
कविता -महिला सिट
..........................
करिव पचहत्तरको बुढा मान्छे
उभिएको छ बल्ल तल्ल सकि नसकी
मेरो ठिक अगाडी
एकहातमा लठ्ठिी अर्कोले डन्डी समातेर
माइक्रोमा सँगै
कार्यलय खुल्ने समय
खचाखच छ माइक्रो
भित्र सर्नुस मिलेर बस्नुस्
बच्चा काखमा लिनुस्
नत्र पैसा लाग्छ
भन्दै ढोकाबाट हुरुरुरु
प्यसेन्जर हुल्न सफल हुन्छ ।
खँलासी,
मुसुक्क हाँस्छ ।
चिच्याउँछ हरेक रोकिएको ठाउँमा
भन्दै
टिचिङ्ग कान्ति चक्रपथ गोल्फुटार नारायनथान ...
सबै हतारमा
कस्लाई...