Showing posts with label Full Audio Novel Download. Show all posts
Showing posts with label Full Audio Novel Download. Show all posts

कथा सुन्नुहोस - शेयर मार्केटमा पैसा कसरी डुब्छ थाहा छ ? - एक प्रेरणादायी छोटो कथा

NepaliTalim | 10:51:00 PM | 0 comments


एउटा  ब्यापारी  एउटा  गाउँमा  गयो  र  भन्यो,

" म  तपाईंहरुसँग  कुकुर  खरिद  गर्न  आएको  हुँ । गाउँमा  जति कुकुर  छन्  म  प्रति  कुकुर  रु. एक  हजारको  दरले  दिन्छु ।"

गाउँलेहरुले  गाउँमा  भएका  जति  कुकुर  ल्याए  र  उसलाई  रु. एक-एक  हजारको  दरमा  बेचे । 

केहि  हप्तापछि  फेरि  उ  गाउँमा  गएर  भन्यो,

" अब  म  प्रति  कुकुर  रु. दुई  हजार  दिन्छु ।"

फेरि  गाउँलेहरुले  गाउँमा  बाकी  रहेका  र  वल्लो-पल्लो  गाउँमा भएका  सबै  कुकुरहरु  समातेर  ल्याए  र  रु. दुई  हजारको  दरले  बेचे ।

फेरि   केहि  हप्ता  पछि  उ गाउँ  गयो  र  अब  प्रति  कुकुर  रु.पाँच हजारमा  किन्ने  कुरा  सुनायो । अनि आफु  बिशेष  कामले  शहर बाहिर  जाने   र  उ  नआइन्जेल  कामको  जिम्मा   आफ्नो असिस्टेन्टले  जिम्मा  लिने  कुरा  बतायो  र  फेरि  भेटौंला  भनेर  बाटो  लाग्यो ।

गाउँलेले  असिस्टेन्टलाई  भने,

" हामीसँग  भएको  सबै  कुकुरहरु  बेचिसकेका  छौ , हामीसँग 

अरु  छैनन् ।"

असिस्टेन्टले  आइडिया  लगायो,

" ल  म  तपाईंहरुलाई  एउटा  आइडिया  दिन्छु, त्यो  के  भने  मेरो मालिकसँग  भएको  कुकुरहरु  रु. चार  हजारमा  किन्नुहोस्  र

मेरो  मालिक  आएपछि  उनीहरुलाई  रु.पाँच  हजारमा  बेच्नुहोस् । तपाईंहरु  सबैलाई  रु. एक - एक  हजार  फाईदा  हुँनेछ ।"

यो  कुरामा  सबै  गाउँलेको  चित्त  बुझ्यो । उनीहरुले  आफैले  एक हजार  र  दुई  हजारमा  बेचेको  कुकुरहरु  चार- चार  हजारमा  किने । 

त्यसपछि  हप्ता  बित्यो, महिना  बित्यो  र  साल  बित्यो । गाउँमा  न  ब्यापारी  गयो  न  असिस्टेन्ट  नै । जता  हेर्यो  गाउँमा  कुकुरहरु  मात्रै ।😂😂😂

कथाको श्रोत 

छोटो कथा सेयर बजारमा लगानी गरेको पैसा कसरी डुब्छ भन्ने सिर्षकमा सेयरमान्डु फेसबुक ग्रुपमा सामाजीक संजालबाट साभार भनेर विना लेखकको नाम एक जना ग्रुप मेम्बरले पोष्ट गर्नुभएको रहेछ कथा घुमाउरो तथा भाव गहिरो भाबको वियोगान्त लाग्यो र यस्ले दिन खोजेको सन्देश पनि सकारात्मक लाग्यो त्यसैले यो कथा तपाईहरु सामु बाचन गरेर लिएर आएको छु । 

Listen in Audio Bachan 

कथाकार सुमन कलेकाे कथा - ऊ बेश्या होइन (Full Story in Audio-Listen and Download)

NepaliTalim | 11:27:00 PM | 0 comments













कथाकार लेख्नुहुन्छ , 
(यो बास्तबिकता र कल्पनाको फ्युजन हो । यसलाई यौन कथाको रुपमा नभई "मनोबैज्ञानिक सामाजिक कथा"को रुपमा लिइदिनुहोला । यो मेरो पहिलो यथार्थवादी कथा हो । त्यसैले प्रतिकृयाको आश गर्दछु। यो कथा कसैको वास्तविक जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ ।)
कथा - उ बेश्या हाेइन 
कथाकार - सुमन काले 
Listen Story on YouTube 


कथाकार बुद्धी पुन पागलप्रेमीको कथा "मैले नभोगेको मेरो जीवन" ।। Listen Audio Book ।। Full Story-Maile Nabhogeko Mero Jeewan by Buddi Pun Pagalpremi

NepaliTalim | 11:27:00 PM | 0 comments

कथा : मैले नभोगेको मेरो जीवन 
कथाकार :  बुद्धी पुन पागलप्रेमी  
अन्नपूर्ण ७, म्याग्दी
हाल कतार
बाचन - राम श्रेष्ठ
चिसापानी नेपाल युट्युब च्यानल


नमस्कार,
आज मिति २०७५ असोज महिनाको २५ गते तदनुसार २०१८ अक्टोबर ११ तारिखका दिन चिसापानी नेपाल युट्युब च्यानलको साहित्यिक बाचनको श्रृंखलामा आज अन्नपूर्ण ७ म्याग्दीका कथाकार पुन पागलप्रेमीको कथा मैले नभोगेको मेरो जीवन लिएर उपस्थित भएका छौ । कथा सुनिसकेपछी के कस्तो लाग्यो प्रतिकृया दिनुहोला । 

तपाईहरु सँग पनि यस्तै गद्यहरु छन् र कथाहरु लेख्नुहुन्छ भने हामीलाई बाचनको लागि र प्रकाशन अनिमति सहित newschisapani@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यस कथा चिसापानी नेपाल युट्युब च्यानलमा प्रशारण गर्ने अनुमति दिनुभएकोमा कथाकार बुद्धी मोक्तान पालगप्रेमी प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछु ।
Full Story-Maile Nabhogeko Mero Jeewan by Buddi Pun Pagalpremi
LIKE | COMMENT | SHARE | SUBSCRIBE

FULL STORY - TYO SANJH BY AJIT CHHETRI ।। कथाकार अजित क्षेत्रीको कथा - 'त्यो साँझ' -Audio Book

NepaliTalim | 11:27:00 PM | 0 comments
Story -Tyo Sanjh
Writer -Ajit Chhetri 
Date : 08-10-2018
Narrated by Chisapani Nepal 
कथा त्यो साँझ
कथाकार अजित क्षेत्री




नमस्कार साथीहरु,

सदाझैं आज पनि हामी चिसापानी नेपाल युट्युब च्यानल तथा चिसापानी नेपाल ब्लग बाट कथा बाचनको श्रृंखला लिएर उपस्थित भएका छौं । आजको कथा बाचनको श्रृंखलामा कथाकार अजित क्षेत्रीको कथा त्यो साँझ लिएर उपस्थित भएका छौं । यो कथा चिसापानी नेपाल ब्लगमा १९ सेप्टेम्बरमा प्रकाशन भएको थियो । पुरै कथा पढ्नको लागि दिईएको लिक खोलेर पढ्न सक्नुहुन्छ । हामीले यस कथालाई पूरा बाचनको जमर्को गरेका छौं कथा बाचन के कस्तो भयो तपाईहरुको सल्लाह सुझाबको आशा गरेका छौं । धन्यवाद 
Listen on YouTube 

छोटो कथाहरुको बाचन -कथाहरू पैसा र बदनियत (Short Story -Paisa & Badniyat)

NepaliTalim | 11:57:00 AM | 0 comments












कथा -पैसा 
कथाकार-जया शर्मा

कथा-विष्णु तिवरी
कथाकार-बदनियत

आजको यस श्रृंखलामा जया शर्माको छोटो कथा पैसा र विष्णु तिवरी उषाको छोटो कथा बदनियत लिएर उपस्थित भएका छौं । दुबै कथा हामीले पल्लब डटकम डट एन पि बाट लिएका छौं ।
Listen Story on YouTube

अडियो पुस्तक -आयकर ऐन २०५८ श्रृंखला २ -परिच्छेद २ देखी ५ सम्म (Nepal Income Tax Act 2058 Part 2- (Page 24 to 64) -Chapter 2, 3, 4 and 5 : Nepali Audio Book

NepaliTalim | 12:08:00 PM | 0 comments
नमस्कार साथीहरु, तपाईहरुलाई थाहानै छ हामीले निरन्तर रुपमा नेपाल सरकारको आयकर ऐन सम्वन्धि बिभिन्न तालिमका भिडियोहरु लिएर आईरहेका छौं  । आयकर सम्वन्धि बुझ्नु भन्दा पहिला नेपालको आयकर 
ऐन २०५८ मा के के प्रावधान तथा ब्यवस्था गरिएको छ भनेर जान्न आवस्यक हुन्छ तसर्थ आज देखि हामी नेपाल आयकर ऐन २०५८ को अडियो बाचन लिएर आएका छौं । नेपालको आयकर ऐन २०५८ मिति २०५८ चैत्र १९ गते नेपाल राजपत्रमा प्रकासित भएर जारि भएको थियो भने भिभिन्न आर्थिक अक्ष्यादेश तथा आर्थिक ऐनमा संसोधन र परिमार्जन भईकन पछिल्लो मिति २०७३ जेष्ठ १५ सम्म आईपुग्दा १७ पल्ट सम्सोधन भईसकेको छ । यो ऐन बाचन गर्नुको मुख्य उद्धेश्य सबै नेपाली नागरिकहरुलाई नेपालको आयकर ऐन सम्वन्धि जनचेतना जनागउनु र कर सम्वन्धि ज्ञान बढाउनु हो । यो ऐनको सस्वर बाचन बिभिन्न श्रृंखलामा हुनेछन् । आजको यसको दोस्रो श्रृंखला हो भने पहिलो श्रृंखलामा हामीले पेज नं। १ देखि २३ सम्म बाचन गरेका थियौं । आजको श्रृंखलामा हामी परिच्छेद २ देखि परिच्छेद ५ सम्म बाचन गर्नेछौं जुन पेज नं. २४ देखि ६४ पेज सम्म रहनेछन् । यहाँ परिच्छेदअनुसार निम्नानुसारका विषयवस्तुहरु रहेका छन् ।
परिच्छेद २ – करको आधार
परिच्छेद ३–आयको गणना
परिच्छेद ४–छुट हुने रकमहरु र अन्य छुटहरु
परिच्छेद ५ –कट्टी हुने रकमहरु
अब अर्को श्रृंखला ३ मा परिच्छेद ६ बाट सुरु हुनेछ । तपाईहरु सँग सल्लाह सुझाब भए यसै भिडियोको कमेन्टमा पोष्ट गरिदिनुहोला।
Listen on YouTube

अडियो पुस्तक -प्रतिलिपि अधिकार एेन २०५९ को पूर्ण पाठ अडियोमा (Full Audio Book of Nepal Copyright Act 2059)

NepaliTalim | 5:28:00 PM | 0 comments
प्रतिलिपि अधिकार सम्वन्धी सबैमा जानकारी दिने उद्धेश्यले हामीले यो भिडियो मार्फत सबैमा नेपाली प्रतिलिपि अधिकार ऐन २०५९ को सस्वर पूर्ण बाचन लिएर आएका छौं । मिति २०५९ श्रावण ३० गते नेपाल राजपत्रमा प्रकाशित भएको यस प्रतिलिपि अधिकार ऐन २०६३ मंसिर ८ गते संसोधन भैसकेको छ । यस बाचनमा हामी यसऐनको प्रस्तावना र परिच्छेद १ देखि परिच्छेद सात सम्म बाचन गर्नेछौं । यस ऐनमा परिच्छेद १ मा यस ऐनको संक्षिप्त नाम र प्रारम्भ त्यस्तै परिच्छेद २ मा प्रतिलिपि अधिकार संरणक्ष र प्राप्ति, परिच्छेद ३ मा प्रतिलिपि अधिकार संरक्षणको अवधि, परिच्छेद ४ मा अनुमति विना प्रतिलिपि अधिकार प्राप्त सामग्री प्रयोग गर्न पाईने अवस्था, परिच्छेद ५ मा प्रतितिपि अधिकारको हस्तान्तरण, परिच्छेद ६ मा संरक्षित अधिकारको उल्लङ्घन र दण्ड सजाय र परिच्छेद ७ मा विषयवस्तु समाबेस गरिएका छन् । बाचनमा अशुद्ध या कुनै गतल बाचन भएको भए हामीमाई माफ गरिदिनुहोला ।
You Can Download Nepal Copyright Act from
http://www.lawcommission.gov.np

Listen Book On YouTube 

Source : Nepali Talim YouTube Channel 

अडियो पुस्तक -आयकर ऐन २०५८ श्रृंखला १ (Nepal Income Tax Act 2058 Part 1- (Page 1-23) -Preamble and Chapter 1-Audio Book in Nepali)

NepaliTalim | 2:39:00 PM | 0 comments

नमस्कार साथीहरु, 
तपाईहरुलाई थाहानै छ हामीले निरन्तर रुपमा नेपाल सरकारको आयकर ऐन सम्वन्धि  बिभिन्न तालिमका भिडियोहरु लिएर आईरहेका छौं  । आयकर सम्वन्धि बुझ्नु भन्दा पहिला नेपालको आयकर ऐन २०५८ मा के के प्रावधान तथा ब्यवस्था गरिएको छ भनेर जान्न आवस्यक हुन्छ तसर्थ आज देखि हामी नेपाल आयकर ऐन २०५८ को अडियो बाचन लिएर आएका छौं । नेपालको आयकर ऐन २०५८ मिति २०५८ चैत्र १९ गते नेपाल राजपत्रमा प्रकासित भएर जारि भएको थियो भने भिभिन्न आर्थिक अक्ष्यादेश तथा आर्थिक ऐनमा संसोधन र परिमार्जन भईकन पछिल्लो मिति २०७३ जेष्ठ १५ सम्म आईपुग्दा १७ पल्ट सम्सोधन भईसकेको छ । यो ऐन बाचन गर्नुको मुख्य उद्धेश्य सबै नेपाली नागरिकहरुलाई नेपालको आयकर ऐन सम्वन्धि जनचेतना जनागउनु र कर सम्वन्धि ज्ञान बढाउनु हो । यो ऐनको सस्वर बाचन बिभिन्न श्रृंखलामा हुनेछन् । आजको पहिलो श्रृंखलामा पेज नं. १ देखि २३ सम्म बाचन हुनेछन् जहाँ आयकर ऐन २०५८ को प्रस्ताबना र परिच्छेद १ बाचन हुनेछ । परिच्छेद १ प्रारम्भिकमा संक्षिप्त नाम, विस्तार र प्रारम्भको बारेमा रहनेछ ।
Narrated by Nepali Talim YouTube Channel

Listen Book On YouTube 

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger