Showing posts with label Nepali Gazal Training. Show all posts
Showing posts with label Nepali Gazal Training. Show all posts

गजलमा लय किन आवश्यक ? - बिपुल सिजापती

NepaliTalim | 8:35:00 PM | 0 comments
Nepali Ghazal, Nepali Gazal Analysis, Nepali Gazal Laya ra Bahar
Bipul Sijapati 
मिति : २०७४ भाद्र ८,बिहिबार (24-Aug-2017)
लेखक -बिपुल सिजापती 

गजलमा लय किन आवश्यक ?
गजलका बारेमा धेरै बहस गरियो तर ती कुनै पनि उत्पादक भने भएनन् । लयलाई लिएर धेरै वर्ष अगाडिदेखि गजलमा विवाद हुँदै आएको छ र अहिले पनि यो विवाद कायमै छ । विवाद हुनु पर्छ र त्यसबाट निस्किएको सत्यलाई सम्मान गर्ने हिम्मत पनि हुनै पर्छ । नत्र बेफ्वाँकको बहस गरेर बस्नुको कुनै तुक छैन ।

साहित्यमा लागि पर्नेले, लेख्छु भन्नेले साहित्यका विभिन्न पक्षहरूको थोरबहुत अध्ययन गर्नै पर्छ ज्ञान राख्नै पर्छ । जरा कहाँ छ भन्ने थाहा नभएकाले काण्ड यहाँ छ र टुप्पो उहाँ पुग्नेछ भनेर फलाक्नुको कुनै अर्थ छैन । किनभने मूल नबुझिकन त्यसका हाँगाहरूका बारेमा मात्र निरर्थक बहस गर्नुको कुनै औचित्य हुँदैन । जंगबहादुरले आफूलाई मेवाडका राणाहरूको सन्तान भनेर लालमोहर हत्याए पनि उनैका सन्तानहरू अझै कुँवर नै लेख्छन् । त्यसैले गजलको मूलसम्म नपुगि, मूललाई नै बेवास्ता गरेर बिना लय पनि गद्य गजल बन्न सक्छ भनेर शेखी झार्नु भनेको जंगबहादुर खाँट्टि राणा भएजस्तै हो । गजलमा लय किन चाहिन्छ भन्ने बारेमा धेरै लेखिसकिएको छ, तै पनि यसलाई पुनः प्रष्ट पार्ने जमर्को गर्दैछु, ता कि, कसैमा भ्रम नहोस् ।

सर्वप्रथम त गजलको इतिहास राम्ररी अध्ययन गर्ने हो भने गजल गाइँदैन भन्ने तथ्य छर्लङ्ग हुन्छ । गजल एक गेय विधा भएता पनि यो कहिन्छ तर गाइँदैन थियो (अहिले गाइने गरिन्छ त्यो भिन्दै कुरा हो) कहिन्थ्यो । जमातको केन्द्रमा बसेर कहिने गजलमा मिसराका दुवै पाउका ध्वन्यात्मक लम्बाइ समान नभएमा (मिटर लामो छोटो भएमा) त्यसको श्रोतामा पर्न जाने असर न्यून हुन्छ । नेपाली लोकगीतहरूमा पनि ध्वन्यात्मक लम्बाइ या मिटरलाई प्रायश समान बनाउने प्रयास यसको प्रत्यक्ष उदाहरण हो । लोकगीत मात्र हैन, संसारका कुनै पनि देशमा गाइने लोकगीत या गीतहरू मिटरमा बाँधिन्छन्, लयमा गाइन्छन् भने गजलमा मिटर या लय आवश्यक छैन भनेर बलमिचाइँ गर्दैमा होला र ! यसैले गजलमा लय नितान्त आवश्यक छ ।

अब प्रश्न उठछ, कहिने गजललाई लयमा किन बाँधियो भनेर ? 
गजल अरबमा जन्मिएको कुरा सर्वविदितै छ र यसको विकाश फारसी भाषामा भएको कुरा पनि सर्वविदितै छ । सङ्गीतमा दुई प्रकारको बाद्ययन्त्र हुन्छन्, तालबाजा र सुरबाजा । हारमोनियम, बाँसुरी आदि सुरबाज स्वरसँगसँगै जान्छ र ढोलक, मादल, तबला, मृदङ्ग, ड्र्मसेट, कंगो, बिंगो आदि तालबाजाले सुरबाजा या स्वरलाई निश्चित् माप भित्र बाँध्छ । सङ्गीतको स नजानेकाहरूले पनि "के ताल न सुरको कुरा गरेको होला" भनेर भन्छन् । अर्थात् कुराको ढाँप र माप नमिल्ने बित्तिकै अनपढ गँवारले पनि थाहा पाउँछ भने, अब गजलको सुरुवाती अवस्थाको कल्पना गरौँ । अरब या फारसमा (इरान) एक त स्थानीय तालबाजा र सुरबाजको निक्कै कमी थियो भने मरुभूमिमा सयौँ माइल परपर रहने गाउँहरूमा ती बाजाहरु पुग्ने अवसर पनि थिएन । अझै पनि अफ्रिकाका थुप्रै ट्राइबहरूले गीत गाउँदा बाद्ययन्त्रको प्रयोग नगरीकन ताल र सुरमा ताली बजाउँछन् । यही तालीको तालमा बाँधिएर थुप्रै मानिसहरूको बीचमा कहिने गजलको लागि लय कति आवश्यक थियो भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ ।
गजल यही लयमा बाँधिएर विकसित हुँदै आयो । फारसी भाषामा गजल भित्रिएको धेरै पछि लयलाई उच्चारणको आधारमा गणितिय सूत्रमा बाँधियो, जसलाई बहर भनिन्छ ।
अर्को कुरा, कसिदाबाट नै गजलको विकाश भएको स्पष्ट छ । कसिदा बादशाहहरूको सम्मान प्रशस्तीमा भनिने काव्य हो । दरबारमा बादशाहको अगाडि भनिने कसिदाको पहिलो पाउ निक्कै लामो र दोस्रो पाउ निक्कै छोटो भएको अवस्थामा के त्यो कविले स्याबासी पाउँथ्यो होला र ? के त्यो काव्यको असर हुन्थ्यो होला र ? त्यही कसिदाबाट गजल जन्मेको हुनाले पनि गजल आजपर्यन्त लयमा नै बाँधिएर आएको छ । संसारमा गजल नै यस्तो एक विधा हो जसका केही तत्त्वहरूलाई परिमाजैन गर्न या भत्काउन सकिँदैन । ती मध्ये लय पनि एक हो, बाँकी तत्त्वहरूको बारेमा कुरा उठन अझै दशक लाग्ने सम्भावना देखिँदै छ ।

हिन्दुस्तानमा गजल भित्रिएपछि सुरुमा यो फारसीमै लेखियो, छन्दमा लेखिने प्रचलन धेरै पछि भएको हो । लस्कर-ए-जुबाँ उर्दुमा हिन्दुस्तानका संस्कृत लगायत धेरै भाषाका शब्दहरू भित्रिएका छन् र भित्रिँदो छ । बहरमा गजल लेख्दा संस्कृतका थुप्रै शब्दहरू संस्कृत ब्याकरण अनुसार नमिल्दा त्यसको अर्थ नै परिवर्तन हुने गर्छ, अर्थ नलाग्न सक्छ । यसपछि शुद्ध हिन्दीमै छन्दमा गजल लेख्ने परम्परा पनि चल्यो, जुन आज पर्यन्त कायमै छ । अरबी लिपि प्रयोग गरेर उर्दु, पस्तो आदि भाषामा गजल लेख्ने राष्ट्रहरू पाकिस्तान, अफगानिस्तानमा बहर खारेज गजललाई गजल मानिन्न भने इरान र अरबका सबै देशहरूमा पनि गजल बहरमै लेखिन्छ र त्यहाँ पनि बहर खारेज गजललाई गजल मानिन्न ।

अब कुरा आयो नेपालको । नेपालमा गजल त सन् १८५९ मा बेगम हजरत महलसँगै (जसको चिहान अझै रत्नपार्कको उत्तरपूर्वमा पुलमुनि छ) भित्री सकेको थियो । नेपालगंज, दाङ्ग, बुटवल, राप्ती नदीका छेउछाउ र काठमाण्डौँमा बेगम हजरत महलसँग आएर बसेकाहरूले गजल नलेखेका होइनन् । तर थोरैले लेखे, फारसीमा लेखियो र बुढापाकाको मुखबाट सुनिने बाहेक त्यसको कुनै प्रमाण भने छैन । यो कुरा जंगबहादुरको पालाको हो र यसको धेरैपछि मात्र, देव शम्शेरको पालामा मोतीराम भट्टले बनारसको बसाइमा गजलको बारेमा बुझेर गजल भित्र्याएका हुन् र नेपाली भाषामा गजलको सुरुवात गर्ने व्यक्ति मोतीराम भट्ट नै हुन् । मोतीरामले लखनवी धारको श्रृंगारिक गजल भित्र्याए तर दिल्लीको धारका गजल भने भित्रिएनन् । भक्तिधारामा बगिरहेको नेपाली साहित्यले श्रृंगारिक गजलमा हुने बक्रोक्ति त राम्ररी ठम्याउन नसकेको अवस्थामा दिल्ली धारका गहन सुफिवादका लेप लागेका गजल कसरी बुझुन् ! यसैले मोतीरामपछि धेरै काल नेपालमा गजल ओझेलमा पर्‍यो ।
ज्ञानुवाकर नै ती प्रथम व्यक्ति हुन् जसले नेपाली गजललाई व्युँताए । यसैले उनी स्तुत्य छन्, बन्दनीय छन्, यसमा शङ्का छैन । जतिबेला गजलको बारेमा विस्तृत अध्ययन गर्न न त यथेष्ट पुस्तकहरू थिए, न त पुस्तकालयमा गजल सम्बन्धी राम्रा पुस्तकहरू नै थिए, त्यतिबेलाको त्यो अवस्थामा ज्ञानुवाकरले आफ्नो सुझबुझ र ज्ञानले ठम्याएर गजल लेखे, गजललाई नेपाली माझमा निक्कै चाखलाग्दो विधा पनि बनाए । यसको लागि उनी प्रातःस्मरणीय व्यक्ति हुन्, शङ्का छैन ।

समय बदलियो, नेपालीहरूको पहुँच इन्टरनेटमा हुनथालेदेखि गजल फेरि हाइलाइटमा आउन थाल्यो । गजलका बारेमा चर्चा परिचर्चा हुन थाले, वाचन हुन थाल्यो गजलका बारेमा बुझ्नेहरूको जमात बढदै गयो । गजलमै बिद्यावारिधी गर्नेहरू पनि निस्किए । सनैसनै छन्दका ज्ञाताहरुले गजल छन्दमा लेख्न थाले भने बहरका ज्ञाताले बहरमा । हामी नेपाली अल्छि छौँ, हामीलाई असाध्यै सुविधा चाहिन्छ । हामी परिश्रम र साधना गर्नबाट पन्छिन्छौँ । यसैको असर नेपाली गजलमा पनि पर्‍यो । थुप्रै सर्जकहरू गजलको बारेमा राम्ररी अध्ययन नै नगरी गजल लेख्न थाले । रदिफ काफिया र केही गजलका प्राविधिक शब्दहरूको ज्ञान नै यथेष्ट हो भन्ने ठानेर तुकबन्दी मिलाएर गजल भन्न थाले । यस्तैमा गजल राम्ररी जान्नेहरूले गजलको बारेमा लेख्न बोलन थाले । लयको कुरा छोडौँ, गजलको शास्त्रिय ब्याकरण समेत नअपनाइएका थुप्रै अगजलहरू गहन अध्ययन पश्चात् देखियो ।
समस्या यहीँ आयो । अग्रज या स्थापितहरूले आफ्ना ती रचनाहरूलाई गजल होइन रहेछन् भन्ने कुरा स्विकार्न वहाँहरूको "नाक" बाधक बन्यो, आफूले पाउँदै आएको उपाधि र सम्मान खुस्किने डरले वहाँहरू भयभित हुनुभयो । यही डरले वहाँहरूले आफ्ना रचनाहरूलाई नै मानक बनाउन स्कुलिंग गर्न थाल्नु भयो र अहिले गजलमा एक पटक फेरि बहस चल्दैछ ।

समाधान के ? 
अहिले चलिरहेको विवादको समाधान भनेको बहर, छन्दमा लेखिएको बाहेक स्वतन्त्र लय र मिटरमा लेखिएका गजललाई मान्यता दिँदाँ हुन्छ कि ? भन्ने मलाई लाग्दछ । यो मेरो निजी मान्यता मात्र हो, किन भने म गजलको शास्त्रिय विधान भत्काउन सक्दिन र त्यसको सामर्थ्य पनि छैन । मैले यसो भन्नाको कारण के हो भने, हामीले बहर या छन्दमा अहिलेका र आउँदा पुस्तालाई तयार गरेर गजल लेख्न सक्षम नबनाएसम्म गजलको विकासको लागि यो आवश्यक छ भन्ने मलाई लाग्दछ । नेपालकै झ्याउरे आदि अनेकन छन्द या लयमा पनि गजल लेख्न सकिन्छ । एउटा कुरा हामीले के बिर्सनु हुन्न भने छन्द या बहर पनि लयकै गणितिय सूत्र मात्र हुन, यी कुनै लय नै भने होइनन्, यसबाट लय निकाल्न भने सकिन्छ, जसरी मेरा आदरणीय गुरुवर पोष्टराज चापागाईँले "छन्द शिखर" मा विभिन्न १०१ छन्दहरुको निर्माण गर्नु भएको छ । 

गजल छन्द या बहरको औपचारिक ज्ञान नभएकाले पनि पढदा लय उत्पन्न गरेर कहन्छन्, आफ्नै तरन्नुममा ढालेर पनि कहन्छन् या बिना लय तहफुल लफ्जमा पनि कहिन्छ भने गजलमा लय आवश्यक छैन भन्ने हठ गर्नुले न त नेपाली गजलको उत्थान गर्छ, न त नेपाली साहित्यलाई नै गरिष्ठ बनाउँछ । उल्टो, आउने पुस्ताहरूलाई समेत भ्रमित पारिदिन्छ ।

र अन्त्यमा, आफूले बुझिबुझि पनि, अबुझ जस्तो भएर मरेपछि जे सुकै होस् भनेर सत्यलाई नस्विकार्ने हो भने ठूलै आपत् त केही हुँदैन, तर बन्ने इतिहासले भने बारम्बार कालो अक्षरमा भावी पुस्तालाई स्मरण भने दिलाई नै रहन्छ, जसरी जर्मन र यहुदीहरू हिटलरलाई सम्झन्छन् । यस आलेख कसैको मान मर्दन गर्न या होचो देखाउने प्रयत्न अवश्य होइन, मेरो ब्रम्ह र ज्ञानले देखेको सत्य मात्र उजागर गरेको हुँ ।

Article Source : Bipul Sijapati -Facebook

Note :Copyright of Above Article reserved with Writer

पाठ २: मात्रा गणना, जुज, रुक्न, तक्तीअ र बहर (बहर पाठशाला बाट साभार - करूण थापा)

NepaliTalim | 10:12:00 AM | 0 comments
करूण थापा
शब्दका मात्रा या वजन (उर्दू वज्न)  
हामीले पहिलो पाठबाट थाहा पाइसक्यौं कि मात्रा लघु या गुरु हुन सक्छन् । हामीले लघुलाई १ र गुरुलाई २ भनेर गन्न सक्छौं । यी दुवै आफूमा भिन्न रुप हुन् । २ लघु बराबर १ गुरु नहुन पनि सक्छ । तर करीब करीब २ लघु बराबर १ गुरु हुने अवस्था मानिएकोछ । यसैले बहरमा कहिलेकाँही २ लघुको ठाउँमा १ गुरु पनि राख्न पाइने नियम छ ।

हाम्रो भाषा सँस्कृतबाट आएको हुनाले हामी लघु गुरु भन्छौं । अनि हामीकहाँ पिङगल छन्दको प्रावधान छ । अनि उर्दूमा पिङ्गल जस्तै नियमसँग मिल्दो बहर छ । यसै गरी ग्रीक र ल्याटिनमा पनि prosody भनिन्छ र ती भाषामा पनि आफ्नै किसिमका छन्द विद्यमान छन् ।

ल्याटिन जहाँबाट अँग्रेजी भाषा आएकोछ त्यहाँ पनि यो व्यवस्था छ जसमा mora भनेको मात्रा हुन्छ र १ mora (लघु) short syllable तथा २ mora लाई गुरु या long syllable मानिन्छ । तीन मात्राको अर्थात् १ mora (short syllable लघु) र २ mora (long syllable गुरु) सँयुक्त मात्रालाई trochee भनिन्छ । यसै गरी २ गुरु (४ mora) को समूहलाई spondee भनिन्छ ।

चार मात्राका ल्याटिन छन्दका रुपहरुः

Dactyl : 211
Anapest : 112
Spondee : 22
Proceleusmaticus : 1111

यी जस्तै अन्य विभिन्न रुप छन् र ल्याटिनमा यी माथिका 1 या 2 का सट्टा यिनलाई उच्चारण गर्दा लाग्ने समयको आधारमा सीधै संगीतका नोटेसनमा यिनलाई लेखिन्छ ।

यसैकारण छन्दशाश्त्र, अरुज या prosody जसले जहाँ जे जे भने पनि,  यिनका रुपहरु र नियमहरु केही भिन्न भए पनि आधारभूत कुराहरुमा सबैमा समानता पाइन्छ । यी छन्दशाश्त्र या अरुज या prosody को एकै लक्ष्य हो काव्यलाई गेय बनाउनु ।

यसलाई यहीं छोडेर लघु १ र गुरु २ लेखेर अब हामी अघि बढ्छौं । हामी छन्दमा भन्दा पनि बढी बहरमा केन्द्रित हुनेछौं किनकि गजलमा छन्द भन्दा पनि बहरको प्रयोग हुनुपर्छ ।

शब्दको मात्रा या वजन निर्धारण

हामी यो पाठमा विभिन्न शब्दहरुका मात्रा विभाजन या वजन निर्धारण बारेमा अझै गहिराईमा छलफल गर्नेछौं ।
पहिलो पाठमा छुट्याइका लघु र गुरु या १ या २ मात्राका वर्णहरुलाई लिएर कुनै पनि शब्दको वजन या मात्रा निर्धारित गर्न सकिन्छ । कुनै पनि शब्दको वजन त्यो शब्दको मात्राको जोड गरेपछि आउँछ । कुनै पनि शब्दको वजन कति हुन्छ भनेर अब हामी यहाँ केही उदाहरणका साथ अभ्यास गर्छौं ।

पहिला बहरमा मात्रा गणनाका साधारण नियममा हामी अभ्यस्त हुनाका लागि केही नियमहरु यहाँ राख्न चाहन्छौं । यहाँ भएका नियम बाहेक पनि केही उपनियमहरु छन् जसको चर्चा पछि बिस्तारमा गरिनेछ ।
बहरमा मात्राहरुको निर्धारण लिखित भन्दा पनि शुद्ध उच्चारण गर्दा सुनिने आवाजका आधारमा गरिन्छ । पिङ्गल छन्दमा भने लिखितको महत्व पनि त्यतिकै देखिन्छ । यसैले पिङ्गल छन्दमा लिखितमा खुट्टा काटेर त्यो अक्षर आधा हो भनिरहनुपर्छ भने बहरमा खुट्टा काटेर लेखिन जरुरी हुँदैन ।

बहर = एक दिन नारद सत्यलोक
छन्द = एक् दिन् नारद् सत्यलोक्

हुन त छन्द र बहरका नियममा समानता देखिन्छन् तर हामी बहरमा बढी अब केन्द्रित हुने भएकाले अब बहरकै हिसाबले नियमहरु पनि लेखिंदै गइनेछ । मात्रा गणना गर्ने पद्धतिलाई उर्दूमा तक्तीअ भनिन्छ । अबदेखि तक्तीअ शब्द नै प्रयोग गरिनेछ ।

नियमहरुः
क. अ इ उ ऋ तथा चन्द्रविन्दु आफैमा या व्यञ्जनको पछि आउँदा लघु हुन्छ = १ मात्रा
   उदाहरणः अ, इ, उ, ऋ, क, कि, कु, नि, अँ, कुँ आदि

ख. आ ई ऊ ए ऐ ओ औ अं आफैमा या व्यञ्जनको पछि आउँदा गुरु हुन्छ = २ मात्रा
   उदाहरणः  आ ई ऊ ए ऐ ओ औ अं, नै, लौ, पे, सं आदि

अन्य उदाहरणहरुः

सम्झिने = सम् + झि + ने = २ १ २
मन  = मन् = २
बिर्सुँ  = बिर् + सुँ = २ १
कसोरी  = क + सो + री ‍= १ २ २
जाने =  जा + ने = २ २
निष्ठुरी  = निष् + ठु + री = २ १ २
समय = स + म + य = १ १ १
कम = कम = २
पलपल = पल् + पल = २ २

यी तलका शब्दलाई तक्तीअ गरेर वजन पत्ता लाउनुस्ः
पत्यार
उज्यालो
पवित्र
पत्र
न्वारान
तिम्रो
तिमीलाई
चन्द्रमा
चन्द्रमुखी
पुनर्जन्म
जिन्दगी
स्थायी
बसोबास
कक्षा
प्रज्ञा
कष्ट
सुमधुर
जून
हुन
कृष्ण
आनन्द
सँक्रान्ति
यक्ष
क्षितिज
निमन्त्रणा
साहित्य
मान्यवर

शब्दका बराबर वजन भएमा हामी तिनलाई हमवज्न या सममात्री शब्द भनिन्छ । सममात्रा भन्नाले बराबर मात्रा मात्र बुझ्नु भने हुँदैन । सममात्रा भन्नाले शब्दमा आउने लघु गुरुको निश्चित क्रममा हुन जरुरी हुन्छ । उदाहरणका लागिः

बन्धकी = २१२ = ५
कामना = २१२ ‍= ५

दुवैमा २१२ मात्रा आएको हुँदा हामी यिनलाई हमवज्न या सममात्री भन्न सक्छौं । जब किः

मसाला = १२२ = ५
तम्बाकु = २२१ = ५

हमवज्न या सममात्री हैनन् । किनकि दुवैको वजन ५ भए पनि क्रममा भने १२२ र २२१ छन् जुन समान छैनन् ।
नेपालीमा सममात्री भन्नुभन्दा पनि नयाँ शब्द सहमात्री भन्न म रुचाउँछु । तर मैले कुनै शब्द प्रतिपादन गरेर चलेको शब्दलाई यसको मूल्य घटाउन चाहेको हैन ।

रुक्न (गण) के हो ?

रुक्नलाई नेपालीमा हामी गण भन्छौं । उर्दूमा रुक्नको अर्थ खम्बा या pillar हो । मतलब बहरका खम्बा नै रुक्न हो । लघु र गुरु (उर्दूमा लाम - लघु र गाफ - गुरु) का निश्चित क्रममा भएका समूहलाई नै रुक्न भनिन्छ । बहरमा लाम र गाफका मात्राको एक एकाईलाई जुज भनिन्छ । जुजको निश्चित क्रमलाई रुक्न भनिन्छ । जुज निम्न प्रकारका हुन्छन्ः

सबाब-ए-खफीफ > २
सबाब-ए-साकी > ११
वताद-ए-मज्मू > १२
वताद-ए-मफरुक > २१
फासिला-ए-सुगरा > ११२
फासिला-ए-कुबरा > १११२

यी माथिका जुजहरु (बहुबचन अज्जा) का समूह भए पनि उर्दू बहरमा यी तलका अज्जामात्र प्रयोग गर्न उचित मानिएकोछः

सबाब-ए-खफीफ > २
वताद-ए-मज्मू > १२
वताद-ए-मफरुक > २१
फासिला-ए-सुगरा > ११२

रुक्न यिनै जुजहरु या अज्जाका समूहका निश्चित मात्राक्रमलाई भनिन्छ । रुक्नको बहुवचन या समूहलाई अरकान भनिन्छ । जुजका मिश्रणबाट अनगिन्ति रुक्न र अनगिन्ति अरकान निस्कन सक्छन् । तर ७ आधारभूत रुक्नलाई पहिचान दिइएकोछ बहरमा । पछि पछि अन्य रुक्नका प्रयोग बारे छलफल गरिनेछ ।
रुक्नका नामहरु अरबी भाषाबाट आएका तिनका कुनै माने हुँदैन । हरेक रुक्नलाई अफाइल (अर्थात् फूट) मा बाँडिएका हुन्छन् । एक रुक्नमा ३, ४ या ५ अफाइल हुन्छन् ।

उदाहरणका लागि

फाइलुन् = फा ‌+ इ + लुन् = ३ अफाइल (फूट)
यसको वजन = २ ‌+ १ + २ ‍= ५ मात्रा
अफाइल या फूटका आधारमा रुक्नहरुको वर्गिकरण र तिनका नामहरुः

३ अफाइल जसलाई खामसी अर्कान पनि भनिन्छ
-----------------------------------------------------
फाइलुन् = फा ‌+ इ + लुन् = ३ अफाइल (फूट) = २ १ २
फऊलुन = फ ‌+ ऊ + लुन् = ३ अफाइल (फूट) = १ २ २

४ अफाइल
-----------
मफाईलुन = मु + फा ‌+ ई + लुन् = ४ अफाइल (फूट) = १२२२
फाइलातुन = फा ‌+ इ + ला + तुन् = ४ अफाइल (फूट) = २१२२
मुस्तफ्इलुन = मु्स् ‌+ तफ् + इ + लुन् = ४ अफाइल (फूट) =२२१२

यसमा पछि फाईलातु अर्थात २२२१ को पनि रुक्न थपिएकोछ जुन जायज देखिन्छ ।

५ अफाइल
-----------
मुतफाइलुन = मु + त ‌+ फा + इ + लुन् = ५ अफाइल (फूट) = ११२१२
मफाइलतुन = म + फा ‌+ इ + ल + तुन् = ५ अफाइल (फूट) = १२११२

माथिका ४ र ५ अफाइल भएका रुक्न या अरकानलाई सबाई अरकान पनि भनिन्छ ।

रुक्नको शुद्ध रुप र परिवर्तित रुपका अनुसार २ रुप छन्ः

१. सालिम रुक्न - शुद्ध र मूल रुक्न
२. मुजाहिफ रुक्न - परिवर्तित तथा उप रुक्न

हामी यहाँ शुद्ध रुक्नको नाम र तिनका रुपहरु राख्दैछौं ।

फऊलुन = मुतकारिब = १२२
फाइलुन् = मुतदारिक = २१२
मफाईलुन = हजज = १२२२
फाइलातुन = रमल = २१२२
मुस्तफ्इलुन = रजज = २२१२
मुतफाइलुन = कामिल = ११२१२
मफाइलतुन = वाफिर = १२११२

यी आधारभूत अरकानको पुनरावृत्तिबाट बहर बनेको हुन्छ । यी अरकान कतिपटक पुनरावृत्ति भएकाछन् तिनको अनुरुप भिन्न नाम हुन सक्छन् । यिनका शुद्ध रुप मात्र प्रयोग भए भने सालिम रुप हुन्छन् ।

जस्तैः
क) १२२२ - १२२२ - १२२२ - १२२२ = ४ पुनरावृत्ति = मुसम्मन
ख) १२२२ - १२२२ - १२२२ = ३ पुनरावृत्ति = मुसद्दस
ग) १२२२ - १२२२ = २ पुनरावृत्ति = मुरब्बा
ग) १२२२ = मुसना

अब आजको लागि एक तक्तीअ गर्ने विधि तथा बहरको नाम थाहा पाउने विधिः

मानौं एक गजल लियौं-
उही उस्तै सधैँ जस्तै, चटारोले जल्यो छाती
नयाँ, नौलो समस्याको, लठारोले जल्यो छाती
- प्रभाती किरण

अब यसलाई तक्तीअ गरौं । यो गजलको रुक्न पत्ता लगाउनु पहिलो काम हुन्छ । तल तक्तीअ गरिएको एक उदाहरणः

१-२-२--२ १-२-२-२,   १-२-२-२   १-२-२-२
मफाईलुन मफाईलुन मफाईलुन मफाईलुन
उही उस्तै सधैँ जस्तै, चटारोले जल्यो छाती

१-२-२-२  १-२-२-२,  १-२-२-२   १-२-२-२
मफाईलुन मफाईलुन मफाईलुन मफाईलुन
नयाँ, नौलो समस्याको, लठारोले जल्यो छाती

यो गजलमा रुक्न छः
मफाईलुन x ४= १२२२ x ४

माथि तालिकामा हेरियो भने यो हजजको शुद्ध रुप अर्थात् सालिम रुप हो । यसैले यसलाई बहरको नाम भन्नु पर्दा "हजज सालिम" भन्न सकिन्छ । अनि ४ पटक पुनरावृत्ति भएको भनेर जनाउनका लागि हामी "मुसम्मन" पनि जोड्छौं । यसो गर्दा बहरको नाम भयोः "हजज मुसम्मन सालिम" ।

 यही नियम अन्य बहरमा पनि प्रयोग हुन्छ । अन्य बहरका नाम र तिनका वजन तथा मुजाहिफ रुक्न हामी अर्को पाठमा समावेश गर्दै जानेछौं । साथै तक्तीअ गर्ने अन्य विधिहरुका उपनियमहरु पनि राख्दै जानेछौं ।

Written by Karun Thapa

बहर के हो ? बिस्तृत जानकारीमुलक लेख बहर पाठशाला बाट साभार - करूण थापा

NepaliTalim | 6:11:00 PM | 3comments
लेखक : करूण थापा

बहर के हो ? भनेर बुझ्नु अघि केही आधारभूत कुराहरु बुझ्नु जरुरी हुन्छ ।

संसारमा धेरै भाषाहरु छन् र सबैजसो भाषामा साहित्य लेखिएका पनि छन् । ती सबै भाषाका सबैभन्दा सानो रुप भनेको वर्ण हो । अरु भाषाको कुरा छाडेर हामी नेपाली भाषाको कुरा गर्दा नेपाली भाषामा हामी जुन शब्दले आफ्ना अभिव्यक्तिहरु व्यक्त गर्छौं ती शब्दहरु अक्षरबाट (वर्ण) बनेका हुन्छन् । हामी नेपाली लेख्नका लागि देवनागरी लिपिको प्रयोग गर्छौं । देवनागरी लिपिमा वर्ण २ प्रकारका छन्ः

१. स्वर
२. व्यञ्जन
१. स्वरः     
----------
जुन वर्णका उच्चारण स्वतन्त्र उच्चारण गरिन्छ र जसको उच्चारणका लागि अन्य वर्णको सहयोग लिनु पर्दैन ।
- स्वर वर्णका उदाहरणः अ, आ, इ, ई, उ, ऊ, ऋ, ए, ऐ, ओ, औ
उच्चारणका समयको हिसाबले स्वरमा तीन प्रकारमा बाँडिएकोछः
क. ह्रश्व स्वरः कम समय लाग्ने स्वरहरु - अ, इ, उ, ऋ (लघु)
ख. दीर्घ स्वरः लामो समय लाग्ने स्वरहरु - आ, ई, ऊ, ए, ऐ, ओ, औ (गुरु)
ग. प्लुत स्वरः टाढाको व्यक्तिलाई बोलाईंदा प्रयोग हुने स्वर

२. व्यञ्जनः    
--------------
जुन वर्णका पूर्ण उच्चारणका लागि स्वरको सहायता लिनुपर्छ यस्ता वर्णलाई व्यञ्जन भनिन्छ । व्यञ्जनको उच्चारणको लागि स्वरको सहायता चाहिन्छ नत्र तिनलाई उच्चारण गर्न सकिन्न ।
    यी व्यञ्जन निम्न प्रकारका हुन्छन्ः
    क. स्पर्शः यी वर्णहरु पाँच भागमा विभाजित छन् जसमा पाँच पाँच व्यञ्जन छन्ः
        कवर्गः क् ख् ग् घ् ड़्
        चवर्गः च् छ् ज् झ् ञ्
        टवर्गः ट् ठ् ड् ढ् ण्
        तवर्गः त् थ् द् ध् न्
        पवर्गः प् फ् ब् भ् म्
    ख. अंतःस्थ:    य् र् ल् व्
    ग. ऊष्म : श् ष् स् ह्
    घ. सयुंक्त व्यंजनः क्ष, त्र, ज्ञ
        - यी व्यञ्जहरुलाई पनि वर्णमालामा गनिए पनि यी तीन अक्षरहरु क्रमशः
        क्ष=क्+ष / ज्ञ=ज्+ञ / त्र=त्+र
मात्राः
 ------
* मात्रा १: माथि वर्णन गरिएका लघु स्वर र लघु स्वर लागेका व्यञ्जनहरुको मात्रा - १
(अ, इ, उ, ऋ, क, कि, कु, कृ)

* मात्रा २: माथि वर्णन गरिएका दीर्घ स्वर र दीर्घ स्वर लागेका व्यञ्जनहरुको मात्रा - २
(आ, ई, ऊ, ए, ऐ, ओ, औ, का, की, के, को, कौ)

* मात्रा २: कुनै पनि संयुक्त अक्षर भएका अगाडिका स्वर या व्यञ्जनको मात्रा - २
जस्तैः     
'अङ्क' मा 'अङ्' - २
'मन्त्र' मा 'मन्' - २    

मात्राका गणनाका उदाहरणहरुः
कलम = क + ल + म = १ + १ + १ लेख्दा यस्तो भए पनि गजलमा बोलीका आधारमा गणना गरिने भएकाले बोल्दाः
कलम = क + लम् = १ + २   
गमला = ग + म + ला = १ + १ + २
कालो ‍= का + लो = २ ‌+ २
भोलि = भो + लि = २ + १
काम = काम् = २
शान्ति = शान् + ति = २ ‌+ १
पूर्व = पूर् + व = २ ‌+ १

मात्रा गणना बारे विस्तृत अभ्यास अर्को पाठमा गराइनेछ ।
Stress:
 ----------
नेपाली तथा अन्य सँस्कृतबाट आएका भाषामा लामो र छोटो स्वरका आधारमा उच्चारण गरिन्छ भने Latin बाट आएका भाषाहरु जस्तै अंग्रेजी आदिमा stress अर्थात् जोडका आधारमा उच्चारण हुने गर्दछ । यसैले अंग्रेजी भाषामा बहर या छन्द लामो र छोटो स्वरको आधारमा भन्दा पनि stress को आधारमा गरिन्छ । यसैले अंग्रेजी भाषामा बहरका गुञ्जाइस कम हुन्छ । अंग्रेजीमा लेखिएका गजलहरु बहरमा हुनु नपर्ने अर्को कारण ती पूर्वीय शाश्त्रीय संगीतमा संगीतबद्ध गरेर कमै गाइन्छ ।

यसर्थ पूर्वीय काव्यको छन्द र लयको सीधा लक्ष्य भनेकै पूर्वीय शाश्त्रीय संगीत हो र यसैकारण छन्द बहर र शाश्त्रीय संगीतको नजीकको सम्बन्ध छ ।

छन्द / बहर के हो ?
-----------------------
गजल एक गेय विधा हो र यसलाई  Lyrical poem (गेय कविता) पनि भनिन्छ भनेर सबैले बुझिसक्नुभएकोछ । Lyrical poem (गेय कविता) भएको हुनाले गाइनका लागि यसका लागि निश्चित लयको खाँचो हुन्छ । जब हामी गाउने कुरा गर्छौं, यसमा लय या तालको खुबै ठूलो भूमिका हुने गर्दछ । संगीतमा ताल र लय भनेको निश्चित समयमा निश्चित ध्वनिको पुनरावृत्ति हुने अवस्था हो । काव्यमा लय या ताल छोटा स्वर र लामा स्वरका शब्दहरुको निश्चित समयमा निश्चित पुनरावृत्ति हो भनेर बुझिन्छ । यही छोटा र लामा स्वर अर्थात् लघु र गुरुको निश्चित समयमा हुने पुनरावृत्तिको अवस्थालाई लय भनिन्छ । तर सबै लयहरु कर्णप्रिय हुन्छन् भन्ने छैन । यसैकारण संगीतमा धेरै तालहरु हुँदा हुँदै पनि केही तालहरु मात्र प्रचलित भए जस्तै काव्यमा पनि केही निश्चित तरीकाले बनेका लयहरुको समूहमा रचित काव्य लयमा वाचन गर्दा सुन्दर लाग्छन् र संगीतमा पनि सुन्दर लाग्छन् । तिनै निश्चित तरिकामा बाँधिएका लयका समूहलाई नै हामी बहर या छन्द भनिन्छ ।
छन्दशाश्त्रलाई उर्दूमा अरुज र अंग्रेजीमा prosody भनिन्छ । छन्दलाई उर्दूमा बहर तथा अँग्रेजीमा meter भनिन्छ । 
केही उदाहरणहरु
-------------------
छन्द
२२२ -- ११२ -- १२१ -- ११२ -- २२१ -- २२१ -- २
भाका, भू--ल, दया,-- क्षमा र -- ममता, -- सन्तोष -- जान्दैन -- त्यो,
२२२ -- ११२ -- १२१ -- ११२ -- २२१ -- २२१ -- २
इन्द्रै बि--न्ति गरुन् -- झुकेर -- पदमा -- त्यो बिन्ति -- मान्दैन -- त्यो,
- लेखनाथ पौडेल

बहर
२२१२ - २२१२ // २२१२- २२१२
खोली बग्यो - यो आँसुको // पानी भयो - भन्नै पर्योा ।
२२१२ - २२१२ // २२१२- २२१२
छाती दुख्यो - मर्ने गरी // बानी भयो - भन्नै पर्योा ।
- करुण थापा

यी समूहलाई कसले निर्माण गर्यो  भन्ने प्रश्न पनि उठ्छ । यी छन्द र बहरहरु काव्य र संगीतज्ञाताहरुबाट नै निर्माण भएका हुन् । जसरी अन्य शाश्त्र जस्तै आयुर्वेद, संगीतशाश्त्र छन् जुन हामी सबैले मानेकाछौं । यस्तै काव्यका यी छन्दहरु पनि ती ज्ञाताहरुबाट नै निर्माण गरिएकाहुन् । जसरी आयुर्वेद तथा संगीतशाश्त्रलाई वैज्ञानिक युगले नकार्न सकेकोछैन, त्यसै गरी छन्द र बहर पनि विज्ञानले नकारेको अवस्था छैन । यसर्थ गजल काव्यको पनि सीधा सम्पर्क संगीतशाश्त्रसँग बनाउनका लागि बहर र छन्दको निर्माण भएकोहो । यी शाश्त्रमा बहस गर्नु पर्ने र गजल बहरमा लेखिने परम्परामा औंला ठड्याउनु पर्ने कुनै कारण देखिंदैन । यदि काव्यशाश्त्रमा बहर चाहिंदैन भन्छौं भने संगीतमा पनि सरगम र संगीतशाश्त्र चाहिंदैन या आयुर्वेद चाहिंदैन भन्नु बराबर हो ।

त, निश्चित समयमा निश्चित लघु स्वर र निश्चित गुरु स्वरको बनावट जुन शाश्त्रका ज्ञाताहरुबाट प्रतिपादन गरिएकाछन्, तिनको प्रयोग गजलमा गर्नुले गजललाई लयमा वाचन गर्न सजिलो, संगीतवद्ध गर्न सजिलो, गाउन सजिलो तथा कोमल र मीठो बनाउने कुरामा दुई मत हुन नहुने पक्का छ ।

पाठ २: मात्रा गणना, जुज, रुक्न, तक्तीअ र बहर
शब्दका मात्रा या वजन (उर्दू वज्न)
हामीले पहिलो पाठबाट थाहा पाइसक्यौं कि मात्रा लघु या गुरु हुन सक्छन् । हामीले लघुलाई १ र गुरुलाई २ भनेर गन्न सक्छौं । यी दुवै आफूमा भिन्न रुप हुन् । २ लघु बराबर १ गुरु नहुन पनि सक्छ । तर करीब करीब २ लघु बराबर १ गुरु हुने अवस्था मानिएकोछ । यसैले बहरमा कहिलेकाँही २ लघुको ठाउँमा १ गुरु पनि राख्न पाइने नियम छ ।

हाम्रो भाषा सँस्कृतबाट आएको हुनाले हामी लघु गुरु भन्छौं । अनि हामीकहाँ पिङगल छन्दको प्रावधान छ । अनि उर्दूमा पिङ्गल जस्तै नियमसँग मिल्दो बहर छ । यसै गरी ग्रीक र ल्याटिनमा पनि prosody भनिन्छ र ती भाषामा पनि आफ्नै किसिमका छन्द विद्यमान छन् ।

ल्याटिन जहाँबाट अँग्रेजी भाषा आएकोछ त्यहाँ पनि यो व्यवस्था छ जसमा mora भनेको मात्रा हुन्छ र १ mora (लघु) short syllable तथा २ mora लाई गुरु या long syllable मानिन्छ । तीन मात्राको अर्थात् १ mora (short syllable लघु) र २ mora (long syllable गुरु) सँयुक्त मात्रालाई trochee भनिन्छ । यसै गरी २ गुरु (४ mora) को समूहलाई spondee भनिन्छ ।

चार मात्राका ल्याटिन छन्दका रुपहरुः 
Dactyl : 211
Anapest : 112
Spondee : 22
Proceleusmaticus : 1111

यी जस्तै अन्य विभिन्न रुप छन् र ल्याटिनमा यी माथिका 1 या 2 का सट्टा यिनलाई उच्चारण गर्दा लाग्ने समयको आधारमा सीधै संगीतका नोटेसनमा यिनलाई लेखिन्छ ।

यसैकारण छन्दशाश्त्र, अरुज या prosody जसले जहाँ जे जे भने पनि,  यिनका रुपहरु र नियमहरु केही भिन्न भए पनि आधारभूत कुराहरुमा सबैमा समानता पाइन्छ । यी छन्दशाश्त्र या अरुज या prosody को एकै लक्ष्य हो काव्यलाई गेय बनाउनु ।

यसलाई यहीं छोडेर लघु १ र गुरु २ लेखेर अब हामी अघि बढ्छौं । हामी छन्दमा भन्दा पनि बढी बहरमा केन्द्रित हुनेछौं किनकि गजलमा छन्द भन्दा पनि बहरको प्रयोग हुनुपर्छ ।

शब्दको मात्रा या वजन निर्धारण
हामी यो पाठमा विभिन्न शब्दहरुका मात्रा विभाजन या वजन निर्धारण बारेमा अझै गहिराईमा छलफल गर्नेछौं ।
पहिलो पाठमा छुट्याइका लघु र गुरु या १ या २ मात्राका वर्णहरुलाई लिएर कुनै पनि शब्दको वजन या मात्रा निर्धारित गर्न सकिन्छ । कुनै पनि शब्दको वजन त्यो शब्दको मात्राको जोड गरेपछि आउँछ । कुनै पनि शब्दको वजन कति हुन्छ भनेर अब हामी यहाँ केही उदाहरणका साथ अभ्यास गर्छौं ।

पहिला बहरमा मात्रा गणनाका साधारण नियममा हामी अभ्यस्त हुनाका लागि केही नियमहरु यहाँ राख्न चाहन्छौं । यहाँ भएका नियम बाहेक पनि केही उपनियमहरु छन् जसको चर्चा पछि बिस्तारमा गरिनेछ ।
बहरमा मात्राहरुको निर्धारण लिखित भन्दा पनि शुद्ध उच्चारण गर्दा सुनिने आवाजका आधारमा गरिन्छ । पिङ्गल छन्दमा भने लिखितको महत्व पनि त्यतिकै देखिन्छ । यसैले पिङ्गल छन्दमा लिखितमा खुट्टा काटेर त्यो अक्षर आधा हो भनिरहनुपर्छ भने बहरमा खुट्टा काटेर लेखिन जरुरी हुँदैन ।
बहर = एक दिन नारद सत्यलोक
छन्द = एक् दिन् नारद् सत्यलोक्

हुन त छन्द र बहरका नियममा समानता देखिन्छन् तर हामी बहरमा बढी अब केन्द्रित हुने भएकाले अब बहरकै हिसाबले नियमहरु पनि लेखिंदै गइनेछ । मात्रा गणना गर्ने पद्धतिलाई उर्दूमा तक्तीअ भनिन्छ । अबदेखि तक्तीअ शब्द नै प्रयोग गरिनेछ ।
नियमहरुः
क. अ इ उ ऋ तथा चन्द्रविन्दु आफैमा या व्यञ्जनको पछि आउँदा लघु हुन्छ = १ मात्रा
   उदाहरणः अ, इ, उ, ऋ, क, कि, कु, नि, अँ, कुँ आदि

ख. आ ई ऊ ए ऐ ओ औ अं आफैमा या व्यञ्जनको पछि आउँदा गुरु हुन्छ = २ मात्रा
   उदाहरणः  आ ई ऊ ए ऐ ओ औ अं, नै, लौ, पे, सं आदि

अन्य उदाहरणहरुः
सम्झिने = सम् + झि + ने = २ १ २
मन  = मन् = २
बिर्सुँ  = बिर् + सुँ = २ १
कसोरी  = क + सो + री ‍= १ २ २
जाने =  जा + ने = २ २
निष्ठुरी  = निष् + ठु + री = २ १ २
समय = स + म + य = १ १ १
कम = कम = २
पलपल = पल् + पल = २ २

यी तलका शब्दलाई तक्तीअ गरेर वजन पत्ता लाउनुस्ः
पत्यार
उज्यालो
पवित्र
पत्र
न्वारान
तिम्रो
तिमीलाई
चन्द्रमा
चन्द्रमुखी
पुनर्जन्म
जिन्दगी
स्थायी
बसोबास
कक्षा
प्रज्ञा
कष्ट
सुमधुर
जून
हुन
कृष्ण
आनन्द
सँक्रान्ति
यक्ष
क्षितिज
निमन्त्रणा
साहित्य
मान्यवर
शब्दका बराबर वजन भएमा हामी तिनलाई हमवज्न या सममात्री शब्द भनिन्छ । सममात्रा भन्नाले बराबर मात्रा मात्र बुझ्नु भने हुँदैन । सममात्रा भन्नाले शब्दमा आउने लघु गुरुको निश्चित क्रममा हुन जरुरी हुन्छ । उदाहरणका लागिः
बन्धकी = २१२ = ५
कामना = २१२ ‍= ५
दुवैमा २१२ मात्रा आएको हुँदा हामी यिनलाई हमवज्न या सममात्री भन्न सक्छौं । जब किः
मसाला = १२२ = ५
तम्बाकु = २२१ = ५

हमवज्न या सममात्री हैनन् । किनकि दुवैको वजन ५ भए पनि क्रममा भने १२२ र २२१ छन् जुन समान छैनन् ।
नेपालीमा सममात्री भन्नुभन्दा पनि नयाँ शब्द सहमात्री भन्न म रुचाउँछु । तर मैले कुनै शब्द प्रतिपादन गरेर चलेको शब्दलाई यसको मूल्य घटाउन चाहेको हैन ।

रुक्न (गण) के हो ?
रुक्नलाई नेपालीमा हामी गण भन्छौं । उर्दूमा रुक्नको अर्थ खम्बा या pillar हो । मतलब बहरका खम्बा नै रुक्न हो । लघु र गुरु (उर्दूमा लाम - लघु र गाफ - गुरु) का निश्चित क्रममा भएका समूहलाई नै रुक्न भनिन्छ । बहरमा लाम र गाफका मात्राको एक एकाईलाई जुज भनिन्छ । जुजको निश्चित क्रमलाई रुक्न भनिन्छ । जुज निम्न प्रकारका हुन्छन्ः

सबाब-ए-खफीफ > २
सबाब-ए-साकी > ११
वताद-ए-मज्मू > १२
वताद-ए-मफरुक > २१
फासिला-ए-सुगरा > ११२
फासिला-ए-कुबरा > १११२

यी माथिका जुजहरु (बहुबचन अज्जा) का समूह भए पनि उर्दू बहरमा यी तलका अज्जामात्र प्रयोग गर्न उचित मानिएकोछः
सबाब-ए-खफीफ > २
वताद-ए-मज्मू > १२
वताद-ए-मफरुक > २१
फासिला-ए-सुगरा > ११२ 
रुक्न यिनै जुजहरु या अज्जाका समूहका निश्चित मात्राक्रमलाई भनिन्छ । रुक्नको बहुवचन या समूहलाई अरकान भनिन्छ । जुजका मिश्रणबाट अनगिन्ति रुक्न र अनगिन्ति अरकान निस्कन सक्छन् । तर ७ आधारभूत रुक्नलाई पहिचान दिइएकोछ बहरमा । पछि पछि अन्य रुक्नका प्रयोग बारे छलफल गरिनेछ ।
रुक्नका नामहरु अरबी भाषाबाट आएका तिनका कुनै माने हुँदैन । हरेक रुक्नलाई अफाइल (अर्थात् फूट) मा बाँडिएका हुन्छन् । एक रुक्नमा ३, ४ या ५ अफाइल हुन्छन् ।

उदाहरणका लागि
फाइलुन् = फा ‌+ इ + लुन् = ३ अफाइल (फूट)
यसको वजन = २ ‌+ १ + २ ‍= ५ मात्रा
अफाइल या फूटका आधारमा रुक्नहरुको वर्गिकरण र तिनका नामहरुः

३ अफाइल जसलाई खामसी अर्कान पनि भनिन्छ
-----------------------------------------------------
फाइलुन् = फा ‌+ इ + लुन् = ३ अफाइल (फूट) = २ १ २
फऊलुन = फ ‌+ ऊ + लुन् = ३ अफाइल (फूट) = १ २ २

४ अफाइल
-----------
मफाईलुन = मु + फा ‌+ ई + लुन् = ४ अफाइल (फूट) = १२२२
फाइलातुन = फा ‌+ इ + ला + तुन् = ४ अफाइल (फूट) = २१२२
मुस्तफ्इलुन = मु्स् ‌+ तफ् + इ + लुन् = ४ अफाइल (फूट) =२२१२

यसमा पछि फाईलातु अर्थात २२२१ को पनि रुक्न थपिएकोछ जुन जायज देखिन्छ ।

५ अफाइल
-----------
मुतफाइलुन = मु + त ‌+ फा + इ + लुन् = ५ अफाइल (फूट) = ११२१२
मफाइलतुन = म + फा ‌+ इ + ल + तुन् = ५ अफाइल (फूट) = १२११२

माथिका ४ र ५ अफाइल भएका रुक्न या अरकानलाई सबाई अरकान पनि भनिन्छ ।
रुक्नको शुद्ध रुप र परिवर्तित रुपका अनुसार २ रुप छन्ः

१. सालिम रुक्न - शुद्ध र मूल रुक्न
२. मुजाहिफ रुक्न - परिवर्तित तथा उप रुक्न 
हामी यहाँ शुद्ध रुक्नको नाम र तिनका रुपहरु राख्दैछौं ।

फऊलुन = मुतकारिब = १२२
फाइलुन् = मुतदारिक = २१२
मफाईलुन = हजज = १२२२
फाइलातुन = रमल = २१२२
मुस्तफ्इलुन = रजज = २२१२
मुतफाइलुन = कामिल = ११२१२
मफाइलतुन = वाफिर = १२११२

यी आधारभूत अरकानको पुनरावृत्तिबाट बहर बनेको हुन्छ । यी अरकान कतिपटक पुनरावृत्ति भएकाछन् तिनको अनुरुप भिन्न नाम हुन सक्छन् । यिनका शुद्ध रुप मात्र प्रयोग भए भने सालिम रुप हुन्छन् ।

जस्तैः
क) १२२२ - १२२२ - १२२२ - १२२२ = ४ पुनरावृत्ति = मुसम्मन
ख) १२२२ - १२२२ - १२२२ = ३ पुनरावृत्ति = मुसद्दस
ग) १२२२ - १२२२ = २ पुनरावृत्ति = मुरब्बा
ग) १२२२ = मुसना

अब आजको लागि एक तक्तीअ गर्ने विधि तथा बहरको नाम थाहा पाउने विधिः
मानौं एक गजल लियौं-
उही उस्तै सधैँ जस्तै, चटारोले जल्यो छाती
नयाँ, नौलो समस्याको, लठारोले जल्यो छाती
- प्रभाती किरण

अब यसलाई तक्तीअ गरौं । यो गजलको रुक्न पत्ता लगाउनु पहिलो काम हुन्छ । तल तक्तीअ गरिएको एक उदाहरणः

१-२-२--२ १-२-२-२,   १-२-२-२   १-२-२-२
मफाईलुन मफाईलुन मफाईलुन मफाईलुन
उही उस्तै सधैँ जस्तै, चटारोले जल्यो छाती

१-२-२-२  १-२-२-२,  १-२-२-२   १-२-२-२
मफाईलुन मफाईलुन मफाईलुन मफाईलुन
नयाँ, नौलो समस्याको, लठारोले जल्यो छाती

यो गजलमा रुक्न छः
मफाईलुन x ४= १२२२ x ४

माथि तालिकामा हेरियो भने यो हजजको शुद्ध रुप अर्थात् सालिम रुप हो । यसैले यसलाई बहरको नाम भन्नु पर्दा "हजज सालिम" भन्न सकिन्छ । अनि ४ पटक पुनरावृत्ति भएको भनेर जनाउनका लागि हामी "मुसम्मन" पनि जोड्छौं । यसो गर्दा बहरको नाम भयोः "हजज मुसम्मन सालिम" ।

यही नियम अन्य बहरमा पनि प्रयोग हुन्छ । अन्य बहरका नाम र तिनका वजन तथा मुजाहिफ रुक्न हामी अर्को पाठमा समावेश गर्दै जानेछौं । साथै तक्तीअ गर्ने अन्य विधिहरुका उपनियमहरु पनि राख्दै जानेछौं । 
आजलाई यत्ति । प्रश्नहरु र छलफल यही लेख मुनि गरियोस् ।

Thank you 
Article Written By Karun Thapa

नेपाली गजल प्रशिक्षण श्रृंखला तिन (Episode 7) : आदरणिय अग्रज गजलकार शेखर अस्तित्व

NepaliTalim | 10:21:00 AM | 0 comments
Shekhar Astitwa
नमस्कार,

धेरै वर्ष देखी भारतको मुम्बइमा बसेर नेपाली गजलमा कलम चलाईरहनुभएका हाम्रा अति आदरणिय अग्रज गजलकार दाजु शेखर अस्तित्वको अनुमतिमा चिसापानी नेपाल ब्लगमा उहाँले फेसबुकमा सुरु गर्नुभएको गजल प्रशिक्षणको सातौं श्रृंखला यहाँ हरु सामु लिएर आएको छु । आशाछ उहाँले सुरु गनुएको यो गजल प्रशिक्षणले गजलमा भर्खर पाईला चाल्दै गर्नुभएका र गजल मनपराउनुहुने सबैलाई गजलको दिब्य दर्शन प्राप्त हुनेछ । यो अमुल्य प्रशिक्षणको लागि हामी उहाँ प्रति मुरि मुरि धन्यवाद ब्यक्त गर्दछौं र ईश्वर सँग प्रार्थना गर्दछौ उहाँको क्षत्र छायाँ हामीलाइृ सदैब प्रदान भईरहोस । 
Note : 
यो लेखमा सर्वाधिकार लेखकमा निहित रहनेछ । 
प्रशिक्षक अग्रज आदरणिय गजलकार शेखर अस्तित्व ।
स्रोत फेसबुक : Facebook - Shekhar Astitwa
.......................................................................................................

नेपाली गजल प्रशिक्षण श्रृंखला-७ (Saturday, 26th July 2014, 9.55Pm)
..........................................................
प्रिय मित्रहरू ! नमस्कार !
विगत श्रृङ्खलाहरूमा हामिले रुक्नहरूको जानकारीको साथै "फऊलुन्" को वजन र शुध्द उच्चारण सम्बन्धी जानकारी पनि प्राप्त गरियो ! हिजो देखि हामिले "फऊलुन" को 4 आवृत्तिमा गजल लेख्ने शुरूवात पनि गरिसकेका छौं ! यसै क्रमलाई अगाडि बढाउँदै आज पनि हामी सामूहिक रूपमा अर्को गजलको सृजन गर्ने छौं !
यहाँ म तपाईहरू संग एक निवेदन गर्न चाहन्छु कि गजल लेख्दाखेरि बहरको जति महत्व हुन्छ, त्यति नै महत्व गजलको विषय वस्तुको चयन, वैचारिक पक्ष, अभिव्यक्ति गर्ने तरीकाको पनि हुन्छ !
म गजलमा श्रृङ्गारको विरोधि हैन तर मेरो यो प्रबल मत हो कि गजल भित्र वर्तमानको स्वर हुनुपर्छ ! समाज बोल्नुपर्छ ! देश बोल्नुपर्छ !
एकदम परफेक्ट बहरमा लेखेर पनि यदि हामी गजलको व्याकरण सम्म मात्रै सीमित रह्यौं भने त्यस्तो गजलमा शरीर त हुन्छ तर प्राण तत्व हुँदैन ! साहित्य भनेको समाजको दर्पण हो, अनि गजल वर्तमान साहित्यको प्रमुख विधा हो ! त्यसैले अब गजलमा वैचारिक पक्ष अत्यन्त प्रबल हुनैपर्छ ! तर वैचारिकताको मात्रै कुरा गरेर गजलको मूल रूप र सिध्दाँतसङ्ग खेलवाड़ गर्नुहुँदैन ! गजल बहरबद्ध हुनैपर्छ ! यदि (लय, छन्द, बहर, मीटर) मा छैन भने त्यो रचना अरू जेसुकै भएपनि गजल कदापि हुनै सक्दैन !
ल त साथीहरू ! अब म तपाईलाई आज फेरि एक मतला दिंदैछु ! खूब राम्रो सङ्ग सोचेर लेख्नुहोला ! बरू एउटै शेर किन नहोस् तर दमदार लेख्नुहोला ! हतारको काम छैन है ! 10 मिनेटमा गजल लेख्छु भनेर नसोच्नुहोला ! शेरै शेर को थुप्रो पनि एक्कै चोटि नपठाउनुहोला ! मलाई क्वान्टिटी हैन, क्वालिटी चाहियो ! यो मेरो विशेष अनुरोध छ ! शुभकामना सबैलाई !
जय गजल !! 

मतला :
..............

म गर्ने / छु सेवा / निरन्तर / कलमको !
छ तलवा / र भन्दा / बढी भर / कलमको !
(Shekhar "Astitwa")

नेपाली गजल प्रशिक्षण श्रृंखला तिन (Episode 6) : आदरणिय अग्रज गजलकार शेखर अस्तित्व

NepaliTalim | 10:19:00 AM | 0 comments
Shekhar Astitwa
नमस्कार,

धेरै वर्ष देखी भारतको मुम्बइमा बसेर नेपाली गजलमा कलम चलाईरहनुभएका हाम्रा अति आदरणिय अग्रज गजलकार दाजु शेखर अस्तित्वको अनुमतिमा चिसापानी नेपाल ब्लगमा उहाँले फेसबुकमा सुरु गर्नुभएको गजल प्रशिक्षणको  छैठौं श्रृंखला यहाँ हरु सामु लिएर आएको छु । आशाछ उहाँले सुरु गनुएको यो गजल प्रशिक्षणले गजलमा भर्खर पाईला चाल्दै गर्नुभएका र गजल मनपराउनुहुने सबैलाई गजलको दिब्य दर्शन प्राप्त हुनेछ । यो अमुल्य प्रशिक्षणको लागि हामी उहाँ प्रति मुरि मुरि धन्यवाद ब्यक्त गर्दछौं र ईश्वर सँग प्रार्थना गर्दछौ उहाँको क्षत्र छायाँ हामीलाइृ सदैब प्रदान भईरहोस । 
Note : 
यो लेखमा सर्वाधिकार लेखकमा निहित रहनेछ । 
प्रशिक्षक अग्रज आदरणिय गजलकार शेखर अस्तित्व ।
स्रोत फेसबुक : Facebook - Shekhar Astitwa
.......................................................................................................

नेपाली गजल प्रशिक्षण श्रृंखला-६ (Tuesday, 25th July 2014, 9.44Pm)
..........................................................

प्रिय साथीहरू ! नमस्कार !
संचै हुनुहुन्छ ? म पनि एकदम ठीक छु ! एउटा कुरा भन्छु ल ? आज हामी यो गजल यात्राको पाँचौं श्रृङ्खला पछि छैटौंमा प्रवेश गर्दै छौं ! मेरो मन मा के बिचार आयो भने, हामी प्रत्येक रुक्नमा आधारित बहरलाई सिक्नको लागि सातामा 5 दिन राखौंला र बाकी 2 दिन अनलाईन गजल लेख्ने प्रयास गरौंला ! सबैलाई रदीफ र काफिया थाहा छ ! बहर कतै बिग्रियो भने मिलेर ठीक गरौंला ! सबैलाई मिसरा लेख्ने र गलत छ भने दुरूस्त गर्ने अधिकार छ ! सबै बराबर छन् ! आज मैले एउटा निवेदन गर्न चाहन्छु कि बहरको जानकारी पछि हामिलाई उसको भाव पक्ष र अभिव्यक्तिको पनि ध्यान राख्नुपर्छ ताकि गजल समग्र रूपमा शक्तिशाली होस् ! मात्र शब्दहरूको सङ्ग्रह न होस् ! ओ के ?
ल मैले एउटा मतला दिन्छु ! बाकी सबैले मिलेर पूरा गर्ने प्रयास गर्नुहोस् है त !

पसीना / चुहाई / फसल आ / ज लेखौं
ल साथी / मिलेरै / गजल आ / ज लेखौं
(Shekhar Astitwa)
समेटौं / म के के / गजलमा / न सोधौं
लगाए / र थो रै / अकल आ / ज लेखौं
(Prakash Acharya)
बहरको / खडेरी / परेको / गजलमा
मुहानै / फुटाए / र जल आ / ज लेखौं
(Kapil Khanal)
ईलामे पुत्र जी को सम्पूर्ण गजल 2 आंशिक संशोधनको साथ यस भित्र परेको जानकारी गराउन चाहन्छु !
Thank you 

नेपाली गजल प्रशिक्षण श्रृंखला तिन (Episode 5) : आदरणिय अग्रज गजलकार शेखर अस्तित्व

NepaliTalim | 10:20:00 AM | 0 comments
Shekhar Astitwa
नमस्कार,

धेरै वर्ष देखी भारतको मुम्बइमा बसेर नेपाली गजलमा कलम चलाईरहनुभएका हाम्रा अति आदरणिय अग्रज गजलकार दाजु शेखर अस्तित्वको अनुमतिमा चिसापानी नेपाल ब्लगमा उहाँले फेसबुकमा सुरु गर्नुभएको गजल प्रशिक्षणको पाँचौं श्रृंखला यहाँ हरु सामु लिएर आएको छु । आशाछ उहाँले सुरु गनुएको यो गजल प्रशिक्षणले गजलमा भर्खर पाईला चाल्दै गर्नुभएका र गजल मनपराउनुहुने सबैलाई गजलको दिब्य दर्शन प्राप्त हुनेछ । यो अमुल्य प्रशिक्षणको लागि हामी उहाँ प्रति मुरि मुरि धन्यवाद ब्यक्त गर्दछौं र ईश्वर सँग प्रार्थना गर्दछौ उहाँको क्षत्र छायाँ हामीलाइृ सदैब प्रदान भईरहोस । 
Note : 
यो लेखमा सर्वाधिकार लेखकमा निहित रहनेछ । 
प्रशिक्षक अग्रज आदरणिय गजलकार शेखर अस्तित्व ।
स्रोत फेसबुक : Facebook - Shekhar Astitwa
.......................................................................................................


नेपाली गजल प्रशिक्षण श्रृंखला-५ (Thursday, 24th July 2014, 9.35Pm)

..........................................................

प्रिय मित्रहरू, नमस्कार !


आज भगवान बुद्ध को एउटा सानो कथा भन्न मन लाग्यो ! भगवान बुद्धका अनेक शिष्यहरुमा एउटा शिष्य "श्रोण" भन्ने राजकुमार पनि थियो ! सानैदेखि राजपरिवारमा हुर्केको केटो ! राग रङ्ग रसको कमि थिएन श्रोणलाई ! एकदम जिद्दी स्वभाव ! त्यसमाथि भगवान बुद्धबाट नयाँ-नयाँ सन्यास ग्रहण गरेको ! अनि आफ्नो जिद्दी स्वभावले गर्दा बुद्धको सङ्घमा बस्दाखेरी श्रोणले घोषणा गर्यो कि - जब सम्म मलाई पनि बुद्ध जस्तै ज्ञानको प्राप्ति हुँदैन, तब सम्म म अन्न-जल केहि ग्रहण गर्दैन ! सबै भिक्षुकहरूलाई चिन्ता भयो ! अन्तमा कुरा भगवान बुद्ध सम्म पुग्यो !
बुद्धले श्रोणलाई बोलाएर सोध्नु भयो - श्रोण, मैले सुन्या छु कि सन्यास लिनुभन्दा पहिले राजमहलमा बस्दा तिमीले धेरै राम्रो सितार वादन गर्थ्यौ रे ?
श्रोणले भन्यो - हो भगवन ! म राम्रै सितार बजाउँथें !
बुद्धले पुन: सोध्नुभयो - श्रोण ! भन त ! यदि सितार को तार एकदमै ढिला भयो भने सुर निस्किन्छ त ?
श्रोणले भन्यो - नाई भगवन ! तार एकदमै ढिला भयो भने सुर निस्किन्न !
बुद्धले फेरि सोध्नुभयो - अनि एकदमै तारलाई कस्सियो भने सुर निस्किन्छ त ?
श्रोणले भन्यो - नाई भगवन ! त्यो गर्दा त तारनै टुटिहाल्छ !
त्यतिबेला भगवान बुद्धले श्रोणलाई समझाउनुभयो -
"हेर श्रोण ! सन्यास पनि यस्तै छ ! यो जीवनमा साधनाको तार ठिक्क को कसेको हुनुपर्छ ! न धेरै ढिला, न धेरै टाईट ! अनि बल्ल ज्ञानरूपी सुर निस्किन्छ !"

प्रिय साथीहरू !
हाम्रो यो विगत 4 श्रृँखला को अनुभवले मलाई थाहा भएको छ कि केहि साथीहरूले धेरै राम्रो गरेका छन् ! कसैको औसत प्रगति छ भने कसैले अझै राम्रोसंग बहर बुझ्न सकेका छैनन् !
मेरो निवेदन यति मात्र हो कि - यो पनि एक साधना नै हो ! हतार हतारमा अथवा आत्तिएर केहि हुनेवाला छैन ! बरू एउटै शेर लेख्नुस तर मनैबाट राम्रोसंग बुझेर अनि मेहनत गरेर लेख्नुस ! यो निरन्तर साधनाले नै सबैलाई खारेको छ ! तपाईलाई पनि अवश्य खार्ने छ !
प्रसंगवश एउटा कुरा अझै याद आयो ! आजभन्दा करीब 30 वर्ष अगाडि कक्षा 7 मा पढ्दा मैले एउटा शे'र लेखे थिएँ !

आग तो तुझमें भी है, बस फूँकने की देर है !
कामयाबी क्या है ? तेरी कोशिशों का ढेर है !

प्रिय साथी !
तपाई भित्र पनि सृजनको आगो छ ! र यसको प्रमाण छ - तपाई भित्रको यो सिक्ने चाहना ! यो आगोलाई अलिकति फूँक्न मात्र बाँकी छ ! मैले फुँकीरा'छु ! सफलता पक्कै मिल्नेछ ! किनभने सफलता के हो ? तपाईले गरेको प्रयासको थुप्रो हो ! तपाईले गरेको कोशिशको ढेर हो !
जति ठूलो र अग्लो तपाईको प्रयासको थुप्रो हुनेछ ! त्यतिनै ठूलो सफलता तपाईले पाउनुहुन्छ !
तपाईको प्रयास सफल होस् ! तपाईको साधना पूर्ण होस् ! मेरो शुभकामना !

ल त ! आज फेरि शुरू गरौं ! त्यै "फऊलुन्" बाट ! के कस्तो गर्नुभयो हिजोको होमवर्क ? हेरौं त.......

नेपाली गजल प्रशिक्षण श्रृंखला तिन (Episode 4) : आदरणिय अग्रज गजलकार शेखर अस्तित्व

NepaliTalim | 1:18:00 PM | 0 comments
Shekhar Astitwa
नमस्कार,

धेरै वर्ष देखी भारतको मुम्बइमा बसेर नेपाली गजलमा कलम चलाईरहनुभएका हाम्रा अति आदरणिय अग्रज गजलकार दाजु शेखर अस्तित्वको अनुमतिमा चिसापानी नेपाल ब्लगमा उहाँले फेसबुकमा सुरु गर्नुभएको गजल प्रशिक्षणको चौथो श्रृंखला यहाँ हरु सामु लिएर आएको छु । आशाछ उहाँले सुरु गनुएको यो गजल प्रशिक्षणले गजलमा भर्खर पाईला चाल्दै गर्नुभएका र गजल मनपराउनुहुने सबैलाई गजलको दिब्य दर्शन प्राप्त हुनेछ । यो अमुल्य प्रशिक्षणको लागि हामी उहाँ प्रति मुरि मुरि धन्यवाद ब्यक्त गर्दछौं र ईश्वर सँग प्रार्थना गर्दछौ उहाँको क्षत्र छायाँ हामीलाइृ सदैब प्रदान भईरहोस । 
Note : 
यो लेखमा सर्वाधिकार लेखकमा निहित रहनेछ । 
प्रशिक्षक अग्रज आदरणिय गजलकार शेखर अस्तित्व ।
स्रोत फेसबुक : Facebook - Shekhar Astitwa
.......................................................................................................

नेपाली गजल प्रशिक्षण श्रृंखला-४ (Tuesday, 23rd July 2014, 9.30Pm)
..........................................................
नेपाली गजल प्रशिक्षण श्रृंखला-४
...........................................................
प्रिय मित्रहरू नमस्कार !
तिमीलाई आँखाको नानी बनाएँ
यो जीवन विरहको कहानी बनाएँ
जलाएर आफ्नै मुटु सम्झनामा
सबै स्वप्नलाई खरानी बनाएँ
रुँदै सूर्य लाखौं उदाएँ नयनमा
हिजो रातलाई बिहानी बनाएँ

प्रिय मित्रहरू !
यतिखेर हामी बहरबद्ध रूपमा गजल सिक्ने प्रयास गर्दै छौं ! र यस अन्तर्गत हिजो देखि हामिले "फऊलुन्" (। ऽ ऽ) रुक्न बाट निर्माण हुने बहरको अध्ययन गरिरहेका छौं !
प्रिय साथी ! उर्दू (अरबी/फारसी) बहर मुख्यत: उच्चारण को आधारमा हुन्छ्न् !
मैले अघिल्लो श्रृंखला मा पनि यो कुरा राखेको थिएँ कि उर्दू बहर मात्रिक र वर्णिक छन्दको मिश्रण हो तर यो वर्णिक छन्दको अलि नजिक हुन्छ ! त्यसैलए उर्हू बहरमा उच्चारणलाई ठूलो महत्व दिइएको पाइन्छ !
अर्को एउटा मुख्य कुरा के हो भने उर्दूको उच्चारण मा कतिपय शब्दहरूको दुई रूप देखिन्छ्न् !
जस्तो - (एक) लाई (इक)
(मेरा) लाई (मिरा)

यसरी नै "ए" "इ/ई" "उ/ऊ" र "ओ" अक्षरलाई लचिला अक्षर मानिन्छ ! यिनको ह्रस्व र दीर्घ दुवै रूपमा उच्चारण गर्न मिल्छ !
मैले आज राखेको उपरोक्त गजल लाई हेर्नुस् !
तिमीला / (ई) आँखा / (को) नानी / बनाएँ
(यो) जीवन् / विरहको / कहानी / बनाएँ
यो मतला मा ऊला मिस्रा मा (ई आँखा) र (को नानी) अनि सानी मिस्रामा (यो जीवन्) आएको छ !
एक छिनको लागि तपाईलाई भ्रम हुन सक्छ कि (ई), (को) र (यो) को वजन त दुई हो, तर ध्यान संग हेर्नुस् ! उच्चारण गर्दा यी अक्षरहरू (ई) र (ओ) ध्वनि दिन्छन् ! यो लचिला अक्षर भित्र परेको हुनाले यहाँ यिनी दुवै अक्षरको वजन (।) हो !
त्यस्तै-
जला(ए) / र आफ्नै / मु(टु) सम् / झनामा
सबै स्वप् / नलाई / खरानी / बनाएँ
यो शेर को ऊला मिस्रामा (ए) र (टु) आएका छन् ! र ह्रस्व भएर पनि "ए" र "उ" को ध्वनि हुनाले यिनी यो ठाउँमा "दीर्घ" को स्थानमा छन् ! किन भने यी लचिला शब्द हुन !
अब तपाईले यो गजलको उच्चारण गरेर हेर्नुस ! तपाईलाई थाहा पनि हुने छैन ! कतै अड्किए जस्तो पनि लाग्नै छैन उच्चारण गर्दा ! यो नै यस्ता लचिला शब्दहरूको खूबसूरती हो !
हिजो को होमवर्क मा मैले जानेर तपाईहरू लाई त्यो मिस्रा दिएको थिएँ -
"मेरो मन् / मु(टु)मा / छ नेपा / ल मेरो"
खै ! हेरौं त ! तपाईहरूले के कस्तो गजल लेखेर ल्याउनु भएको छ ?
Note :
All Copyright Reserved with Writer

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger