Home » » नेपाली गजल प्रशिक्षण श्रृंखला तिन (Episode 5) : आदरणिय अग्रज गजलकार शेखर अस्तित्व

नेपाली गजल प्रशिक्षण श्रृंखला तिन (Episode 5) : आदरणिय अग्रज गजलकार शेखर अस्तित्व

NepaliTalim | 10:20:00 AM | 0 comments
Shekhar Astitwa
नमस्कार,

धेरै वर्ष देखी भारतको मुम्बइमा बसेर नेपाली गजलमा कलम चलाईरहनुभएका हाम्रा अति आदरणिय अग्रज गजलकार दाजु शेखर अस्तित्वको अनुमतिमा चिसापानी नेपाल ब्लगमा उहाँले फेसबुकमा सुरु गर्नुभएको गजल प्रशिक्षणको पाँचौं श्रृंखला यहाँ हरु सामु लिएर आएको छु । आशाछ उहाँले सुरु गनुएको यो गजल प्रशिक्षणले गजलमा भर्खर पाईला चाल्दै गर्नुभएका र गजल मनपराउनुहुने सबैलाई गजलको दिब्य दर्शन प्राप्त हुनेछ । यो अमुल्य प्रशिक्षणको लागि हामी उहाँ प्रति मुरि मुरि धन्यवाद ब्यक्त गर्दछौं र ईश्वर सँग प्रार्थना गर्दछौ उहाँको क्षत्र छायाँ हामीलाइृ सदैब प्रदान भईरहोस । 
Note : 
यो लेखमा सर्वाधिकार लेखकमा निहित रहनेछ । 
प्रशिक्षक अग्रज आदरणिय गजलकार शेखर अस्तित्व ।
स्रोत फेसबुक : Facebook - Shekhar Astitwa
.......................................................................................................


नेपाली गजल प्रशिक्षण श्रृंखला-५ (Thursday, 24th July 2014, 9.35Pm)

..........................................................

प्रिय मित्रहरू, नमस्कार !


आज भगवान बुद्ध को एउटा सानो कथा भन्न मन लाग्यो ! भगवान बुद्धका अनेक शिष्यहरुमा एउटा शिष्य "श्रोण" भन्ने राजकुमार पनि थियो ! सानैदेखि राजपरिवारमा हुर्केको केटो ! राग रङ्ग रसको कमि थिएन श्रोणलाई ! एकदम जिद्दी स्वभाव ! त्यसमाथि भगवान बुद्धबाट नयाँ-नयाँ सन्यास ग्रहण गरेको ! अनि आफ्नो जिद्दी स्वभावले गर्दा बुद्धको सङ्घमा बस्दाखेरी श्रोणले घोषणा गर्यो कि - जब सम्म मलाई पनि बुद्ध जस्तै ज्ञानको प्राप्ति हुँदैन, तब सम्म म अन्न-जल केहि ग्रहण गर्दैन ! सबै भिक्षुकहरूलाई चिन्ता भयो ! अन्तमा कुरा भगवान बुद्ध सम्म पुग्यो !
बुद्धले श्रोणलाई बोलाएर सोध्नु भयो - श्रोण, मैले सुन्या छु कि सन्यास लिनुभन्दा पहिले राजमहलमा बस्दा तिमीले धेरै राम्रो सितार वादन गर्थ्यौ रे ?
श्रोणले भन्यो - हो भगवन ! म राम्रै सितार बजाउँथें !
बुद्धले पुन: सोध्नुभयो - श्रोण ! भन त ! यदि सितार को तार एकदमै ढिला भयो भने सुर निस्किन्छ त ?
श्रोणले भन्यो - नाई भगवन ! तार एकदमै ढिला भयो भने सुर निस्किन्न !
बुद्धले फेरि सोध्नुभयो - अनि एकदमै तारलाई कस्सियो भने सुर निस्किन्छ त ?
श्रोणले भन्यो - नाई भगवन ! त्यो गर्दा त तारनै टुटिहाल्छ !
त्यतिबेला भगवान बुद्धले श्रोणलाई समझाउनुभयो -
"हेर श्रोण ! सन्यास पनि यस्तै छ ! यो जीवनमा साधनाको तार ठिक्क को कसेको हुनुपर्छ ! न धेरै ढिला, न धेरै टाईट ! अनि बल्ल ज्ञानरूपी सुर निस्किन्छ !"

प्रिय साथीहरू !
हाम्रो यो विगत 4 श्रृँखला को अनुभवले मलाई थाहा भएको छ कि केहि साथीहरूले धेरै राम्रो गरेका छन् ! कसैको औसत प्रगति छ भने कसैले अझै राम्रोसंग बहर बुझ्न सकेका छैनन् !
मेरो निवेदन यति मात्र हो कि - यो पनि एक साधना नै हो ! हतार हतारमा अथवा आत्तिएर केहि हुनेवाला छैन ! बरू एउटै शेर लेख्नुस तर मनैबाट राम्रोसंग बुझेर अनि मेहनत गरेर लेख्नुस ! यो निरन्तर साधनाले नै सबैलाई खारेको छ ! तपाईलाई पनि अवश्य खार्ने छ !
प्रसंगवश एउटा कुरा अझै याद आयो ! आजभन्दा करीब 30 वर्ष अगाडि कक्षा 7 मा पढ्दा मैले एउटा शे'र लेखे थिएँ !

आग तो तुझमें भी है, बस फूँकने की देर है !
कामयाबी क्या है ? तेरी कोशिशों का ढेर है !

प्रिय साथी !
तपाई भित्र पनि सृजनको आगो छ ! र यसको प्रमाण छ - तपाई भित्रको यो सिक्ने चाहना ! यो आगोलाई अलिकति फूँक्न मात्र बाँकी छ ! मैले फुँकीरा'छु ! सफलता पक्कै मिल्नेछ ! किनभने सफलता के हो ? तपाईले गरेको प्रयासको थुप्रो हो ! तपाईले गरेको कोशिशको ढेर हो !
जति ठूलो र अग्लो तपाईको प्रयासको थुप्रो हुनेछ ! त्यतिनै ठूलो सफलता तपाईले पाउनुहुन्छ !
तपाईको प्रयास सफल होस् ! तपाईको साधना पूर्ण होस् ! मेरो शुभकामना !

ल त ! आज फेरि शुरू गरौं ! त्यै "फऊलुन्" बाट ! के कस्तो गर्नुभयो हिजोको होमवर्क ? हेरौं त.......
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger