Home » , » कविता- पूर्ण बिरामहरु !!!!

कविता- पूर्ण बिरामहरु !!!!

NepaliTalim | 11:37:00 AM | 0 comments
!!! पूर्ण बिरामहरु !!!!

आहो !!!
कति शक्तिसाली हुन यि पूर्ण विरामहरु ....
पछ्याईरहेछन् सबैलाई....
कुरिरहेछन् सबैलाई ...
सखाप पार्न...
जिवन लिला अन्त्य गर्न..
मोड मोडहरुमा ...
सिकरी झैं सिकारको प्रतिक्षामा...
आफैलाई शक्तिसाली शिद्ध गर्न...
त्रासित पार्दै सबैलाई तर्साउँदै
उहि पूर्ण विरामहरु
आहो !!! कति शक्तिसाली हुन यि पूर्ण विरामहरु ....

घडिका सुईहरु सँगै
प्रगतिका पाईलाहरु सँगै
घामको झुल्काहरु सँगै
हर तत्वहरुमा कणहरुमा
लगाउन अँकुश देखाउँदै तुजुक
बाएर मुखहरु... निल्दै थुकहरु....
झैं परम शत्रु
हुँदै अन्तिम विजयी
आफ्नै जयजय गाउँदै
पछि पछि आउँदै रमाउँदै
गराउँछ अष्तित्व बोध
उहि पूर्ण विरामहरु
आहो !!! कति शक्तिसाली हुन यि पूर्ण विरामहरु ....


हर कोसिस हरुका पछाडी
जो हिडेपनि अगाडी अगाडी
सताउँछ असफलताले
लक्ष निकट भएपपनि
सफल हुँदै गएपनि
जन्म देखि पछ्याउँछ
यात्राभरि.. मृत्युसम्म
जिवन भरि मन परि
अनि दस्तखत दिन्छ अन्तिममा
उहि पूर्ण विरामहरु
आहो !!! कति शक्तिसाली हुन यि पूर्ण विरामहरु ....


छन् कि केहि विकल्पहरु
भटिएनन् नहुने अन्तहरु
हो अनि स्विकारेँ
तिम्रो पूरुशार्थलाई
अति आज्ञाकारीझैं
जय हो पूर्णविराम ..
धन्य पूर्ण पूर्णविराम..
यो राम लाई पाखा लगायो
भित्री सत्य सिकायो
लाएँ अनि
उहि पूर्ण विरामहरु
आहो !!! कति शक्तिसाली हुन यि पूर्ण विरामहरु ....।।।

राम शरण श्रेष्ठ
चिसापानी ६,रामेछाप
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger