Home » » गजल सुन्नुहोस् - नखोलेरै राखिएको बन्द यौटा खाम थियो

गजल सुन्नुहोस् - नखोलेरै राखिएको बन्द यौटा खाम थियो

NepaliTalim | 7:24:00 PM | 0 comments
सर्जक: ललिजन रावल
कृतिः एउटा बन्द खाम
विधा: गजल संग्रह
स्वर :विनोद दाहाल
संगित :  रवि प्राञ्जल

नखोलेरै राखिएको एउटा बन्द खाम थियो
भित्र के-के थियो कुन्नि बाहिर मेरै नाम थियो

कताबाट उजाडियो मनको सानो फूलबारी
भर्खरै त फूलहरुको यहाँ फुल्ने याम थियो

आज किन यहाँ केहि, केहि पनि देखिएन
हिजै मात्र सपना खोज्ने आँखाहरुको लाम थियो

सधै- सधै बग्ने खोली एकै छिन रोकीइदेउ
तिम्रो वेगसंग मलाई अलिकति काम थियो

मनमा दियो विश्वासको नबलेको जिन्दगीमा
धेरै-धेरै अन्धकार थोरै मात्र घाम थियो
Listen 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger