Home » , » सहरे दोलखाका गजलकार रोशन खड्काको १० गजलहरु (10 ghazals by Roshan Khadka from Khahare Dolakha)-30-03-2023

सहरे दोलखाका गजलकार रोशन खड्काको १० गजलहरु (10 ghazals by Roshan Khadka from Khahare Dolakha)-30-03-2023

Ram | 11:28:00 AM | 0 comments




















१. गजल 
गाउ घर फर्की अब टोल बनाउँछु। 
युवाहरु जुट्नु पर्ने माहोल बनाउँछु। 

बस्दिन म प्रवासमा फर्की आफ्नै देश, 
कोका कोला पेप्सी जस्तै झोल बनाउँछु। 

आफ्नै बन पाखाको कपास बटुलेर, 
म शिरक बनाउँछु खोल बनाउँछु। 

स्वदेशमै सबै थोक उत्पादन गरी, 
किसानलाई सुहाउने मोल बनाउँछु। 

जस्ले मेरो स्वर्ग जसतो घर बिगार्यो, 
हेर्नुस् तेस्को पनी डामाडोल बनाउँछु।
रोशन खड्का, 
सहरे दोलखा।

२. गजल 
तिमी मेरो जिन्दगीमा खोट बनि रह्यौ। 
विना सित्ती मुटू भित्र चोट बनि रह्यौ। 

फिरतीलाई तराजूमा जोखी हिड्यौ कठै!। 
अनि आज बहु मुल्य नोट बनि रह्यौ। 

खडेरीको झार जस्तै नासिदा जिन्दगी। 
अर्कै एक बसन्तको बोट बनी रह्यौ। 

विना काल मरौँ भने मर्न सकिएन। 
जेन-तेन बाँच्नै पर्ने अठोट बनि रह्यौ। 

जिन्दगीले दुख रोज्यों मैंले पनी तेही। 
सुख भन्नू तिमी थ्यौ विछोट बनी रह्यौ। 
@रोशन खड्का।
 सहरे दोलखा।

३. गजल 
म भन्दा'नी धनी केटा पायौ  भने विहे गर्नू।
अन्त कतै चोखो मायाँ लायौ भने विहे गर्नू।

बाध्यताले गर्दा म त गाउँ छोडी हिडेको छु।
म नआई , सिँउँदो भर्न चायौ भने विहे गर्नू।

अति सुन्दर् रङ्ग थियो रेशमीले बनेको थ्यो।
अर्कैलाई त्यो पछ्यौरी ओ-ढायौ भने विहे गर्नू।

बाँसुरीमा मेरो धुन बज्दा नाच्थ्यौ रमाउँथ्यौ।
आज बेग्लै धुन् सित र-मायौ भने बिहे गर्नू।

हल्लाहरु सुनेको छु भाव-विह्वल् भा'की छ्यौ रे!
उसकै यादमा नयन् रु-झायौ भने विहे गर्नू।   

गोधुलीमा डुबेको घाम् विहान् न'भै देखीदैन।
साच्चै *रोशन्*बाट धोका खायौ भने विहे गर्नू।
रोशन खड्का
सहरे दोलखा।

४. गजल 
सुन्दर फूल फूली रहोस् तिम्रो दिल्को बगानमा।
थोरै ल्याई चढाई दिनू मेरो चिता चिहानमा।

डिग्री रह्यो सिरानीमै काम कतै भेटिएन। 
विदेश् जाउँ भने सित्तै लादैन रे! विमानमा।

याद् आउँदा मेरी प्रिया हेर्दी हुन कहिले काहीँ।
एक तस्वीर छोडेको छु उनी सुत्ने सिरानमा।

बाह्र बर्षे आन्दोलनमा लड्दा लड्दै 'बाबा' विते।
आमा ढलीन् मझेरीमा लास आयो दलानमा।

व्यर्थै भयो फूल अक्षता चढाउनू  देवतालाई।
ईस्वर हुँदा रहेनछन् मन्दिरको चट्टानमा।
रोशन खड्का।
सहरे दोलखा।

५. गजल 
हात्को गुलाब् हातमै रह्यो तिमी आईनौ।
आशुँ झर्यो पातमै रह्यो  तिमी आइनौ।

युगौँ देखी चोखो मायाँ साँचे पनी मैंले।
अछुत् मेरो जातमै रह्यो तिमी आईनौ।

प्रणयको शुभ्- संन्ध्या भेट्न आउँछु भन्थ्यौ।
आखिर् वात वातमै रह्यो तिमी आईनौ।

तिमीलाई भनी  मैंले उपहार् साँचेको थे।
साथ्मा थियो साथमै रह्यो तिमी आईनौ।

हुलै हुलको विच्मा पनी एक्लै भएँ म, 
दिन'नी मेरो रातमै रह्यो तिमी आईनौ।
रोशन खड्का।
सहरे दोलखा

६. गजल 
संघार' नाघी घर भित्र पस भन्न सकिन।
उनिलाई आज मैले बस भन्न सकिन।

धेरै पछी अनायासै आगनीमैं भेटेथेँ।
आसुँ बनिन् नयनमा खस भन्न सकिन।

गला भरी पोते थिए सिउँदोमा सिन्दूर थ्यो।
तेसैले बाहु पासमा कस भन्न सकिन।

होलीकाको प्रसाद् भन्थी, हात्मा रातो रङ्ग थ्यो।
आउ प्रिय लाउ मधू:रस भन्न सकिन।

धेरै कुरा साचेको थेँ उनिलाई भन्छु  भनी।
अचानक् मुटू काँप्यो क्रमश: भन्न सकिन।
रोशन  खड्का
सहरे दोलखा

७. गजल 
नौलो कथा बोकेको छ मेरो खास जिन्दगीले।
र त! लिन सकेन याहाँ अबकास  जिन्दगीले।

यौटा साथी भेटेको थेँ  उकालीमा उतै रह्यो।
उनिलाई  त दिई रह्यो मधुमास जिन्दगीले।

बेग्ला बेग्लै बनेको छ उन्को मेरो  जीवन् शैली।
महलमा र झुपडीको दियो वास जिन्दगीले।

बाँच्नै पर्दो रैछ आखिर जति मुटू दुखे पनी।
भट्टी भित्र दिन चर्या रोज्यो तास जिन्दगीले।

जब मलाई सड़क पनी घर जस्तै लाग्न थाल्यो।
फर्की हेर्न चाहेन याहाँ ईतिहास जिन्दगीले।
रोशन दोलखा
सहरे दोलखा।

८. गजल 
'ऊ'जितेर गई म हारेर आएँ, 
पथ्थरमा मुटु बझारेर आएँ ।

कमजोर प्यून कहाँ छु र म? 
बोतललाई खाली पारेर आएँ।

भक्कानो परि नरुनू आमा, 
बा-को हिसाब उतारेर आएँ।

वैरीले सिमा मिचेको ठाउमा, 
राष्ट्रिय झण्डा सारेर आएँ।

हत्यारो 'रोशन' भनेनी भनून्।
यौटा देश द्रोही मारेर आएँ। 
रोशन खड्का 
सहरे दोलखा।

९. गजल 
मान्छे मान्छेका कहानी बेग्लै हुदो रहेछ।
जीवन् सैली आनी-बानी वेग्लै हुदो रहेछ।

हिजो हाम्ले केही रात सँग्-सँगै काटेपनी।
धन् दौलतको  सिरानी  बेग्लै हुदो रहेछ।

धेरै मायाँ गर्दा रैछन् छोडी जाने मान्छेहरु।
तेसैले त जिन्दगानी बेग्लै हुदो हदो रहेछ।

प्रायः मेरो हातमा बोतल् हुन्छ। तास हुन्छ।
जी'रहनूको मर्दानी  बेग्लै हुँदो रहेछ।

समयको गती संगै यात्रा गर्न नजान्दा।
गन्तव्यको निशानी वेग्लै हुँदो रहेछ ।
रोशन खड्का 
सहरे दोलखा।

१०.गजल 
जिन्दगी गुजार्न तेती सजिलो हुदैन।
विग्रेसी सुधार्न तेती सजिलो हुदैन।

यदि तिम्ले चोखो माया गरेकी छ्यौ भने।
अरुले विगार्न तेती सजिलो हुदैन।

मैले सारा जिवन् जगत् अर्पी सकेको छु।
तिमीले नकार्न तेती सजिलो हुदैन।

दुर्गन्धले भरिएको हाम्रो राजनिती।
सजिलै बढार्न तेती सजिलो हुदैन।

युवालाई वालुटार् पठाउँ भने पनी ।
यि नेता पछार्न तेती सजिलो हुदैन।

विना सित्ती शहरमा किन ढोल् पिटीन्छ?
*रोशन*लाई मार्न तेती सजिलो हुदैन।
रोशन खड्का 
सहरे दोलखा।

Note: Content Copyright reserved with writer 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger