Raju Gharti |
बुद्ध , जेसिस ,अल्लाह यता राम खतरामा छ !
गरिबलाई एक छाक टार्ने माम खतरामा छ !!
कुराण,पुराण,बाइबल किन दिदैन सन्देस !
चर्च,गुम्बा,मस्दिज,काशीको धाम खतरामा छ !
किन उत्पादन गर्दै छ मान्छे बिषेै बिषको खेती !
देश,क्षेत्र,बस्ति , समुदायको गाम खतरामा छ !!
बचेर रहनु कलिका राम सीता मुना मदन !
रावणै रावण भएको लंका ठाम खतरामा छ !!
यथार्त लेख्नाले नै देश निकाला गर्ला सरकार !
होसियार राजु यसैले तेरो नाम खतरामा छ !!
राजु घर्ती : गैरी सांख माथिगाऊ रुकुम !
हाल : रियाध साउदी अरेवीया
२. गजल
बेदनामा आशु झारेरै रुयौ !
दोधारमा मन पारेरै रुयौ !!
फुल्दै थियो कोपिला बगैचामा !
पिरतीको बोट सारेरै रुयौ !!
प्यारो बनायो दैबले उस्लाई !
नियति अगाडी हारेरै रुयौ !!
थिए तस्बिर नासाहरु उस्का !
गंगा जी पारी तारेरै रुयौ !!
आत्मै देखी या बनावटी रुयौ ?
छाकको नुन बारेरै रुयौ !!
राजु घर्ती : गैरी सांख माथिगाऊ रुकुम !
हाल : रियाध साउदी अरेवीया
३. गजल
********गजल********
सज्जन टुट्छ घर बचानेको लागि !
तिमि डरेनौ बस्ति जलानेको लागि !!
जिन्दगीको दुकान चलाउनै गाह्रो !
चल्दछ राम्रो सस्तो चलानेको लागि !!
अचानोको पिर खुकुरी'लै के थाहा !
जुनी कटद्छ घाउ पलानेको लागि !!
कति फुट्छन भट्टीका बोतलहरु !
नया ऋतु आने अनि जानेको लागि !!
नआएकै जाति नजरमा बिगत !
आयो याद दिल बहलानेको लागि !!
राजु घर्ती : गैरी सांख माथिगाऊ रुकुम !
हाल : रियाध साउदी अरेवीया
४. गजल
क्वै अज्ञात गुलाबको नासो दिएर गयो !
दैब दाहिने भो की आज हासो दिएर गयो !!
पग्लियो कि दैब मेरो रुवाई सुनी आज !
धर्तीमा झर्यो र अलि चासो दिएर गयो !!
अमृतको जल रैछ आमाको आशिर्बाद !
जिन्दगी जिउने नया साचो दिएर गयो !!
घरबार जोर्नु जन्जालै रैछ बुझ्नेलाई !
लागेर गला अदृस्य पासो दिएर गयो !!
जिन्दगी फिका लाग्छ मलाई किन अचेल !
टुना मुनाले क्वै मन भाचो दिएर गयो !!
राजु घर्ती : गैरी सांख माथिगाऊ रुकुम !
हाल : रियाध साउदी अरेवीया
५. गजल
बचपनको साथी महलको धाक देखाएर गयो !
टुहुरालाई सिमपारीको भाग देखाएर गयो !!
तक्दिरले आफै भयो या बनाइयो जोगी उसलाई !
पहेलो बस्त्रमा कुन्नि किन दाग देखाएर गयो !!
हतियारको युद्द सम्झी अझै रुदैछ देश हाम्रो !
निर्दयी थियो कतिको रित्तो काख देखाएर गयो !!
हासेरै सुली चढे सपुथ ति मातृभुमिकै लागि !
देशले शहिदका रगतको माग देखाएर गयो !!
पतिको अवसान पछि पत्नी सोधी मलामीलाई !
क्वै मसानघाटमा जलेको खाग देखाएर गयो !!
राजु घर्ती : गैरी सांख माथिगाऊ रुकुम !
हाल : रियाध साउदी अरेवीया
0 comments:
Post a Comment