Muktak Mala मुक्तक माला -224 (24-09-2017/2074-06-08) : Download

NepaliTalim | 10:51:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(24-09-2017/2074-06-08)
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 असोज 08 गते तदनुसार 24-09-2017आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

Thanks

श्रुति शंबेगबाट अमर न्यौपानेको प्रसिद्ध उपन्यास 'सेतो धरती' (Audio Novel Seto Dharati by Amar Neupane from Shrutisambeg) : Download

NepaliTalim | 9:13:00 PM | 9comments
श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति :  'सेतो धरती'
लेखक : अमर न्यौपाने
विधा : उपन्यास
रेडियो :उज्यालो ९० मेगाहर्ज


नमस्कार,

उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न ६५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।

आज मिति 2071 भाद्र १३ गते तदनुसार 29th August 2014 शुक्रबारका दिन उज्यालो ९० मेगाहर्जको प्रसिद्ध कार्यक्रम श्रुतिशंबगेमा २०६८ सालमा मदन पुरस्कार प्राप्त गर्न सफल कृति सोते धरती लिएर कार्यक्रम प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित हुनुभएको छ । 

नेपालमा सबैभन्द्रा प्रतिष्ठत साहित्यमा नोबेल पुरस्कार बराबर मानिने मदन पुरस्कार वि.सं. २०६८ मा अमर न्यौपानेको प्रसिद्ध उपन्यास सेतो धरतीलाई प्रदान गरिएको थियो ।  न्यौपानेले सात वर्षमा बिहे भएकी ताराको केही समयमा नै पतिको मृत्यु भएपछि उनले वृद्धवस्थासम्म भोग्नुपरेको जीवनको विभिन्न पाटा र उमेरलाई उनले बडो जीवन्त रुपमा उतारेका छन् । वि.सं. १९९० सालमा जन्मेकी ताराको विधवा जीवनले भोगेको कष्ट र पीडालाई एकपछि अर्को गर्दै उमेरसँगै जोडेर चित्रण गरेका छन् । तारासितै कैयन बाल विधुवाहरुको पनि मुटु हल्लिने कथा उपन्यासले समेटेको छ ।
(The Novel Seto Dharati written by Amar Neupane was Awarded by Madan Puraskar in 2068BS)
Listen and Download Seto Dharati (Right Click and Save to Download)
Episode 1 : (29-08-2014/2071-05-13)

Download : Click Here to Download Episode 1
Episode 2 : (05-09-2014/2071-05-20)

Download : Click Here to Download Episode 2
Episode 3 : (12-09-2014/2071-05-27)

Download : Click Here to Download Episode 3
Episode 4 : (19-09-2014/2071-06-03)

Download : Click Here to Download Episode 4
Episode 5 : (26-09-2014/2071-06-10)

Download: Click Here to Download Episode 5
Episode 6 : (03-10-2014/2071-06-17)

Download : Click Here to Download Episode 6
Episode 7 : (10-10-2014/2071-06-24)

Download : Click Here to Download Episode 7
Episode 8 : (17-10-2014/2071-06-31)

Download : Click Here to Download Episode 8
Episode 9 : (27-10-2014/2071-07-07)

Download : Click Here to Download Episode 9
Episode 10 : (31-10-2014/2071-07-14)

Download : Click Here to Download Episode 10
Episode 11 : (07-11-2014/2071-07-21)

Download : Click Here to Download Episode 11
Episode 12 : (14-11-2014/2071-07-28)

Download : Click Here to Download Episode 12
Episode 13 : (21-11-2014/2071-08-05)

Download : Click Here to Download Episode 13
Episode 14 : (28-11-2014/2071-08-12)

Download : Click Here to Download Episode 14
Episode 15 : (12-12-2014/2071-08-26)

Download : Click Here to Download Episode 15 
सोह्रौ श्रृंखला बाचन गर्दा सुरुमा १५ औ श्रृंखला भनिएपनि यो श्रृंखला १६ हो ।
Episode 16 : (16-12-2014/2071-09-01) (Repeated in 19-12-2014)

Download : Click Here to Download Episode 16
Episode 17 : (26-12-2014/2071-09-11)

Download : Click Here to Download Episode 17
Episode 18 : (02-01-2015/2071-09-18)

Download : Click Here to Download Episode 18
गत १९ श्रृंखला देखि बाचन गरिँदै आएको अमर न्यौपानेको अति चर्चित र मन पराईएको उपन्यास सेतो धरतिको आज अन्तिम श्रृंखला बचन हुनेछ ।
Episode 19 : (09-01-2015/2071-09-25)-Last Part

Download : Click Here to Download Episode 19-Last
सेतो धरती उपन्यास बाचन सकिएपछि उपन्यासका लेखक अमर न्यौपाने श्रुतिशंवेगमा अतितिको रुपमा कार्यक्रममा आउनु भएको छ अन्तवार्ता विशेषमा
Episode 20 : (16-01-2014/2071-10-02)-Interview with Amar Neupane

Download : Click Here to Download

FULL NOVEL LISTEN AT YOUTUBE
PART 1-10

PART 11-20


How to Record Screen And Edit Videos Using Camtasia Studio in Nepali-Complete Tutorial in Nepali क्याम्टेसिया स्टुडियो बाट आफ्नो कम्प्युटरको स्कृन कसरी रेकर्ड र भिडियो एडिट कसरी गर्ने ।

NepaliTalim | 8:13:00 PM | 0 comments
How to Record Screen And Edit Videos Using Camtasia Studio in Nepali-Complete Tutorial in Nepali .
Through this video, we guide you that how to record your any computer screen and make a video as well as how to edit videos with camtasia studio software.

आजको श्रृंखलामा हामी कसरी क्यम्टेसिया स्टुडियो बाट आफ्नो कम्प्युटरको स्कृन रेकर्ड गर्न सक्छौ साथसाथै सजिलै तरिकावाट कसरी भिडियो एडिट गरेर भिडियो बनाउन सक्छौ जान्नेछौं ।
अन्तमा हामी यो सफ्टवेर कसरी तिस ३० तिस ३० दिनको समय बढाएर सबै बिना अवरोध प्रयोग गरिरहन सक्छौ त्यस्तो ट्रिक पनि जान्नेछौं त्यसको लागि यो भिडियो अन्त सम्म हेरिदिनुहोला र हाम्रो च्यानल सब्सक्राईब गर्नुहोला
Video Editor & Video Editing Software | Camtasia | TechSmith
Official Website
https://www.techsmith.com
Note : this video is completely educational purpose only
Training On YouTube 










जुनसुकै भिडियोलाई फेसबुक लार्इभ मार्फत कसरी Broadcast गर्न सकिन्छ ?? Facebook Live - How to Broadcast Prerecorded Video on Facebook Live Using OBS Studio in Nepali

NepaliTalim | 12:27:00 PM | 0 comments
How to Broadcast Facebook Live using OBS in Nepali , Nepali Talim
Facebook Live
आजको श्रृंखलामा हामी पहिलानै रेकर्ड गरेको भिडियो जुनसुकै भिडियोलाई फेसबुक लाईभ मार्फत कसरी  प्रशारण गर्न सक्छौ सिक्नेछौ. जसको लागि OBS Sdutio Studio भन्ने सफ्टवेरको आवस्यकता पर्दछ जुन निशुल्क डाउनलोड गर्न सकिन्छ ।
Download OBS Studio
Subscribe Our YouTube Channel



Today, we learn how to broadcast any video that you already recorded or any movie any music video documentary to facebook page live. We gonna demonstrate you how to broadcast prerecorded or any video on Facebook Live Streaming on Page using powerful software OBS Studio .
YouTube Channel - Click Here
Training Video on YouTube (Don't Forget to Subscribe 


Thank you 
Thanks



How to Withdraw Google AdSense Earning Through Western Union in Nepal गगुगल एडसेन्सको पैसा नेपालमा कसरी वेष्टर्न युनियनबाट निकाल्ने

NepaliTalim | 3:11:00 PM | 0 comments
















How to Withdraw Google AdSense Earning Through Western Union in Nepal // How to Receive Google Adsense Money from Western union in Nepal Complete Process
आजको श्रृंखलामा तपाईले कमाउनुभएको गगुगल एडसेन्सको पैसा कसरी वेष्टर्न युनियनबाट निकाल्ने भन्ने कुरा भिडियो मार्फत देखाउनेछु ।
This video will help you to withdraw your google Adsense Earning through Western Union in Nepal. Once Your Earning balance reach minimum threshold $100 in Nepal, Your payment will be released normally 23 to 24th of the month at the same time you will be getting notification of your payment release from Google Adsense . Check your Adsense on recent payment you will receive a MTCN.  Go to near Western union Branch to collect your money with your id proof.
Training Video


Thanks




How to Create YouTube Channel युट्युब च्यानल कसरी बनाउने

NepaliTalim | 11:06:00 AM | 0 comments












अाजकाे श्रृंखलामा हामी युट्युब मा नयाँ च्यानल कसरी बनाउने सिक्नेछाैं जसकाे लागि तपाइसँग एक जिमेल हुन जरूरी छ । एक जिमेलबाट हामी १०० भन्दा बढी च्यानलहरू बनाउन सक्छाैं । Today, We learn how to register new YouTube Channel on YouTube. First of all, we need gmail ID and one Gmail ID can create more than 100 YouTube Channel. Please, don't forget to Subscribe Nepali Talim YouTube Channel 
Training Video








Muktak Mala मुक्तक माला -223 (10-09-2017/2074-05-25) : Download

NepaliTalim | 10:40:00 AM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
 (10-09-2017/2074-05-25)
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 भाद्र 25 गते तदनुसार 25-09-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

ब्लग र वेबसाईटमा अडियो कसरी राख्ने How to Upload , Embed or Add MP3 Audio in Website or Blog

NepaliTalim | 2:45:00 PM | 0 comments













आजको श्रृंखलामा हामी ब्लगमा कसरी अडियो फाईल अडियो प्लेयर राख्छौं त्यसको बारेमा सिक्नेछौं ।
This episode we learn how to e
Library for Audio Upload
https://archive.org/
Training Video


Thanks

How to Get Free Payoneer Master Card in Nepal-Complete Tutorial in Nepali नेपालमा कसरी Payoneer मास्टर कार्ड निशुल्क प्राप्त गर्ने

NepaliTalim | 9:39:00 PM | 0 comments

How to Get Payoneer MasterCard in Nepal-Complete Tutorial in Nepali




Payoneer MasterCard is MasterCard of Payoneer Account Holder that provides online transfer and digital payment services, send and receive fund into their bank account  from anywhere in the world
You will be awarded by bonus 25$ once you reach total life time transaction of $100.
Signup  

नेपालमा कसरी पेयोनियर मास्टर कार्ड निशुल्क प्राप्त गर्ने । यो भिडियोमा हामिले खाता खोल्ने देखि कार्ड कसरी लिने साथै कसरी अ्याक्टिभेट गर्ने सबै डेमो देखाएका छौं । धन्यवाद । 
Find your postal code in Nepal
http://www.nepalpost.gov.np/

Training Video 

कथाकार प्रताप ओलीको कथा -आकाशे पुलवाली (Story Aakase Pul by Pratap Oli) - 07-09-2017

NepaliTalim | 3:23:00 PM | 0 comments
Story by Pratap Oli_Chisapani Nepal
Pratap Oli
कथा -आकाशे पुलवाली

अचम्म लागिरहेको छ मलाई जुन कुराहरु मैले सुनेको मात्र थिएँ ,त्यो कुरा आफैले देखे र भोगे पनि ! कता ढल्कदै छ हाम्रो संस्कार ? कता मोडिदै छौ हामी नेपाली ? कता हराउँदैछन्,ती चाड पर्व एकादशी,पुर्णीमा र श्रावण महिनाभरी ब्रत बस्ने हाम्रा नेपाली दिदी बहीनीहरु ? खुलेयाम जवानीको मोल मोलाई हुन्छ यहाँ ,खुलेयाम बार्गेनिङग गर्ने गरिन्छ यहाँ महिलाको अस्मिताको ! 

खुलेयाम प्रस्ताव राखिन्छ यहाँ यौन तृष्णाको ! के सबैभन्दा ठुलो कुरा पैसा नै हो त ? कतिसम्म सामान्य बन्दै छ त यो जवानीको खेल ? म काठमाडौंको किर्तीपुर पांगा भन्ने ठाउँमा बस्छु । भर्खरको कुरा हो यो ! मेरो एक जना साथी बझाङबाट काठमाडौंका लागि आउन लाग्नु भएको थियो । हुन त दिउँसो १२ बजे नै आईपुग्ने समय हो कारण हाम्रो देशको बाटोको हालत र चक्काजाम तपाईलाई थाहा नै छ । म कोठामा थिएँ फोन आयो साथी म थानकोट आईपुगे तपाई बसपार्क आउनुस् मलाई लिन । म पनि हुन्छ भन्दै ढोका बन्द गरेर कोठाबाट बाहिर निस्कें ।

काठमाडौंमा मैले अस्ति भन्दा आजभोली बेलुकी पख जाडो बढेको अनुभव गरेँ मैले ,चिसो मौसम बसपार्कमा आकासे पुल नजिक पुगेर साथीलाई फोन गरे ,स्वयम्भुमा बस सामान झार्न लागेको छ रे अझै आधा घण्टा लाग्छ भन्नुभयो साथीले । म गोङ्गबुको आकासे पुल पुग्ने वेलामा कम्तिमा १५ जनाले मलाई क्रमशः दाई होटेल हो भनेर सोधे ? दाई केटी लाने भए पनि मिलाईदिन्छौं । पुलिसको पनि डर हुँदैन ,चिन्तै मान्नु पर्दैन हामी सब मिलाउँछौं भन्थे तर म हैन भन्दै तर्किरहे । अव आधा घण्टा के गर्ने ? म आकासे पुल चढ्न थाले । आकासे पुलको भर्याङ चढ्दै थिएँ ,त्यहाँ साईडमा तन्नेरीहरु जिस्कँदै थिए । मलाई पनि जाने हो भनी सोध्दै थिए ,म वास्तै नगरी भर्याङ चढिरहेँ । त्यत्तिकैमा माथि आकासे पुलको बिच भागतिर पुगेँ ।

चारैतिर हेरेँ उपत्यकामा लोडसेडिङ मुक्त भएपछि चारैतिर उज्यालो झिलीमिली देखिन्थ्यो । लोडसेडिङ नभए त उपत्यकामा बाह्रैमास दिपावली हुँदोरहेछ मैले मनमनै सोचिरहेँ । सडकतिर हेरेँ दिनभरी बाटो काट्न समेत फुर्सद नहुने यो सडक अहिले त अलि खाली खाली देखिन्थ्यो । मैले सोचे सायद राती पनि यस्तै यस्तै कारणका लागी परेको होला ,२४ सै घण्टा अस्तव्यस्त भईरह्यो र त्यति नै प्याक भइरह्यो भने अहिले त यस्तो छ ,यो सडकको हालत के हुन्थ्यो होला ? सायद यो सडकलाई पनि विश्राम चाहिने भएको हुनाले रात परेको होला । झिलीमिली बत्ती आफ्नै तालमा बलिरहेको थियो ,सबै आ-आफ्नो सुर तालमा थिए ,जसलाई अर्काको मतलब थिएन । कुर्दाकुर्दै रातीको नौ बजिसकेको थियो ।

म सोच्दै थिएँ ,अचम्म छन्, यी दृश्यहरु आ–आफ्नै तालका ! त्यत्तिकैमा कोही मेरो नजिकै आएजस्तो लाग्यो ,पुलुक्कै हेरे ,त्यस्तै २४,२५ वर्षकी देखिन्थी तर म त भर्खर २२ पुगेको थिएँ । उनले मलाई तरपनि दाई भन्दै सम्बोधन गरि बोलाईन । उनको अनुुहारमा पुलक्क हेरें,उनुहारमा कहीँ कतै यौवनको प्यास देखिएको थिएन । तर मैले बुझिसकेको थिएँ ,उनी मलाई यौन प्रस्ताव राख्न आएकी थिईन ,मलाई थाहा थियो । उनले सिधै भन्न सकिनन्, सायद यो लाईनमा उनी नयाँ जस्तो लाग्यो । के हेरिरहनु भएको उनले सोधिन ? अनि मैले जवाफ दिएँ केही पनि होईन । अनि माथिबाट हेरिरहनुभएको छ त तलतिर उनले भनिन् । मैले हँ हँ यतिमात्र भने त्यसपछि उनले मलाई मुखै फोरेर भनिन् मसँग जाने हो ? अनि मैले अलि नबुझे जस्तो गरेर जवाफ दिएँ ,कहाँ जाने ? उनले उत्तर दिईन होटेलमा ! मैले सोधे कुन होटेलमा जाने र ? उनले भनिन् ,मलाई के थाहा त केटा मान्छेले पो लाने हो त ?

त्यति भन्दा मलाई उनीसँग थप कुरा गर्न मन लाग्यो । अनि मैले सोधे , कति पैसा लिने ? उनले भनिन्,दुई हजार रुपैँया रातभरीको । अनि मैले भने मैले पाँच सय सुन्या छु नि त ? उनले भनिन् ,त्यो त बुढि मान्छेले लिने हो म त तरुनी छु त ? ए होर,मैले जवाफ दिएँ । अनि थप कुरा गर्न मन लाग्यो उनीसित अनि मैले सोधे घर कहाँ हो हजुरको ? उनले जवाफ दिईन ,किन चाहियो ? मैले फेरी सोधे भन्नु न भन्नु चिन जान गर्दा के बिग्रन्छ र ? उनले सिन्धुपाल्चोक भनिन् , अनि मैले सोधे ,यहाँ कहाँ बस्नुहुन्छ ? बसुन्धारा उनले भनिन् । अनि मैले सोधे ,यहाँ कतिखेर आउनु भएको ? उनी झर्केझै गरी बोलीन ,ह्या के बोलिरा होला ? जाने भए जान्छु भन्नु नत्र जान्न भन्दे भैगोनी भन्दै उतापट्टि फर्किन । मैले उनलाई फकाउँदै भनेँ ,हेर्नुस्,चिनजान गर्दैमा कस्को के जान्छ र ?

आखिर फालेको टपरी त काम लाग्छ भन्छन् ,हामी पानी भोली कुनै दिन काम आउँला नी ! अहिले चिनजान गर्यो भने तपाईको मेरो सम्बन्ध यो आकासे पुलदेखि होटलसम्मको मात्रै त होईन नी । त्यति भनेसी उनले जवाफ दिईन ,अरु के छ बाँकी सोध्न ,सोध्नु न त ? यहाँ कतिखेर आउनु भएको म पहिलो मान्छे हो र मैले सोधेँ । उनले अलि झर्किलो र उत्ताउलो पारामा जवाफ दिईन , एक पटक त गएर आईसके ,फेरी उनको अनुहारमा हेरे यौवनको प्यास कहिँ कति देखिनँ थियो त केवल डर मात्रै ।

फेरी मैले सोधेँ ,हजुरलाई डर लागीरहेको छ हो मसँग बोल्दा ? उनले हाँस्दै जवाफ दिईन ,यस्तो लुतेसँग के को डर ? हुन न त म अलि पातलो भएर पनि होला अनि के त मैले सोधे ? ह्या तपाई पत्रकार हो कि क्या हो ?कति साधेको ? अहिले पुलिसले दुईचार लट्ठीले हान्छ ,अनि थाहा हुन्छ । उनी मसँग बोल्न अलि भm्याउ मानेझै गरी बोल्दै थिईन । तरपनि उनीसँग बोल्न म एकदम उत्सुक थिएँ ,थप प्रश्न माथि प्रश्न तेस्र्याईरहेको थिएँ ,त्यत्तिकैमा आकासे पुलमा केटा मान्छेहरु उनलाई नजर लगाउँदै थिए ,उनलाई इशारा गर्दै थिए,उनलाई बोलाउँदै थिए ,आफुसँग जान भनी तर उनी गईनन् । उनी म भएकै ठाउँमा उभिराखिन्,मैले भने यो काम गर्न अफ्ठ्यारो लाग्दैन ? उनले भनिन्,मेरो जिन्दगीको बारेमा कहानी लामो छ भाई ,कुनै अर्को दिन सुनाउँला ।

मैले सोधे ,अनि बिहे भयो कि नाइँ ? उनले हाँस्दै जवाफ दिईन ,मेरो छोरा त तपाई जत्रै भयो । अहिले १२ वर्षको भयो । अनि छोरी ८ वर्षको । मैले होर भनेँ । उनले लजाउँदै सानो छँदा बिहे भएको भनिन् । अनि मैले भनेँ, बुढा खोई तपाईको,उनले भनिन् किन चाईयो ? हाम्रो डिभोर्स भाको अहिले दुबई छ भन्ने सुन्दैछु ,अर्को बिहे गरेको छ रे ,दुईटा छोराछोरी छ रे भनिन् । फेरी प्रश्न गरे मैले ,किन गर्नु भएको त डिभोर्स ? उनले अलि रिसाँदै भनिन् ,मुर्दा जहिले पनि रक्सि खान्थ्यो ,जहिले पनि बाहिर,बाहिर हिँड्थ्यो ,बाहिर केटीसँग लाग्छ भन्ने सुनेको थेँ । मसँग कहिल्यै राम्रो व्यवहार देखाएन । जहिले झगडा जहिले झगडा अनि यत्तिकैमा डिभोर्स भयो । उनले उत्तर दिईन । उनी भावुक बन्दै गईन ,उनले भनीन् ,छुट्दाखेरी छोराछोरी दिन मानेन ,अनि गाउँमा बसेसी रुन मात्रै मन लाग्यो ।

माईतमा मात्रै कति बस्न ु? आफुले नौ महिना कोखमा राखेर जन्माएको सन्तान आफैसित नभएसी के गरी बस्नु भनेर गाउँकै दिदीसँग काठमाडौं आएँ । काठमाडौंमा म जस्तो दुःखीलाई अनि नपढेको मान्छेलाई कस्ले राम्रो जागिर दिन्छ र ? दिदी पनि यस्तै काम गर्नु हुँदो रहेछ म पनि यस्तै परेँ । कहिलेकाँही आफ्नो गाउँतिरको मान्छे देख्दा छाँगाबाट खसेझै हुन्छू ,यस्तै छ जिन्दगी ! धेरै पैसा कमाएर त्यसको अगाडी एउटा पक्की घर बनाउने सपना छ । अनि छोराछोरीलाई त्यहीँ राख्छु,राम्रोसँग पढाउने छु । त्यसले अहिले अर्को बिहे गरेपछि मेरो छोराछोरीको बिजोग भएको छ । धेरै कमाउने मेरो सपना हो भन्दै आँशु झारिन । म पनि निकै भावुक बनेँ । मैले भने किन रोको नरुनुस् ।

उनीसँग यस्तै यस्तै कुरा गर्दै थिएँ ,मनमा कता कता नरमाईलो लागिरहेको थियो । मुनितिर रोडमा मेरो साथी जस्तै मान्छे देखेँ मैले । झोला बोकेर लुखुर लुखुर हिँडिरहेको । यसो झट्ट फोन हेरेँ ११ पटक मिस्डकल आएको रहेछ साथी कै । प्रायः म कोठामा बस्दा फोन साईलेन्ट मोडमा हुन्छ । त्यही भएर यी आकाशे पुलवालीसँग कुरा गर्दा गर्दै समय गएको पत्तो भएन । हामी त्यहाँबाट कोठामा गयौं । साथी त लामो यात्रा गरेर आएकाले छिटै सुतिसक्नुभयो तर मलाई त्यही आकासे पुलवाली र उनका कुराले झलझली दिलाइरह्यो । मैले सोचे कति प्रतिसोचको भावना मान्छेमा अचेल । हरेक मान्छे गलत काम गर्न ईच्छुक नभएर विवश हुँदो रहेछ र पैसाको लागी जे पनि गर्न तयार हुँदो रहेछ । पैसा भनेको अचेल मान ,मर्यादा,ईमान,ईज्जत सब रहेछ । अव हरेक नाता के पैसाकै स्वार्थमा जोडिएलान् त ?

कथाकार, 
प्रताप ओली 
 जन्मस्थान बझाङ
जन्ममिति २०५०/१२/३०
 सम्पर्क मोवाईलः ९८४८६३५०९४
ईमेलः pratapoli909@gmail.com

Note :
Copyright of above story reserved with Writer.

Thanks

Muktak Mala मुक्तक माला -222 (03-09-2017/2074-05-18) : Download

NepaliTalim | 12:08:00 PM | 0 comments
रेडियो भिजनको प्रस्तुती
मुक्तक बिशेष 
मुक्तक माला 
प्रस्तोता मदन भण्डारी 
हरेक राती १०.१५ आईतबार 
(03-09-2017/2074-05-18) 
Facebook Page 


नमस्कार साथीहरु, 
आज मिति 2074 भाद्र 18 गते तदनुसार 03-09-2017 आइतबारका दिन रेडियो भिजनको मुक्तक बिशेष प्रस्तुती मुक्तक माला लिएर कार्यक्रम प्रस्तुता मदन भण्डारी कार्यक्रमका  प्राविधिकका साथमा उपस्थित हुनुभएको छ । आउनुस कस्तो लाग्यो सुनेर फेसबुक पेजमा प्रतिकृया दिनुहोला । 
Listen and Download

Download : Click Here to Download

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger