गजल-मेरो पनि दिल छ दुख्छ रिसाउन सक्छु (लक्ष्मी श्रेष्ठ)- १७ चैत्र २०७९ (Ghazal by Laxmi Shrestha)

Ram | 10:14:00 PM | 0 comments
लक्ष्मी श्रेष्ठ














मेरो पनि  दिल छ दुख्छ रिसाउन सक्छु
यो नसोच्नु तिमिले सधैं फकाउन सक्छु 

अलिकति खुसिको सिता छ खाएर जाउ
छोरी म त तिमिलाई हेरेरै अघाउन सक्छु

भित्तामा  झुन्डिएको तस्बिर  रैछ जिन्दगी 
न ढुक्कले रुन सक्छु न मुस्कुराउन सक्छु

आफ्ना हरुले पत्थर बनाएर छाडेका छन्
ठोकिन  नआउ प्रिय मैले दुखाउन सक्छु 

खुसि  भएको  अभिनय यहाँ  खुब गरियो 
भोलि यहि समय सम्झेर पछुताउन सक्छु

लक्ष्मी श्रेष्ठ
चिसापानी ,रामेछाप

नागरिक लगानी कोषको अनलाइन कार्यालय युजर र पासवार्ड कोषको अफिस लगइन कसरी लिने? Apply for Online Office Username and Password from Citizen Investment Trust

Ram | 11:23:00 AM | 0 comments
 











नागरिक लगानी कोषले अब कोषकट्टीको विवरण अनलाईन मात्र लिने भएको हुँदा कोषकट्टीको अनलाईन विवरण बुझाउनको लागि नागरिक लगानीकोषमा सहभागीहरुले अनिवार्य कार्यालय लगइन लिनुपर्ने हुन्छ । जसको लागि अनलाईन फारम भरी एक निवेदन सहित अट्याचगरी अनलाईन निवेदन दिन सकिन्छ र सो निवेदन स्विकृत भए पस्चात इमेलमा लगइन युजरनेम र पासवर्ड प्राप्त हुनेछ 
नागरिक लगानी कोषकाे वेबसाइट 
Website  : www.nlk.org.np
अनलाइन कार्यालय युजर र पासवार्ड  कोषको अफिस लगइन कसरी लिने?  अब हेराैं भिडियाे मार्फत ।
Watch Online Tutorial

सहरे दोलखाका गजलकार रोशन खड्काको १० गजलहरु (10 ghazals by Roshan Khadka from Khahare Dolakha)-30-03-2023

Ram | 11:28:00 AM | 0 comments




















१. गजल 
गाउ घर फर्की अब टोल बनाउँछु। 
युवाहरु जुट्नु पर्ने माहोल बनाउँछु। 

बस्दिन म प्रवासमा फर्की आफ्नै देश, 
कोका कोला पेप्सी जस्तै झोल बनाउँछु। 

आफ्नै बन पाखाको कपास बटुलेर, 
म शिरक बनाउँछु खोल बनाउँछु। 

स्वदेशमै सबै थोक उत्पादन गरी, 
किसानलाई सुहाउने मोल बनाउँछु। 

जस्ले मेरो स्वर्ग जसतो घर बिगार्यो, 
हेर्नुस् तेस्को पनी डामाडोल बनाउँछु।
रोशन खड्का, 
सहरे दोलखा।

२. गजल 
तिमी मेरो जिन्दगीमा खोट बनि रह्यौ। 
विना सित्ती मुटू भित्र चोट बनि रह्यौ। 

फिरतीलाई तराजूमा जोखी हिड्यौ कठै!। 
अनि आज बहु मुल्य नोट बनि रह्यौ। 

खडेरीको झार जस्तै नासिदा जिन्दगी। 
अर्कै एक बसन्तको बोट बनी रह्यौ। 

विना काल मरौँ भने मर्न सकिएन। 
जेन-तेन बाँच्नै पर्ने अठोट बनि रह्यौ। 

जिन्दगीले दुख रोज्यों मैंले पनी तेही। 
सुख भन्नू तिमी थ्यौ विछोट बनी रह्यौ। 
@रोशन खड्का।
 सहरे दोलखा।

३. गजल 
म भन्दा'नी धनी केटा पायौ  भने विहे गर्नू।
अन्त कतै चोखो मायाँ लायौ भने विहे गर्नू।

बाध्यताले गर्दा म त गाउँ छोडी हिडेको छु।
म नआई , सिँउँदो भर्न चायौ भने विहे गर्नू।

अति सुन्दर् रङ्ग थियो रेशमीले बनेको थ्यो।
अर्कैलाई त्यो पछ्यौरी ओ-ढायौ भने विहे गर्नू।

बाँसुरीमा मेरो धुन बज्दा नाच्थ्यौ रमाउँथ्यौ।
आज बेग्लै धुन् सित र-मायौ भने बिहे गर्नू।

हल्लाहरु सुनेको छु भाव-विह्वल् भा'की छ्यौ रे!
उसकै यादमा नयन् रु-झायौ भने विहे गर्नू।   

गोधुलीमा डुबेको घाम् विहान् न'भै देखीदैन।
साच्चै *रोशन्*बाट धोका खायौ भने विहे गर्नू।
रोशन खड्का
सहरे दोलखा।

४. गजल 
सुन्दर फूल फूली रहोस् तिम्रो दिल्को बगानमा।
थोरै ल्याई चढाई दिनू मेरो चिता चिहानमा।

डिग्री रह्यो सिरानीमै काम कतै भेटिएन। 
विदेश् जाउँ भने सित्तै लादैन रे! विमानमा।

याद् आउँदा मेरी प्रिया हेर्दी हुन कहिले काहीँ।
एक तस्वीर छोडेको छु उनी सुत्ने सिरानमा।

बाह्र बर्षे आन्दोलनमा लड्दा लड्दै 'बाबा' विते।
आमा ढलीन् मझेरीमा लास आयो दलानमा।

व्यर्थै भयो फूल अक्षता चढाउनू  देवतालाई।
ईस्वर हुँदा रहेनछन् मन्दिरको चट्टानमा।
रोशन खड्का।
सहरे दोलखा।

५. गजल 
हात्को गुलाब् हातमै रह्यो तिमी आईनौ।
आशुँ झर्यो पातमै रह्यो  तिमी आइनौ।

युगौँ देखी चोखो मायाँ साँचे पनी मैंले।
अछुत् मेरो जातमै रह्यो तिमी आईनौ।

प्रणयको शुभ्- संन्ध्या भेट्न आउँछु भन्थ्यौ।
आखिर् वात वातमै रह्यो तिमी आईनौ।

तिमीलाई भनी  मैंले उपहार् साँचेको थे।
साथ्मा थियो साथमै रह्यो तिमी आईनौ।

हुलै हुलको विच्मा पनी एक्लै भएँ म, 
दिन'नी मेरो रातमै रह्यो तिमी आईनौ।
रोशन खड्का।
सहरे दोलखा

६. गजल 
संघार' नाघी घर भित्र पस भन्न सकिन।
उनिलाई आज मैले बस भन्न सकिन।

धेरै पछी अनायासै आगनीमैं भेटेथेँ।
आसुँ बनिन् नयनमा खस भन्न सकिन।

गला भरी पोते थिए सिउँदोमा सिन्दूर थ्यो।
तेसैले बाहु पासमा कस भन्न सकिन।

होलीकाको प्रसाद् भन्थी, हात्मा रातो रङ्ग थ्यो।
आउ प्रिय लाउ मधू:रस भन्न सकिन।

धेरै कुरा साचेको थेँ उनिलाई भन्छु  भनी।
अचानक् मुटू काँप्यो क्रमश: भन्न सकिन।
रोशन  खड्का
सहरे दोलखा

७. गजल 
नौलो कथा बोकेको छ मेरो खास जिन्दगीले।
र त! लिन सकेन याहाँ अबकास  जिन्दगीले।

यौटा साथी भेटेको थेँ  उकालीमा उतै रह्यो।
उनिलाई  त दिई रह्यो मधुमास जिन्दगीले।

बेग्ला बेग्लै बनेको छ उन्को मेरो  जीवन् शैली।
महलमा र झुपडीको दियो वास जिन्दगीले।

बाँच्नै पर्दो रैछ आखिर जति मुटू दुखे पनी।
भट्टी भित्र दिन चर्या रोज्यो तास जिन्दगीले।

जब मलाई सड़क पनी घर जस्तै लाग्न थाल्यो।
फर्की हेर्न चाहेन याहाँ ईतिहास जिन्दगीले।
रोशन दोलखा
सहरे दोलखा।

८. गजल 
'ऊ'जितेर गई म हारेर आएँ, 
पथ्थरमा मुटु बझारेर आएँ ।

कमजोर प्यून कहाँ छु र म? 
बोतललाई खाली पारेर आएँ।

भक्कानो परि नरुनू आमा, 
बा-को हिसाब उतारेर आएँ।

वैरीले सिमा मिचेको ठाउमा, 
राष्ट्रिय झण्डा सारेर आएँ।

हत्यारो 'रोशन' भनेनी भनून्।
यौटा देश द्रोही मारेर आएँ। 
रोशन खड्का 
सहरे दोलखा।

९. गजल 
मान्छे मान्छेका कहानी बेग्लै हुदो रहेछ।
जीवन् सैली आनी-बानी वेग्लै हुदो रहेछ।

हिजो हाम्ले केही रात सँग्-सँगै काटेपनी।
धन् दौलतको  सिरानी  बेग्लै हुदो रहेछ।

धेरै मायाँ गर्दा रैछन् छोडी जाने मान्छेहरु।
तेसैले त जिन्दगानी बेग्लै हुदो हदो रहेछ।

प्रायः मेरो हातमा बोतल् हुन्छ। तास हुन्छ।
जी'रहनूको मर्दानी  बेग्लै हुँदो रहेछ।

समयको गती संगै यात्रा गर्न नजान्दा।
गन्तव्यको निशानी वेग्लै हुँदो रहेछ ।
रोशन खड्का 
सहरे दोलखा।

१०.गजल 
जिन्दगी गुजार्न तेती सजिलो हुदैन।
विग्रेसी सुधार्न तेती सजिलो हुदैन।

यदि तिम्ले चोखो माया गरेकी छ्यौ भने।
अरुले विगार्न तेती सजिलो हुदैन।

मैले सारा जिवन् जगत् अर्पी सकेको छु।
तिमीले नकार्न तेती सजिलो हुदैन।

दुर्गन्धले भरिएको हाम्रो राजनिती।
सजिलै बढार्न तेती सजिलो हुदैन।

युवालाई वालुटार् पठाउँ भने पनी ।
यि नेता पछार्न तेती सजिलो हुदैन।

विना सित्ती शहरमा किन ढोल् पिटीन्छ?
*रोशन*लाई मार्न तेती सजिलो हुदैन।
रोशन खड्का 
सहरे दोलखा।

Note: Content Copyright reserved with writer 

रामेछापका गजलकार दिनेश खत्री एकल यात्रीका ५ गजलहरु (5 Ghazals by Dinesh Khatri Ekalyatri from Ramechhap)-30-03-2023

Ram | 11:18:00 AM | 0 comments

 

















१. गजल 
शुभ बिहानी संगै मेरो दिनचर्या त चलिरहेको छ
बिहान बेलुका जसोतसो चुलो  त बलिरहेको छ

बाँच्नकै निम्ति भने पनि यति संङघर्ष गर्नु परेको
संङ्घर्ष रह्यो जिन्दगी त्यसै भाग्यले छलिरहेको छ

दुख त कति हुन कति दुनियाँ रैति बनी हेरिरहेछ
बाहिर जस्तो देखेपनि भित्र मेरो मन जलिरहेकोछ

देख्छ उसले म ठाडो उभिएको मात्र सोच्दैन कि
भित्र भित्र खाक्रो बनाई यहाँ जिउँदै ढलिरहेको छ

लाग्छ जिन्दगी मलाई बिहान बेलुका मात्र हजुर
दिनको घाम अनि रातमा जुन पनि गलिरहेको छ
दिनेश खत्री एकल यात्री
मन्थली नं।पा १३ रामेछाप 
हाल, अफ्रिकी कंगो

२. गजल 
शुभ बिहानी संगै मेरो दिनचर्या त चलिरहेको छ
बिहान बेलुका जसोतसो चुलो  त बलिरहेको छ

बाँच्नकै निम्ति भने पनि यति संङघर्ष गर्नु परेको
संङ्घर्ष रह्यो जिन्दगी त्यसै भाग्यले छलिरहेको छ

दुख त कति हुन कति दुनियाँ रैति बनी हेरिरहेछ
बाहिर जस्तो देखेपनि भित्र मेरो मन जलिरहेकोछ

देख्छ उसले म ठाडो उभिएको मात्र सोच्दैन कि
भित्र भित्र खाक्रो बनाई यहाँ जिउँदै ढलिरहेको छ

लाग्छ जिन्दगी मलाई बिहान बेलुका मात्र हजुर
दिनको घाम अनि रातमा जुन पनि गलिरहेको छ
दिनेश खत्री एकल यात्री
मन्थली नं।पा १३ रामेछाप 
हाल, अफ्रिकी कंगो

३. गजल 
दिन ढल्यो आज उसै रात पनि ढल्दै छ
मन गल्यो आज उसै पन  पनि गल्दै छ

जलोस जिन्दगीमा के( के जल्ने हो मेरो
खुन जल्यो आज उसै मुटु पनि जल्दै छ

काटे रगत रातो हुन्छ किन भयो  बिभेद
श्रम चल्यो  उसको बल्ल पानी चल्दै छ

आवज मेरो बन्द भयो  सुन्ने  कोहीँ भए
उसले सुन्यो बल्ल अब  कसले सुन्दै छ

राख्नु छ भने ईमान सधै भरि  यसै गरी 
बगैंचामा फुलायो फुलहरु फेरि फुल्दै छ

निषेध गर्यो  उसले, बनायो बन्धक हजुर
सबको खुल्यो ईतिहास बिस्तारै खुल्दै छ
दिनेश खत्री एकल यात्री
मन्थली नं।पा १३ रामेछाप 
हाल, अफ्रिकी कंगो

४. गजल 
जीवन भर्नु छ यहि हातले सुन्दर फुल झै
बगाएर पसिना देशमै बनाउनु छ मुल झै

नभएको हैन भएर पनि भिक मागिरहेछ
कैले बिकास हुन्छ जोडेर नदिको पुल झै

राखेर बाँझो खेत र बारी बन्द गरेर ढोका
लस्कर लागेर हिडेको छ बांदरको हुल झै

बनाउनु छ भन्छौ सम्बृद्वी यहाँ खै कसरि
हिड्छौ परदेश किन सम्झि आफ्नै कुल झै

बेचेर के पायो पसिना,जीवन उतै सकायो
अनि कहानी बनेर बस्यो मनमा चुलवुल झै
दिनेश खत्री एकल यात्री
मन्थली नं।पा १३ रामेछाप 
हाल, अफ्रिकी कंगो

५. गजल 
हेर्दा कोही कोही मानिस हैन दानव लाग्छ
यो वलिदानमा उसको भन्नू पर्दा के त्याग्छ

चिहानबाट पनि सलवलाएर यहाँ सबै सबै 
मरेका भुत प्रेत आत्माहरू फेरि किन जाग्छ

य मनुवा मानवलाई किन भ्रम छर्दैछौ यहाँ 
तिम्रा बक्रे बखानको पछि त कसले समात्छ

लाग्दो हो तिम्रो चाकडीको मालिक भगवान
तर परिवर्तन लाई गिजालेर के खिचडी पाक्छ
 
परिवर्तन गर्ने हो आंफै बाजा बजाएर आउदैन
त्यहीँ गर्व गर मनुवा ब्याज खाएर स्याज ताक्छ

कुर्लिनलाई कुर्ल कुर्लिनलाई पनि त छुट नै छ
यस्तै कुमतिमा यहाँ सारा जन्ता त्यसै भाड्छ
दिनेश खत्री एकल यात्री
मन्थली नं।पा १३ रामेछाप 
हाल, अफ्रिकी कंगो

Note: Content Copyright Reserved with Writer 

नेपाली रोचक अडियो कथा "प्यारोडक्स"।। "The Paradox" - Nepali Audio Story Book

NepaliTalim | 3:15:00 PM | 0 comments












नेपाली रोचक अडियो कथा "प्यारोडक्स" ।। "The Paradox" - Nepali Audio Story Book 
नेपाली कथा बाचन 

कथा शिर्षक : प्यारोडक्स 
लेखनक : उल्लेख नभएको 
साभार : सामाजिक संजाल फेसबुक
बाचन -चिसापानी नेपाल
The Audio Novel- Story - Paradox in Nepali  
प्यारोडक्स कथा 

*****
विद्यार्थीले शिक्षकसंग सोधे- सर प्यारोडक्सको अर्थ के हो?
शिक्षकले भने- यसको लागि एक उदाहरण दिन्छु।  मानौ कि दुई व्यक्ति म कहाँ आए एक जना एकदमै सफा सुग्घर र अर्को एकदमै फोहरी। यदि मैले उनीहरूलाई नुहाउन  भने अब तिमीहरू भन कि उनीहरू मध्ये कसले नुहाउँछ होला?
विद्यार्थीले भने- जो एकदमै फोहरी छ उसले नुहाउँछ, सर।
शिक्षकले भने- होइन, सफा सुग्घर व्यक्तिले नुहाउँछ किनकी उसलाई नुहाउने बानी परेको हुन्छ जबकी फोहरी व्यक्तिलाई सफाईको महत्व नै थाहा हुँदैन। अब भन कसले नुहाँउछ रे?
विद्यार्थीले भने- सफा सुग्घर व्यक्तिले, सर।
शिक्षकले भने- होइन, फोहरी व्यक्तिले नुहाउँछ किनकी उसलाई सफाईको आवश्यकता हुन्छ। सफा सुग्घर व्यक्तिलाई सफाईको आवश्यकता नै हुँदैन। अब भन कसले नुहाउँछ रे?
विद्यार्थीले भने- जो फोहरी छ उसले नुहाउँछ, सर।
शिक्षकले भने- होइन, दुबैजना नुहाउँछन् किनकी सफा व्यक्तिलाई नुहाउने बानी हुन्छ भने फोहरी व्यक्तिलाई नुहाउने आवश्यकता हुन्छ। अब भन कसले नुहाउँछ रे?
विद्यार्थीले भने- दुबै जना नुहाउँछन्, सर। 
शिक्षकले भने- गलत, कोही पनि नुहाउँदैनन किनकि फोहरी व्यक्तिलाई नुहाउने बानी नै हुँदैन भने सफा सुग्घर व्यक्तिलाई नुहाउने आवश्यकता नै हुँदैन। अब भन को नुहाउँछ रे?
विद्यार्थीले भने- कसैले पनि नुहाउँदैनन्, सर।
एक जना विद्यार्थीले  सोधे- सर, तपाई हरेक पल्ट फरक-फरक जवाफ दिनु हुन्छ तर हरेक जबाफ सहि झैं लाग्छन्। हामीले सही जबाफ के हो भनेर कसरी थाहा पाउने?
शिक्षकले भने- यही नै प्यारोडक्स हो। आज भोलि बास्तविकता के हो भन्ने महत्वपूर्ण हुँदैन। महत्वपूर्ण त न्यूज च्यानल र सोशियल मिडियाहरूले के लाई सही साबित गर्न चाहन्छन् त्यो नै महत्वपूर्ण हुन्छ।
Listen to This Audio Book on YouTube

अडियो कथा – जे छोएपनी सुन (Nepali Audio Story- Je Chhoyepani Sun) - Nepali Audio Book

NepaliTalim | 3:11:00 PM | 0 comments

 










अडियो कथा – जे छोएपनी सुन (Nepali Audio Story- Je Chhoyepani Sun) - Nepali Audio Book
Listen to Audio Book on YouTube

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger