Showing posts with label Audio Book. Show all posts
Showing posts with label Audio Book. Show all posts

नेपाली रोचक अडियो कथा "प्यारोडक्स"।। "The Paradox" - Nepali Audio Story Book

NepaliTalim | 3:15:00 PM | 0 comments












नेपाली रोचक अडियो कथा "प्यारोडक्स" ।। "The Paradox" - Nepali Audio Story Book 
नेपाली कथा बाचन 

कथा शिर्षक : प्यारोडक्स 
लेखनक : उल्लेख नभएको 
साभार : सामाजिक संजाल फेसबुक
बाचन -चिसापानी नेपाल
The Audio Novel- Story - Paradox in Nepali  
प्यारोडक्स कथा 

*****
विद्यार्थीले शिक्षकसंग सोधे- सर प्यारोडक्सको अर्थ के हो?
शिक्षकले भने- यसको लागि एक उदाहरण दिन्छु।  मानौ कि दुई व्यक्ति म कहाँ आए एक जना एकदमै सफा सुग्घर र अर्को एकदमै फोहरी। यदि मैले उनीहरूलाई नुहाउन  भने अब तिमीहरू भन कि उनीहरू मध्ये कसले नुहाउँछ होला?
विद्यार्थीले भने- जो एकदमै फोहरी छ उसले नुहाउँछ, सर।
शिक्षकले भने- होइन, सफा सुग्घर व्यक्तिले नुहाउँछ किनकी उसलाई नुहाउने बानी परेको हुन्छ जबकी फोहरी व्यक्तिलाई सफाईको महत्व नै थाहा हुँदैन। अब भन कसले नुहाँउछ रे?
विद्यार्थीले भने- सफा सुग्घर व्यक्तिले, सर।
शिक्षकले भने- होइन, फोहरी व्यक्तिले नुहाउँछ किनकी उसलाई सफाईको आवश्यकता हुन्छ। सफा सुग्घर व्यक्तिलाई सफाईको आवश्यकता नै हुँदैन। अब भन कसले नुहाउँछ रे?
विद्यार्थीले भने- जो फोहरी छ उसले नुहाउँछ, सर।
शिक्षकले भने- होइन, दुबैजना नुहाउँछन् किनकी सफा व्यक्तिलाई नुहाउने बानी हुन्छ भने फोहरी व्यक्तिलाई नुहाउने आवश्यकता हुन्छ। अब भन कसले नुहाउँछ रे?
विद्यार्थीले भने- दुबै जना नुहाउँछन्, सर। 
शिक्षकले भने- गलत, कोही पनि नुहाउँदैनन किनकि फोहरी व्यक्तिलाई नुहाउने बानी नै हुँदैन भने सफा सुग्घर व्यक्तिलाई नुहाउने आवश्यकता नै हुँदैन। अब भन को नुहाउँछ रे?
विद्यार्थीले भने- कसैले पनि नुहाउँदैनन्, सर।
एक जना विद्यार्थीले  सोधे- सर, तपाई हरेक पल्ट फरक-फरक जवाफ दिनु हुन्छ तर हरेक जबाफ सहि झैं लाग्छन्। हामीले सही जबाफ के हो भनेर कसरी थाहा पाउने?
शिक्षकले भने- यही नै प्यारोडक्स हो। आज भोलि बास्तविकता के हो भन्ने महत्वपूर्ण हुँदैन। महत्वपूर्ण त न्यूज च्यानल र सोशियल मिडियाहरूले के लाई सही साबित गर्न चाहन्छन् त्यो नै महत्वपूर्ण हुन्छ।
Listen to This Audio Book on YouTube

अडियो कथा – जे छोएपनी सुन (Nepali Audio Story- Je Chhoyepani Sun) - Nepali Audio Book

NepaliTalim | 3:11:00 PM | 0 comments

 










अडियो कथा – जे छोएपनी सुन (Nepali Audio Story- Je Chhoyepani Sun) - Nepali Audio Book
Listen to Audio Book on YouTube

कथा सुन्नुहोस - शेयर मार्केटमा पैसा कसरी डुब्छ थाहा छ ? - एक प्रेरणादायी छोटो कथा

NepaliTalim | 10:51:00 PM | 0 comments


एउटा  ब्यापारी  एउटा  गाउँमा  गयो  र  भन्यो,

" म  तपाईंहरुसँग  कुकुर  खरिद  गर्न  आएको  हुँ । गाउँमा  जति कुकुर  छन्  म  प्रति  कुकुर  रु. एक  हजारको  दरले  दिन्छु ।"

गाउँलेहरुले  गाउँमा  भएका  जति  कुकुर  ल्याए  र  उसलाई  रु. एक-एक  हजारको  दरमा  बेचे । 

केहि  हप्तापछि  फेरि  उ  गाउँमा  गएर  भन्यो,

" अब  म  प्रति  कुकुर  रु. दुई  हजार  दिन्छु ।"

फेरि  गाउँलेहरुले  गाउँमा  बाकी  रहेका  र  वल्लो-पल्लो  गाउँमा भएका  सबै  कुकुरहरु  समातेर  ल्याए  र  रु. दुई  हजारको  दरले  बेचे ।

फेरि   केहि  हप्ता  पछि  उ गाउँ  गयो  र  अब  प्रति  कुकुर  रु.पाँच हजारमा  किन्ने  कुरा  सुनायो । अनि आफु  बिशेष  कामले  शहर बाहिर  जाने   र  उ  नआइन्जेल  कामको  जिम्मा   आफ्नो असिस्टेन्टले  जिम्मा  लिने  कुरा  बतायो  र  फेरि  भेटौंला  भनेर  बाटो  लाग्यो ।

गाउँलेले  असिस्टेन्टलाई  भने,

" हामीसँग  भएको  सबै  कुकुरहरु  बेचिसकेका  छौ , हामीसँग 

अरु  छैनन् ।"

असिस्टेन्टले  आइडिया  लगायो,

" ल  म  तपाईंहरुलाई  एउटा  आइडिया  दिन्छु, त्यो  के  भने  मेरो मालिकसँग  भएको  कुकुरहरु  रु. चार  हजारमा  किन्नुहोस्  र

मेरो  मालिक  आएपछि  उनीहरुलाई  रु.पाँच  हजारमा  बेच्नुहोस् । तपाईंहरु  सबैलाई  रु. एक - एक  हजार  फाईदा  हुँनेछ ।"

यो  कुरामा  सबै  गाउँलेको  चित्त  बुझ्यो । उनीहरुले  आफैले  एक हजार  र  दुई  हजारमा  बेचेको  कुकुरहरु  चार- चार  हजारमा  किने । 

त्यसपछि  हप्ता  बित्यो, महिना  बित्यो  र  साल  बित्यो । गाउँमा  न  ब्यापारी  गयो  न  असिस्टेन्ट  नै । जता  हेर्यो  गाउँमा  कुकुरहरु  मात्रै ।😂😂😂

कथाको श्रोत 

छोटो कथा सेयर बजारमा लगानी गरेको पैसा कसरी डुब्छ भन्ने सिर्षकमा सेयरमान्डु फेसबुक ग्रुपमा सामाजीक संजालबाट साभार भनेर विना लेखकको नाम एक जना ग्रुप मेम्बरले पोष्ट गर्नुभएको रहेछ कथा घुमाउरो तथा भाव गहिरो भाबको वियोगान्त लाग्यो र यस्ले दिन खोजेको सन्देश पनि सकारात्मक लाग्यो त्यसैले यो कथा तपाईहरु सामु बाचन गरेर लिएर आएको छु । 

Listen in Audio Bachan 

छोटो कथाहरुको बाचन -कथाहरू पैसा र बदनियत (Short Story -Paisa & Badniyat)

NepaliTalim | 11:57:00 AM | 0 comments












कथा -पैसा 
कथाकार-जया शर्मा

कथा-विष्णु तिवरी
कथाकार-बदनियत

आजको यस श्रृंखलामा जया शर्माको छोटो कथा पैसा र विष्णु तिवरी उषाको छोटो कथा बदनियत लिएर उपस्थित भएका छौं । दुबै कथा हामीले पल्लब डटकम डट एन पि बाट लिएका छौं ।
Listen Story on YouTube

अडियो पुस्तक -प्रतिलिपि अधिकार एेन २०५९ को पूर्ण पाठ अडियोमा (Full Audio Book of Nepal Copyright Act 2059)

NepaliTalim | 5:28:00 PM | 0 comments
प्रतिलिपि अधिकार सम्वन्धी सबैमा जानकारी दिने उद्धेश्यले हामीले यो भिडियो मार्फत सबैमा नेपाली प्रतिलिपि अधिकार ऐन २०५९ को सस्वर पूर्ण बाचन लिएर आएका छौं । मिति २०५९ श्रावण ३० गते नेपाल राजपत्रमा प्रकाशित भएको यस प्रतिलिपि अधिकार ऐन २०६३ मंसिर ८ गते संसोधन भैसकेको छ । यस बाचनमा हामी यसऐनको प्रस्तावना र परिच्छेद १ देखि परिच्छेद सात सम्म बाचन गर्नेछौं । यस ऐनमा परिच्छेद १ मा यस ऐनको संक्षिप्त नाम र प्रारम्भ त्यस्तै परिच्छेद २ मा प्रतिलिपि अधिकार संरणक्ष र प्राप्ति, परिच्छेद ३ मा प्रतिलिपि अधिकार संरक्षणको अवधि, परिच्छेद ४ मा अनुमति विना प्रतिलिपि अधिकार प्राप्त सामग्री प्रयोग गर्न पाईने अवस्था, परिच्छेद ५ मा प्रतितिपि अधिकारको हस्तान्तरण, परिच्छेद ६ मा संरक्षित अधिकारको उल्लङ्घन र दण्ड सजाय र परिच्छेद ७ मा विषयवस्तु समाबेस गरिएका छन् । बाचनमा अशुद्ध या कुनै गतल बाचन भएको भए हामीमाई माफ गरिदिनुहोला ।
You Can Download Nepal Copyright Act from
http://www.lawcommission.gov.np

Listen Book On YouTube 

Source : Nepali Talim YouTube Channel 

अडियो पुस्तक -आयकर ऐन २०५८ श्रृंखला १ (Nepal Income Tax Act 2058 Part 1- (Page 1-23) -Preamble and Chapter 1-Audio Book in Nepali)

NepaliTalim | 2:39:00 PM | 0 comments

नमस्कार साथीहरु, 
तपाईहरुलाई थाहानै छ हामीले निरन्तर रुपमा नेपाल सरकारको आयकर ऐन सम्वन्धि  बिभिन्न तालिमका भिडियोहरु लिएर आईरहेका छौं  । आयकर सम्वन्धि बुझ्नु भन्दा पहिला नेपालको आयकर ऐन २०५८ मा के के प्रावधान तथा ब्यवस्था गरिएको छ भनेर जान्न आवस्यक हुन्छ तसर्थ आज देखि हामी नेपाल आयकर ऐन २०५८ को अडियो बाचन लिएर आएका छौं । नेपालको आयकर ऐन २०५८ मिति २०५८ चैत्र १९ गते नेपाल राजपत्रमा प्रकासित भएर जारि भएको थियो भने भिभिन्न आर्थिक अक्ष्यादेश तथा आर्थिक ऐनमा संसोधन र परिमार्जन भईकन पछिल्लो मिति २०७३ जेष्ठ १५ सम्म आईपुग्दा १७ पल्ट सम्सोधन भईसकेको छ । यो ऐन बाचन गर्नुको मुख्य उद्धेश्य सबै नेपाली नागरिकहरुलाई नेपालको आयकर ऐन सम्वन्धि जनचेतना जनागउनु र कर सम्वन्धि ज्ञान बढाउनु हो । यो ऐनको सस्वर बाचन बिभिन्न श्रृंखलामा हुनेछन् । आजको पहिलो श्रृंखलामा पेज नं. १ देखि २३ सम्म बाचन हुनेछन् जहाँ आयकर ऐन २०५८ को प्रस्ताबना र परिच्छेद १ बाचन हुनेछ । परिच्छेद १ प्रारम्भिकमा संक्षिप्त नाम, विस्तार र प्रारम्भको बारेमा रहनेछ ।
Narrated by Nepali Talim YouTube Channel

Listen Book On YouTube 

कार्यक्रम स्पर्शमा कथाकार बिबेक आचार्यको कथा "तिमी मेरो प्रेम गुरु" (Story Timi Mero Prem Guru by Bibek Acharya) : Listen and Download Audio

NepaliTalim | 12:28:00 PM | 0 comments
Radio Program Sparsha 
Narrator : Parbat Sparsha  
Time : Every Thrusday 10.15pm
Email : pc.sparsha@gmail.com
Full Story -Timi Mero Love Guru
Writer - Bibek Acharya

साहित्यिक गद्यहरुको श्रब्य बाचन श्रृंखला
समय -  हरेक बिहिबार १०.१५ बजे राति
कथा - तिमी मेरो प्रेम गुरु 
कथाकार - बिबेक आचार्य

नमस्कार साथीहरू,
अाज मिति २०७४ असोज महिनाको १२ गते तदनुसार 28th September 2017 बिहिबार, रेडियो भिजन ९१.६ मेगाहर्जमा नेपाली उत्कृष्ट कथा, उपन्यास लगायतका गद्य साहित्यको श्रव्य प्रस्तुति साहित्यिक गद्यहरुको श्रब्य बाचन कार्यक्रम स्पर्श लिएर प्रस्ताेता तथा बाचक पर्बत स्पर्श उपस्थित हुनुभएको छ । याे कार्यक्रम हरेक हप्ताकाे बिहिबार बेलुकी १०.१५ देखी रडियो  भिजनमा प्रशारण हुन्छ । 

आज को अंकमा मा हामी साहित्यकार बिबेक आचार्यको कथा "तिमी मेरो लव गुरु" वाचन लिएर आउदैँ छौँ कृपया सुन्न नभुल्नु होला । तपाईंको मन मस्तिष्कलाई स्पर्श गर्दै हरेक बिहीवार १० बजेको भिजन न्युज अपडेट पछाडी रेडियो भिजन ९१.६ MHZ अनि www.radiovision.com.np मा पनि संसारभर एकै साथ कार्यक्रम "स्पर्श" सम्बन्धी कुनैपनि सुझाव, सल्लाह, प्रतिकि्रया वा गुनासो भएमा कार्यक्रम "स्पर्श" को ईमेल pc.sparsha@gmail.com मा पठाइदिनुहुन समस्त श्रोतावर्गमा मेरो हार्दिक अनुरोध छ । 
Listen and Download

Download : Click Here to Download

Subscribe Nepali Talim YouTube Channel : Click Here
Subscribe Chisapani Nepali YouTube Channel : Click Here 





श्री प्रशाद उपाध्याय घिमिरे (एस पि आशा) को उपन्यास Full Novel "चित्कार-Chitkar" : Download

NepaliTalim | 5:46:00 PM | 0 comments
नवज्योति एफएम 
कार्यक्रम स्पर्श
उपन्यास -चित्कार 
उपन्यासकार-
श्री प्रशाद उपाध्याय घिमिरे (एस पि आशा )
बाचक - सुवर्ण
Navajyoti FM
Program : Sparsa
Novel : Chitkar
Writer : 
Shree Prasad Upadhyaya Ghimire (SP Asha)
Narrator : Suvash 

नमस्कार,
नभज्योति एफ एमको विभिन्न उपन्यास तथा कथा बाचन हुने कार्यक्रम स्पर्श लिएर आज पनि कार्यक्रम प्रस्तोता तथा बाचक सुवास उपस्थित हुनुभएकोछ । हरेक शुक्रबार प्रसारण हुने यो कर्यक्रममा आज वरिष्ठा साहित्यकार श्री प्रसाद उपाध्याय घिमिरे एस पि आशाको ऐतिहाँसिक उपन्यास चित्कार बाचन हुने छ जहाँ नेपालको ईतिहाँस राण कालिन युगको बारेमा बास्तविकता उजागर गर्ने प्रयास गरिएको छ । पुस्तक पुरै सुनिसकेपछी आफुलाई लागेको प्रतिकृया दिन नभुल्नुहोला । Audio Book - Full Novel Chitkar that is written by Shree Prasad Upadhyaya Ghimire SP Asha is presenting to you which was broadcasted in Program Spasa from Navajyoti FM.
Listen and Download (Right Click and Save As)

Download : Click Here to Download
Listen at YouTube

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger