Home » , » मेरा ३ छोटा कविताहरू -राम शरण श्रेष्ठ

मेरा ३ छोटा कविताहरू -राम शरण श्रेष्ठ

NepaliTalim | 10:37:00 AM | 0 comments
१.कविता -प्रतिक्षा

अझै पनि छन् !! 
तिम्रै प्रतिक्ष्यामा,
बर्सौ पहिले तिमीले लिन नमानेको रातो गुलाब,
मुटु टक्राएर जिन्दगी राजीनामा दिएको एउटा प्रेम पत्र, 
मैले तिम्रै लागी बचाइ रखेको एक दिनको जिन्दगी
र
तिमी प्रति हर दिन बढीरहेको कहिल्यै नघट्ने मेरो चोखो प्रेम ।
बस छैनौ त केवल तिमी
र तिम्रो साथ ।
07-01-2015
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप 

२.कविता -घृणा

उस्ले पनि त,
प्रेम दिवशकै दिन देखी
सुरु गरेको रहेछ
मलाई घृणा गर्न ।

म बाट रातो गुलाफ
नपाएको झोकमा ।

के गर्नु मैसाप,
माया रहरले
हुँदैन ।

................

राम शरण श्रेष्ठ (राम)

३.कविता 
पिरहरुले कहिल्यै साथ छोडेनन्,
अभावहरुले कहिल्यै साथ छोडेनन्,
न छोड्यो,
मैलै स्वास फेर्ने हावाले,
न छोड्यो,
मैले टेक्ने धर्तिले
न विर्सियो
घडि सुइहरू घुम्न,
..
विर्सिएको त तिमीले हो,
छोडोको त तिमीले हो,
सँगै हिँडेको बाटो,
सँगै खाएका कसमहरु,
..
आज त बस,
धड्कन हराएको मुटु,
बोकी हिँडिरहेछु ।
..
राम शरण श्रेष्ठ (राम)
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger