Showing posts with label Guest Story. Show all posts
Showing posts with label Guest Story. Show all posts

FULL STORY - TYO SANJH BY AJIT CHHETRI ।। कथाकार अजित क्षेत्रीको कथा - 'त्यो साँझ' -Audio Book

NepaliTalim | 11:27:00 PM | 0 comments
Story -Tyo Sanjh
Writer -Ajit Chhetri 
Date : 08-10-2018
Narrated by Chisapani Nepal 
कथा त्यो साँझ
कथाकार अजित क्षेत्री




नमस्कार साथीहरु,

सदाझैं आज पनि हामी चिसापानी नेपाल युट्युब च्यानल तथा चिसापानी नेपाल ब्लग बाट कथा बाचनको श्रृंखला लिएर उपस्थित भएका छौं । आजको कथा बाचनको श्रृंखलामा कथाकार अजित क्षेत्रीको कथा त्यो साँझ लिएर उपस्थित भएका छौं । यो कथा चिसापानी नेपाल ब्लगमा १९ सेप्टेम्बरमा प्रकाशन भएको थियो । पुरै कथा पढ्नको लागि दिईएको लिक खोलेर पढ्न सक्नुहुन्छ । हामीले यस कथालाई पूरा बाचनको जमर्को गरेका छौं कथा बाचन के कस्तो भयो तपाईहरुको सल्लाह सुझाबको आशा गरेका छौं । धन्यवाद 
Listen on YouTube 

कथाकार प्रताप ओलीको कथा -आकाशे पुलवाली (Story Aakase Pul by Pratap Oli) - 07-09-2017

NepaliTalim | 3:23:00 PM | 0 comments
Story by Pratap Oli_Chisapani Nepal
Pratap Oli
कथा -आकाशे पुलवाली

अचम्म लागिरहेको छ मलाई जुन कुराहरु मैले सुनेको मात्र थिएँ ,त्यो कुरा आफैले देखे र भोगे पनि ! कता ढल्कदै छ हाम्रो संस्कार ? कता मोडिदै छौ हामी नेपाली ? कता हराउँदैछन्,ती चाड पर्व एकादशी,पुर्णीमा र श्रावण महिनाभरी ब्रत बस्ने हाम्रा नेपाली दिदी बहीनीहरु ? खुलेयाम जवानीको मोल मोलाई हुन्छ यहाँ ,खुलेयाम बार्गेनिङग गर्ने गरिन्छ यहाँ महिलाको अस्मिताको ! 

खुलेयाम प्रस्ताव राखिन्छ यहाँ यौन तृष्णाको ! के सबैभन्दा ठुलो कुरा पैसा नै हो त ? कतिसम्म सामान्य बन्दै छ त यो जवानीको खेल ? म काठमाडौंको किर्तीपुर पांगा भन्ने ठाउँमा बस्छु । भर्खरको कुरा हो यो ! मेरो एक जना साथी बझाङबाट काठमाडौंका लागि आउन लाग्नु भएको थियो । हुन त दिउँसो १२ बजे नै आईपुग्ने समय हो कारण हाम्रो देशको बाटोको हालत र चक्काजाम तपाईलाई थाहा नै छ । म कोठामा थिएँ फोन आयो साथी म थानकोट आईपुगे तपाई बसपार्क आउनुस् मलाई लिन । म पनि हुन्छ भन्दै ढोका बन्द गरेर कोठाबाट बाहिर निस्कें ।

काठमाडौंमा मैले अस्ति भन्दा आजभोली बेलुकी पख जाडो बढेको अनुभव गरेँ मैले ,चिसो मौसम बसपार्कमा आकासे पुल नजिक पुगेर साथीलाई फोन गरे ,स्वयम्भुमा बस सामान झार्न लागेको छ रे अझै आधा घण्टा लाग्छ भन्नुभयो साथीले । म गोङ्गबुको आकासे पुल पुग्ने वेलामा कम्तिमा १५ जनाले मलाई क्रमशः दाई होटेल हो भनेर सोधे ? दाई केटी लाने भए पनि मिलाईदिन्छौं । पुलिसको पनि डर हुँदैन ,चिन्तै मान्नु पर्दैन हामी सब मिलाउँछौं भन्थे तर म हैन भन्दै तर्किरहे । अव आधा घण्टा के गर्ने ? म आकासे पुल चढ्न थाले । आकासे पुलको भर्याङ चढ्दै थिएँ ,त्यहाँ साईडमा तन्नेरीहरु जिस्कँदै थिए । मलाई पनि जाने हो भनी सोध्दै थिए ,म वास्तै नगरी भर्याङ चढिरहेँ । त्यत्तिकैमा माथि आकासे पुलको बिच भागतिर पुगेँ ।

चारैतिर हेरेँ उपत्यकामा लोडसेडिङ मुक्त भएपछि चारैतिर उज्यालो झिलीमिली देखिन्थ्यो । लोडसेडिङ नभए त उपत्यकामा बाह्रैमास दिपावली हुँदोरहेछ मैले मनमनै सोचिरहेँ । सडकतिर हेरेँ दिनभरी बाटो काट्न समेत फुर्सद नहुने यो सडक अहिले त अलि खाली खाली देखिन्थ्यो । मैले सोचे सायद राती पनि यस्तै यस्तै कारणका लागी परेको होला ,२४ सै घण्टा अस्तव्यस्त भईरह्यो र त्यति नै प्याक भइरह्यो भने अहिले त यस्तो छ ,यो सडकको हालत के हुन्थ्यो होला ? सायद यो सडकलाई पनि विश्राम चाहिने भएको हुनाले रात परेको होला । झिलीमिली बत्ती आफ्नै तालमा बलिरहेको थियो ,सबै आ-आफ्नो सुर तालमा थिए ,जसलाई अर्काको मतलब थिएन । कुर्दाकुर्दै रातीको नौ बजिसकेको थियो ।

म सोच्दै थिएँ ,अचम्म छन्, यी दृश्यहरु आ–आफ्नै तालका ! त्यत्तिकैमा कोही मेरो नजिकै आएजस्तो लाग्यो ,पुलुक्कै हेरे ,त्यस्तै २४,२५ वर्षकी देखिन्थी तर म त भर्खर २२ पुगेको थिएँ । उनले मलाई तरपनि दाई भन्दै सम्बोधन गरि बोलाईन । उनको अनुुहारमा पुलक्क हेरें,उनुहारमा कहीँ कतै यौवनको प्यास देखिएको थिएन । तर मैले बुझिसकेको थिएँ ,उनी मलाई यौन प्रस्ताव राख्न आएकी थिईन ,मलाई थाहा थियो । उनले सिधै भन्न सकिनन्, सायद यो लाईनमा उनी नयाँ जस्तो लाग्यो । के हेरिरहनु भएको उनले सोधिन ? अनि मैले जवाफ दिएँ केही पनि होईन । अनि माथिबाट हेरिरहनुभएको छ त तलतिर उनले भनिन् । मैले हँ हँ यतिमात्र भने त्यसपछि उनले मलाई मुखै फोरेर भनिन् मसँग जाने हो ? अनि मैले अलि नबुझे जस्तो गरेर जवाफ दिएँ ,कहाँ जाने ? उनले उत्तर दिईन होटेलमा ! मैले सोधे कुन होटेलमा जाने र ? उनले भनिन् ,मलाई के थाहा त केटा मान्छेले पो लाने हो त ?

त्यति भन्दा मलाई उनीसँग थप कुरा गर्न मन लाग्यो । अनि मैले सोधे , कति पैसा लिने ? उनले भनिन्,दुई हजार रुपैँया रातभरीको । अनि मैले भने मैले पाँच सय सुन्या छु नि त ? उनले भनिन् ,त्यो त बुढि मान्छेले लिने हो म त तरुनी छु त ? ए होर,मैले जवाफ दिएँ । अनि थप कुरा गर्न मन लाग्यो उनीसित अनि मैले सोधे घर कहाँ हो हजुरको ? उनले जवाफ दिईन ,किन चाहियो ? मैले फेरी सोधे भन्नु न भन्नु चिन जान गर्दा के बिग्रन्छ र ? उनले सिन्धुपाल्चोक भनिन् , अनि मैले सोधे ,यहाँ कहाँ बस्नुहुन्छ ? बसुन्धारा उनले भनिन् । अनि मैले सोधे ,यहाँ कतिखेर आउनु भएको ? उनी झर्केझै गरी बोलीन ,ह्या के बोलिरा होला ? जाने भए जान्छु भन्नु नत्र जान्न भन्दे भैगोनी भन्दै उतापट्टि फर्किन । मैले उनलाई फकाउँदै भनेँ ,हेर्नुस्,चिनजान गर्दैमा कस्को के जान्छ र ?

आखिर फालेको टपरी त काम लाग्छ भन्छन् ,हामी पानी भोली कुनै दिन काम आउँला नी ! अहिले चिनजान गर्यो भने तपाईको मेरो सम्बन्ध यो आकासे पुलदेखि होटलसम्मको मात्रै त होईन नी । त्यति भनेसी उनले जवाफ दिईन ,अरु के छ बाँकी सोध्न ,सोध्नु न त ? यहाँ कतिखेर आउनु भएको म पहिलो मान्छे हो र मैले सोधेँ । उनले अलि झर्किलो र उत्ताउलो पारामा जवाफ दिईन , एक पटक त गएर आईसके ,फेरी उनको अनुहारमा हेरे यौवनको प्यास कहिँ कति देखिनँ थियो त केवल डर मात्रै ।

फेरी मैले सोधेँ ,हजुरलाई डर लागीरहेको छ हो मसँग बोल्दा ? उनले हाँस्दै जवाफ दिईन ,यस्तो लुतेसँग के को डर ? हुन न त म अलि पातलो भएर पनि होला अनि के त मैले सोधे ? ह्या तपाई पत्रकार हो कि क्या हो ?कति साधेको ? अहिले पुलिसले दुईचार लट्ठीले हान्छ ,अनि थाहा हुन्छ । उनी मसँग बोल्न अलि भm्याउ मानेझै गरी बोल्दै थिईन । तरपनि उनीसँग बोल्न म एकदम उत्सुक थिएँ ,थप प्रश्न माथि प्रश्न तेस्र्याईरहेको थिएँ ,त्यत्तिकैमा आकासे पुलमा केटा मान्छेहरु उनलाई नजर लगाउँदै थिए ,उनलाई इशारा गर्दै थिए,उनलाई बोलाउँदै थिए ,आफुसँग जान भनी तर उनी गईनन् । उनी म भएकै ठाउँमा उभिराखिन्,मैले भने यो काम गर्न अफ्ठ्यारो लाग्दैन ? उनले भनिन्,मेरो जिन्दगीको बारेमा कहानी लामो छ भाई ,कुनै अर्को दिन सुनाउँला ।

मैले सोधे ,अनि बिहे भयो कि नाइँ ? उनले हाँस्दै जवाफ दिईन ,मेरो छोरा त तपाई जत्रै भयो । अहिले १२ वर्षको भयो । अनि छोरी ८ वर्षको । मैले होर भनेँ । उनले लजाउँदै सानो छँदा बिहे भएको भनिन् । अनि मैले भनेँ, बुढा खोई तपाईको,उनले भनिन् किन चाईयो ? हाम्रो डिभोर्स भाको अहिले दुबई छ भन्ने सुन्दैछु ,अर्को बिहे गरेको छ रे ,दुईटा छोराछोरी छ रे भनिन् । फेरी प्रश्न गरे मैले ,किन गर्नु भएको त डिभोर्स ? उनले अलि रिसाँदै भनिन् ,मुर्दा जहिले पनि रक्सि खान्थ्यो ,जहिले पनि बाहिर,बाहिर हिँड्थ्यो ,बाहिर केटीसँग लाग्छ भन्ने सुनेको थेँ । मसँग कहिल्यै राम्रो व्यवहार देखाएन । जहिले झगडा जहिले झगडा अनि यत्तिकैमा डिभोर्स भयो । उनले उत्तर दिईन । उनी भावुक बन्दै गईन ,उनले भनीन् ,छुट्दाखेरी छोराछोरी दिन मानेन ,अनि गाउँमा बसेसी रुन मात्रै मन लाग्यो ।

माईतमा मात्रै कति बस्न ु? आफुले नौ महिना कोखमा राखेर जन्माएको सन्तान आफैसित नभएसी के गरी बस्नु भनेर गाउँकै दिदीसँग काठमाडौं आएँ । काठमाडौंमा म जस्तो दुःखीलाई अनि नपढेको मान्छेलाई कस्ले राम्रो जागिर दिन्छ र ? दिदी पनि यस्तै काम गर्नु हुँदो रहेछ म पनि यस्तै परेँ । कहिलेकाँही आफ्नो गाउँतिरको मान्छे देख्दा छाँगाबाट खसेझै हुन्छू ,यस्तै छ जिन्दगी ! धेरै पैसा कमाएर त्यसको अगाडी एउटा पक्की घर बनाउने सपना छ । अनि छोराछोरीलाई त्यहीँ राख्छु,राम्रोसँग पढाउने छु । त्यसले अहिले अर्को बिहे गरेपछि मेरो छोराछोरीको बिजोग भएको छ । धेरै कमाउने मेरो सपना हो भन्दै आँशु झारिन । म पनि निकै भावुक बनेँ । मैले भने किन रोको नरुनुस् ।

उनीसँग यस्तै यस्तै कुरा गर्दै थिएँ ,मनमा कता कता नरमाईलो लागिरहेको थियो । मुनितिर रोडमा मेरो साथी जस्तै मान्छे देखेँ मैले । झोला बोकेर लुखुर लुखुर हिँडिरहेको । यसो झट्ट फोन हेरेँ ११ पटक मिस्डकल आएको रहेछ साथी कै । प्रायः म कोठामा बस्दा फोन साईलेन्ट मोडमा हुन्छ । त्यही भएर यी आकाशे पुलवालीसँग कुरा गर्दा गर्दै समय गएको पत्तो भएन । हामी त्यहाँबाट कोठामा गयौं । साथी त लामो यात्रा गरेर आएकाले छिटै सुतिसक्नुभयो तर मलाई त्यही आकासे पुलवाली र उनका कुराले झलझली दिलाइरह्यो । मैले सोचे कति प्रतिसोचको भावना मान्छेमा अचेल । हरेक मान्छे गलत काम गर्न ईच्छुक नभएर विवश हुँदो रहेछ र पैसाको लागी जे पनि गर्न तयार हुँदो रहेछ । पैसा भनेको अचेल मान ,मर्यादा,ईमान,ईज्जत सब रहेछ । अव हरेक नाता के पैसाकै स्वार्थमा जोडिएलान् त ?

कथाकार, 
प्रताप ओली 
 जन्मस्थान बझाङ
जन्ममिति २०५०/१२/३०
 सम्पर्क मोवाईलः ९८४८६३५०९४
ईमेलः pratapoli909@gmail.com

Note :
Copyright of above story reserved with Writer.

Thanks

कथा- तिम्रै कारणले ठोक्किएर जिम्मेवार नागरिक बनेँ -प्रताप ओली -24-7-2017 (Story by Pratap Oli)

NepaliTalim | 10:27:00 PM | 0 comments
तिम्रै कारणले ठोक्किएर जिम्मेवार नागरिक बनेँ 

घर बझाङ भएपनि म धनगढीमा बसी पढ्दै थिएँ । उमेरले १६ को थिएँ ,साथी बनाउने उत्सुकता झन् झन् बढ्दै थियो । धेरै रेडियोमा साथी बनाउने कार्यक्रम चल्थे तर त्यो विधिबाट मलाई साथी बनाउने चाहाना थिएन र धेरै साथी बनाउने उत्सुकता बोकेको मान्छे पनि होईन । एक दिनको कुरा शनिबारको दिन सरसफाई गरी घरको छतमा बसी किताब पढ्न बसेको थिए । एकछिन् ,फेशबुक अन गरी चलाए । धरानको विजयपुर एफ.एम.को फेशबुक पेजमा साथी बनाउने कार्यक्रम आउँदै छ,यही पेजमा आफुले कस्तो साथी चाहानुहुन्छ ? तपाईको सम्पर्क गर्ने ठेगाना सहित पोष्ट गनुहोस् ,भनेर लेखिएको थियो । मैले त्यसमा आफ्नो नम्बर ठेगाना पोष्ट गरेँ । त्यसैदिन झण्डै ६ बजेको थियो,बसन्त ऋतु भित्रिएको बैशाख महिना भएर होला सायद सिर सिर हावा चल्दै थियो ,म धनगढीको क्याम्पस रोड चोकमा तरकारी किन्न निस्केको थिए । एक्कासी नचिनेको नम्बरबाट फोन आयो तर मैले उठाईँन ,मलाई शंका उब्जियो यो फोन त्यो रेडियो कै कमालले आएको हो । तरकारी किनेर म रुममा पुँगे । एउटा शान्त वातारण मिलाउँदै मैले त्यो अज्ञात नम्बरमा फोन लगाएँ । फोन उठ्यो ,फोनमा एउटा नरम फिमेल आवाज सुनियो हेलो भनेर ! अनि मैले पनि हेलो नमस्ते को बोल्नु भयो ? कहाँबाट ? भनेर सोधेँ । अन्जान व्यक्तिको जवाफ आयो तपाईले रेडियोमा नम्बर छोड्नु भएको रहेछ ,मैले सुनेर नम्बर टिपे अनि तपाईलाई फोन गरे भनीन् ,मैले ठिकै छ नि त भन्दै कुुरा टारे । कुराकानीकै क्रममा घर ठेगानाका कुरा पनि आए । आ–आफ्ना ठेगाना बाँड्यौँ । साथीकै सम्बन्ध गाँसीएकाले हामीले कहिलेकाँही फोन गर्ने वाचा गर्यौ । कहीलेकाँही कुराकानी भएपनि हाम्रो निकैबेर लामो र मिठा कुराकानी हुन्थे । मैले यस्तै ११ को परिक्षा दिएको थिएँ । हामीविच झन् सम्बन्ध थपियो ,हामी विच झन् झन् फोन र एसएमस् हुन थाल्यो । 

एक दिन यस्तै साँझ पख थियो ,उनले फोन गरिन् ,केहीबेर समसामयिक कुरा भए ,त्यसपछि उनले एउटा कुरा भनुँ भन् िमैले के कुरा भनन भनेर सोधे,उनी एकछिन् उड्किएकी थिईन, त्यसपछि कुरा कोट्याउँदै उनले मलाई मपाई धेरै मनपराउँछु भनिन् । तर मैले जवाफ फर्काए म पढ्दै गरेको विद्यार्थी , घर टाढा छ । फेरी म पश्चिमको तिमी कहाँ पुर्वको हाम्रो मन मिल्ला कुरा मिल्ला तर समाज र सँस्कृति मिल्दैन । हाम्रो यो सम्बन्ध समाजका लागी स्विकार्य नहुन सक्छ भनी उनलाई सम्झाए । उनले रुँदै भनेकी थिईन म हजुरलाईलाचर्य ने माया गर्छु ,यो समाज ,सँस्कृति,भाषा कलाको मलाई केही मतलव छैन । तपँईको हरेक कुरा व्यवहार मलाई मन पर्छ भनिन् । त्यसपछि मैले ठिकै छ यत्तिको माया गर्ने अहिलेसम्म कोही छैन ,जे पर्छ परेकै टर्छ भनी उनको प्रेम प्रस्ताव विस्कार गरेँ । जब १२ को परिक्षा दिएँ मैले उनले मलाई धरान घुम्न आउन निम्ता गरिन । म ११ पढ्दै गर्दा आफ्नो पढाई खर्च मिलाउँन धनगढीको बेल्स क्याफेमा वेटरमा काम गरिरहेको थिए । अलि अलि घुम्नलाई मसँग पैसा स्टक भएकाले म घुम्न भनेर पुर्वतिर  लागे धनगढीबाट विराटनगरका लागी करिब १७ सय गाडीभाडा लाग्थ्यो । उनले म हिड्नु अघि मलाई एउटा अनुरोध गरेकी थिईन ,तपाई आउँदा मलाई रातो चुरा र सिन्दुर र राता चुरा मलाई लिएर आउनु ,म तपाईले ल्याएको चुरा र सिन्दुर लुकाएर लगाउनेछु ,जस्ले हाम्रो सम्बन्ध कहिल्यै छुट्नदिने छैन । मैले हुन्छ भने ,म दिउँसो एक बजेको गाडीमा त्यहाँबाट हिँडे । भोलिपल्ट बिहान ११ बजे गाडी विराटनगर पुग्यो । म त्यहाँबाट धरानका लागी अर्को गाडी फेरेर हिँडे । सौध्दै हिडेको थिए । म विराटनगरबाट तरहरा हुँदै धरानबजारको भानुचोकमा पुँगे । विल्कुलै नयाँ ठाउँ त्यो पनि साथमा कोही छैन । फोनको भरमा हिँडेको मान्छे नयाँ ठाउँ ,नयाँ परिवेश तरपनि मनमा एकदमै उनी कस्ती होलीन् भन्ने उत्साह थपिएको थियो । मैले भानुचोकको पिपल चौताराबाट उनलाई फोन गरेँ । उनीबाट आफ्नो काकाको छोरीसँग १५ मिनेटभित्र आउने जवाफ आयो मैले हुन्छ भनेँ । एकछिन पिपल चौतारमा बसी आराम गरेँ । पुर्वपश्चिमको यात्रा गर्दा साह्रै थकाई र रिँगटा महसुस भएको थियो मलाई । १५ मिनेटपछि फोन आयो ,तपाई कता हुनुहुन्छ ,हामी यहाँनिर छौ भनेर ! मलाई उनले थाहा नपाउनेगरी उनलाई हेर्ने रहर थियो । यताउता हेरे तर एकतिर मैले जस्तै मोवाईल कानमा राखेर बोल्दै गरेकी एक युवती थिई । म उस्को नजिकै गएर मैले बोलेको जवाफ दिन्छकी भनेर विचार गरे तर फोनमा फरक कुराकानी भईरहेको थियो । त्यसपछि मैले यो मान्छे पक्कै मैले भेट्न चाहेको मान्छे हाईन भनेर अड्कल गरेँ । फेरी मैले यताउती हेरे एक छेउबाट दुईजना युवती म जस्तै खोज्दै आएको देखे । होकी होईन फेरी ठम्याउानै गाह्रो थियो मलाई । मुटुको चालपनि धेरै गतिले बढ्दै थियो , कस्तो बिडम्बना मैले उनलाई सुरुमै देख्ने भनेको उनले मलाई नै अगाडी देखेकी रहिछिन् । लजाई लजाई हामी नजिकियौँ । त्यसपछि हामी एक साईडतिर गई कुरा गर्न सहमत भयौँ । साथमा उनको दिदी भएकाले हामी फोन जस्तो नजीकीएर बोल्न सकेनौँ । उनले घरबाट सार्थीको बर्थ डे छ भनेर आएको र आधा घण्टामै घरमा आईपुग्ने वाचा गरेको कुरा सुनाईन् ,त्यसैले पहिलो दिनको भेट आधा घण्टामा खासै कुराकानी भएन । मैले उनलाई उनले लिएर आउनु भनेको भनेको चिज सिन्दुर र चुरा लुकाएर दिए ताकी दिदिले थाहा नपाउन । हामी नरमाईलो महसुस गर्दै छुटियौं । मैले धरान बजारस्थित भानुचोकैमा एउटा होटेलमा कोठा भाडामा लिई बसेको थिए । मलाई थाहा थिएन कि नेपालकै महँगो बजार धरान हो भनेर । त्यहाँका मानिसहरु धेरै ब्रिटीस गोर्खा सेनामा जाने हुनाले स्ट्यान्डार्ड किसिमको खाने लगाउने सभ्यता उनीहरुमा परापुर्व कालदेखि नै रहेछ । मैले त्यहाँ बस्दा धेरै महँगो होटेलको कोठा भाडा तिरेर बसेको थिए । 


रातीको नौं बजेको थियो ,उनले फोन गरिन्,दिनभरीका सारा वृतान्त सुनाईन । यस्तो भयो । दिदीले तपाईसँग नजिक बस्दा नचिनेको मान्छेसँग किन त्यसरी टासिएर बसेको भनेर रिसाईन् । ममीले यस्तो भनिन् ,वावाले यस्तो भने भनेर सुनाईन् । अनि मैले सोधे अरुले जे भनेपनि म कसे लाग्यो तिमीलाई भनेर ? उनीबाट जवाफ  आयो ,तपाई मैले सोचेभन्दा राम्रो हुनुहुन्छ , मैले तपाईजस्तो मान्छे भेट्टाउनु आफुलाई भाग्यमानी ठान्छु । आजदेखि मेरो मनमा थप मायाका फुलहरु फुलेका छन् । यस्तै यस्तै कुराले हाम्रो त्यो रातको कुराकानी २ घण्टा लामो भयो , फोन राख्ने वेलामा मैले सोधे भोली के गर्ने प्लान बनाएकी छौ त ? उनले भनिन्,हेर्नु न केही दिन अगाडी मेरी साईली दिदी एकजनाले भगाएर लगेको छ । घरकाहरुका दिदीको रिस मलाई पोख्छन,घरमा तनावको स्थिति सृजाना भएको छ , फेरी हाम्रोबारे केही चाल पाए भने हामीलाई बाबाले राख्नुहुन्नँ । अनि मैलै भने त्यसो भए , भाग्ने तिम्रो दिदी भगाउने अर्को केटा !त्यसको फल पाउने हामी ? जसरी भएनी मलाई भेट्न आउ। हैन भने म नौ डाँडा काटेर यो विरानो सहरमा तिम्लाई भेट्न आउनुको के अर्थ ? त्यसपछि अलिक नरम स्वरमा उनले भनीन् , म जसरी भएन िकुरा मिलाएर आउँछु ,हजुर नआत्तीनु ल पिलिज ! त्यसपछि मैले हुन्छ भने हामीले फोनको कुराकानी शुभ सपनीको कामना गर्दै रोक्यौँ । रातभरी एककिसीमको मलाई छटपटी चलि रह्यो ,म निदाउन निकै बेर लाग्यो । भोलिपल्ट बिहानै उठे ,बाथरुप गएर फ्रेस भएँ ,चिया नास्ता गरी खाना समेत भ्याँए । बिहान ९ बजे फोन गरेँ । हामी दिउँसो १२ बजे भानुचोकमा भेटियौँ । त्यो दिन जिवनकै अविस्मरणिय बन्दै थियो । हामी त्यो दिन धरानबजारबाट माथी माथी बुढासुब्बा गयौँ टेम्पो चढेर । त्यहाँ बुढासुब्बा मन्दिर दर्शन गरीसकेपछि ,हामी अझै माथी एकान्तमा जान ईच्छा गर्दै थियौ । उकालो चढ्दै जाँदा रमाईलो हरीयाली ठाउँ आयो ,त्यहाँ नजिक केही रिर्सोट थिए । हामी त्यी रिर्सोट भन्दा अझै पर खोला छेउमा पुग्यौँ । खोला किनारमा हामीले धोको पुरा हुने गरी कुराकानी गर्यौ । दुवैजना पहिलो मायाको महसुस गर्दै थियौ । लाग्थ्यो हामी संसारकै भाग्यमानी प्रेमी जोडी हौ । वेलुका हामी त्यहाँबाट फर्कियौं । उनले आज मेरो घरमा रिसाउनुहुन्छ भन्दै थिइन । मैले ठिकै छ ,अव सधैं यस्तै हुन्छ भन्ने केही छैन ,कुरा मिलाएर टारिदेउन भनिदिएँ । उनले हुन्छ भनिन् । आखीर माया गर्नेहरु जे पनि स्विकार्छन् ,जुन सर्वव्यापी नै छ । त्यो दिन हामी सधैभन्दा धेरै नजिएका थियौं । किनभने भेटले हामीलाई छुट्न झन् गाह्रो बनाउँदै थियो । म पछिल्लो दिन फर्कने सुरमा थिए तर मायाले छुट्न दिएको थिएन । उनले घर पुग्नासाथ मलाई फोन गरिन ,र भनिन् मलाई तपाईविना बाँच्ने मनै छैन । मैले पनि उनलाई यस्तै मायाका आभासहरु यसरी नै सुनाए । बाँच्नै गाह्रो हुने त्यो रात मलाई पिजडाको मैना जस्तो बनाउँदै थियो । राती म बसेकै होटेलबाटै उनलाई फोन गरेँ र भनेँ कान्छी म त फर्किएर जान्छ तर तिम्रा यादहरु र यी व्यतित पलहरुले मलाई झन् झन् परास्त गर्दै लानेछन् । यस्तै यस्तै थुप्रै कुरा सुनाए । पछिल्लो बिहान मेरो फर्किने दिनको संकेत थियो । विहान एकछिन् भानुचोक स्थित घण्टाघरमा चढ्ने रहर थियो र २० रुपियाँ टिकट काटेर घण्टाघरमा चढी चढी धरान शहर चियाए । त्यसपछि उनको फोन आयो एकैछिन कुरा गरे । होटेलमा पुगी खाना खाने निधो गरे । खाना खाईसकेपछि मैलै खानाको पैसा तिर्नुपर्ने भयो तर पैसा सिदने क्रममा मेरो पर्सबाट ७ हजामर एकैचोटी कति खसेको रहेछ । म छाँगाबाट खसेझैँ भएँ । अव मलाई त्यो उनी बाहेकको विरानो ठाउँबाट कसरी फर्कने भन्ने तनाव भयो । त्यसपछि उनलाई यो सवै सुनाए ,उनले आफुसँग मलाई घर पठाउँने पैसा नभएको वताईन् , अव के गर्ने हामी दुवै अफ्यारो परिरहेको थियो । 

त्यसपछि उनले मलाई गाडी भाडा मिलाउन आफ्नो कानको सुनको रिङ् बेचेर जान भन् ितर उनको रिङ् नै बेचेर मायामा धक्का पुर्याउने पक्षमा म थिईनँ तर पनि बाध्यता कस्तो एकदिन समेत खान बस्न नमिल्ने गरी समस्या पर्नु ? अन्तमा उपाय केही नलागेर उनको रिङ् बेच्न बाध्य भए तर विल नभएकाले सुनको पैसा कमै आयो जस्ले मेरो पुर्वपश्चिमको गाडीभाडा पुग्दैन थियो । अझै उनले आफ्नो हातको चाँदीको दुईवटा वाला थपिन,त्यस्ले पनि भ्याएन । अव म फसाद भएँ घरमा वुवाआमालाई नसोधेर धनगढीबाटै सिधै धरान पुगेको छु । म यो कामले यसरी भन्नलाई के प्रमाण थियो मलाई पढ्न भनी शहर पठाएका निर्दोष आमावुवालाई कसरी भन्नु बुहारी भेट्न धरान पुगे भनेर तर जस्तो फसाद भएपनि मैले आखिर भन्नैपर्ने हो र जति लुकाएपनि भोलि देखीने कुरा नै हो । मैले वुवालाई धरानबाट सवै कुरा सुनाए । वुवाले मलाई सम्झाउँदै भन्नुभयो । हेर छोरा तिमीलाई जति पैसा चाहिन्छ ,पठाउन तयार छु तर पुर्वकी नानी ल्याएर हाम्री बुहारी नबनाउ । भोलि हरेक कुरामा हामीलाई असर पर्छ तर मैले वुवाको कुरालाई टारीदिएँ । उनी नलिएर घर फर्किने पक्षमा मेरो तनमन स्विकार्य थिएन । त्यसपछि वुवाले गाडीभाडा पठाउनुभयो दुवैजनालाई पुग्नेगरी । मैले उनलाई खबर गरेँ आज वुवाले पैसा पठाउनुभयो , अव हामी दुवै हिड्नुपर्छ म त तिमी नलिएर जानै सक्दिँन र तिमीलाई पनि गाह्रो हुन्छ । हिजो मन दिएकी थियौ आज तनमन मलाई नै सुम्पेकी छौ ,अव दुवैलाई दिन कटाउन गाह्रो हुन्छ   । हिँड जाउँ के भनेथेँ उनी भक्कानीयर रुन थालिन । अव वुवाले पैसा पठाउनु भएकाले मलाई त्यो दिन थपेर बस्न मन लाग्यो । हामीले एउटा प्लान बनायौं ।हामी दुवैको बाँकी दिन सँगै विताउने सहमति भएपछि धरानबाट विराटनगर हुँदै भोलीपल्ट धनगढी पुग्यौँ । धनगढीको एकदिने बसाईपछि हाम्रो यात्रा बझाङतिर लम्कियो । ८ घण्टाको यात्रापछि बझाङ् पुगियो । असोजको महिनाको  अन्तिम समय थियो । बुबाआमा खेततिर थिए । हामी घर जाँदा बुवाको अनुहारमा केही खुसी देखीन्थ्यो । सवैजना वेलुका घरमा जम्मा भयौँ । वुवा मसँग बोल्नु भएन । यस्तै दिन बित्दै थिए । उनको घरबाट खोजी भएछ । 


टेलिकमबाट पनि कल डिटेल्स लगेछन् ,उनका माईतीले ! हामीले दुवैजनाको फोन स्विच अफ गरेका थियौं । लगभग एक महिना बितेको थियो ,तिहारको वेला  भएछ क्यारे माईती याद आएर उनले मोवाईलको स्विच अन गरीछन् । माईती तर्फबाट फोन आएछ ,फोन उठाउँदा लोकेसन डिटेल्स पनि लगीएछ ,माईतीबाट । अनि उनका बुवा अलि माओवादी पार्टीका नेता पनि रहेछन् । बझाङका नेतासँग पनि चिनजान रहेछ ,सोधखोज गर्दै उनीहरु बझाङ आईपुगे मंसिर महिना थियो ,हाम्रो खेतमा गहुँ छर्ने समय थियो । हामी अवको जिन्दगी सँगै विताउने लामो सपना देख्दै थियौँ । तर एकाएक सफा आकासमा कालो बादल मडारियो । उनका माईती तर्फबाट जेठा भिनाजु र घरमा काम गर्ने एक दाई प्रहरी सहित घरको आगनमा तेर्सिए । मैले मन थाम्नै सकिन ,वुवालाई त अघिल्लो दिन थाहा भएछ ,तर हामीलाई भन्नुभएको थिएन । सवै कुरा बुझ्दाखेरी वुवाले पनि उनलाई माईती तिर पठाउने निर्णय गर्नुभएको रहेछ । एकाबिहानै प्रहरी आगनमा आएको देख्दा लाग्यो मैले धेरै ठुलो अपराध गरेको रहेछु । विचरी उनी बिहानै उठी आगन बढार्दै थिईन भित्र बोलाएँ । बोलाएर रिस उठ्यो सवै देखेर तर पागल जस्तो भएर उनकै गालामा हिर्काए । फेरी फकाउँदै भने ,ठिकै छ हामी प्रहरी चौकी त जाउँला तिमीले मलाई साथ दिनुपर्छ । उता गएर म मन पराएर आफै आएकी हुँ , फर्केर जाँन्न भन्नु भनेको थिए । हातमुख नै नधोएर हामी प्रहरी चौकी चैनुरमा हाजिर भयौं । त्यहाँ मेरो ठुलोवुवा ,वुवा अरु केही छिमेकी र उनका माईती उपस्थित भएका थिए । हामीलाई प्रहरीले सोधखोज गर्यो,हामीले जे सल्लाह गरेका थियौँ । त्यही कुरा प्रहरीसँग स्पष्टीकरण गर्यौ ,तर केही चलेन । कारण धेरै थिए ,मलाई कसैले साथ दिएका थिएनन् ,उनका वुवाले एक नक्कली उमेर प्रमाणित गरेर प्रहरीकहाँ दिएका थिए । प्रहरी पनि उमेरहदबन्दीको कुराले हामीलाई स्विकारीरहेको थिएन । वुवालाई उनका वुवाले ठुलो धम्की दिएका थिए । 


म पुर्वको ठुलो धनी मान्छे हो चाह्यो भने म तिमीलाई खरिद गर्न सक्छु ,तेरो छोराले मेरी छोरी किन लग्यो ? मैले हेलिकप्टर प्रयोग गरी त्यही आउनुपर्ने होकी ,याचवत कुराले थर्काएका थिए । वुवालाई पनि रिस उठेछ , फेरी वुवालाई पुरानो धक्का थियो मेरो अंकलले पनि पुर्वबाटै विहे गरेकाले धेरै चोट खानु परेको थियो । त्यसैले होला सायद वुवाले मलाई साथ दिएनन् । वुवाले मलाई सम्झाए ,हेर छोरा त्यो भन्दा राम्री पढे लेखेकी राम्री बुहारी म खोजी दिउँला तर यो सम्बन्ध छुटाईदे । हामी गरीब छौँ भोली उनीहरु जे पनि गर्न सक्छन् । प्रहरीले पनि कि त सम्बन्ध छुटा नत्र ६ महिना जेल जान्छस् ,भनी डराए । म एकोहोरो रोईरहेको थिएँ,उनी पनि रोर्ईरहेकी थिईन । दुई वर्षको मेहीनेतले मायामा परेका थियौँ हामी तर छुट्न बेर लाग्ने अवस्था रहेन ,अन्तः उनी पनि अलि कोमल मुटु भएकी म पनि त्यही १९ वर्षको हामीमा त्यति आँट नभएर होला सायद केही उपाय गर्न सकेनौँ । मलाई वुवा र ठुला वुवाले च्यापेर लग्नुभयो ।उनलाई भिनाजु र दार्यले च्यापेर लगे । बर्खामासमा बग्ने खोलाझैँ हामी दुवैका आँखामा आँसुका खोला बगीरहेका थिए । कस्तो समय होला हामीलाई छुट्न बाध्य बनायो । म बेहोसी भएँ ,त्यत्रो चैनपुर बजारमा डाको छोडी रोएँ । एकचोटी वुवाबोहातबाट फुत्केर म उनीकहाँ पुग्न खोजेँ वुवा पनि पछाडी पछाडी गएर फेरी मलाई फर्काउनुभयो । त्यो दिन मलाई दिउसै रात लागी रहेको थियो । आँखाले कसैलाई देख्न सकेको थिईन मात्र यति देख्न सक्थे उनी चिच्याउँदै रुदै गईरहेकी , मेरो मन मस्तिष्क केवल त्यही देख्थ्यो । विहान ११ बजे चैनपुरबाट हिडेका वुवा र म राती १२ बजे घर पुग्यौँ । घरमा पुगेपछि आफ्नो कोठा पुँगे त्यहाँ उनका चुरा ,लुगा देखे विचरी एकजोड लुगा लगाएर मात्र गएकी रहिछिन । म रोँए ,रोएँ यति धेरै रोएँ ,आँखाबाट आउने आँसु सुक्न थालेका थिए । आमा भान्साबाट आउनुभयो । ए छोरा नरोउ ,खाना खाउँ हिँड भन्दै । मैले उहाँलाई रुदै मेरो खाना ,जिन्दगी त तपाईहरुले लगी सक्नुभयो अव दिन आउनु भएको भन्दै हकारेँ । त्यो रात भरी निन्द्रा परेन ,आफ्नै मुटु अरुले लग्दा कस्तो पिडा हुँदो हो । मैले तिन दिन हुँदासम्म उनको केही खबर पाईँन । एउटा फोन थियो त्यो पनि उनलाई फोन गर्न भनी लुकाएर प्रहरी चौकीमा दिएको थिए । मसँग एउटा अंकलको फोन थियो ,एउटा नम्बर मैले राखेका थिएँ ,तेस्रो दिन म घर पुँगे भनेर उनले फोन गरीन ,फोनमा उनले भन्दै थिईन ,हामीले रात विताएका कैलालीको अत्तरियाको होटेल ,अनि बसपार्क परपट्टि बस छुट्नुभन्दा अगाडी बसेको ठाउँ हेरेँ म धेरै रोएँ । भिनाजुले मलाई समात्दै यहाँ ल्याए । म रुँदा रुँदा आँसु रित्ती सक्यो मेरो राजा ,म अव यही थुनेको कोठमामै पासो लगाएर मर्छु ,कि त हजुर आउनु भनिन् । म जान त जान्थे ,मसँग एक रुपैयाँ थिएन ,वुवा पनि दिनु हुन्न ? फेरी उनका माईतीको के भर ,छुटाएर लग्नेले मार्न पनि वेर लगाउँदैनन् ,फेरी पुर्वेली समाज मिल्यो भने जिन्दगीभर दोस्ती मिलेन भने ख्यालख्यालमा ज्यान भन्छन् । मलाई पुर्वतिर गयो भने बाँच्छु जस्तो लागेन तर मायाको लागी मर्न पनि तयार थिए , पैसाको जोहो गर्नै सकिन । पहिले जस्तो हाम्रो फोन हुदैँन थियो ,उनको फोन नआउँदा झर्को लाग्थ्यो । फोन आएपनि सिमित कुराकानी हुन्थ्यो ।


एकदिन मलाई उनको फोन नआउँदा साह्रै दिक्क लाग्यो र मैले अलि झर्किएर बोले उनलाई चित्त दुखेछ तर सधै माया गर्ने मान्छे मलाई उनको मुड च्याँन्ज भएजस्तो लाग्यो । केहीदिन पछि मैले उनले विहे गरेको खबर सुनेँ ,म छाँगाबाट खसेझै भएँ मैले के बिगारेको थिए र उनले बिहे गरिन । मैले त्यो खबर उनकै मुखबाट सुन्दाखेरी रिसको झुरमा त्यो मोवाईल ढुङ्गामा हानेर फुाएँ । म फेरी रुन थाले रात दिन । उनकै छटपटिमा मैले ६ महिना बिताएँ । एकदिन घरबाट बिहे गर भनेर आमाले जोर गर्नुभयो तर मैले बिहे कुनैपनि हालतमा नगर्ने बताएँ , बिहे नगर्ने भनेपछि मेरा बाजेले भने म स्वर्गवास हुनुअघि नातीले बिहे गरेन भने म झुन्डिएर मर्ने हो भनेर आमासँग भने आमाले त्यो कुरा मलार्य सुनाईन् ,तर म मेरो आलो घाउ पुरनि नपाउँदै कसरी बिहे गर्न सक्थेँ र ?जिन्दगीमा ठुल ठुला ज्वालामुखी आउनथाले । मैले कति सहने ? कति गर्ने ?कस्को कुरा मान्ने ? म साह्रै झुर भए मलाई सानो सानो कुराले पनि धेरै हट गराउँन थाल्यो । बाजेको कुरा नमानौँ ,बुढाबुढीको चित्त दुखाउनु मुर्खता हो जे होस् ,मान्नै पर्यो तर मैले एउटा उपाय निकालेँ सुरुमा मलाई बाजेको ससुरालीतिर केटी हेर्न बोलाईएको थियो । त्यहाँ मैले केटीको घरमा एक रात काटे रातभरी केही बोलिन बिहान विचरीलाई छोटी मोटी मन परेन भनी टारेँ । त्यसपछि अर्को ठाउँमा त्यसकै दोस्रो हप्ता मलाई केटी हेर्न बोलाईयो । त्यहाँ पनि अर्कै बाहाना पार्दै मन नपराएको कुरा भनेँ । घरकाले मलाई रिसाउन थाले तँ जहाँपनि यस्तीउस्ती भन्र्दै टार्छस् ,हैन तँैले के सोचेकोछस् ? मलाई कसैसँग बिहे गर्न मन नै थिएन ,त्यसपछि अर्को ठाउँमा मलाई केटी हेर्न बोलाईयो । त्यहाँ पनि त्यही विधि अपनाएँ । केटी हेर्दै कुरा नमिल्दै गरेको एक बर्ष बित्यो ,मैले बिहे गरिनँ तर पछि एकदिन एकजना मेरो मिल्ने अंकलले मलाई सम्झाए ,हेर तँलाई उस्ले माया गर्ने भए किन अर्कैसँग बिहे गर्थी र? उ तेरो जिवनमा पाहुना भएर गएकी छ ,फलामले फलामलाई काट्छ भनेझैँ तैँले उस्को माया भुल्न अर्को केटीलाई बिहे गरेर ल्या यार हैन भने तँलाई धेरै धक्का पुग्छ जिन्दगीमा ! अंकलको कुरा सुन्दाखेरी मलाई केही सत्यता जस्तो लाग्यो । एकदिन त्यही अंकल र एकजना केटी हेर्न केटीको घर गयौँ । 

साँझपख थियो हामी केटीको घर पुग्यौँ ,हामीलाई केटीको घर आँगनमा स्वागत सत्कारका साथ तिनै हेर्न गएकी केटीले बस्न लगाईँन ,मलाई थाहा थिएन ,मैले हेर्न चाहेको केटी तिनै हुन् भनेर । एकछिन पछि ति केटीको आमा आउनुभयो र हामलिाई घरभित्र बोलाईयो । भित्र गयौँ । अव केटी चिन्नुपर्छ भन्ने उत्सुकता थियो । मैले विस्तारै हेरे उनी आफ्नो आमाको पछाडी बसेर बसेकी थिईन । मैले पनि यसो विस्तारै आँखा घुमाएँ ,हेरे उनी साधारण र सुन्दर थिईन । त्यसपछि उनकी आमाले उनका बुवा काम विशेषले घर बाहिर गएका तर अरु कुरा गर्न मिल्ने बताउनुभयो । हामीले आफ्नो घरको बारेमा सवै बतायौँ तर मैले आफुले केटी ल्याएको कुरा लुकाएको थिएँ । मलाई थाहा छ ,विवाह गरेको कुनै केटालाई कसैका आमावुवा आफ्नी छोरी दिदैनन् ,कथाले जे जस्तो भएनी सवै आफ्नै छोरीको भविष्य राम्रै चाहन्छन् । पछिल्लो दिन केटीको ईच्छा बुझ्यौ उनले अलिकती टाउको हल्लाईन् तर आँखाभरी आँसु झार्दै आफ्नी आमाको शरिरमा झुण्डिईन् । कठै छोरीको जिन्दगी दाम्लाको गाई जस्तै जस्ले जहाँ लग्यो त्यतै जानुपर्ने मैले पनि उनको साधारणपना देखेर मन पराएको थिएँ । मलाई पनि रुन मन लाग्यो किनकी उनी मेरो घर जानु त कहिले हो कहिले आजै आमाको शरिरमा झम्टेर रुन्छीन्  । आखीर आफ्नो जन्म घर छाडेर जान मन त कस्लाई लाग्ला र ? हामी पुरुषले पनि नलिएर पनि त हुँदैन ,प्राचीनकाल देखि चलि आएको रित हामीले तोड्न कहाँ सकिन्छ र ? त्यो दिन उनकी आमाले हामीलाई यत्ती सुनाईन,मैले त ज्वाँई मन पराएँ अव यीनका वुवा आएपछि कुरा छिनौँला भन्नुभयो । त्यसपछि फोनमा कुरा गर्ने वाचा सहित हामी त्यो दिन उनको घरबाट मेरो हिँड्यौ । केही दिनपछि मलाई फोन आयो जुन फोन उनैले गरेकी रहीछीन् ,मैले हेलो भन्छु ,आवाज आउँदैन ,को रहेछ काम नपाएको भनेर ,फोन राखे ,फोन फेरी आयो रिसाउनै लागेको थिएँ ,एउटा लेडिजका आवाज सुनियो  । को हो मैले भनेँ । म सरस्वती अस्ती केटी हेर्न आउनुभएको थियो नी ? हो उनकै बहीनी हुँ म ! मलाई झुक्याउने प्रयास गरिन तर मलाई थाहा भैईसकेको थियो ,किनकी उनको बहीनीको आवाज केही मोटो थियो ,उनको पातलो , अनी मैँले जवाफ दिएँ । होला होला मलाई नि त्यस्तै लाग्छ , खिसिक्क हाँसे उनले भनिन्, अस्ती एउटा डाँका मलाई हेर्न आएको थियो नि उस्लाई आज बुबाले बोलाउनु भएको छ भन्दिनु भन्दे फोन काटिन ! म अलमल्ल परेँ अस्ती रुँने केटीको यत्रो हिम्मत ! त्यसपछि मैले घरमा सवै कुरा राखे । त्यो दिन म एक्लै उनको घर गएँ । उनका वुवाले पनि हुन्छ भन्दै सहमती जनाउनुभयो । 

मेरो गाउँतिर एकजना बाजे नाता पर्ने स्वर्गबास हुनुभएकोले घरमै बिहे गर्नु त्यति उपयुक्त थिएन । त्यसपछि हामीले दुवैको परिवारको सहमतीमा २०७२ माघ १ गते बझाङ जिल्लाको पवित्र धार्मीक स्थल तपोवनमा बिहे गर्यौँ । बिहे भएको एक महिना बित्यो त्यसपछि मैले उनलाई पुरानो सवै कुरा सु्नाएँ । मेरो कुरा सुनेपछि उनले भनिन् । मेरो आमाबुवालाई नसुनाउनु उहाँहरुलाई नराम्रो लाग्ला, यस्तो त भईहाल्छ ,त्यसमा तपाईको के गल्ती ? ल्याएको मान्छे फर्काउनु उनकै माईतीको गल्ती हो । ठिकै छ ,यसमा म तपाई केही रिसाउँदिन ,बरु सके जति माया गर्छु । उनको त्यो वाणीले मलाई थप जिउने उत्साह थपियो । म यो ठोकुवा साथ भन्न सक्छु ,उनले मलाई पर्खिनन् ,मैले पर्खे के काम । आखिर बिवाह बन्धन भन्ने कुरा जिवनमा एक चोटी जोड्नै पर्छ । एक्लै बाँच्ने त यो संसारमा कमै होलान्, साँचो माया गर्नेहरुकै भिडमा पनि म यस्तो देखा परेँ । आज म एउटा छोराको बाबु भएको छु । उनी पनि एक आमा भएकी होलीन् । उनका यादका चस्काहरु मेरो मन यतिवेला चस्किन्छन् जब म एक्लो महसुस गर्छु ।  आजका दिनमा उनी कुनै भोजपुरको मित्रसँग बिहे गरेर बसेको सुन्छु । म बझाङकै जिवनसाथी पाएर सन्तोष छु । अव मैले धेरै ज्ञान बोध गरेको छु भन्न सक्छु ,विगतका अनेकन घटनाले म शिक्षक भएँ,घर रङ्गाउने पेन्टर भएँ, होटेलको सर्भिस गर्ने वेटर भएँ  र अहिले मिडियाकर्मी छु । कुनैवेला म राम्रो तर असफल प्रेमी थिएँ ,मात्र तिम्रो ! आजको जिम्मेवार नागरिक तनकी नभएर मनकी प्यारी सुप्रिया भन्न भने सक्छ ।

                                                                      नाम प्रताप ओली 
                                                                 जन्मस्थान बझाङ
                                                             जन्ममिति २०५०/१२/३०
                                                          सम्पर्क मोवाईलः ९८४८६३५०९४
                                                         ईमेलः pratapoli909@gmail.com

कथाकार अजित क्षेत्रीको कथा -पटाक्षेप (Story 'Patakshep by Ajit Chhetri) - 09-01-2017

NepaliTalim | 12:58:00 PM | 0 comments
कथा -पटाक्षेप
कथाकार -अजित क्षेत्री
प्रकाशन मिति - 09-01-2017

उमेरले बैंशको फूल फुलाउन नपाउँदै उसको बिहे भयो ।

भर्खरै कोपीला लागेको आरुको फूल जस्तै थिई, सलक्कको जीऊ । उमेर पुग्नु अगाबै अंगहरू भरिएर आए । जता जान्थी उतै भमरा पछि लाग्थे । तर ऊ बेखबर थिई, फक्रिन लागेको आफ्नो जवानीको बास्ना डाँडा पारिसम्म पुगेछ । एकदिन भारतीय सेनामा कार्यरत युवक माग्न आए । कुराकानी मिल्यो र अन्ततः सामान्य रीतले बिहे पनि भयो । पुतली झैं बाबुआमाको काखमा हुर्किँदै गरेकी मैना अब दुई डाँडा पारीको बिल्कुलै नौलो परिवेशमा नयाँ घरमा बुहारी बनी ।

भारतीय सेनामा कार्यरत लालबहादुरको यो दोस्रो छुट्टी थियो । ईष्टमित्र र बाबुआमाले मैना फूल जस्ती छ भने । त्यो फुललाई आफ्नो घरमा सजाउन पाए घरै सुन्दर हुन्छ भने । लालबहादुर पनि लठ्ठियो, देख्यो मैना साँच्चीकै फूल जस्ती छ, गोरी छ, अग्ली छ, शर्मिली छ, लच्छिनकी छ । लोग्ने मानिस भमरा हुन् । लालबहादुर झन् तिर्खाएको भमरा । उसले मैनालाई बिहे गर्यो, तिर्खा मेट्यो ।

भारतीय आर्मी, त्यसमाथि भर्खरै बिहे भएको ! दुई महिनाको उसको छुट्टी घर- ससुराली गर्दैमा बित्यो । मैनाले लाहुरे पतिलाई खुब रत्याई आफू पनि रत्यिई ।

दुई महिनाको छुट्टी पनि सकियो । परदेश जाने अघिल्लो रात मैना पनि निदाउन सकिन लालबहादुर पनि । एक अर्काको हातको सिरानी गरेर दुवैले बिछोडको आँसु झारे । प्रणयको मिठो मधुमासमा कतै हुरीले लछारे जस्तो भयो । रोएरै उज्यालो भयो ।

उज्यालो भयो । बाबुआमाले रातो टीका निधारै भरी लगाएर आशीर्वाद दिए । मैनाले पतिलाई बिदाइ ढोग दिई । लाहुरे घरबाट निस्क्यो । मैनाको मन अमिलो भयो, मुटुमा किला रोपे सरी भयो । ढोका थुनेर धेरैबेर रोई । बाबु आमाले पनि दुई थोपा आँसु झारे ।

लालबहादुरले डाँडा पार नहुन्जेल घरतर्फ फर्किफर्कि हेर्यो । उसलाई लाग्थ्यो उसकी प्राणप्यारी आँसु बगाउँदै उसको पिछा गरिरहेकी छ । बस स्टेसन आयो, बस चढ्यो, सुनौली पुग्यो । सुनौलीबाट गोरखपुर अनि गोरखपुरबाट रेलको सफर । केही घण्टा अघिसम्म आफ्नै घर आँगनमा रमाएको ऊ, अहिले परदेशको भूमिमा परदेशी भएको छ ।

अघिल्लो दिन ऊ पल्टनमा हाजिर भयो । भर्खर बिहे गरेर ल्याएकी पुतली जस्ती पत्नीलाई छोडेर आउनु पर्दा कहिलेकाहीँ उसको मन अमिलो हुन्थ्यो । पल्टनमा अरू साथीहरूले कस्ती छन् तेरी बुढी भनी सोध्दा पुतली जस्तै छिन् भन्थ्यो ।

यता मैनालाई पनि परदेशी पतिको खुब याद आइरह्यो । भर्खरै पिरतीको रस बस्न लागेको बेला उसको मालीले उसलाई छाडेर गएको थियो । जानेबेलामा लालबहादुरले चिठ्ठी पठाउने ठेगाना दिएर गएको थियो । मैनाले महिनै पिच्छे आफ्नो खसमलाई मनको बह पोखेर चिठ्ठी पठाउँथी । लालबहादुर पनि आफ्नी पुतलीलाई बराबर चिठ्ठीको जवाफ पठाउँथ्यो ।

समय बितेको पत्तै भएन । लाहुर गएको वर्षदिन पुगिसकेछ । लालबहादुर छुट्टि आयो । मैना अनि पुरै परिवारमा फेरि खुशी छायो ।

घरको एउटा मात्रै छोरा थियो लालबहादुर । ऊ लाहुर गएपनि घरमा बुहारी भएकाले उसका बाबुआमालाई घरमा छोराको अनुपस्थितिको कहिल्यै आभास हुन पाएन । बुहारीले गरेको सेवा सम्मानले उनीहरू अत्यन्तै खुसी थिए तैपनि आजकल केही दिनदेखि बुढाबुढीको मनमा एउटा रहरले डेरा जमाएको थियो ।

राम्ररी सजाइएको गमला त थियो तर त्यहाँ फूल थिएन । अब त्यो गमलामा सानो फूलको बिरुवा भैदिए त्यही बिरुवासँग रमाउँदैमा दिन जान्थ्यो होला । बुढाबुढीलाई अब घर आँगनमा नाति नातिनी खेलेको हेर्ने रहर जाग्यो ।

एकदिन आमाले एकान्तमा पारेर लालबहादुरलाई मनको बह पोखिन्:- बाबु तँसँग हामी साह्रै खुशी छौं, बुहारीले पनि हामीलाई केही कुराको कमी हुन दिएकी छैनन् । अब एक दुई नाति नातिनी यो पिँडी र आँगनमा तातेताते गर्दै खेलेको देख्न पाए अरू केही चाहिँदैन । नातिको मुख देखेर मर्न पाए स्वर्ग पुगिन्थ्यो बाबु ।" उसले केही जवान दिन सकेन ।

मनमनै सोंच्यो:- ठिकै भनेकी हुन् आमाले । बेलुका उसले आमाले भनेको कुरा मैनालाई सुनायो । मैना लजाई । हिउँदको आकासलाई चिसो बादले छोपे झैं उसले मैनालाई अंगालोमा कस्यो । मैनाले पनि पतिलाई साथ दिई । उसले सारा शरीर पतिको काखमा छाडिदिई र आँखा बन्द गरी । एकैछिनमा त्यहाँ प्रणयको वसन्त ऋतु आयो । प्रेमिल पंक्षीका जोडी सुखको सागरमा डुबे । पानी पर्यो,बाढी आयो, बाढीमा दुवैजना पसे । निथ्रुक्कै रुझे, निदाए ।

छुट्टिसकेर लालबहादुर फेरि पल्टन फर्क्यो ।

आज रामलाल काकाको नातिको पास्नी छ । गाउँभरीका मान्छेहरूलाई निम्तो गरिएको छ । रामलालका छोरा लक्ष्मण र बुहारी मधु छोराको पास्नीका लागि सामान जुटाउन र निम्तालुहरूको व्यवस्थापनमै ब्यस्त छन् । एक किसिमले बिहे घर जस्तै भएको छ रामलाल काकाको घर आज ।

मैना र उनकी सासू दुवैजना पास्नीको निम्तो मान्न गएका छन् । सासूले काकाको घरायसी काम सघाई दिइन् भने मैना रोटी र कसार बनाउने महिलाहरूसँगै काम गरी ।

बच्चाको पास्नीको कार्यक्रम सकियो । सबैले बच्चालाई टीका लगाएर आशीर्वाद दिए । निम्तालु सबैले मिठामिठा भोजन ग्रहण गरे । माहोल निकै रमाइलो थियो । यत्तिकैमा काकीले मैनाकी सासूतिर हेर्दै भनिन्:-"अब अर्को साल तिम्रो नातिको पास्नी यस्तै रमाइलो गरी मनाउ पाइयोस् ठुली ।" सबै जना हाँसे । लाजले रातो पिरो भएकी मैना घरतिर भागी ।

छोरा पाउनु कता हो कता, कन्ननीको हतपत-मनमनै सोंची ।

यसपाली मैना दोजीया छे कि भन्ने सबैको मनमा थियो तर त्यसै रात उसको नियमित मासिक श्राब भयो । यो साल घरमा नयाँ सदस्य नआउने भो- सासू ससुराको मन खिस्रिक्क भयो ।

छरछिमेकीका घरमा बालकहरू कृष्ण झैं कहिले आमाका काखमा त कहिले आँगन भरी खेलेको देख्दा मैनाको मनमा पनि मातृत्व बिजारोपण हुन थालेको थियो । परदेशीको नासो भनेर काखमा खेलाउन पाए पनि त्यो पापी परदेशीको यो बिधी यादले त सताउँदैनथ्यो कि ? मैना मनमनै यस्तै सोंच्दथी ।

हिउँद गयो वर्षा याम पनि आयो गयो । यस पटक छुट्टीबाट गएको दस महिनामै लालबहादुर फेरि छुट्टीमा घर आएको छ त्यो पनि दुई महिनाको । कश्मीरबाट उसको पोष्टिङ् गोरखपूर भएको छ । करीब चार वर्ष पछाडि उसले यो वर्ष दशैं तिहार घरमै मनाउने छ । घर खुशीले भरिएको छ ।

दशैं आयो गयो । केही दिनपछि तिहार पनि आयो । तिहारमा मैना दुई दिन मात्रै बसि माइती र फर्कि हाली । लालबहादुरले परिवार र ईष्टमित्रका साथ दशैं र तिहार खुब रमाइलो गरी मनायो । तिहार लगत्तै छुट्टिसकेर ऊ पल्टन फर्क्यो ।

यसपटक पनि मैनाको पेटमा गर्भ रहेन । घरका सबैको चाहना थियो उसको कोखमा बच्चा होस् र यो घरै उज्यालो होस् । तर सोचेजस्तो भएन ।

गर्भवती हुन नसकेकै कारण केही दिनयता सासू ससुराको बुहारी प्रतिको व्यवहारमा परिवर्तन आएको छ । लालबहादुरले पनि पत्नीको चिठ्ठीको जवाफ फर्काउन छाडेको छ । पहिले पहिले महिनै पिच्छे चिठ्ठी पठाउने उसले अहिले गएको आठ महिनामा दुईवटा मात्रै चिठ्ठी पठायो । चिठ्ठी पठाई हाले पनि आमा हुन नसकेकी भन्दै मैनालाई उपहास गर्थ्यो उसले ।

घरको कलह यतिसम्म बढ्यो कि सासू ससुरा र बुहारी बीचमा दोहोरो सम्वाद हुनै छाड्यो । खाइस् खाइनेस् र सन्चो बिसन्चो सोध्ने आफ्नै मनबाहेक कोहीरहेन अब मैनालाई त्यसघरमा । साह्रै भएपछि एकदिन ऊ माईत गई र दुई हप्ता बसेर फर्की ।

माईतीबाट फर्केपछि कसैलाई नसोधी गएको भन्दै सासूले दिनहुँ टोकस्न थालिन् । ससुराले खासै केही भन्दैनथे तापनि सासू बुहारीको झगडामा उनी आफ्नै पत्नीको पक्ष लाग्दथे र घर झगडा मिलाउनतिर कहिल्यै अग्रसरता देखाउँदैनथे । छरछिमेकीहरू पनि सासूको कुरा सुनेर आजकल मैनासँग उतिसारो हिमचिम बढाउँदैनन् ।

आफ्नै घरभित्र पराई भएकी छ मैना । उसलाई यो घर घरजस्तो लागेको छैन । आफै बसेको ठाउँ कुनै निर्जन मरूभूमि जस्तो लाग्न थालेको छ । वेदनाले पिल्सिएको जिउ लिएर हिँडेकी छ । भित्रभित्रै मरेकी छ तर दुनिया भन्छन् ऊ बाँचेकी छ । यस्तो जीवन पनि के जीवन जहाँ मन र तनको मिलन नहोस् । हो, उसको आफ्नै मनले उसको साथ छाडेको छ । केवल किँकर्तव्यविमुढ ज्यान मात्रै लिएर बाँचेकी छ ऊ ।

जान मन लाग्छ कतै टाढा एकान्तमा जहाँ ऊ रोएको कसैले नदेखोस् । तर जाने कहाँ ? रुन मन लागेको बेला एकान्तमा गएर रुन्छे अनि आफ्नै कर्मै यस्तै रहेछ भनेर आफैलाई सान्त्वना दिन्छे ।

दुई वर्षपछि फेरि लालबहादुर घर आएको छ । छिमेकीहरू भन्छन् - आजकल मध्यरातमा लालबहादुरको घरमा मान्छे रोएको आवाज सुनिन्छ । पँधेरोमा पनि त्यही घरको कुरा चल्छ । "लालबहादुरले त अर्की ल्याउन लागेको छ रे नि !"- पँधेरोमा एउटी बोल्छिन् ।
"नल्याएर के गरोस् त मैना थारी रै'छ"- अर्कीले थप्छे ।
रातदिन कुट्छ रे नि त मैनालाई'-अर्कीले साउती गर्दै भनी ।
"त्यस्तो हुँदा नि किन बसिराखेकी हो त्यो मैना, दुई छाक नि खुवाउन नसक्ने रै'छन् कि के हो माईती पनि ?- पहिली चाहिँ महिला पुन: बोली ।
'गरिब छन् रे'-अर्कीले अट्टहास गर्दै बोली ।
"कस्तो बाँझो कोख भएकी आइमाई रै'छे है ! छि छि छि"-महिलाहरू गलल्ल हाँस्छन् ।

महिलाहरूले आफूलाई गरेको उपहास सुनेर मैनाको मुटु पोलेर आयो । कसैले तिखो छुरीले मुटुमै हाने जस्तै भयो । महिलाहरू अरू पनि के के कुरा गर्दै थिए सुन्नै सकिन उसले । पँधेरो नपुगी घर फर्की । एक मनले त सोंचेकी थिई पँधेरोमा गएर ती कुरौटे आइमाईहरूको जगल्टा च्यातिदिउँ तर सोंची क-कसको जगल्टा च्यात्ने ? कतिजनासँग झगडा गरेर सक्ने ?

मिल्ने भए उसलाई आफ्नै कर्मसँग झगडा गर्ने मन थियो । भेटिने भए खोटो कर्म लेखिदिने त्यो ईश्वरको अनुहार त्यातिदिनु मन थियो । महिलालाई गर्भाधानको मेसिन सम्झने पुरुषवादीहरूको पुरुष जननेन्द्रीय उखेलिदिनु मन थियो अनि भन्नु मन थियो तिमीहरू गर्भ बोक अनि हेर नपुँसक पुरुष हो । तर लाचार छे । लाचारी नै मानिसको सबैभन्दा ठुलो दुश्मन रहेछ । आफैसँग हारी ऊ ।

उसलाई अब त्यो घर अनि समाजमा एक क्षण पनि बस्न मन लागेन । बिहानको खाना पनि नखाई ऊ माईत हिँडी । घरमै रहेका पति लालबहादुर र सासू ससुरा कसैले पनि उसलाई रोक्ने कोसिस गरेनन् । मनको पर्खाल गहिरो गरी भत्किसकेको थियो । जोड्नु उचित पनि सम्झिन उसले । र, सम्भवत अब त्यो जोडिने हालतमा पनि थिएन ।

मैना घर छाडेर माईत गएको दस दिनमै लालबहादुरले गाउँकै नरमायालाई कान्छी श्रीमतीको रुपमा घर भित्र्यायो । यो खबर पाएर पनि मैनालाई कुनै दुख लागेन किनकि ऊ अब सदाका लागि लालबहादुरलाई त्यागेर आएकी थिई । ऊ अब आफ्नो हिस्साको जीवन आफ्नै लागि जिउन चाहन्थी ।

उमेर पुग्दै जाँदा मैना दिनदिन जवानीले मस्त हुँदै गई । माइतीमा रहँदा बस्दा उसको पनि गाउँकै एक युवकसँग हिमचिम बढ्यो । अन्ततः नजिकैको मन्दिरमा गएर एकदिन उनीहरूले विवाह गरे । विवाहको केही महिनामै ऊ गर्भवती समेत भई र एक वर्ष नहुँदै उसको कोखबाट छोराको जन्म पनि भयो ।

विवाह पछि मैनाका पति पत्नी मिलेर गाउँमै रासन दुकान खोले । दुकानबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरूले दुकानको छेउमै रासन मिल पनि राखे । मिल पतिले हेर्छन् भने दुकान मैनाले सम्हाल्छिन् ।

बिहेको चार साल बितिसकेको छ र मैनाको कोखबाट दोस्रो सन्तानको रुपमा छोरीको जन्म भएको छ । मैना अब पहिलाकी मैना रहिन । अहिले उसको संसार बदलिएको छ अनि आकास अँझै विशाल । उसका सपना बिस्तारित भएका छन् भने बाटा चौडा । बिगत पुरै मेटिएका छन् अतितका पानाबाट, छन् त केबल सुन्दर वर्तमान र सुनौलो भविश्यको रंगीन चित्र मात्र ।

दोस्रो विवाह गरेको लालबहादुर फेरि पनि खुसी हुन सकेन । बिहेपछि उसले नरमायालाई दुई साल पल्टनमै राख्यो । त्यसपछि पनि वर्षै पिच्छे घर छुट्टीमा आयो तर नरमाया आमा बन्न सकिन । गोरखपुरदेखि लखनउ र काठमाडौँका कैयौं अस्पतालमा उसले नरमायाको स्वास्थ्य परीक्षण गरायो तर हरेक अस्पतालले नरमाया बिल्कुल स्वस्थ रहेको र उनी बच्चा जन्माउन सक्षम रहेको रिपोर्ट दिए ।

त्यसो भए सन्तान किन हुँदैन त ? कहीं आफ्नै कारण सन्तान नभएको त होइन कतै ? यस्तो सोंचाई आउनासाथ ऊ घबराउँथ्यो । अब त सन्तान नभएको चिन्ताभन्दा बढी कहीं आफ्नै मर्दाङ्गीको खिल्ली उड्ने हो कि भन्ने चिन्ताले सताउँथ्यो उसलाई । त्यसैले आफ्नो कमजोरीको पटाक्षेप हुने डरले श्रीमतीका कारणले बच्चा नभएको देखाउन विभिन्न अस्पताल चाहर्दै उसले नरमायाको स्वास्थ्य परीक्षण गराउँछ ।

नरमायाले पनि पतिको कमजोरी बुझिसकेकी छ । यसै विषयलाई लिएर लालबहादुर र नरमायाको बीच आजकल खटपट सुरु भएको छ । अवस्था यतिसम्म पुगिसकेको छ कि अब आफ्नो स्वास्थ्य परीक्षण गराई त्यसको ईलाज नगराई केबल अर्कालाई मात्र दोषी प्रमाणित गर्न खोजिरहने हो भने आफू अब यो घरमा बस्न नसक्ने धम्की पनि नरमायाले पति लालबहादुरलाई दिन्छे ।

अन्त्यमा बाध्य भएर लालबहादुर पत्नी नरमायाको साथमा जिल्ला सरकारी अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षण गराउन जान्छ । आवश्यक सम्पूर्ण परीक्षणपश्चात डाक्टरले जुन रिपोर्ट लालबहादुरको हातमा थमाई दिन्छन् त्यसको कारण आज ऊ स्वयम्सँग र पत्नी नरमायासँग पनि लज्जाबोध गरेको छ । हिँजोसम्म जुन पौरुष र मर्दाङ्गीको खुला छाती देखाउँदै पत्नीलाई ललकार्थ्यो ऊ, आज हिनताबोधले भित्रभित्रै जलेको छ । डाक्टरले ऊ बाँझोपनाको शिकार भएकोले बाबु बन्न नसक्ने रिपोर्ट दिएका छन् । नियतिको कठोर निर्णय चुपचाप स्वीकार्नु उसको बाध्यता बनेको छ ।

संयोग नै भन्नु पर्छ आज सोही अस्पतालमा मैना पनि स्थायी परिवार नियोजन गर्न पतिको साथमा आएकी छ । डाक्टरी रिपोर्ट हातमा लिएर डाक्टरको क्याबिनबाट बाहिर निस्कँदा जब मैनासँग नजर जुझ्छ, लालबहादुरले हिनताबोध र लज्जाले नजर झुकाउँछ ।

अजित क्षेत्री

Note : Story copyright owned by Writer 

कथाकार अजित क्षेत्रीको लघुकथा -बेलुन (Belun- Short Story by Ajit Chhetri )-30-12-2016

NepaliTalim | 10:22:00 AM | 0 comments
शिर्षक -बेलुन
कथाकार -
अजित क्षेत्री, स्याङ्जा, हाल: युएई

      कलेजमा ग्राजुयसनको अन्तिम बर्षको अन्तिम दिनहरु चल्दै थिए । केही उत्साहित र केही बिस्मित पनि थियौं हामी । उस्साहित यस कारण कि यो हाम्रो अन्तिम बर्ष थियो र अघिल्ला बर्षहरुका कुनै पेपर ब्याक लागेको थिएन । आउँदो बर्षको यसै मौसममा हामी मध्येका कति साथी बैंकमा, कति सरकारी अड्डामा र कतिपय एनजिओ आईएनजिमा काम गरिरहेका हुनेछौं । बिस्मय यसकारण कि हामीले जीवनको यो रमाइलो पाटो, केटौलेपन र जिम्मेवारी बिहीन जिन्दगीलाई कहिल्यै नपाउने गरी पछाडि छाड्दै थियौं । क्लास बंक गरी चुलबुले केटी साथीको साथमा हलमा पुगी शाहरुख खानका फिलिम हेर्नु अनि चौरमा बसी बदाम खाने यी पलहरु कलेजको तेस्रो बर्षको अन्त्यसँगै हाम्रो जीवनबाट अतित बन्ने तरखरमा छन् । कहिले चुरोट पिउँदै गर्दा केटी साथीले खोसेर एक टिप तानेको त कहिले लुकेर निला चलचित्र हेरेको बेला तिनै केटीहरुले फेला पारेको, अब यी कुराहरु अर्को बर्षदेखी हाम्रा मानसपटलमा मिठा अतित बनेर बल्झिरहने छन् ।

       म साथी सुलोचनाको डायरीमा सम्झनाका शब्दहरु कोर्दै थिएँ । तिनताका ईन्टरमिडियट, ग्राजुयशन वा डिग्री तहका अन्तिम बर्षका बिधार्थीले सम्झनाका लागी डायरी बनाउने र साथीहरुका हातबाट केही शब्द लेख्न लगाउने, तस्बिर टाँसेर राख्ने चलन थियो । मैले डायरी बनाई सकेको थिएँ । मेरो डायरीमा सुलोचना, पद्मा, सन्तोष, आरती, बिशाल, बिजया लगायतका थुप्रै साथीहरुले लेखिसकेका थिए । सुलोचनाको डायरी भरेर त्यसमा आफ्नो फोटो चिप्काउँदै थिएँ, समाजशास्त्रमा अध्यापक मिश्र सर कक्षामा प्रवेश गर्नुभयो, मैले डायरी बन्द गरें र समाजशास्त्रको किताब निकालें ।

      मिजाशिलो स्वभावका मिश्र सर नेपाली भाषामा कतैकतै मैथेली र हिन्दी मिसाएर बोल्नु हुन्थ्यो यधपी त्यो मिठो र सुन्दर भाषिक शिल्पीले निखारिएको हुन्थ्यो । हामी उहाँको क्लास कहिल्यै बङ्क गरेनौं किनकी उहाँले किताबी ज्ञान कम्ती र ब्यबहारीक ज्ञान ज्यादा दिनु हुन्थ्यो । सरको प्रबेशले क्लासको वातावरण एकाएक शान्त बन्यो । सरले उही चिर परिचित शैलीमा भन्नुभयो- ''आज एक खेल खेल्ने ।'' खेल भन्नासाथ सबै बिधार्थीको मस्तिष्क बाहिर मैदानमा पुगिसकेको थियो । सरले खल्तीबाट एउटा पोलिथिन ब्याग र त्यो ब्यागबाट थुप्रै बेलुन निकाल्नु भयो । यो कस्तो खेल हो हँ ?- हामी मुखामुख गर्न लाग्यौं। सरले ति बेलुन हाम्लाई दिनुभयो र फुक्न लगाउनु भयो । फुकी सकेपछि ति एकएक बेलुनमा क्लासका एकएक  बिधार्थीका नाम लेख्न लगाउनु भयो, लेख्यौं ।
     
     सर आँफैले एउटा प्याकिङ् बक्स ल्याएर ति फुकिएका बेलुन त्यसभित्र राख्नु भयो र भन्नु भयो: ''लौ सबैजना एकैसाथ अगाडी आओ र बक्सबाट आफ्नो नाम लेखिएको बेलुन निकाल ।'' दाम्लोबाट फुकाइएका डिँगा झैं हामी सबै एकसाथ तँछाडमछाड गर्दै बेलुन खोज्न लाग्यौं । पच्चिस बिधार्थी हामी बेलुन खोसाखोस जस्तै गर्न थाल्यौं । भिडभाडमा कसैले आफ्नो नामको बेलुन भेटाएन । मेरो नामको अरूको हातमा, अरूको नामको मेरो हातमा....यस्तै यस्तै भयो । पाँच मिनेट बित्यो असिनपसिन भैयो । सर एक छेउमा बसेर मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो । सकिएन । बेलुनको केटाकेटी खेलले पनि आज हामी पाका उमेरका बिधार्थीलाई थकाउँदा लज्जित भयौं । जिन्दगीमा आज न पाको भयौं न केटाकेटी हुन सक्यौं ।

       सरले बेलुन खोज्ने खेल रोक्ने ईसारा गरेपछि हामी रोकियौं । उहाँले खेलमा नयाँ नियम लगाउँदै भन्नुभयो: 'ल फेरी पनि सबैजनाले पहिले जसरी नै बेलुन खोज्नु तर यसपटक जसले जसको नाम लेखिएको बेलुन भेटाउँछ उसले सम्बन्धित ब्यक्तिको नाम बोलाउनु र फटाफट बेलुन दिनु । हामीले त्यसै गर्यौं । मैले उदय, आशिस र सन्तोषको नामको बेलुन भेटाएर दिएँ । बिजयाले मेरो बेलुन भेटिन् र मलाई दिइन् । एक मिनेट नपुग्दै सबैको हातमा आ- आफ्नो नामको बेलुन थियो । तर खेल अझै बुझिएन कसले जित्यो कसले हार्यो कहाँ सुरु कहाँ खतम ।
मिश्र सर सबै बिधार्थीको अगाडी उभिनु भो र भन्नु भो: 'खेल बल्ल सुरु भो ।'
खेल बल्ल सुरु भो- यो कुराले हामी झन् जिल्ल भयौं । सकिए पछि सुरु हुने यो कस्तो खेल? हामी त मरुभूमीमा हराएको सिकन्दरको घोडा जस्तै पो भयौं ।

      सरले चिरपरिचित हँसिलो मुद्रामा भन्नुभयो:- ''मेरा प्यारा बिधार्थी हो, बेलुनको खेल त एक दृष्टान्त मात्रै हो । तिमीहरुले जिवनमा यस्तै थुप्रै बास्तविक खेल खेल्नु छ । बल्ल तिमीहरु जिवनको खेल मैदानमा आएका छौ र खेल बल्ल सुरु भएको छ ।''

मिश्र सरले अगाडी भन्नुभयो:- '' पहिलो खेलमा सबैले आफ्नो नामको मात्र बेलुन खोज्यौ र असफल भयौ । दोस्रो पटकमा एकले अर्काको बेलुन भेट्यौ र दियौ, सबैले जित्यौ । म कसम खाएर भन्छु जुन दिनदेखी म मात्रै भन्ने स्वार्थी भावना त्यागेर हामी सबै भन्ने भावनाले काम गर्नेछौ, तिमी सबैजना सफल हुनेछौ ।''

यस्तो गहन बिषयलाई यति सरल र यति मिहिन पाराले सम्झाउने मिश्र सरको अध्यापकीय शैलीले हामी नतमस्तक भयौं ।

आज पनि जब जब मेरो सानो छोराले बेलुन फुक्छ म तिनै मिश्र सरलाई सम्झन्छु ।

____ अजित क्षेत्री, स्याङ्जा
        हाल: युएई

Note :
Copyright Reserved with Writer 

कथा 'त्यो साँझ' -अजित क्षेत्री (Story -Tyo Sanjh by Ajit Chhetri) -19-09-2016

NepaliTalim | 10:42:00 AM | 0 comments
त्यो साँझ
-अजित क्षेत्री

''हो त्यो साँझ ऊ आए थ्यो बाबु, गुन्द्रीमा बस भनेथें, ऊ भुईंमै बस्यो अनि रातो किताब पढ्न थाल्यो"- बुढी आमैले भनिन् ।
अनि के भयो नि आमा ?- मैले प्रश्न गरें
''कहाँ जान हिँडेको भनें देश बदल्न हिँडेको भन्यो, कसका छोरा हौ भनें- बिरको भन्यो"-यसपटक आमै अलिक भावुक देखिइन् ।
कस्तो थियो नि ऊ- मैले थप प्रश्न गरें
''आँखामा ज्वालामुखीको आभा थिए बाबु, साँढे मारेर फर्केको बाघ झैं तेज थियो ऊ"
यसो भनिरहँदा आमैका आँखा रसाएका थिए । म उनले भनेका हरेक शब्दहरु अक्षरमा कैद गर्दै थिएँ ।


द्वन्द्वकालको उत्कर्षको समय थियो । देशका बिभिन्न ठाउँमा बिद्रोही माओवादी र सुरक्षाकर्मीको भिडन्तको खबर दिनहुँ आइरहेका थिए । फलानो ठाउँमा आज भएको भिडन्तमा माओवादीका यति मारिए र सुरक्षाकर्मीतर्फ उती मारिए । आज यति आतंककारीलाई यति गोली र बन्दुकका साथमा सशस्त्र फौजले पक्राउ गर्यो । फलानो ठाउँमा एम्बुसमा परि यति सुरक्षाकर्मीको ज्यान गयो । आजकल दिनहुँ जसोका अखबार र रेडियो टिभिमा समाचार यस्तै हुने गर्दथे ।

एत्तिकैमा एकदिन खबर आयो-स्याङ्जा जिल्लाको मनकामना गाबिसमा माओवादी र सेनाको मुठभेड भयो रे ! केही मानवीय क्षतिको आशंका । कुरो एकै छिनमा सदरमुकाम भरी फैलियो । मान्छेहरुमा कौतुहलता, डर र त्रासले एकैचोटी डेरा जमाउन थाल्यो ।

जिल्ला प्रहरीका डिएस्पी माधव नेपाललाई फोन गरें । उहाँले समाचार साँचो भए पनि पूर्ण बिबरण आई नसकेको बताउनु भयो । नजिकै रहेको ब्यारेकका प्रमुख मेजर यादबलाई भेटें । उहाँले अहिल्यै समाचार बनाउन हतारो हुने भन्दै पन्छिनु भयो । प्रशासन कार्यालय तिर गएँ, जिल्लाका सिडियो क्षेत्रीय सुरक्षा समितिको बैठकमा गएको सूचना पाएँ । कतैबाट घटनाको सत्यतथ्य र यकिन बिबरण प्राप्त गर्न सकिन ।

पत्रिकाको कार्यालयबाट फोन आयो । कार्यकारी संपादकले घटनाबारे तत्काल बुझेर समाचार फ्याक्स गर्नु पर्यो भन्नु भयो । मैले पनि नेपाली सेना र बिद्रोही माओवादी लडाकु बिचमा स्याङ्जाको मनकामना गाबिसमा मुठभेड भएको खबर प्राप्त भएको तर मानवीय क्षतिको बिबरण प्राप्त नभएको आशयको समाचार तत्काल फ्याक्स गरें ।

घटनालाई लिएर सदरमुकाम बजार भरी बिभिन्न अड्कलबाजी र अफवाह फैलिरहेका थिए । माओवादी र सरकारी सुरक्षाकर्मी बिच दिनहुँ जस्तै गोली हानाहानको अवस्था थियो । बर्षा यामको समय हुनाले केही दिनदेखि झरी परिरहेको थियो । झरी र बाढीका कारण गाउँ र शहरबिचमा यातायात असहज भएको थियो । सदरमुकामबाट करिब २५ किलोमिटरको दुरीमा रहेको भएता पनि बर्षात् र माओवादी गतिविधिका कारण मनकामना र जिल्ला सदरमुकाम केही दिनदेखी सम्बन्ध बिच्छेद जस्तै अवस्थामा थियो ।

गाउँघरतिर भर्खर भर्खर मात्र टेलिफोन पुगेको थियो । गाउँमा एकाध घरमा मात्रै पिसिओ र कर्डलेस फोन पुगेको अवस्था थियो । समाचारको तथ्य थाहा पाउन सो गाउँतिर सम्पर्क गर्न कुनै सम्पर्क सुत्र फेला पार्न सकिएन ।

पत्रकारको कामै समाचार खोतल्ने । समाचारको फेंदैमा पुगेर त्यसको मुल जरो खोतल्न अभ्यस्त हुन्छन् पत्रकार । अधुरो समाचारले मन झन् बेचैन भो । अरू पत्रकार साथीहरुसँग पनि कुरा गरें । जिल्लामा उपस्थित मानवअधिकारबादी अगुवाहरुलाई भेटें । सबैले स्थिति गम्भीर भएको निस्कर्ष निकाले । मैले घटनास्थलको स्थलगत भ्रमण गर्ने प्रस्ताव राखें । सबैले अहिले जान नहुने सुझाब दिए ।

अमेरिका, बेलायत देखि मंगल ग्रह सम्मको जानकारी राख्छौं हामी तर आफ्नै आँगनमा भैँसी नाचेको पनि थाहा पाउँदैनौँ । स्थलगत रिपोर्टिङ् बिना पत्रकारिता कसरी सत्य तथ्य र सफल हुन सक्छ ? म घटनाको स्थलगत रिपोर्टिङ्मा जाने निधो गरें ।

केही दिनको झरी पछि सदरमुकाम र आसपासको आकास भर्खरै उघ्रन लागेको थियो । बिहानको खाना खाईसकेर म सदरमुकाम स्याङ्जा बजारदेखी राङ्खोला बजारतिर लागें । मनकामना जाने बाटोमा बिरुवा बजार पर्छ । राङ्खोला देखि त्यहाँसम्म जाने जिप छुट्नै आँटेको रैछ, चढेँ । जिपको छतमा म लगायत आधा दर्जन युवा बस्यौं । जिप हुईँकियो जिल्लाको उत्तरपूर्वी पहाडी कच्ची बाटोमा ।

एकजना अधिकारकर्मी साथी पनि म संगै आएका थिए घटनाको स्थलगत अध्ययन गर्न । अरू साथीहरु डराएको ठाउँमा मसँग जान उनी तयार यसकारण भएका थिए कि मनकामना गाबिस सँगै जोडिएको बिरुवा बजारको एक बिधालयका शिक्षकको रुपमा उनका पिताको सो क्षेत्रमा राम्रै ईज्जत थियो । अनि माओवादी या सेनाको सुराकी गर्न आएको भनि ग्रामीण क्षेत्रमा हामी माथी गर्न सकिने सम्भावित अबिस्वास हटाउन उनको पिताको परिचय महत्वपूर्ण माध्यम हुन सक्थ्यो ।

करीब डेढ घण्टाको जीप यात्रा पछि बिरुवा बजार पुग्यौं । भर्खरै जवानीमा पाइला टेकेकी कुमारी युवती जस्तै थियो बिरुवा बजार । हरियो जंगल र घाँसे पाखोको फेँदीमा कन्चन पबित्र ज्याग्दी खोला अबिच्छिन्न बगिरहेकी छिन् । यिनै ज्याग्दीको काखमा निदाएको छ सुन्दर बिरुवा बजार ।

फाँटमा रोपिएका धान बिस्तारै हरिया हुँदैछन् । बजारले शहरीकरण तर्फ पाइला बढाउँदै छ । नयाँ घर बन्दैछन् । पसलहरु थपिँदैछन् । गाडीहरु धुलो उडाउँदै आउँछन् । पसलेहरु घर अगाडीको कच्ची सडकमा पानी छर्कन्छन् ।

बिधालय बन्द भएर बिधार्थीहरु घर जान हिँडेका छन् । एउटाले एक्सिलेटर दबाउँदै स्कुले ठिटीको नजिकैबाट बाइक कुदाउँछ । बाइकको हावाले ठिटीको छोटो जामा माथितिर हुत्याई दिन्छ । छेउछाउका केटाहरु गलल्ल हाँस्छन् ।
"मर्न नसकेको मुर्दार"- ठिटीले हुईँकिँदै अगाडि पुगिसकेको बाइक तर्फ हेर्दै सरापी ।
"कसैको नभाको ठाँडो हाम्रै छेउबाटै दौडाउनु पर्ने, धुलो उडाउँदै"-साथमै हिँडेकी अर्कीले थपी ।
"खुब केटी जिस्काउने भाको, तेस्को खप्पर पल्टे नि हुने नि"-पहिले ठिटीले थिग्रिएको रिस निखार्दै गाली गरी ।

बर्षा याम भएकाले कच्ची बाटो हिलाम्मे जस्तै थियो । बाईकमा सवार केटो केही अगाडी पुगेर चिप्लियो र लड्यो । आवाज सुनेर स्कुले ठिटा ठिटीले बाईक लडेतिर नजर दौडाए ।
"तँलाई बोक्सी"-अघि सराप्ने ठिटीतर्फ हेर्दै एक स्कुले ठिटाले ब्याङ्ग्य गरे । ठिटी शर्मले राती भई । अर्की चाहिँ बाइक लडेकोमा बल्ल खाइस् भन्ने भावमा कुइनो ठोक्दै खुच्चिङ् गरी । यो दृश्य हामी भर्खर खुलेको जस्तो देखिने पिसिओको बेंचमा बसि हेरि रह्यौं ।

दिउँसोको चार बजिसकेको थियो । घाम बिस्तारै शयन कक्षतिर लम्कँदै थियो । बिरुवा बजारले पारि डाँडाको छायाँको पछ्यौरी ओढीसकेकी थिईन् । म भने पिसिओ चलाएर बसेकी क्षेत्रीनी युवतीसँग गफिन खोज्दै थिएँ ।

"जाम सर, ढिला भयो । दुई घण्टा उकालो हिँड्नु छ, पुगिन्न नत्र"- साथीले खोला पारीको भिरको बाटो तर्फ देखाउँदै भने । "जान्छौं है त" मैले युवतीतर्फ हेर्दै अनुमति मागेको भावमा बोलें ।
"आउँदै गर्नुहोला है"-उनले मुस्काउँदै भनिन् । यस्तो लाग्यो उनले सत्यनारायणको पूजामा आउने निम्तोको सुपारी दिँदैछिन् ।
फेरि आउने बाचा बाँध्न मन लाग्यो । हल्का मुस्कान बैना लगाई छाडेँ । अन्तिम पटक चार नजर एक भए । मनमनै तस्बिर खिचें । एक घुटुक थुक निल्न भ्याएछु ।

मस्त जवानीमा बगिरहेको ज्याग्दी खोला तर्न सकिने अवस्था थिएन । लठ्ठे पुल तर्न लाग्यौं । स्कुले युवायुवती पनि पुल तर्न तँछाड मछाड गर्दैछन् । केही उरन्ठेउला केटाहरु पुल हल्लाउँछन् । केटीहरु एक हातले कुमको झोला अँठ्याउँदैछन् अर्को हातले पुलको लठ्ठो ।
"ऐले त्यैँ आएर खसाई दिन्छु है नाके, धेरै नहल्ला पुल"-एउटीले खाउँला झैं गर्दै भनि ।
"लौ हेरम त डल्ली गाईको ताकत"-केटोले प्याच्चै भन्यो ।
"के भनिस् ? फेरी भन्.." -केटी चप्पल फूकालेर केटा तिर दौडी । केटो हाँस्दै भाग्यो ।

पुल तरियो ।

त्यो ठाउँका लागि अपरिचित थियौं हामी । त्यसमाथि सेना, माओवादी वा जासुस कोही पनि त हुन सक्छ । यस्तै सोंचेर होला स्कुले ठिटा ठिटीहरु कोही पनि हाम्रो सामुन्ने परेनन् । बाटामा जम्काभेट हुने मानिसहरु पनि या त बाटै अर्कोतर्फ मोडे या त हामीलाई बेवास्ता गरे । मानिस मानिस बिचको सम्बन्ध हराएको बेला थियो त्यो ।

यसअघी कहिल्यै यसरी मान्छेले मान्छेलाई बेवास्ता गरेको देखेको थिईन मैले ।

खरभिर र जंगलको छेउछाउ हुँदै उकालै उकालो हिड्यौं हामी । माथी मनकामना र पारीपट्टी कोल्मा काहुले, सालडाँडा, चिन्नेबास, सेखाम, क्याक्मी र मल्याङ्कोट अनि चिसापानी क्षेत्रका हरिया बन नागबेली आकारमा मुस्कुराई रहेका थिए भनें तल ज्याग्दी खोला चाहिँ काली गंगासँग मिलनका लागी छिटो छिटो दौडिरहेकी थिईन् ।

बाटोमा कुनै घर आँगनमा पुरुष देखा परेनन् । साथी भन्दै थिए- हामी अपरिचितलाई देखेर यहाँका युवाहरु पराल मुनी या गाई गोठमा लुके । हुन पनि त्यो बेला गाउँका युवालाई माओवादीले भेटे जनसेनामा लैजाने र सेना प्रहरीले भेटे नानाथरी सवाल जवाफ सोधेर सताउने या सुराकी बनाउने गर्छन् भन्ने हल्ला जिल्लाभरी ब्याप्त थियो । भर्खरै माओवादी र सुरक्षाकर्मीको मुठभेडको खबरले पनि मानिसहरुमा थप डर पैदा भएको हुन सक्छ ।

झिमिक्क साँझ पर्दा हामी मनकामनाको उपल्लो बस्तीमा पाइला राख्यौं ।

साँझ परिसकेकाले पहिले गास र बासको जोहो गर्न तिर लागियो । ग्रामीण बस्ती भएकाले होटल रेष्टुराँ पाउनु कल्पना बाहिरको कुरा थियो । आफ्नो पूरा बिबरण र ठेगाना बताए पछि बल्लबल्ल एउटा घरमा बास पाईयो । नेपाल आर्मीमा कार्यरत एकजनाको घर रहेछ त्यो । घरमा एक्ली बिधवा आमा मात्र रहिछन् । खाना खाइसकेर हामी तिनै बुढी आमैसँग गफ गर्न लाग्यौं ।

आमैका छोरा पाँच बर्षदेखि नेपाल आर्मीमा कार्यरत रहेछन् । भित्तामा झुण्ड्याईएको आफ्नो छोराको फोटो देखाउँदै गुरुङ्नी आमैले भनिन्:- "ऊ यस्तै थियो बाबु, काटीकुटी मेरै छोरा जस्तो । त्यस साँझ पछि कहिल्यै फर्केर आएन त्यो ।"

"यहाँ माओवादीहरु आईरहन्छन् हो आमा ?"-कुरा कोट्याउन खोजें ।
"सबै आउँछन् बाबु, कोही माओवादी हुन् भन्छन्, कोही साही सेना र कोही पुलिस । नचिनिने भएर आउँछन् म बुढी मान्छेले कसरी चिनुम ।"- आमैले रक्षात्मक जवाफ दिइन् । 
"त्यो भिडन्तको रात के भएको थियो नि आमा, भन्नुस् न"-मैले कुरोको चुरो समातें ।

आमैले लामो सुस्केरा हालिन् । चारैतिर आँखा दौडाउँदै भनिन्:- भित्ताका नि कान हुन्छ भन्छन्, मलाई अफ्ठेरो पो पर्ने हो कि ?
"डराउनु पर्दैन आमा, जति देख्नु सुन्नु भो त्यति भन्नुस्, हामी तपाईंलाई अफ्ठेरो पर्ने गरि केही काम गर्दैनौं ।"-साथीले आमैलाई बिश्वस्त पार्न खोजे ।

"जमाना खराब छ बाबु हो, देखे पनि नदेखे जस्तो र सुनेपनि नसुने जस्तो गर्नु पर्ने अबस्था छ । साँचो..." बोल्दा बोल्दै रोकिइन् बुढी आमै ।
"साँचो के आमा ? भन्नुस् न"-नम्र हुँदै मैले भनें ।
"साँचो भन्नु पर्छ, त्यो केटोलाई मारेकै हुन् बाबु ।"- आमैका कुरा सुनेर शरीरमा रक्तसञ्चार तेज भएजस्तो भयो ।

"गोली चलेको सुनियो, मरेको लास देखियो तर भिडन्त हो कि मारेर फालेको हो त्यो त दैव जानुन्"-आमैले अगाडि थपिन् ।

"कसले मारे उसलाई ?
"खोई बाबु, कसैले सेनाले मारे भन्छन्, कसैले सेनाले घाईते बनाएपछि आफ्नै साथीले गोली हानेर मारेको भन्छन् । कसैले भाग्दाभाग्दै लडेर मर्यो होला भन्छन् । कसैले माओवादी नै हैन कि पनि भन्छन् । के हो के हो ।"
बोल्दा बोल्दै बुढी आमै उठेर बाहिर तिर निस्कन खोजिन् । 
"भैँसीलाई पराल दिएर आउँछु बाबु बस्दै गर है ।"
आमै घर संगै जोडिएको गोठतिर लागिन् ।

एकछिनमै गुरुङ्नी आमै गोठबाट फर्किन् । एक सुरले बसेका रै'छौं । "यत्तिकै बेला भएको थियो होला बाबु हो"..... बुढीआमैको आवाजले झस्क्यौं । 
"माओवादीका ती दुई ठिटाहरु यहि कोठामा तिमीहरु बसेकै ठाउँमा गुन्द्रीमा बसेका थिए । भुटेको मकै र मोही खुब मिठो मुखले खाएका थिए । आमा तपाईंको छोरालाई शाही सेनाको नोकरी छुटाउनु पर्यो । आखिर जो मरे नि नेपाल आमाकै छोरा मर्ने हो । नेपाल आमा नै रुने हुन् । आमा हामी जित्न चाहन्छौं तर मार्न होइन । यस्तै के के भन्दैथ्यो बा.."-बुढी आमै केही गम्भीर देखिइन् ।

साथी र मैले उनले भनेका कुराहरु नोटबुकमा लेख्दै थियौं । अनि अगाडी के भयो आमा ?-साथीले प्रश्न गरे ।

"यहिँ बसेर रातो रंगको किताब पढ्दै थ्यो । आफ्नै छोरो जस्तो लागेर म पनि उसका कुरा सुनि रहेकी थिएँ बाबु । एक्कासी एउटा कटराईजको सर्ट,पाईन्ट लगाएको केटा आयो र उसको कानमा साउती गर्यो । तत्कालै तिनीहरु जान्छौं है आमा भन्दै निस्केर गए ।"-आमैले भनिन् ।
"घटना चैँ कतिखेर कहाँ घट्यो त आमा ?
-उत्सुक हुँदै मैले भनें । 
"तिनीहरु यहाँबाट हिँडेको पाँच मिनेटमै तल मुल बाटोतिर दुई तिन पटक बन्दुक पड्केको आवाज आयो । भोलिपल्ट अर्थात हिँजो त्यहाँ रगतको टाटो र उसले पढे जस्तै किताब भेटिएको थियो रे । लडाईं भएको त कसैले देखेनन् ।
"कस्तो अचम्म है !!" मैले भनें ।
हिँजो बिहान खरबारीमा घाँस काट्न जाँदा बिरे गुरुङ्की जहानले दुईटा लास खरबारीमा देखेकी रे"-आमैले एकै सासमा भनिन् । 
कस्को रैछ त आमा त्यो लास?-साथीले सोधे ।
"खै बाबु कस्को हो, चिन्न सकिने अवस्थामा थिएन । मेरै घरमा आएको त्यै केटोको लास हो कि भन्छन् मान्छेहरु...."आमैले केही कारुणीक स्वरमा भनिन् ।

ढिला भयो सुत बाबु हो, म पनि सुत्न जान्छु-बुढि आमै अर्को कोठातिर लागिन् ।

भर्खर निदाउन मात्र लागेका थियौं बाहिर बुट बजेको आवाज आयो । एकै छिनमा थुप्रै मान्छे गल्याङ् गुलुङ् गरेको र यताउति हिँडेको प्रष्टै सुनियो । बुँझिसकेको थिएँ । साथीलाई कोट्याएर ब्युँझाएँ । दुबैले केहीबेर बाहिरबाट आएको आवाजलाई ठमासेर सुनिरह्यौं । हामी बसेको घरलाई कसैले चारैतिरबाट घेरा हालिसकेको बुझ्न हामीलाई बेर लागेन ।

मर्ने दिन त आजै पो रै'छ कि जस्तै भो ।

डरले जीऊ हल्लिन थाल्यो । ति माओवादी या सेना को होलान् र के गर्न लाग्दैछन् केही बुझ्नै सकिएन । कतै हामी बसेको वरपर दुई तर्फी सेनाको बिचमा युद्ध हुन लागेको छ या हामी माथी नैे पो कसैले आक्रमण गर्दैछ कि ? मनमा बिभिन्न आशंका उब्जिन थाल्यो । जो भए पनि हाम्लाई मारी हालेनन् र आफ्ना कुरा राख्न दिइयो भने पक्कै बाँचिनेछ भन्नेमा चाहिँ म ढुक्क थिएँ । सायद साथी पनि । किनकी न हामी माओवादी थियौं न सेना प्रहरी या गुप्तचर ।

कसैले जोडले ढोका ढकढक गर्यो । "को हँ यति राती ?" घरमुली गुरुङ्नी आमै चर्कै गरि बोलिन् । 
"ढोका खोल्नुस् ।" आदेशात्मक शैलीमा बाहिरबाट कसैले बोल्यो ।

पल्लो कोठामा आमैले लालटिन जलाईन् र लालटिन बोकेरै आमैले ढोका खोलिदिइन् । हामी दुई पनि उठिसकेकाले आमैले ढोका खोल्दा हामी आमैको पछाडी नै उभिएका थियौं । "तपाईंको घरमा को बसेका छन् हँ? सेनाको एकजनाले निकै ठाडो शैलीमा भन्यो ।

उसले सोधी नसक्दै उसको र हाम्रो नजर जुध्यो । " सर नमस्कार, हामी हौं, पत्रकार...स्याङ्जाबाट आएका ।" बोली पूरा नगर्दै उसले हाम्रो कठालो समातेर बाहिर तान्यो ।

झिमिक्क साँझ परेर अँध्यारो भएपनि लालटिनको उज्या सेनाका जवानहरु आँगनभरी र यताउति पनि थुप्रैको संख्यामा रहेको देखें । केहीले हामीतर्फ बन्दुक सोझ्याएर पोजिसन लिएका थिए ।

"म पत्रकार, बिभिन्न पत्रिका र एफएममा समाचार लेख्छु, रेडियो नेपाल र एन टिभीमा पनि । उहाँचाही मानब अधिकारबादी साथी"- साथी तर्फ देखाउँदै मैले एकै पटकमा हामी दुबैको परिचय दिन भ्याएँ । रेडियो नेपाल र एन टिभीको नाम लिएपछि उनीहरु केही सम्हालिए र हामीलाई केही ईज्जत दिएको शैलीमा हेरे ।

"यि हेर्नुस् परिचय पत्र"-हामी दुबैले परिचय पत्र देखायौं । हाम्रो परिचय पत्र हेरिसकेकछि उनीहरण अलिक पर हटे । सेनाका एकदुई जनाले हामीलाई चिनेका रै'छन् हात मिलाउन आए । कतिपयले "सरी सर, के गर्नु हाम्रो ड्युटि नै यस्तै हो"  भने ।

अलिकति मुस्कान साटासाट भो ।

"सरी भाईहरू,आरामसँग सुत्नुहोला"-अघि मेरो कठालो समात्ने चाहिँले सामान्य शैलीमा भन्यो । "हवस्त आमा जान्छौं" भन्दै सैनिकहरु ओरालो लागे ।

त्यो रात धेरै बेर सम्म निदाउन सकेनौँ । ढुकढुकी बढि नै रह्यो ।

***************

"हजुरको कुरा सुनेर त मेरो आङ् नै सिरिङ्ग भो दाई ।""बसको झ्यालबाट बाहिर हेर्दै मैले भनें ।
"त्यस्ता घटना त जीवनमा कति बेहोरियो कति । " दाईले फुर्ति लगाए ।
उमेरमा म भन्दा जम्मा ६ महिनाले मात्रै जेठा भएपनि म उनलाई आजकल दाई भनि सम्बोधन गर्थेँ तर ब्यवहार साथीको थियो । अरूको सामुन्ने तपाईं भनेपनि एकान्तमा म उनलाई तिमी र कैले काहि तँ पनि भन्न भ्याउँथें । दाई भनिदिएपछि आँफूलाई तँ भनेको पनि हेक्का राख्दैनथे उनी ।

बस मुग्लिन आईपुगेको थियो । पोखराबाट हिँडेको करीब चार घण्टामा यतिखेर हामी मुग्लिनको एउटा होटलमा खाना खान छिर्दैथ्यौं ।

खानाको अर्डर गरियो र टेबलमा खाना आइपुग्यो पनि । तर मेरो मन पत्रकार दाईले सुनाएको घटना वरपर नै घुमिरहेको थियो । 
"दाई ति मारिने माओवादी केटाहरु को रै'छन् पत्ता लाग्यो त ?" अघिदेखि मनमा खेलिरहेको कुरा सोधें मैले ।

"त्यो भिरमा भेटिएको लास माओवादीको थिएन भाई"- दाईले जवाफ दिए ।
"हँ"- मेरो मुखबाट अनायसै निस्क्यो । त्यसो भए कस्को त ?
"त्यो लास मध्ये एक तिनै अभागी गुरुङ्नी आमैको छोराको थियो जो सेनाबाट भागेर घर जाँदै थियो ।"- दाईले लामो सुस्केरा हाल्दै बोले । कुरा सुनेर म अवाक् भएँ ।

उसलाई कसले मार्यो होला,  किन मार्यो होला- केही दिनसम्म मेरो मनमा यही प्रश्न ओहोरदोहोर गरिरह्यो । 

समाप्त ।

Note : 
Copyright Reserved with Writer 

कथाकार अजित क्षेत्रीको कथा - पटाक्षेप (Story by Ajit Chhetri-Patachhep)-05-08-2016

NepaliTalim | 10:26:00 AM | 0 comments
कथाकार-अजित क्षेत्री 
कथा- पटाक्षेप
कथाकार-अजित क्षेत्री 
प्रकाशन मिति -05-08-2016
===================
उमेरले बैंशको फूल फुलाउन नपाउँदै उसको बिहे भयो ।

भर्खरै कोपीला लागेको आरुको फूल जस्तै थिई, सलक्कको जीऊ । उमेर पुग्नु अगाबै अंगहरु भरिएर आए । जता जान्थी उतै भमरा पछि लाग्थे । तर उ बेखबर थिई, फक्रिन लागेको आफ्नो जवानीको बास्ना डाँडा पारिसम्म पुगेछ । एकदिन भारतीय सेनामा कार्यरत युवक माग्न आए । कुराकानी मिल्यो र अन्ततः सामान्य रीतले बिहे पनि भयो । पुतली झैं बाबुआमाको काखमा हुर्किँदै गरेकी मैना अब दुई डाँडा पारीको बिल्कुलै नौलो परिवेशमा नयाँ घरमा बुहारी बनि ।

भारतीय सेनामा कार्यरत लालबहादुरको यो दोस्रो छुट्टी थियो । ईष्टमित्र र बाबुआमाले मैना फूल जस्ती छ भने । त्यो फुललाई आफ्नो घरमा सजाउन पाए घरै सुन्दर हुन्छ भने । लालबहादुर पनि लठ्ठियो, देख्यो मैना साँच्चीकै फूल जस्ती छ, गोरी छ, अग्ली छ, शर्मिली छ, लच्छिनकी छ । लोग्ने मानिस भमरा हुन् । लालबहादुर झन् तिर्खाएको भमरा । उसले मैनालाई बिहे गर्यो, तिर्खा मेट्यो ।

भारतीय आर्मी, त्यसमाथी भर्खरै बिहे भएको ! दुई महिनाको उसको छुट्टी घर- ससुराली गर्दैमा बित्यो । मैनाले लाहुरे पतिलाई खुब रत्याई आँफू पनि रत्यिई ।

दुई महिनाको छुट्टी पनि सकियो । परदेश जाने अघिल्लो रात मैना पनि निदाउन सकिन लालबहादुर पनि । एक अर्काको हातको सिरानी गरेर दुबैले बिछोडको आँसु झारे । प्रणयको मिठो मधुमासमा कतै हुरीले लछारे जस्तो भयो । रोएरै उज्यालो भयो ।

उज्यालो भयो । बाबुआमाले रातो टिका निधारै भरी लगाएर आशिर्वाद दिए । मैनाले पतिलाई बिदाई ढोग दिई । लाहुरे घरबाट निस्क्यो । मैनाको मन अमिलो भयो, मुटुमा किला रोपे सरी भयो । ढोका थुनेर धेरैबेर रोई । बाबु आमाले पनि दुई थोपा आँसु झारे ।

लालबहादुरले डाँडा पार नहुन्जेल घरतर्फ फर्किफर्कि हेर्यो । उसलाई लाग्थ्यो उसकी प्राणप्यारी आँसु बगाउँदै उसको पिछा गरिरहेकी छ । बस स्टेसन आयो, बस चढ्यो, सुनौली पुग्यो । सुनौली बाट गोरखपुर अनि गोरखपुरबाट रेलको सफर । केही घण्टा अघिसम्म आफ्नै घर आँगनमा रमाएको ऊ, अहिले परदेशको भुमिमा परदेशी भएको छ ।

अघिल्लो दिन ऊ पल्टनमा हाजिर भयो । भर्खर बिहे गरेर ल्याएकी पुतली जस्ती पत्नीलाई छोडेर आउनु पर्दा कहिलेकाहीँ उसको मन अमिलो हुन्थ्यो । पल्टनमा अरू साथीहरुले कस्ती छन् तेरी बुढी भनि सोध्दा पुतली जस्तै छिन् भन्थ्यो ।

यता मैनालाई पनि परदेशी पतिको खुब याद आइरह्यो । भर्खरै पिरतीको रस बस्न लागेको बेला उसको मालीले उसलाई छाडेर गएको थियो ।  जानेबेलामा लालबहादुरले चिठ्ठी पठाउने ठेगाना दिएर गएको थियो । मैनाले महिनै पिच्छे आफ्नो खसमलाई मनको बह पोखेर चिठ्ठी पठाउँथी । लालबहादुर पनि आफ्नी पुतलीलाई बराबर चिठ्ठीको जवाफ पठाउँथ्यो ।

समय बितेको पत्तै भएन । लाहुर गएको बर्षदिन पुगिसकेछ । लालबहादुर छुट्टि आयो । मैना अनि पुरै परिवारमा फेरि खुशी छायो ।

घरको एउटा मात्रै छोरा थियो लालबहादुर । ऊ लाहुर गएपनि घरमा बुहारी भएकाले उसका बाबुआमालाई घरमा छोराको अनुपस्थितीको कहिल्यै आभास हुन पाएन । बुहारीले गरेको सेवा सम्मानले उनीहरु अत्यन्तै खुसी थिए तैपनि आजकल केही दिनदेखि बुढाबुढीको मनमा एउटा रहरले डेरा जमाएको थियो ।

राम्ररी सजाईएको गमला त थियो तर त्यहाँ फूल थिएन । अब त्यो गमलामा सानो फूलको बिरुवा भैदिए त्यही बिरुवासँग रमाउँदैमा दिन जान्थ्यो होला । बुढाबुढीलाई अब घर आँगनमा नाती नातीनि खेलेको हेर्ने रहर जाग्यो ।

एकदिन आमाले एकान्तमा पारेर लालबहादुरलाई मनको बह पोखिन्:- बाबु तँसँग हामी साह्रै खुशी छौं, बुहारीले पनि हामीलाई केही कुराको कमी हुन दिएकी छैनन् । अब एक दुई नाती नातीनि यो पिँडी र आँगनमा तातेताते गर्दै खेलेको देख्न पाए अरू केही चाहिँदैन । नातीको मुख देखेर मर्न पाए स्वर्ग पुगिन्थ्यो बाबु ।" उसले केही जवान दिन सकेन ।

मनमनै सोंच्यो:- ठिकै भनेकी हुन् आमाले । बेलुका उसले आमाले भनेको कुरा मैनालाई सुनायो । मैना लजाई । हिउँदको आकासलाई चिसो बादले छोपे झैं उसले मैनालाई अंगालोमा कस्यो । मैनाले पनि पतिलाई साथ दिई । उसले सारा शरीर पतिको काखमा छाडिदिई र आँखा बन्द गरी । एकैछिनमा त्यहाँ प्रणयको बसन्त ऋतु आयो । प्रेमिल पंक्षीका जोडी सुखको सागरमा डुबे । पानी पर्यो,बाढी आयो, बाढीमा दुबैजना पसे । निथ्रुक्कै रुझे, निदाए ।

छुट्टी सकेर लालबहादुर फेरी पल्टन फर्क्यो ।

आज रामलाल काकाको नातीको पास्नी छ । गाउँभरीका मान्छेहरुलाई निम्तो गरिएको छ । रामलालका छोरा लक्ष्मण र बुहारी मधु छोराको पास्नीका लागि सामान जुटाउन र निम्तालुहरुको ब्यवस्थापनमै ब्यस्त छन् । एक किसिमले बिहे घर जस्तै भएको छ रामलाल काकाको घर आज ।

मैना र उनकी सासु दुबैजना पास्नीको निम्तो मान्न गएका छन् । सासुले काकाको घरायसी काम सघाई दिइन् भने मैना रोटी र कसार बनाउने महिलाहरु सँगै काम गरी ।

बच्चाको पास्नीको कार्यक्रम सकियो । सबैले बच्चालाई टिका लगाएर आशिर्वाद दिए । निम्तालु सबैले मिठामिठा भोजन ग्रहण गरे । माहोल निकै रमाईलो थियो । यत्तिकैमा काकीले मैनाकी सासु तिर हेर्दै भनिन्:-"अब अर्को साल तिम्रो नातीको पास्नी यस्तै रमाईलो गरी मनाउ पाइयोस् ठुली ।" सबै जना हाँसे । लाजले रातो पिरो भएकी मैना घरतिर भागी ।

छोरा पाउनु कता हो कता, कन्ननीको हतपत-मनमनै सोंची ।

यसपाली मैना दोजीया छे कि भन्ने सबैको मनमा थियो तर त्यसै रात उसको नियमित मासिक श्राब भयो । यो साल घरमा नयाँ सदस्य नआउने भो- सासु ससुराको मन खिस्रिक्क भयो ।

छरछिमेकीका घरमा बालकहरु कृष्ण झैं कहिले आमाका काखमा त कहिले आँगन भरी खेलेको देख्दा मैनाको मनमा पनि मातृत्व बिजारोपण हुन थालेको थियो । परदेशीको नासो भनेर काखमा खेलाउन पाए पनि त्यो पापी परदेशीको यो बिधी यादले त सताउँदैनथ्यो कि ? मैना मनमनै यस्तै सोंच्दथी ।

हिउँद गयो बर्षा याम पनि आयो गयो । यस पटक छुट्टीबाट गएको दस महिनामै लालबहादुर फेरी छुट्टीमा घर आएको छ त्यो पनि दुई महिनाको । कश्मीरबाट उसको पोष्टिङ् गोरखपूर भएको छ । करीब चार बर्ष पछाडि उसले यो बर्ष दशैं तिहार घरमै मनाउने छ । घर खुशीले भरिएको छ ।

दशैं आयो गयो । केही दिनपछि तिहार पनि आयो । तिहारमा मैना दुई दिन मात्रै बसि माइती र फर्कि हाली । लालबहादुरले परिवार र ईष्टमित्रका साथ दशैं र तिहार खुब रमाईलो गरी मनायो । तिहार लगत्तै छुट्टी सकेर ऊ पल्टन फर्क्यो ।

यसपटक पनि मैनाको पेटमा गर्भ रहेन । घरका सबैको चाहना थियो उसको कोखमा बच्चा होस् र यो घरै उज्यालो होस् । तर सोचेजस्तो भएन ।

गर्भवती हुन नसकेकै कारण केही दिनयता सासु ससुराको बुहारी प्रतिको ब्यवहारमा परिवर्तन आएको छ । लालबहादुरले पनि पत्नीको चिठ्ठीको जवाफ फर्काउन छाडेको छ । पहिले पहिले महिनै पिच्छे चिठ्ठी पठाउने उसले अहिले गएको आठ महिनामा दुईवटा मात्रै चिठ्ठी पठायो । चिठ्ठी पठाई हाले पनि आमा हुन नसकेकी भन्दै मैनालाई उपहास गर्थ्यो उसले ।

घरको कलह यति सम्म बढ्यो कि सासु ससुरा र बुहारी बिचमा दोहोरो सम्बाद हुनै छाड्यो । खाइस् खाइनेस् र सन्चो बिसन्चो सोध्ने आफ्नै मनबाहेक कोही रहेन अब मैनालाई त्यसघरमा । साह्रै भएपछि एकदिन ऊ माईत गई र दुई हप्ता बसेर फर्की ।

माईतीबाट फर्केपछि कसैलाई नसोधी गएको भन्दै सासुले दिनहुँ टोकस्न थालिन् । ससुराले खासै केही भन्दैनथे तापनी सासु बुहारीको झगडामा उनी आफ्नै पत्नीको पक्ष लाग्दथे र घर झगडा मिलाउनतिर कहिल्यै अग्रसरता देखाउँदैनथे । छरछिमेकीहरु पनि सासुको कुरा सुनेर आजकल मैनासँग उतिसारो हिमचिम बढाउँदैनन् ।

आफ्नै घरभित्र पराई भएकी छ मैना । उसलाई यो घर घरजस्तो लागेको छैन । आँफै बसेको ठाउँ कुनै निर्जन मरूभूमि जस्तो लाग्न थालेको छ । बेदनाले पिल्सिएको जिउ लिएर हिँडेकी छ । भित्रभित्रै मरेकी छ तर दुनिया भन्छन् ऊ बाँचेकी छ । यस्तो जीवन पनि के जीवन जहाँ मन र तनको मिलन नहोस् । हो, उसको आफ्नै मनले उसको साथ छाडेको छ । केवल किँकर्तब्यविमुढ ज्यान मात्रै लिएर बाँचेकी छ ऊ ।

जान मन लाग्छ कतै टाढा एकान्तमा जहाँ उ रोएको कसैले नदेखोस् । तर जाने कहाँ ? रुन मन लागेको बेला एकान्तमा गएर रुन्छे अनि आफ्नै कर्मै यस्तै रहेछ भनेर आफैलाई सान्त्वना दिन्छे ।

दुई बर्षपछि फेरि लालबहादुर घर आएको छ । छिमेकीहरु भन्छन् - आजकल मध्यरातमा लालबहादुरको घरमा मान्छे रोएको आवाज सुनिन्छ । पँधेरोमा पनि त्यही घरको कुरा चल्छ । "लालबहादुरले त अर्की ल्याउन लागेको छ रे नि !"- पँधेरोमा एउटी बोल्छिन् ।
"नल्याएर के गरोस् त मैना थारी रै'छ"- अर्कीले थप्छे । 
रातदिन कुट्छ रे नि त मैनालाई'-अर्कीले साउती गर्दै भनि ।
"त्यस्तो हुँदा नि किन बसिराखेकी हो त्यो मैना, दुई छाक नि खुवाउन नसक्ने रै'छन् कि के हो माईती पनि ?- पहिली चाहिँ महिला पुन: बोली ।
'गरिब छन् रे'-अर्कीले अट्टहास गर्दै बोली ।
"कस्तो बाँझो कोख भएकी आइमाई रै'छे है ! छि छि छि"-महिलाहरु गलल्ल हाँस्छन् ।

महिलाहरुले आँफूलाई गरेको उपहास सुनेर मैनाको मुटु पोलेर आयो । कसैले तिखो छुरीले मुटुमै हाने जस्तै भयो । महिलाहरु अरू पनि के के कुरा गर्दै थिए सुन्नै सकिन उसले । पँधेरो नपुगी घर फर्की । एक मनले त सोंचेकी थिई पँधेरोमा गएर ति कुरौटे आइमाईहरूको जगल्टा च्यातिदिउँ तर सोंची क-कसको जगल्टा च्यात्ने ? कतिजनासँग झगडा गरेर सक्ने ?

मिल्ने भए उसलाई आफ्नै कर्मसँग झगडा गर्ने मन थियो । भेटिने भए खोटो कर्म लेखिदिने त्यो ईश्वरको अनुहार त्यातिदिनु मन थियो । महिलालाई गर्भाधानको मेसिन सम्झने पुरुषबादीहरुको पुरुष जननेन्द्रीय उखेलिदिनु मन थियो अनि भन्नु मन थियो तिमीहरु गर्भ बोक अनि हेर नपुँसक पुरुष हो । तर लाचार छे । लाचारी नै मानिसको सबैभन्दा ठुलो दुश्मन रहेछ । आँफैसँग हारी ऊ ।

उसलाई अब त्यो घर अनि समाजमा एक क्षण पनि बस्न मन लागेन । बिहानको खाना पनि नखाई ऊ माईत हिँडी । घरमै रहेका पति लालबहादुर र सासु ससुरा कसैले पनि उसलाई रोक्ने कोसिस गरेनन् । मनको पर्खाल गहिरो गरि भत्किसकेको थियो । जोड्नु उचित पनि सम्झिन उसले । र, सम्भवत अब त्यो जोडिने हालतमा पनि थिएन ।

मैना घर छाडेर माईत गएको दस दिनमै लालबहादुरले गाउँकै नरमायाँलाई कान्छी श्रीमतीको रुपमा घर भित्र्यायो । यो खबर पाएर पनि मैनालाई कुनै दुख लागेन किनकी ऊ अब सदाका लागी लालबहादुरलाई त्यागेर आएकी थिई । ऊ अब आफ्नो हिस्साको जीवन आफ्नै लागि जीउन चाहन्थी ।

उमेर पुग्दै जाँदा मैना दिनदिन जवानीले मस्त हुँदै गई । माइतीमा रहँदा बस्दा उसको पनि गाउँकै एक युवकसँग हिमचिम बढ्यो । अन्ततः नजिकैको मन्दिरमा गएर एकदिन उनीहरुले बिवाह गरे । विवाहको केही महिनामै ऊ गर्भवती समेत भई र एक बर्ष नहुँदै उसको कोखबाट छोराको जन्म पनि भयो ।

बिवाह पछि मैनाका पति पत्नी मिलेर गाउँमै रासन दुकान खोले । दुकानबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरुले दुकानको छेउमै रासन मिल पनि राखे । मिल पतिले हेर्छन् भने दुकान मैनाले सम्हाल्छिन् ।

बिहेको चार साल बितिसकेको छ र मैनाको कोखबाट दोस्रो सन्तानको रुपमा छोरीको जन्म भएको छ । मैना अब पहिलाकी मैना रहिन । अहिले उसको संसार बदलिएको छ अनि आकास अझै बिशाल । उसका सपना बिस्तारित भएका छन् भने बाटा चौडा । बिगत पुरै मेटिएका छन् अतितका पानाबाट, छन् त  केबल सुन्दर बर्तमान र सुनौलो भबिश्यको रंगीन चित्र मात्र ।

दोस्रो विवाह गरेको लालबहादुर फेरी पनि खुसी हुन सकेन । बिहे पछि उसले नरमायाँलाई दुई साल पल्टनमै राख्यो । त्यसपछि पनि बर्षै पिच्छे घर छुट्टीमा आयो तर नरमायाँ आमा बन्न सकिन । गोरखपुरदेखि लखनउ र काठमाडौँका कैयौं अस्पतालमा उसले नरमायाँको स्वास्थ्य परिक्षण गरायो तर हरेक अस्पतालले नरमायाँ बिल्कुल स्वस्थ रहेको र उनी बच्चा जन्माउन सक्षम रहेको रिपोर्ट दिए ।

त्यसो भए सन्तान किन हुँदैन त ? कहिँ आफ्नै कारण सन्तान नभएको त होइन कतै ? यस्तो सोंचाई आउनासाथ उ घबराउँथ्यो । अब त सन्तान नभएको चिन्ता भन्दा बढि कहिँ आफ्नै मर्दाङ्गीको खिल्ली उड्ने हो कि भन्ने चिन्ताले सताउँथ्यो उसलाई । त्यसैले आफ्नो कमजोरीको पटाक्षेप हुने डरले श्रीमतीका कारणले बच्चा नभएको देखाउन बिभिन्न अस्पताल चाहर्दै उसले नरमायाँको स्वास्थ्य परिक्षण गराउँछ ।

नरमायाँले पनि पतिको कमजोरी बुझिसकेकी छ । यसै बिषयलाई लिएर लालबहादुर र नरमायाको बिच आजकल खटपट सुरु भएको छ । अवस्था यतिसम्म पुगिसकेको छ कि अब आफ्नो स्वास्थ्य परिक्षण गराई त्यसको ईलाज नगराई केबल अर्कालाई मात्र दोषी प्रमाणित गर्न खोजिरहने हो भने आँफू अब यो घरमा बस्न नसक्ने धम्की पनि नरमायाले पति लालबहादुरलाई दिन्छे ।

अन्त्यमा बाध्य भएर लालबहादुर पत्नी नरमायाँको साथमा जिल्ला सरकारी अस्पतालमा आफ्नो स्वास्थ्य परिक्षण गराउन जान्छ । आवश्यक सम्पूर्ण परिक्षण पश्चात डाक्टरले जुन रिपोर्ट लालबहादुरको हातमा थमाई दिन्छन् त्यसको कारण आज ऊ स्वयम् सँग र पत्नी नरमायाँसँग पनि लज्जाबोध गरेको छ । हिँजोसम्म जुन पौरुष र मर्दाङ्गीको खुला छाती देखाउँदै पत्नीलाई ललकार्थ्यो ऊ, आज हिनताबोधले भित्रभित्रै जलेको छ । डाक्टरले ऊ बाँझोपनाको शिकार भएकोले बाबु बन्न नसक्ने रिपोर्ट दिएका छन् । नियतिको कठोर निर्णय चुपचाप स्वीकार्नु उसको बाध्यता बन्यो ।

संयोग नै भन्नु पर्छ आज सोही अस्पतालमा मैना पनि स्थाई परिवार नियोजन गर्न पतिको साथमा आएकी छ । डाक्टरी रिपोर्ट हातमा लिएर डाक्टरको क्याबिनबाट बाहिर निस्कँदा जब मैनासँग नजर जुझ्छ, लालबहादुरको नजर हिनताबोध र लज्जाले झुक्छ ।

                    समाप्त ।

Note : Copyright reserved with Writer 

कथाकार अजित क्षेत्रीको कथा -प्रेमको बाछिटा (Story-Premko Bachhita by Ajit Chhetri) :-20-07-2016

NepaliTalim | 3:26:00 PM | 0 comments
अजित क्षेत्री
कथा -प्रेमको बाछिटा
-अजित क्षेत्री
मिति -20-07-2016

अफिस सकिनासाथ आज पनि उही चिया पसलमा पुगिसकेको थिएँ । पसलकी साहुनी चिया पकाउँदै रहिछन् ।

केही दिनयता अफिसपछि घर फर्कने बेला यही पसलमा चिया र समोसा खाने दैनिकी नै बनेको छ । रङ कडा र बाक्लो दूधको चिया गिलासभरि पाइने भएकैले म यही पसलमा आउने गर्छु ।

अफिस नजिकैका चिया पसलेहरु नजिकको तीर्थ हेला गर्‍यो भनेर मुख खुम्च्याउँछन् । कसैले केटीले पकाएको चिया खान गएको भन्छन् । कसैले चिया खाने निहुँले त्यही केटीलाई जिस्काउन गएको ठान्छन् । तर म चियाको स्वादमै पल्केर यहाँ आउँछु ।

करिब आठ/दस फुट चौडा सटरमा खोलिएको छ चिया पसल । पसलमा दुईवटा टेबल, आठ/दस कुर्सी र एउटा बेन्च छ । छेउमै समोसा, पकौडा र बिस्कुटले भरिएको सानो सोकेस छ । सोकेसको छेउमा छ ग्यास चुल्हो ।

भित्तामा एउटा क्यालेन्डर, स्वर्गीय राजा वीरेन्द्रको परिवारको फोटो, साप्ताहिक पत्रिकाको केही ब्लोअप र त्यसको सामुन्ने एउटा ऐना । यही हो यो पसलको चिनारी ।

पसल एक युवतीले चलाएकी छिन् । अन्दाजी पच्चीस वर्षकी अग्लो कदकी युवतीको मुहार हल्का कालो वर्णको छ । मुस्काउँदै बोल्ने उसको सम्बोधनमा आदर झल्किन्छ । काममा फूर्तिली र हातको स्वाद मीठो ।

पसलमा पुग्नासाथ भित्ताको ऐनामा दिनभरिको कामले च्याउसिएको आफ्नो अनुहार एक खेप हेर्नु र गाला छेउछाउ फस्टाएका डन्डिफोर निचोर्नु मेरो बानी नै बनिसक्यो ।

ऐनामा एक झलक हेरिसकेर बसेको के थिएँ चिया आइपुग्यो टेबुलमा ।
“समोसा पनि ल्याऊँ सर ?” उसले भनी ।

“उम्” मैले टाउको हल्लाएँ ।
प्लेटमा समोसा पनि आयो ।

“आज त खूब च्वाँक देखिएकी छ्यौ नि !”- मैले जिस्काउने सुर कसेँ ।
“अँ होला खुब ! सर पनि जे पायो त्यै बोल्दिनु हुन्छ ।” उसको प्रतिक्रिया थियो ।
“हो भन्या, कस्सम । आज झनै राम्री देखिएकी छ्यौ ।” मैले थपेँ ।
“राम्रो-नराम्रो त मान्छेको हेराइ हो सर । राम्रो त मन हुनुपर्छ मन ।” उसले भारी शब्दमा बोली ।
“तिमी मान्छे’नि राम्री । तिम्रो मन झनै सुन्दर, आकाशको रंगीन चंगाजस्तै ।”  फुर्क्याउने पाराले भनेँ ।

तर, ऊ फुर्किइन ।
‘आकाशको चङ्गा जतिसुकै राम्रो भए पनि कि त कसैको मुठीमा आउने हो, कि त धागो चुँडिएर कतै पछारिने हो । तपाईँ पनि मलाई पछार्दै हुनुहुन्छ सर ।’ उसले सहजै भनी ।
लाग्यो- उसले मलाई तीखो प्रहार गरी ।

रक्षात्मक हुँदै मैले भनेँ – ‘तिमी त राजकुमारले विशाल दरबारमा उडाउने चङ्गा जस्ती छ्यौ । चुँडिएर खसे’नि दरबारमै खस्छ्यौ ।’
मेरो कुरामा उसले कुनै प्रतिक्रिया जनाइन । सायद जरुरी पनि ठानिँन ।

ऊ सँग मैले यति धेरै सवालजवाफ गरेको यो पहिलो चोटि थियो । उसले यति खुलेको पनि यो पहिलो पटक ।

खासमा कुनै पनि ग्राहकसँग धेरै बोल्दिन ऊ । रिसाउँदिन पनि । ऊ अर्थात् यो चिया पसलकी साहुनी । नाम अझैसम्म थाहा थिएन ।

कसैसँग नजर नजुधाई काममै घोरिन्छे हरदम । नजर नजुधाउने मानिस कसैसँग सजिलै प्रेममा फस्दैन भन्छन् । मलाई लाग्छ ऊ आजसम्म प्रेमको मीठो फल नखाएकी यौवनकी कलि हो । धत् ! मैले त के के सोच्न भ्याइसकेछु ।

साँच्ची, युवतीहरु पनि हामी युवकको बारेमा यस्तै सोच्दा हुन् त ?

सोचेँ – युवतीहरु प्रेम र यौन अनि घरजमको बारेमा सोच्नुभन्दा युवकको सुगठित शरीर र उसको आम्दानीका बारेमा सोच्छन् होला । मेरा एक मित्र भन्ने गर्थे – ‘पुरुषको एक चौथाइ जिन्दगी युवतीको बारेमा सोचेर बित्छ । युवतीको आधा जिन्दगी मेकअप गरेर र ठूलो घरकी मालिक्नी हुने सपना देखेरै बित्छ ।’

सोचेँ – ठीकै भन्थ्यो उसले ।
“साहुनी सुन त !” बोलाएँ ।
“प्लीज सर मलाई साहुनी नभन्नुस् न ।” उसले आग्रह र निर्देशन मिसिएको स्वरमा भनी ।
“पसल चलाउछ्यौ, साहुनी नभनेर के भनूँ त ?”
“जुठो भाँडा उठाएर एक-एक पैसा बटुल्ने मान्छे के को साहुनी नि ?” उसको प्रतिप्रश्न आयो ।
“त्यसो भए के भनूँ त ?” म अलमलिएँ ।
“बैनी भन्नुस् ।” उसले सहजै भनी ।
ऊ सहज हुन खोजी । मलाई भने असहज भयो ।
ऊ एकातिर दूरी मेटाउँदै थिई । तर, अर्कातिर सीमाना पनि कोर्दै थिई ।
“नाइँ । बैनी त भन्दिनँ ।” मैले थपेँ – “यस्तो सजाय मलाई नदेऊ । यो त बाघलाई दाह्रा र नङ्ग्रा भाँचेर बाख्राको खोरमा छोडे जस्तै भयो ।”
“पापी !”- उसले धारे हात लगाएजस्तो गरी मायालु पारामा भनी ।
पापी शब्द सुन्नासाथै यस्तो लाग्यो, मानौं मलाई यमराजको अघिल्तिर उभ्याइएको छ र मैले गरेका पापहरुको लामो सूची वाचन गरिँदै छ ।
“म त धर्मको खोजीमा निस्केको मान्छे, तिमीले त पापी पनि घोषित गरिदियौ है ?,”  बैनी बन्न तम्सिने साहुनीलाई मैले दङ्ग्याएँ ।

आज अलि बढी गफिएको थिएँ । किन-किन गफमा मजा आइरहेको थियो । गफको मिठासमा चियाको स्वाद फिका थियो ।
एकछिनको मौनता तोडेर मैले नै कुराको सिलसिला बढाएँ – ‘ए साँच्चि, तिम्रो नाम के हो नि ?’

”पापी नै त निस्कन्छन् धर्मको खोजीमा,” दार्शनिक शैलीमा उसले भनी- ”धर्म कमाउन त तीर्थ यात्रा र मन्दिर धाउनु नि सर, यता चिया पसलतिर होइन ।”
”जहाँ पवित्रता हुन्छ त्यही हो तीर्थ, जहाँ विश्वास हुन्छ त्यही हो मन्दिर, अनि जहाँ सेवा त्यही ईश्वर,” मैले पनि जाने जति एकै सासमा भन्दिएँ ।
“तर सर बाटोको ढुंगालाई फूल चढाउँदैमा त्यो ईश्वर बन्छ र ?” उसले प्रश्न तेर्स्याई ।
“ईश्वर त विश्वास गरेपछि हुने कुरा न हो । विश्वास गरेपछि अमूर्त कुरा पनि मूर्त बन्छ । ज्ञानीहरुले मात्र देख्न सक्छन् ईश्वरलाई ।” मैले भनेँ ।
“त्यसो भए तपाईं ज्ञानी हो ?”
”होइन, ज्ञान प्राप्त गर्न ध्यान चाहिन्छ । म ध्यान गर्न सक्दिनँ ।” मैले भनेँ ।
ऊ केही बोलिन । पसलमा चिया पिउन आएका ग्राहकहरु गइसकेका थिए ।

मैले पनि चिया सकिसकेको थिएँ । पैसा बुझाएँ ।

आज अलि बढी गफिएको थिएँ । किन-किन गफमा मजा आइरहेको थियो । गफको मिठासमा चियाको स्वाद फिका थियो ।
एकछिनको मौनता तोडेर मैले नै कुराको सिलसिला बढाएँ – ‘ए साँच्चि, तिम्रो नाम के हो नि ?’

हुन पनि यतिका दिनसम्म मैले उसको नाम सोधेको थिइनँ ।

“के राखेको छ र नाममा ? नाम बिना पनि तपाईंले मलाई चिनिराख्नुभएकै छ क्यारे ।” झटारोले लाग्ने गरी हिर्काई उसले ।

आज उसले जित्दै गइरहेकी थिई । म हार्दै थिएँ । तर यस्तो लाग्दै थियो – हारे पनि रेफ्रीले मलाई नै विजयी घोषणा गरिरहेको छ ।
“नाम व्यक्तिको परिचय हो । व्यक्तिको अनुपस्थितिमा पनि नामले उसको भूमिका निर्वाह गर्छ ।” मैले उसलाई पढाउन खोजेँ ।
“त्यसो भए नाम बिना मान्छेको परिचय नै हुँदैन त ? जे नाम भए पनि म मैँ हुँ, नामको शृंगारले मान्छेको बाहिरी परिचयमा त केही भिन्नता देखिएला तर मैले जिउने जिन्दगी र मेरा सपनामा मलाई साथ दिन्छन् जस्तो लाग्दैन सर ।” उल्टै उसैले पो मेरो क्लास लिने छाँट देखाई ।
उसको दार्शनिक जवाफले म अवाक् भएँ । मैले भनेँ- ‘दर्शन सिक्न त कोही तिमीसँग आओस् ।’
“सर तारिफ धेरै भयो अब जानुस् ढिला भयो,” उसले सम्झाई ।
नाम नभनी यसै टारी ।

घडी हेरेँ, साँझको सात बजिसकेछ । हल्का अँध्यारो हुँदैथ्यो । सरासर घरतिर लागेँ ।

OOOO

दिनहरु यसैगरी अगाडि बढ्दै गए ।

अफिस लागेका बेला दिनमा एकपटक उसको पसल पुग्ने रुटिन छँदै थियो । आदत नै बनिसकेको थियो – यो पसल, यहाँको एक कप चिया र उसको मुस्कान ।

आज-भोलि आफू कताकता हराउँदै गएको थिएँ । अफिस र चोकतिर मेरो बारेमा गाइँगुइँ चल्न थालेको थियो । तर, कसैले सामुन्नेमा मुखै चाहिँ फोरेका थिएनन् ।

खासमा साहुनीसँग मेरो कुनै खास सम्बन्ध भने थिएन । म उसका लागि अरु ग्राहक सरह नै थिएँ । तर, मेरा लागि ऊ खास बन्दै गएकी थिई। खास कुन अर्थमा भने उसको पसल मेरा लागि सुस्ताउने चौतारी बनेको थियो ।

चञ्चले उमेरमा ठिटा-ठिटीहरु यस्तो भएन, त्यस्तो चाहियो भन्दै बाबुआमालाई दङ्ग्याउँछन् । ऊ भने आफ्नो उमेरभन्दा गह्रुंगो जिम्मेवारी बोकिरहेकी थिई ।

मैले एकदिन कारण सोधेँ । बुबा प्यारालाइसिसका कारण बितेको र वृद्ध आमाको काँधमा घरको जिम्मेवारी आएकाले परिवारलाई सघाउन पसल चलाएको उसले बताएकी थिई ।

अर्को दिन समयमै अफिस पुगेँ । अघिल्लो दिनको केही काम बाँकी थियो- सकेँ । अफिसमा अडिट सुरु हुने लागेको थियो । त्यसैको तयारीस्वरुप भोलि बिहानै म र अर्का एक कर्मचारी करिब दुई साताको लागि सुर्खेतको वीरेन्द्रनगर जानुपर्ने भयो ।

अफिसमा बसेर जाने तयारी गर्दै गर्दा मनमा हुटहुटी भइरहेको थियो । एक मन पहिल्यै वीरेन्द्रनगर पुगिसकेको थियो भने अर्को मन यतै कतै अल्झिरहेको थियो ।

काम सकेर अफिसबाट निस्कँदा साँझको ६ बज्नै लागेको थियो ।

सरासर उही चिया पसलमा गएँ । भित्तामा झुन्डिएको ऐनामा आफ्नो अनुहारको एक्स रे गरेँ । छेउको कुर्सीमा बसेँ । उही परिचित शैलीमा उसले चिया र समोसा टेबलमा राखिदिई । किन-किन आज मैले चिया एक चुस्कीभन्दा बढ्ता पिउनै सकिनँ । उसलाई मात्र एकोहोरो हेरिरहूँ लागेको थियो । भर्खर नुहाएर निस्केकी कुमारी युवतीको शरीरबाट बास्ना निस्के झैं उसको शरीरको बास्नाले लठ्याए झैं भयो । उसलाई छाडेर केही दिन वीरेन्द्रनगरको अपरिचित भिडमा जाँदै थिएँ भोलि । यो पनि पीडा जस्तै भएको थियो ।

ऊ मेरो सामुन्नेको टेबलमा रायोको साग केलाउँदै थिई ।
“भोलि म सुर्खेत जाँदैछु नि ।”- काममा एकोहोरिएकी ऊ मेरो यो अप्रत्यासित कुराले झस्के जस्ती भई ।
“आबुई हो र ! कति कामले नि ? कि उतै बस्ने हो र अब सर ?” उस्सुकता र विस्मयका साथ उसले एकैपटकमा थुप्रै प्रश्न सोधी ।
“करिब १५ दिनका लागि ।”
मैले यसो भने पनि उनको अनुहारमा कुनै परिवर्तन देखिएन । लाग्यो- मेरो जवाफबाट सन्तुष्ट भइन ऊ । आफ्नो जवाफबाट म आफैं पनि सन्तुष्ट हुन सकेको थिइनँ ।
झ्वाट्ट मुखमा आयो – “तर १५ दिन मेरा लागि १५ वर्ष जत्तिकै लामा हुनेछन् ।”
“किन नि त्यस्तो, सर ?”

“मन यतै छुटेपछि त्यहाँ कसरी रमाउन सकिन्छ र ?” मैले जवाफ दिएँ ।
“महासय, मन किन यतै छोडि जाने नि ? आफ्नो मन आफैसँग लैजाने गर्नुहोला, नत्र चोरी हुन के बेर !” मलाई हाकाहाकी जिस्क्याई ।
‘महासय’ ! उसले पहिलो पटक यो शब्दले सम्बोधन गरी ।

मन चोरिन सक्छ भनेर उसले ठीक भनेकी थिई । पछिल्लो समय मन विस्तारै चोरिँदै गएको महसुस गर्दै थिएँ । र म चोरलाई चुपचाप मनको तालाचाबी सुम्पिँदै थिएँ ।
“मन त चोरी भइसक्यो ।” मैले भनेँ ।
“त्यसो भए उजुरी दिनुस् न मन चोरी भो भनेर ।”
“कहाँ दिऊँ उजुरी ? उनै चोर छन्, उनै सिपाही भएका छन्” मैले संकेत गरेँ ।
“मन चोरी भएको के प्रमाण छ तपाईंसँग ?”

उसको यो प्रश्नले म आफूलाई अदालतको कठघरामा उभिएको कैदी जस्तै महसुस गरें । यस्तो लाग्यो – जसको विरुद्ध उजुरी दिएको छु, उही मेरो उजुरी उपर सुनुवाइ गर्दै छ ।

“तिमी केरकार विभागको प्रहरी अधिकृत कि अदालतको न्यायाधीश हँ ?” सोधेँ ।

“तपाईँ जे सम्झनुस्,” उसले भनी- “तपाईंको हराएको मन भेटाउन सहयोग गर्न चाहने एउटा शुभचिन्तक मात्र हुँ म ।”
“उसो भए सुन,” मैले भनेँ- “मान्छेले आफैंलाई बिर्सनु, बिना पानी तैरिन खोज्नु र बिना हुरी मन टाढा-टाढासम्म पुग्नु मन चोरिएको लक्षण होइन त ?”

“कुन दिन सर पनि चोरिनु भयो रे भन्ने समाचार आउन बेर छैन ।”- हाँस्दै उसले थपी ।

“आओस् छिटै त्यो दिन ।”
हामी दुवै गलल्ल हाँस्यौं ।

घडी हेरें समय त घर्किसकेछ । पसलबाट निस्केर घरतर्फ पाइला बढाएँ । हिड्नै लाग्दा उसले भनी – “शुभयात्रा सर । चाँडै फर्कनुहोला ।”

हिँड्नै लाग्दा मैले आज फेरि उसको नाम सोधेँ । उसले यो पालि कुनै तर्क-वितर्क नगरी भनी सहज उत्तर दिई – “माया” ।
“माया” यो शब्द ननिदाउन्जेल कानमा गुञ्जिरह्यो ।

भोलिपल्ट बिहानै म अफिसको साथीसहित वीरेन्द्रनगरतर्फ लागेँ ।

OOO

वीरेन्द्रनगर आएको चौथो दिनमै दुई अपरिचित अनुहार हाम्रो अफिसमा छिरे र अभिवादन कमरेड भन्दै जोडले हात मिलाए । दुईमध्ये एक रक्षात्मक हिसाबले ढोकानेरै उभियो र अर्को हामीसँग गफिन थाल्यो । निकै मृदुभाषी यी युवक माओवादी जनयुद्धमा लागेका र भर्खरै यो बजारक्षेत्रको पार्टी इन्चार्ज भएर आएका रैछन् । असली नाम दीपक सुनाम । पार्टीले दिएको नाम कमरेड उमंग ।

केही आर्थिक सहयोग गर्नुपर्ने उनको माग थियो । हेड अफिससँग सल्लाह गर्नेछौं भनेर हामी उम्कियौं ।

उनीहरू त्यहाँबाट निस्केको दुई घण्टापछि पुलिसको एउटा भ्यान आएर हाम्रो कार्यालय अगाडि रोकियो । तत्काल हाम्रो कार्यालयलाई चारै तर्फबाट घेरा हाले । केही प्रहरी जवान कार्यालयका कागजात खानतलासी गर्न लागे । अफिसमा भएका हामी चारै जनालाई भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय लगे । त्यस दिन माओवादी कार्यकर्ताहरू हाम्रो कार्यालयमा आएको सुराकी कसैले प्रहरीलाई दिएको रहेछ ।

बिना कारण प्रहरी हिरासतमा १५ दिन जति राखियो हामीलाई । प्रहरी खोरमा बस्नुको पीडा र त्यहाँ भएको अपमानले हीनताबोध भयो । राज्यप्रति वितृष्णा पैदा भयो । माओवादीमा कतै पनि हाम्रो संलग्नता नपाइएको र हेड अफिसले मानव अधिकारकर्मी मार्फत दिएको दबाबका कारण १६औं दिनमा प्रहरी हिरासतबाट मुक्त भइयो । मुक्त भएपछि सीधै कोठामा पुगेँ । सहकर्मीहरु कोठामै भेट्न आए । भोलिपल्ट पनि कोठामै सुतेँ । अफिस जानै मन लागेन ।

अर्को दिनदेखि नियमित अफिस जान थालेँ । केही दिनअघि भएको अप्रत्यासित घटनाले मन विचलित भइरह्यो ।

एक दिन अचानक साँझपख तिनै माओवादीहरु बाटोमा भेट भए । प्रहरीले म र अन्य सहकर्मीलाई पक्राउ गरेर यातना दिएकोमा कमरेड उमंगले गहिरो दुःख व्यक्त गरे । सामन्ती राज्यसत्ताको विभेद र दमनविरुद्ध संघर्षमा उत्रन उनीहरुले मलाई आग्रह गरे । मैले उपयुक्त समयमा यसबारेमा सोच्न सकिने बताएँ ।

उनीहरुले मार्क्सवाद र माओवादी दर्शनका केही किताब मेरो हातमा थमाउँदै तिनको अध्ययन गरेर छिटै पार्टीको पूर्णकालीन कार्यकर्ता बन्न आउन आग्रह गरे ।

सबैभन्दा बढी त उही चिया पसलको याद आयो अनि मायाको । वीरेन्द्रनगरका कुनै पनि चिया पसलले मलाई मायाको झल्को मेटाउन सकेनन्

एकातिर माओवादीहरु मलाई माओवादी कार्यकर्ता बन्न दिनहुँ दबाब दिँदै थिए भने अर्कोतर्फ म र अफिसका सहकर्मीहरुमाथि सेना र प्रकोहरी निगरानी बढिरहेको थियो । माओवादीको साथमा बसेको अवस्थामा सुरक्षाकर्मीले फेला पारे मेरो पनि सफाया हुने निश्चित थियो । मन आतङ्कित थियो ।

दिनहरु बित्दै गए । म आफूलाई असुरक्षित महसुस गर्न थालेँ । कहिले माओवादी त कहिले सेना पुलिसका मान्छे भेट भइरहन्थे ।

एक दिन एकजना माओवादी कार्यकर्ता मेरो कार्यालयमै आएर अघिल्लो दिन हुने माओवादीको गोप्य सभामा सहभागी हुन जारी गरिएको उर्दी हातमा थमाएर गयो । चिठी सर्सर्ती पढेँ- अनिवार्य उपस्थित हुनु भनिएको थियो । पत्र खल्तीमा राख्ने हिम्मत आएन, टोकरीमा फाल्न पनि डर लाग्यो । म जस्तो प्रजातन्त्र र स्वतन्त्रताको पक्षधर मानिस कसरी माओवादी जनवादी अभ्यास स्वीकार गर्न सकूँला र भन्ने पनि सोचेँ । अर्कोतिर, माओवादी आग्रह र उर्दी लत्याउन सक्ने नैतिक बल पनि जुटाउन सकिनँ । मेरै जस्तो हालत रैछ अफिसका साथीहरुको पनि।

कार्यक्रममा जाऊँ त बिनसित्ति माओवादीको बिल्ला भिरिने र सेना-प्रहरीको आक्रमणको सिकार पनि बन्न सकिने डर । नजाऊँ भने माओवादीको उर्दी नमानेर उनीहरुको नजरमा विरोधी बनिने डर । खेदिएर भिरमा पुर्‍याइएको मृगको हालत भएको थियो मेरो । एकातिर भिर र अर्कोतिर विशाल नदी । भिरमा ज्यान फालूँ कि नदीमा हाम फालूँ ?

दुई साताको लागि वीरेन्द्रनगर आएको म करिब चार सातादेखि यतै थिएँ । अफिसको काम सकिनु त कता हो कता, हरेक दिन नयाँ-नयाँ उल्झनमा फस्दै थिएँ । एक दिन पनि एक युग जस्तै लाग्दै थियो ।

यस अवधिमा घर-परिवारको याद खूब आइरह्यो । सबैभन्दा बढी त उही चिया पसलको याद आयो अनि मायाको । वीरेन्द्रनगरका कुनै पनि चिया पसलले मलाई मायाको झल्को मेटाउन सकेनन् । यहाँका कुनै पनि पसलका चिया मलाई स्वादिला लागेनन् । साँच्चै भन्दा यो सहरले मलाई आफ्नो बनाउन सकेन, मैले यो सहरलाई आफ्नो बनाउन सकिनँ । यहाँ मैले कोही आफ्ना भेटिनँ ।

सहरको भिडमा म हराइरहेको थिएँ ।

“कुनै दिन सर पनि चोरिनुभएको समाचार आउन बेर छैन ।”- मायाले भनेका यी कुरा झट्ट याद आयो । म चोरिएको त थिइनँ तर हराइरहेको थिएँ यहाँ । साँच्ची कुनै दिन म यस सहरबाट साँच्चि नै हराएँ भने !

म गिरफ्तारीमा परेको र छुटेको थाहा पाएदेखि नै मेरो परिवारबाट यहाँ नबस्न तीव्र दबाब आइरहेको थियो । र, मलाई पनि अब यहाँ बसिरहन असुरक्षित महसुस हुँदै थियो । आज रातभरमै मैले एउटा साहसिक निर्णय लिनुपर्ने भयो ।

बिहान सबेरै निद्रा खुल्यो । किन-किन आज तनाव हटेर ज्यान चङ्गा भएको महसुस भइरहेको थियो । खाना खाइवरी समयमै अफिस पुगेँ । कम्प्युटर खोलेर केही कुरा टाइप गरेँ । एक प्रति प्रिन्ट गरेँ र सरासर कार्यालय प्रमुखको कक्षमा गएर उनलाई बुझाएँ ।

पत्र पढिसकेपछि उनले अचम्मित हुँदै प्रश्न गरे- “अर्जुन सर, तपाईंबाट राजीनामा ! तर के कारणले ?”

“कारण प्रष्टै छ सर । यस्तो अशान्त वातावरण र चौतर्फी निगरानीको बीचमा म कसरी काम गर्न सक्छु र ?”

उनी केही बोलेनन् ।

एकैछिनमा म अफिसबाट बाहिरिइसकेको थिएँ । सरासर म उही चौतारी पछाडिको सानो चमेनागृहमा पुगेँ, जहाँ बितेका केही दिनयता मैले कमरेड उमंगसँग भेट्ने गरेको थिएँ ।

जनयुद्धमा लागेको करिब डेढ वर्षपछि पहिलो पटक घर गएको थिएँ । मायालाई भेट्न उनको चिया पसल भएको ठाउँ पुगेँ । तर त्यहाँ न त माया थिई, न त उसको चिया पसल

उनले करिब केही पर रहेको माओवादी पार्टीको आमसभा स्थलमा पुर्‍याए । सभामा मसँगै थुप्रैले माओवादी पार्टीको पूर्णकालीन सदस्यता लिए ।

सेना प्रहरीको निगरानीमा रहनु र माओवादी धम्की खेपेर अधमरो जिन्दगी जिउनुभन्दा माओवादी भएरै हिँड्नु उचित लाग्यो ।

पार्टी प्रवेश लगत्तै अर्घाखाँची र सल्यानका घना जंगलमा सैनिक तालिममा सहभागी भएँ ।

माओवादी पार्टीमा लागेर हिँडेको खबर घरमा पठाइसकेको थिएँ । सुरुका दिनमा घरको यादले निकै सतायो । मनको क्यानभासमा मायाको तस्बिर उस्तै गरी आइरह्यो । केही दिन । केही हप्ता । तर, विस्तारै फौजी खटन र पार्टीको स्कुलिङले यति व्यस्त बनायो, त्यहाँ आफू, आफ्नो पार्टी र जनयुद्ध बाहेक केही सोच्न सकिनँ ।

जनयुद्धमा लागेर भूमिगत भएर हिँडेको चार-पाँच सालमा एक-दुई पटक घर गए । त्यो पनि पार्टीको कामविशेषले जाने क्रममा एकछिनका लागि पसियो ।

जनयुद्धमा लागेको करिब डेढ वर्षपछि पहिलो पटक घर गएको थिएँ । मायालाई भेट्न उनको चिया पसल भएको ठाउँ पुगेँ । तर त्यहाँ न त माया थिई, न त उसको चिया पसल । मन खिन्न भयो । ‘छिटै आउनुस् है सर’ भनेकी थिई हिँड्ने बेलामा ।

दुई साताको लागि हिँडेको म डेढ वर्षपछि फर्केको थिएँ । उसको पसल भएको ठाउँमा ठूलो भवन बनेको थियो र त्यहाँ अहिले हार्डवेयर पसल थियो । कसैले पनि मलाई माया कहाँ गई भनेर बताउन सकेनन् । त्यसपछिका करिब चार वर्ष म जनयुद्ध र फौजी कारबाहीमै व्यस्त भएँ । विस्तारै मायाका यादहरु जीवनबाट ओझेल पर्दै गए ।

माओवादी पार्टीमा रहँदा दाङ, सल्यान, अर्घाखाँची र पाल्पा आक्रमणमा सहभागी भएँ । पाल्पा सदरमुकाम तानसेनमा पार्टीले केही व्यक्तिको सफाया गरेपछि भने म पार्टीको सैन्य मोर्चा त्यागी राजनीतिक मोर्चामा सहभागी हुन थालेँ । तानसेनको घटनासँग मेरो केही असहमति रह्यो । आफ्नै आँखा अगाडि निर्दोष मानिसलाई समातेर मारिएपछि मलाई पार्टीको फौजी लाइन र सफाया प्रवृत्तिप्रति वितृष्णा भयो ।

पछि पार्टी शान्ति प्रक्रियामा आयो । पार्टी लाइन बदलेर नेकपा माओवादी खुला राजनीतिमा प्रवेश गर्‍यो । लगत्तै पार्टी संसदमा प्रवेश गरी सरकारमा पुग्यो । जनजीविका र वर्ग संघर्षको मुद्दालाई पाखा लगाएर अवसरवादी पथबाट पार्टी गुज्रिन थालेपछि मैले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिई स्वतन्त्र जीवनयापन गर्ने निर्णय गरेँ ।

पार्टी जिम्मेवारी छाडे लगत्तै काठमाडौँबाट घर जान बस चढेँ ।

तनहुँ खैरेनीटार आइपुगेपछि एक जना विधवा महिला सानो बच्चासहित बसमा चढिन् । महिला कहीँ कतै चिने-जानेको जस्तै लाग्यो । तर यही हो भनेर ठम्याउन सकिनँ । एकैछिनमा ती महिला मेरै छेवैको सिटमा बस्न आइपुगिन् । जब ती महिला मेरो आडैमा बसिन्, मेरो होसले ठाउँ छोड्यो ।

मैले उनलाई राम्ररी चिनेँ तर उनले मलाई चिनिनन् । म पहिला दुब्लो थिएँ, अहिले मोटाएको थिएँ । त्यसमा पनि दाह्री पालेर चश्मा लगाएको थिएँ । उनलाई चिनेपछि म स्तब्ध भएँ । पहिला छरितो जीउडाल र कालो वर्ण भए पनि हिस्सी परेकी युवती अहिले निकै गलेर फुङ्ग उडेकी ।

चार-पाँच वर्षे बच्चाको साथमा सिटमा बसेकी महिला मेरी साहुनी उनै माया थिइन् ।

यी तिनै माया थिइन्, जसको हातको चिया नखाएसम्म म अफिसबाट घरको बाटो देख्दैन थिएँ ।

यी तिनै माया थिइन्, रुप, बोली र व्यवहारबाट प्रभावित भएर म एकोहोरो प्रेममा परेको थिएँ ।

यी तिनै माया थिइन्, जसको सम्झनाले भक्कानिएर सुरुका दिनमा कैयौं पटक म माओवादी जनयुद्धबाट भागेर घर जानेसम्म सोच्थेँ ।

उनको दुःखसँग एकाकार हुन मन लाग्यो मलाई । हुन पनि कुनै समय आफूले मन पराएको मान्छे जिन्दगीको खेलमा पछारिएको देख्दा म कसरी निरपेक्ष रहन सक्थेँ र ?

उनले मलाई चिनेको भए अतीतका घाउ कोट्टिने थियो । मैले उनको बारेमा सोध्ने थिएँ, उनले मेरो बारेमा । सायद मनमनै मलाई धोकेवाज भन्ने थिइन् । किनकि मैले बुझेको थिएँ, भावना कहिल्यै व्यक्त नगरे पनि उनी पनि मलाई प्रेम गर्थिन् ।

नचिनेर ठीकै गरिन् जस्तो लाग्यो ।

बस अगाडि बढ्दै गयो । म अपरिचित पात्रकै रुपमा उनीसँग गफिन सुरु गरेँ ।

मलाई उनी र उनको जीवनमा बितेका पाँच/छ वर्षमा के-के भए जान्न मन भयो । उनले पनि मनमा गाँठो परेर बसेको आफ्नो दुःखको पोयो फुकाउन थालिन् । उनका प्रत्येक आवाजमा दुःख र असन्तुष्टि मात्रै भेटेँ । कति चाँडै विवाहित र विधवा पनि भइछन् कठै ! कति चाँडै समयले कोल्टो फेर्दो रैछ ! उनको जीवनको रुखका हरिया पातहरु कति चाँडै ओइलाएछन् ?

मनमा अनेक प्रश्नहरुले दोहोरी खेल्न थाले । उनको दुःखसँग एकाकार हुन मन लाग्यो मलाई । हुन पनि कुनै समय आफूले मन पराएको मान्छे जिन्दगीको खेलमा पछारिएको देख्दा म कसरी निरपेक्ष रहन सक्थेँ र ?

उनले आफ्नो बिहे भएदेखि आजसम्मका सबै कुरा बताउँदै गइन् ।

जब उनले माओवादीले आफ्नो पतिको हत्या गरेको घटनाबारे बताइन्, मैले आफू बसेको ठाउँ हजारौं फिट भासिएको महसुस गरेँ । आज आएर थाहा भयो- उनका पति तिनै अभागी व्यक्ति थिए जसको हत्या मेरो पार्टीले मेरै आँखा अगाडि गरेको थियो । पाल्पामा शिक्षक सेवामा रहेका उनका पतिलाई सुराकी गरेको आरोपमा सफाया गरेको थियो । उनी निर्दोष थिए भन्ने मलाई थाहा थियो । उनी पहिलोपटक पक्राउ पर्दा मैले नै उनलाई भगाएको थिएँ । तर, दोस्रो पटकमा बचाउन सकिनँ ।

एउटा निर्दोषले त्यसरी अनाहकमा ज्यान गुमाउनु परेको तानसेन घटनाको साक्षी बनेपछि नै मैले माओवादी सैन्य विभागको जिम्मेवारीबाट राजीनामा दिएको थिएँ ।

माया जति-जति आफ्ना कहानी सुनाउँदै जान्थिन्, म उति पग्लँदै गएको थिएँ । कुनै समय म यिनैसँग प्रणय जीवनको कल्पना गरेर रोमाञ्चित हुने गर्थेँ । म उनको निकटता चाहन्थेँ, उनी डराउँदै आफ्नो परिचय लुकाउँथिन् । तर आज म उनीसँग भागेर आफ्नो परिचय लुकाउँदै छु ।

म कसरी भनूँ म उही अर्जुन सर हुँ, जो आफ्नो मन परेको मान्छेलाई विधवा भेषमा देख्दा पनि रुन सकेको छैन । म कसरी भनूँ म उही अर्जुन सर हुँ, जो हिजो परिचय खोज्दै दिनहुँ चिया पसल धाउने गर्थ्यो आज उसैको सामुन्ने आफ्नो परिचय लुकाउन खोज्दै छ । मलाई उनीसँग होइन, आफैसँग डर लाग्यो । आफैं हराए झैं लाग्यो भिडमा । उनले मेरो परिचय जान्न पनि खोजिनन् ।

बोल्दै जाँदा उनका परेलीमा आँसु छचल्किरहेका थिए । त्यो आँसुमा मैले उनको विगत देखेँ, वर्तमान देखेँ अनि धमिलो भविष्य देखेँ ।

उनले माओवादीलाई आफ्नो निर्दोष पतिको हत्यारा भनिरहँदा मैले आफ्नो निधारमा पनि त्यो रगतको छिटा लागेको महसुस गरेँ । निधार छामें- चिटचिट पसिना आएको रहेछ । सिकारीको जालमा परेको मृग झैं म भित्रभित्रै मरिरहेको थिएँ । कतै उनले मलाई मेरो बारेमा मलाई सोधिन् भने ? या चिनिन् भने ? म उनको नजरमा हत्यारा हुनेछु या धोकेवाज ? उनले मेरो बारेमा सोधिन् भने म आफ्नो परिचय के भनेर दिऊँ ? आईएनजीओको पूर्व कर्मचारी अर्जुन सर या पूर्व माओवादी लडाकु, उनको पूर्वप्रेमी या उनको सपनाहरूको हत्यारा ?

वास्तवमा म आफैं परिचयविहीन भइसकेको थिएँ । उनको अनुहार हेर्नै सकिनँ ।

बस दमौली आइपुग्यो ।

कथा -प्रेमको बाछिटा
-अजित क्षेत्री
मिति -20-07-2016
कपिराइट लेखकमा निहित छ । 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger