Home » » नेपाली गजल प्रशिक्षण श्रृंखला एक (Episode 1) : आदरणिय अग्रज गजलकार शेखर अस्तित्व

नेपाली गजल प्रशिक्षण श्रृंखला एक (Episode 1) : आदरणिय अग्रज गजलकार शेखर अस्तित्व

NepaliTalim | 10:52:00 AM | 0 comments
Shekhar Astitwa
नमस्कार,
धेरै वर्ष देखी भारतको मुम्बइमा बसेर नेपाली गजलमा कलम चलाईरहनुभएका हाम्रा अति आदरणिय अग्रज गजलकार दाजु शेखर अस्तित्वको अनुमतिमा चिसापानी नेपाल ब्लगमा उहाँले फेसबुकमा सुरु गर्नुभएको गजल प्रशिक्षणको पहिलो श्रृंखला यहाँ हरु सामु लिएर आएको छु । आशाछ उहाँले सुरु गनुएको यो गजल प्रशिक्षणले गजलमा भर्खर पाईला चाल्दै गर्नुभएका र गजल मनपराउनुहुने सबैलाई गजलको दिब्य दर्शन प्राप्त हुनेछ । यो अमुल्य प्रशिक्षणको लागि हामी उहाँ प्रति मुरि मुरि धन्यवाद ब्यक्त गर्दछौं र ईश्वर सँग प्रार्थना गर्दछौ उहाँको क्षत्र छायाँ हामीलाइृ सदैब प्रदान भईरहोस । 
Note : 
यो लेखमा सर्वाधिकार लेखकमा निहित रहनेछ । 
प्रशिक्षक अग्रज आदरणिय गजलकार शेखर अस्तित्व
स्रोत फेसबुक : Facebook - Shekhar Astitwa
.......................................................................................................

नेपाली गजल प्रशिक्षण श्रृंखला एक (Episode 1) : अग्रज गजलकार शेखर अस्तित्व 

नेपाली गजल प्रशिक्षण श्रृंखला : १
............................................................

प्रिय साथीहरू ! नमस्कार !!
नेपाली गजल प्रशिक्षण श्रृंखला अन्तर्गत धेरैजना साथीहरूको आग्रहबाट प्रेरणा लिएर आज देखि म अनलाइन गजल प्रशिक्षणको सुरूवात गर्दैछु !
यस अन्तर्गत सबै भन्दा पहिले म के भन्न चाहन्छु भने - "आजको नेपाली गजलले आफ्नो पहिलो चरण सफलता पूर्वक सम्पन्न गरिसकेको छ ! अर्थात् - आज सम्म हामिले जुन रदीफ र काफिया को कुरा गर्थ्यौं, त्यो कुरा गर्न अब त्यत्ति आवश्यक छैन, किनभने आज गजल लेखनको क्षेत्रमा आउने प्रायजसो सबै साथीहरूलाई रदीफ र काफियाको बारेमा जानकारी छ ! त्यसैले म यस विषयमा धेरै नभनेर यति मात्र भन्छु कि " गजलको मतला (प्रारंभिक शेर) को माथिल्लो पंक्ति (मिसरा-ए-ऊला) र तल्लो पंक्ति (मिसरा-ए-सानी) मा रदीफ भन्दा पहिले प्रयोग भएको "तुक" लाई "काफिया" भनिन्छ ! काफिया मतला पछिको प्रत्येक शेरको दोस्रो पंक्तिमा पनि अनिवार्य रूपमा रदीफ भन्दा पहिले प्रयोग हुन्छ !
यसैगरी रदीफ पनि मतलाको दुवै पंक्तिमा अन्तमा आउने शब्द वा शब्द समूहलाई भनिन्छ ! रदीफ पनि काफिया जस्तै मतला र त्यस पछिको प्रत्येक शेरको दोस्रो पंक्तिमा प्रयुक्त हुन्छ ! फरक यति मात्र हो कि रदीफ शुरूदेखि अन्त सम्म त्यहि रूपमा रहन्छ, रदीफको रूपमा प्रयोग हुने शब्द वा शब्द समूहलाई उक्त गजलमा परिवर्तित गर्न मिल्दैन !
उदाहरण -

हँसायो गजलमा रुवायो गजलमा !
यो शेखरले पागल बनायो गजलमा !

नयाँ बिम्ब रचना नयाँ भाव चित्रण,
नयाँ शब्द शैली सजायो गजलमा !

निभ्या छैन आँधी हुरीमा यो कस्तो !
दियो चेतनाको जलायो गजलमा !

गजलकै विषयमा गजल लेखि थुप्रै !
गजल कसरी लेख्ने सिकायो गजलमा !

उपरोक्त गजलमा "रुवायो, बनायो, सजायो, जलायो, सिकायो" यिनी शब्दहरू काफिया छन् भने, काफिया पछि आएको "गजलमा" भन्ने शब्द रदीफ छ !

* * * * *

प्रिय साथीहरू !
मैले रदीफ र काफियाको विषयमा अत्यन्तै संक्षिप्त रूपमा भनेको छु, किन भने मलाई पूर्ण विश्वास छ कि तपाईलाई रदीफ र काफियाको बारेमा जानकारी छ ! मुख्य कुरा के छ भने वर्तमान समयमा गजलमा जुन विशेष कुरा तर्फ ध्यान दिनु अति आवश्यक हो, त्यो हो गजलको बहर ! थोरैमा भन्ने हो भने रदीफ, काफिया र बहर, यी तीन कुरा मिले पछि गजललाई संरचनात्मक पूर्णता प्राप्त हुन्छ !

आज यति मात्रै ! जय गजल !!

धन्यवाद । 

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger