Showing posts with label Poem. Show all posts
Showing posts with label Poem. Show all posts

कवि अजित क्षेत्रीको कविता - मूल्य (Poem Mulya by Ajit Chhetri)-29-10-2018

NepaliTalim | 4:30:00 PM | 0 comments
कविता - मूल्य  तिम्रो क्यानभाषको आयातन बढेको पक्कै हो- जब तिम्रा कुचीले कामुक मुस्कान वाली बिश्वसुन्दरीको चित्र दुरुस्तै कोरेको थियो तिम्रो क्यानभाषको मुल्य आकासिएको पक्कै हो जब त्यसमा कोरीए- नामुद नगरबधुको मोहनी मुस्कान, चर्चित नेताको मुखाकृति, दरबारमार्गको बुढो शिरिषको रुख सिंहदरबार अगाडीका पृथ्वीनारायणको चोर औंला र मार्क्स लेलिनका जुँगे तस्विर ! शहरले तिमीलाई रातारात महान् बनायो तिम्रा सबै पेन्टिङ् हातहातै बिक्री भए मनग्य पैसा कमायौ सुनें,...

कवी वास्तविक मानवका ५ छोटा कविताहरू ( 5 Short poem by Wastabik Manab) - 07-10-2018

NepaliTalim | 5:30:00 PM | 0 comments
मेरा ५ छोटा कविता.नाम- वास्तविक मानवठेगाना- बागलुङ् हाल काठमान्डौँ पेसा- विद्यार्थी –class 12- golden gate international collegeछोटा कविता१. "भुत"सानै थिए,चक्चक्  गर्थेआँमा भन्नुहुन्थ्यो“ऐले भुत आउँछ र खान्छभनेर।“भुत आएर खाइहाल्यो भने?”म पछी सम्मै पनि डराउँथेतर आज ठूलो भएकोछुडर छैन।बरु आफ्नै जिन्दगी भुत भन्दा पनिकयौँ गुणा भयानक लाग्न थालेकोछ।२. "दसा" दसा बाजा बजाएर आउदैन,भन्ने कुरा त थाहा थियो,तर कहिलेकाही जोडतोडका साथ बाजा बजाएरै...

कवयित्री शुष्मा रुपाबुङ राईको कविता “लोकसेवा पिडित” _Poem Loksewa Pidit by Sushma Rupabung Rai

NepaliTalim | 11:10:00 AM | 0 comments
लोकसेवा पीडित (कवयित्री शुष्मा रुपाबुङ राई) फेल पार्नै बनाएको लोकसेवामा  पटक पटक पास गर्ने कोशीस गर्दा- गर्दा जोबन लोलाएको म एउटा लोकसेवा पीडितलाई न्याय चाहियो हजुर! स्वास्नी पीडित लोग्ने पीडित छिमेकी पीडित प्रेमीप्रेमिका पीडित सबै आफ्नो न्याय खोज्नको लागि एकजुट भएर साझेदारीमा संस्था खोलिसके आउनुहोस् कोही म जस्तै लोकसेवा पीडित हुनुन्छ भने एकजुट भइ न्याय मागौ बढीपीडित र भुकम्पपीडितको राहत खोस्नेहरुले के देला र हाम्रो जोवनको...

कवि अजित क्षेत्रीको कविता अंश (Poem Ansha by Ajit Chhetri) - 29-12-2017

NepaliTalim | 1:57:00 PM | 0 comments
कविता-अंश -क्षेत्री अजित ................ मैले नौ महिना गर्भमा पालेको मेरो रगतको एक अंश जसको पहिलो स्पर्शमा म आफ्ना पीडा भुलेर अल्हादीत भएकी थिएँ जसको पहिलो रुवाईमा म आमा बनेको खुसीले रोएथें जसलाई तातेताते गराउँदा मैले हिँड्न सिकेथें जसको पापा मामा शब्दले म पुलकीत भएथें जसले खाँदा म अघाएथें जसले निदाएसी निदाएथें त्यही छोरो तिमी आज भन्दैछौ अंश चाहियो आमा म छुट्टिन्छु । बाबु किन चाहियो अंश ? यो सबै तिम्रै त हो लैजाउ पुरै लैजाउ । यो आँगन लैजाउ यो...

महिला सिट -राम शरण श्रेष्ठ

NepaliTalim | 12:42:00 PM | 0 comments
कविता -महिला सिट .......................... करिव पचहत्तरको बुढा मान्छे उभिएको छ बल्ल तल्ल  सकि नसकी मेरो ठिक अगाडी एकहातमा लठ्ठिी अर्कोले डन्डी समातेर माइक्रोमा सँगै कार्यलय खुल्ने समय खचाखच छ माइक्रो भित्र सर्नुस मिलेर बस्नुस् बच्चा काखमा लिनुस् नत्र पैसा लाग्छ भन्दै ढोकाबाट हुरुरुरु प्यसेन्जर हुल्न सफल  हुन्छ । खँलासी, मुसुक्क हाँस्छ । चिच्याउँछ हरेक रोकिएको ठाउँमा भन्दै टिचिङ्ग कान्ति चक्रपथ गोल्फुटार नारायनथान ... सबै हतारमा कस्लाई...

अजित क्षेत्रीको कविता -चिठ्ठी (Poem -Chiththi by Poet Ajit Chhetri) - 26-10-2017

NepaliTalim | 10:21:00 AM | 0 comments
कविता - चिठ्ठी -क्षेत्री अजित ------------ प्रिय, कुनैदिन म गएछु भने तिमीबाट टाढा भएछु भने लेखिदिनु एउटा बिरही गीत, खसी जाने शितको सम्झनामा पैयुँको बोटमा जुनकीरिले गाए जस्तो बिरहको कुनै अँध्यारो रातमा तिमीलाई सम्झि रुँदै रुँदै म गाउनेछु । म खसेछु भने मिर्मिरेमा तारा खसेजस्तो, म बगेछु भने सागरमा पुतली बगेजस्तो, चढाई दिनु दुई थुँगा फूल, लाहुर हिँडेको सिपाहीले फेरी भेट्ने बाचा गर्दै पियारीको सम्झनामा सिमलको फेँदमा पाती...

कवि अजित क्षेत्रीको कविता -प्रेम-एक अन्तहीन यात्रा (Poem by Ajit Chhetri -Prem Ek Antahin Yatra) -13-10-2017

NepaliTalim | 3:58:00 PM | 0 comments
प्रेम-एक अन्तहीन यात्रा कबिता/क्षेत्री अजित महिना दिनको माइत बसाईं पछि भेट्ने तिब्र चाहनामा ऊ आई हुईकिँदै दौडिँदै एक सासमा बेगले आँगन, र आँगन हुँदै पिँडी अनि भुइँतलाको त्यो सानो कोठा जहाँ म आतुर थिएँ ऊ अर्थात् मेरी पत्नीसँग आलिंगनको, एउटा न्यानो अंगालोको भुमरीमा आफूलाई बिसर्जन गर्न । उ आई चिसो प्रेमिल बतास आयो सागरको लहर आयो संघारमै र त्यसमै म बगेँ उसले हात दिई समाई काखमा राखी उसैगरी जसरी काखमा राख्नु हुन्थ्यो मलाई मेरी आमा उ झुकी बादल जस्तो...

कवि अजित क्षेत्रीकाे कविता बुख्याँचाहरू (Poem Bukhyachaharu by Ajit Chhetri) - 11-10-2017

NepaliTalim | 11:07:00 AM | 0 comments
कविता - बुख्याँचाहरू क्षेत्री अजित  .... धेरै पहिले हातमा मसाल र लाठी लिएर अनिदो पहाडमा जम्मा भए एक हुल बुख्याँचाहरू र,त्यो बुढो घरमा हमला गरे आगो लगाए नारा लगाए जिन्दाबाद मुर्दाबाद भिड जम्मा भयो भिडमै मिसिएँ म पनि । बुख्याँचाहरू भन्दै थिए- यो पुरानो सामन्ती महलमा सेता माकुराले जालो लगाएको छ यहि जीर्ण महलमा लुकेर दुष्ट सेतो माकुराले गाउँलेलाई सताएको छ बाटो छेकेको छ बाली बिगारेको छ गाउँलेलाई डसेको छ गाउँलेले आगो लगाए सेता माकुराको जालोमा, घर...

कवि अजित क्षेत्रीको कविता- कविताको खेती (Poet Ajit Chhetri with Kabitako Kheti) : 18-08-2017

NepaliTalim | 4:43:00 PM | 0 comments
कविता -कविताको खेती  -क्षेत्री अजित भोक र शोकमा पनि हाँस्ने अभाव र दुःखमा पनि बाँच्ने रित्तो गोजी तर सधैं ब्यस्त जीवन कवि तिमी महान छौ भोकमै महाकविले कविता लेखे भोकमै भुपीहरूले देश लेखे तर लेखेनन् कहिल्यै दुःखका कविता यहाँ भोका कविले वीरताको कविता लेखे स्वाभिमान र सम्पन्नताको कविता लेखे रोगले थलिँदा लेखे आँखा कमजोर हुँदा लेखे तर लेखेनन् आफ्नै कथा तर लेखेनन् आफ्नै कविता । अर्काको जीवनको करौंतीमा साँध लगाउने कविहरू आफ्नै जीवनको आँगनको डिल...

मेरा ३ छोटा कविताहरू -राम शरण श्रेष्ठ

NepaliTalim | 10:37:00 AM | 0 comments
१.कविता -प्रतिक्षा अझै पनि छन् !!  तिम्रै प्रतिक्ष्यामा, बर्सौ पहिले तिमीले लिन नमानेको रातो गुलाब, मुटु टक्राएर जिन्दगी राजीनामा दिएको एउटा प्रेम पत्र, मैले तिम्रै लागी बचाइ रखेको एक दिनको जिन्दगीरतिमी प्रति हर दिन बढीरहेको कहिल्यै नघट्ने मेरो चोखो प्रेम । बस छैनौ त केवल तिमी र तिम्रो साथ । 07-01-2015 राम शरण श्रेष्ठ चिसापानी, रामेछाप  २.कविता -घृणा उस्ले पनि त, प्रेम दिवशकै दिन देखी सुरु गरेको रहेछ मलाई घृणा गर्न । म...

"साथी"-राम शरण श्रेष्ठ

NepaliTalim | 10:32:00 AM | 0 comments
"साथी" ....... उस्ले प्रस्ताब राखेपछीका केही रातहरू, म निदाउन सकिँन, *********** थाहै थिएन, एक्कासी आफ्नो सबैभन्दा मिल्ने केटि साथीले मलाई मन पराउँदो रहेछिन् । *********** थाहै थिएन, उस्को मुस्कानको तारिफमा मैले बोलेका केहि शब्दहरुले उस्को मनमा उथलपुथल ल्याईदिएछ । *********** थाहै थिएन, उस्को सुन्दरताको बयानमा मैले लेखेका केहि शेरहरुमा उ धड्किएर बसेको रहेछ । *********** थाहै थिएन, मैले नबोलेका कयौं शब्दहरु मैले नलेखेका...

कमल खत्री "राज"को कविता -19-10-2016

NepaliTalim | 9:59:00 AM | 0 comments
#कबिता  #कमल गुलाब परिन- तिम्रो बारिमा फुलिन, अनि- मग्मगाउदै सुबाश नि छरिन। फुल्न त फुले मपनि फुले- तिम्रो घर भन्दा पर- तिम्रो शहर भन्दा पर, एकान्त तलाउमा। तर फुल्दै फुलिन- म तिम्रो दिलमा फुलिन। देखेको छु तस्बिरमा भगवानलाई- कमलमै बिरजमान भएको। तर- लाग्छ म भगवान भन्दा टाडा छु। बेलि,चमेली झै- म टिपिन्न कोहिबाट। अनि- चडाइन्न मन्दिरमा न सजाइन्छु सिरमा? हो फुल्न त फुले मपनि फुले- हिलोमै फुले। म फुल्दै फुलिन- तिम्रो दिलमा फुलिन- तिम्रो जिवनमा फुलिन। #sorry कमल...

कवि वास्तविक मानवका ५ छोटा कविताहरू (5 Short Poems by Wastabik Manab)-05-09-2016

NepaliTalim | 4:10:00 PM | 2comments
नाम - वास्तविक मानव हाल काठमाण्डौँ -- जन्म स्थान बागलुङ विद्यार्थी कविता १ #रूप उसले मलाई, आफ्नो पहिलो रूप देखायो । "देश र जनताका लागी केही गर्नेछु" पछी ऊ त्यो ठाउँमा पुग्यो, जुन बेला मैले घुडा टेकेर, "मलाई मेरो देश देउ" भनेर याचना गरे । उसले मलाई, आफ्नो दोस्रो रूप देखायो । "यार देश त अरू कसैले लगेछ ।" कविता २ #काँडा बगाउँदैछु तिमीले भन्यौ । "मलाई आफ्नो आँखामा राख" भनेर । मैले प्रेम पुरवक, तिमीलाई आफ्नो आँखामा सजाए । मलाई, के थाहा कि, फूल बनाएर...

कवि अजित क्षेत्रीको 'म बहुलाएको छु' शिर्षकको गद्य कविता (Ma Bahulayeko Chhu-Poem by Ajit Chhetri) -06-05-2016

NepaliTalim | 10:05:00 AM | 0 comments
अजित क्षेत्री कविता - म बहुलाएको छु -अजित क्षेत्री ..................... यी पत्थरका ईश्वर अनि कर्कट जस्तै मान्छे डडेलोले छोपेको आकाश र रुमानी सपनाहरूको कारखाना ओ प्रिय मसँग प्रेमका कुरा नगर म त बहुलाएको छु जुनदिन म काठमाडौँ हिँडेको थें रातो टीका र फूल दिएर बहिनीले भनेकी थिइन्- दाइ ठुलो मान्छे बनेस् है काठमाडौँको भूगोलमा मैले जीवनका गोरेटा खन्नु थियो बहिनीले भनेजस्तै ठूलो र बाबाले भनेजस्तै असल मान्छे बन्नु थियो अनि जितेर ल्याउनु थियो आमाका सपनाहरू सुनेको...

कवि अजित क्षेत्रीका मान्छे शिर्षककाे कविता -05-05-2016 (Poem by Ajit Chhetri)

NepaliTalim | 5:03:00 PM | 0 comments
Poet-Ajit Chhetri मान्छेहरु (कविता)  यहाँ मान्छेहरु...जो हाँसेजस्ता देखिन्छन् ती रोएका हुन्छन्जो रोएको अभिनय गर्छन् ती हाँसेका भेटिन्छन्जो अंकमाल गर्छन् ती छुरा बोकेका हुन्छन्जो टाढा हुन्छन् ती अंकमालको आतुर हुन्छन्वास्तवमा मान्छेजे देखिन्छ त्यो होइनजे देखिन्न त्यो पनि होइनम मान्छे भएर पनि मान्छेलाई बुझ्न सकिनथाहा छैन यहाँको मान्छे होको मान्छे होइन । हिउँद याममाब्रम्हपुत्र नदी किनारमासमागमका लागी आतुर फिरन्ते बकुल्ला झैंतम्तयार छन् मान्छेमान्छेकै...

कवि दीप मिलनको वसन्त कविता अहाँकै सस्वरमा बाचन सहित (05-05-2016/2073-01-23) : Download

NepaliTalim | 4:46:00 PM | 0 comments
Poet-Deep Milan  कविता बाचन  शिर्षक -बसन्त  आयो पात्रो घर घर नयाँ आशको दीप बाल्दै! लैजाऊ यी जनलहरको पीर चिन्ता पखाल्दै!! यो माटोमा अब विरहको गर्नु पर्ने छ अन्त!! आऊ आऊ सबतिर खुशी बाँड प्यारो वसन्त!! - रोएका यी तनमनहरु हाँस्न सक्ने बनाई! हांस्दै खेल्दै सब मिलिजुली बाँच्न सक्ने बनाई!! छर्दै फूल्नू रनवन भरी फूल मीठो सुगन्ध!! यस्तै बास्ना सुमधुर छरे बन्छ मीठो वसन्त!! - काला मैला दिन मनुजका लाग्न थालून् किनारा!! रोएका यी मन लहरको...

कवि मौसम भुसालका ५ पाँच कविताहरू -16-03-2016

NepaliTalim | 2:55:00 PM | 2comments
मौसम भुसाल नमस्कार, आज हामी पर्वतका कवि मौसम भुसालका ५ कविताहरु लिएर उपस्थित भएका छौं , यहाँको कविता पढेर प्रतिकृया र हौसला प्रदान गरिदिनुहुन सबै साहित्य प्रेमिलाई अनुरोध गर्दछौं । आज हामी उहाँका कविताहरु आमा, म वीरमा, मेरो खुसि परिवार, गाउँ बलेको छ र म कोदालो शिर्षकका कविताहरु प्रस्तुत गर्दैछौं ।  यदि तपाईपनि आफ्ना जुनसुकै रचनाहरु प्रकाशन गर्न चाहानुहुन्छ भने हामीलाई मेल गर्नुहोला ।  १.किवता -आमा  ..... आमा! म त्यही दिन...

कविता -"म, 'हल्लुँड को शरबत' भन्दा नमिठो" - दिपक निरौला (08-11-2015)

NepaliTalim | 12:47:00 PM | 1comments
दाई मलाई अचानोमा राखेर मेरो शरिरको कुनै एक भाग गिँडेर, कुटु-कुटु चाखि हेर्नुस् त। अनि भन्नुस्, कुन मिठो, उहिलेको म? कि अहिलेको म? गोरू भा'छु म मतलव, टिपिकल नेप्लिज गोरू। माले र झुले भा'छु झिस्मिसे नहुँदै बिचरालाई, पुच्छारे काकाले सिमालीको लौरोले व्युँझाऊँथे। म निर्धोलाई, एउटा जाबो टिक्टिके घडीले बेस्मारी दनक दिन्छ, चार नबज्दै। यहाँ म गोरू आफैँ हलि पनि आफैँ बाँझो फोरेर पल्लो कुना नपुग्दै उपल्लो कुना, झार बढेर फेरी बाँझै। फर्कि फेरि जोत, फेरि...

यज्ञ प्रसाद गिरीका ५ गजलहरू : 05-07-2015

NepaliTalim | 11:26:00 AM | 0 comments
1.गजल तिमी छौ र त यो शहर सुन्दर लाग्छ ; तिमी छौ र त यो घर मन्दिर लाग्छ । (१) लाग्दैन केही’नि ठुलो यो दुनियामा ; तिम्रो मायानै, श्रेष्ठताको शिर लाग्छ । (२) मन तिम्रो उदार र ऊच्च सोचको धनि ; सुन्दर र स्वस्थय, तिम्रो शरिर लाग्छ । (३) के के लाग्छ, सक्दैन भन्न, किमार्थ म; माया भने तिम्रो कसम, गम्भिर लाग्छ। (४) साथ तिम्रो नपाउँदा, जिन्दगीको सफरमा; सम्मो बाटो’नि, अनकन्टार भिर लाग्छ । रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर बैशाख ३ गते बिहीबार, २०७२...

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger