने भएको छ । फेसबुकमा भिडियो अपलोड गर्दा हामीले कपिराईट भएका या अरुको भिडियो र म्युजिक हरु आफ्नो भिडियोमा राख्यौ, या फेसबुक लाईभ गर्दा हामीले गीतहरु बजायौं त्यस्तै युट्युबबाट लिएर फेसबुकमा भिडियो राख्यौ भने युट्युबमा जस्तै कपिराईट आउँछ र फेसबुकले तपाईले राख्नुभएको भिडियो डिलिट गरिदिन्छ या फ्याग गरिदिन्छ ।

फेसबुकमा अपलोड हुने भिडियोमा कपिराईट फ्रि म्युजिकको लागि फेसबुकले युट्युबमा जस्तै निशुल्क कफिराईट या रोयल्टी फ्रि म्युजिक डाउनलोड गर्ने नयाँ ब्यवस्था गरेको छ । साउन्ड कलेक्सन अप्सनमा गएर अब फेसबुक र इन्टाग्राममा अपलोड हुने भिडियोका लागि निशुल्क रुपमा चाहिने ब्याकग्राउन्ड साउन्ड म्युजिकहरु डाउनलोड गर्न सकिन्छ ।
Training Video

How to Make SEO Friendly Video For YouTube in Nepali (Video SEO)।। Search Engine Optimization

NepaliTalim | 4:09:00 PM | 0 comments
How to Make Video SEO Friendly Before Uploading to YouTube in Nepali ।। Search Engine Optimization Today, We are going to discuss that how to make Video SEO friendly before uploading to YouTube. This helps You to increase traffic on youtube videos . I found some very important things you should do to make video SEO Friendly video before Upload. Just Follow us the process as per tutorial Google Keyword Planner (SEO) -How to Find Best Keywords using Google Keyword Planner in Nepali https://youtu.be/hANlKZvXkiY How to Enable Meta Tags in Blog and Put Keywords in Every Post -Blogger SEO Training in Nepali https://youtu.be/zsWoTb514ho

Training Video

रामेछापका गजलकार शारदा खड्काको ५ गजलहरू (5 Ghazals by Sharada Khadka)

NepaliTalim | 1:47:00 PM | 0 comments
१.गजल
जे देख्छौ त्यही गर आँखा सिकाउछ,
परिवर्तन हुनैपर्छ दुनियाँ सिकाउछ।

खटेर कमाउ या लुटेर कमाउ पैसा,
उसले सबैलाई आफ्नो धन्दा सिकाउछ।

पसिना बेचेर थोरै खुसि किनेकि छु,
दुख कस्तो हुन्छ पसिना सिकाउछ।

मालिकले डक्टर बनाए छोरोलाई,
ऊ त कवि हो कविता सिकाउछ।

किन प्रश्न गर्छौ मेरो शृङ्गारपटारमा,
यस्तै यस्तै लगाउ जमाना सिकाउछ।
शारदा खड्का
रामेछाप

२.गजल
क्षितिज बाट उज्यालो छिप्नै लाग्दा भेटियौ,
मेरो विश्वासको दियो निभ्नै लाग्दा भेटियौ।

लिलामिमा राखेकोथ्यो समयले खुसी,
कोहि आएर पहिलै किन्नै लाग्दा भेटियौ।

न त अघि बढ्न सक्छु न पछि फर्कनै,
बाध्यताको पैह्रोले थिच्नै लाग्दा भेटियौ।

हार खाएकि मान्छे म केही आशा छैन,
एक मुठी सास यो रित्तिनै लाग्दा भेटियौ।

उकाली ओरालि सँग सँगै गर्नु हुन्थ्यो,
यात्रा जिन्दगीको सक्किनै लाग्दा भेटियौ।
शारदा खड्का
रामेछाप

३.गजल
समय घर्के पछि आउनुको के अर्थ,
तिमिलाई आफ्नो बनाउनुको के अर्थ।

दिलको भित्ताभरि अनगिन्ति चित्र छन्,
भरिएको ठाउँमा अटाउनुको के अर्थ।

केही छैन बचाएकि मैले तिम्रो लागि,
रित्तो रित्तो जिन्दगीमा धाउनुको के अर्थ।

सुख दुख सँगै बाँड्ने रहर मेरो पनि,
अधुरा रहरहरु सजाउनुको के अर्थ।

तन,मन,जीवन जम्मै बन्दकिमा छन,
बेनामि साइनो लगाउनुको के अर्थ।
शारदा खड्का
रामेछाप

४.गजल
जरुर उसका आखाँ खजानामा हुन सक्छ,
मान्छे न हो बग्रेल्ती चाहनामा हुन सक्छ।

लुटेरा अनेक रुपमा गाउँ पस्लान होसियार,
चाहे समाजसेवा गर्ने बहानामा हुन सक्छ।

कसले गर्यो उसको हत्या कसैले बताएन,
आशा गरौँ इतिहासको पानामा हुन सक्छ।

हर कुराको बिरोध गर्छ क्रान्तिकारी मान्छे,
तिमि यता खोज्छौ उता धर्नामा हुन सक्छ।

किन हेरिरहन्छ ऊ मुस्कुराउदै मलाई,
यो  प्रस्नको जवाफ एेनामा हुन सक्छ।
शारदा खड्का
रामेछाप

५.गजल
समयले यहि पल फेरि बनाउला,
कसैलाई अघि कसैलाई पछि बनाउला।

रोबर्ट बनायो विज्ञानले सजिलै,
मेरो जस्तै दिल त्यसमा कसरी बनाउला।

यो घाम पनि कति साह्रो बेईमानि,
उसै त काली म भरे कस्ति बनाउला।

बा भन्नुहुन्छ कसैको विश्वास नगर्नु,
स्वार्थि छ दुनियाँ अपराधी बनाउला।

प्रियको खुसिमै आफ्नो खुसि देखेकिछु,
सके घर नसके जिन्दगी बनाउला।
शारदा खड्का
रामेछाप

उहाँको गजल बाचन भिडियो

Muktak Mala मुक्तक माला -233 (2074-08-16/03-12-2017) : Download

NepaliTalim | 5:22:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
 (2074-08-16/03-12-2017)
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 मंसिर 16 गते तदनुसार 03-December-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

Thank you 

Muktak Mala मुक्तक माला -232 (2074-08-10/26-11-2017) : Download

NepaliTalim | 2:05:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(2074-08-10/26-11-2017)
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 मंसिर 10 गते तदनुसार 26-Nov-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

गजलकार सुरेश पाण्डेयका २ गजलहरू (2 Ghazals by Suresh Pandey) - 01-12-2017

NepaliTalim | 1:17:00 PM | 0 comments

१. गजल
उपहारमा लैजाऊ मुटु साँची राख्नु!!
जिन्दगीमा आफु मात्र बाँची राख्नु!!

बारम्बारको चोटले घाईते भयको छु!
तिमी यो संसारमा सधै नाची राख्नु!!

प्रहार गर्छ्यौ कति यो छातीमा सधैं!!
अभाव होला मेरो पनि जाँची राख्नु!

जिन्दगीमा खेल खेल्यौ दुख लाग्यो!!
त्यो तिम्रो महङ्गो माया फाची राख्नु!!

बाँच्ने रहर कत्ति छैन मर्छु हुँला अब!!
यो लासमा एउटा तुलसी भाँची राख्नु!
सुरेश पाण्डेय 
सुर्खेत विरेन्द्रनगर

२. गजल
सफा र सुन्दर राख्नु पर्छ मन बाले भन्नुहुन्छ!!
संसारमा अरु भन्दा बेग्लै बन बाले भन्नुहुन्छ!!

आफ्नो जिम्मेवारी उठाउनु  पर्छ छोरा भयर!!
सधैं कहाँ रहन्छ यो बालापन बाले भन्नुहुन्छ!!

छोरो यस्तो पनि देखियो वृद्धाआश्रम पठाउने,
यस्ता कति छोरा जन्मेका छन बाले भन्नुहुन्छ!

बुढेसकालमा आमा बाको सेवा सत्कार गरी!!
बस्छस् की  नै मेरो साथ भन बाले भन्नुहुन्छ!!

मैले गर्नु पर्ने कर्तव्य सबै पुरा गरिदिँदा पनि!!
बिस्वास छैन यस्तै सोच्छु झन बाले भन्नुहुन्छ!
सुरेश पाण्डेय 
सुर्खेत विरेन्द्रनगर


Note : Copyright of above ghazals are reserved with Writer 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger