Home » » गजल- बरदानमा तिमीलाई (तिज विशेष)

गजल- बरदानमा तिमीलाई (तिज विशेष)

NepaliTalim | 11:15:00 AM | 0 comments
खोजे जस्तै बर मिलोस्, बरदानमा तिमीलाई ।।
स्वर्ग जस्तै घर मिलोस्, बरदानमा तिमीलाई ।।

तिम्रो हर सुख दुख, आफ्नो ठानि मायाँ गर्ने
यौटा हमसफर मिलोस्, बरदानमा तिमीलाई ।।

जन्म घर विदा लिई, कर्म घरको यो यात्रामा
असल साथी भर मिलोस्, बरदानमा तिमीलाई ।।

दर खनु ब्रत बस्नु, साथी साँगी सँग नाच्नु
शुःख सान्ति प्रहर मिलोस् बरदानमा तिमीलाई ।।

शुभकामना यो तिजमा, खोजे जति रोजे जति
तिम्ले पाको खबर मिलोस्, बरदानमा तिमीलाई ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।।
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger