मेरो पनि दिल छ दुख्छ रिसाउन सक्छु
यो नसोच्नु तिमिले सधैं फकाउन सक्छु
अलिकति खुसिको सिता छ खाएर जाउ
छोरी म त तिमिलाई हेरेरै अघाउन सक्छु
भित्तामा झुन्डिएको तस्बिर रैछ जिन्दगी
न ढुक्कले रुन सक्छु न मुस्कुराउन सक्छु
आफ्ना हरुले पत्थर बनाएर छाडेका छन्
ठोकिन नआउ प्रिय मैले दुखाउन सक्छु
खुसि भएको अभिनय यहाँ खुब गरियो
भोलि यहि समय सम्झेर पछुताउन सक्छु
लक्ष्मी श्रेष्ठ
चिसापानी ,रामेछाप
0 comments:
Post a Comment