Home » , » दिपक सिंह रुम्बाका ५ गजलहरू -(२०७१ श्रावण ०५)

दिपक सिंह रुम्बाका ५ गजलहरू -(२०७१ श्रावण ०५)

NepaliTalim | 12:05:00 PM | 0 comments
Dipak Rumba
१. गजल 
माथि पुगी तलै झरे हिजोका ती जान्नेहरू
अघिल्तिर जानेलाई पछिल्तिर तान्नेहरू

खोक्रो हुन्छन् भित्र, बाहिर रवाफ देखाउने
 भोकै छन् आज पनि हिजो ढुङ्गा हान्नेहरू

अन्जानकै भूल सम्झी दिएकै हुन् क्षमा पनि
 निर्वस्त्रै छन् आज, हिजो सरम मान्नेहरू

विश्वास गरे धोका पाए आफ्नै भन्नेबाट
 एकाएक छोडिदिए सर्वस्व नै ठान्नेहरू

तिमीले दिएको चिनो तिम्रै लागि सानो भयो
सामन्तीकै सोचमा, नयाँ विचार छान्नेहरू
दिपक सिंह रुम्बा
हेटौडा, मकवानपुर

२. गजल 
फलेको हाँगो झुक्छ भन्छन् तर तिम्रो नजर झुकेन
फूलले हाँन्दा फुटेन भनी आज ढुंगाले हान्न चुकेनौ

लुकेर बस्थे शिकारी पनि लुकेरै बस्थे शिकार पनि
अनुबम बोक्ने शिकारी आज शिखण्डी पछि लुकेन

शत्रुले यहाँ त्रसित पार्थे गर्जेर भाबुक पे्रमजोडीलाई
पछाडीबाट आइ टोक्यो आप्mनैमित्रले ठ्याम्मै घुकेन

खडेरी लाग्द सुकेको थियो जीवन मूल समेत यहाँ
यो झरी बादल बर्षको बेला आँशुको बिस्कुन सुकेन

सम्पुर्ण जिवन हारेर फर्के तिमिले भने आग्रह गरी
जिताउरी माग्न आएको देख्दा हृदय यो कति दुखेन
दिपक सिंह रुम्बा
हेटौडा, मकवानपुर

३. गजल 
आउ रुवाउ हृदयको मरुभुमि भिजाउन आँशु
खडेरी लागेको जिबनमा पलाउने मूलहो आँशु

ओईलिएको जिवनमा आउ मुटुको घाउ चलाउ
फुटाउ पिप बगाउ पिडा सहेर लाग्दैछ अझै हाँसु

भत्किएको घर भत्किएको मुटु आँधी झरी संगै
छटपटिदै चित्कार संगै यो प्राण लाग्छ अझै साँचु
दिपक सिंह रुम्बा
हेटौडा, मकवानपुर

४. गजल 
मान्छे हुनुको नियति भोगिरहेछौँ हामी
हेर्नुस् न दुख पीडा कति भोगिरहेछौँ

यो मूर्दाहरूको सहर हो नपत्याए सोध
मान्छे हुनुकै दुर्गति भोगिरहेछौँ हामी

अनुत्तरित प्रश्नहरू त कति छन् कति
अभियुक्तको सजायजति भोगिरहेछौँ हामी

माफ गर कवितामा कवि नदुखेपछि
साहित्यमा अचेल विपत्ति भोगिरहेछौँ हामी

लाटोकोेसेराहरू उज्यालो मन पराउँदैनन्
सायद देशभित्रै खति भोगिरहेछौँ हामी
दिपक सिंह रुम्बा
हेटौडा, मकवानपुर

५. गजल 
जुनीभरिको साथ माँग गल्ती भयो कि हजुर
मैले तिम्रै हात माँगे गल्ती भयो कि हजुर

खानु छैन कसम मलाई देबीदेवता भाकी
विश्वासिलो बात मागेँ गल्ती भयो कि हजुर

नभन तिमी मलाई कुल घराना ठूलो तिम्रो
मैले तिम्रै जात माँगे गल्ती भयो कि हजुर

घात प्रतिघात मिठो हुन्छ भन्छन् मायामा
मैले मीठो घात मागेँ गल्ती भयो कि हजुर ।
दिपक सिंह रुम्बा
हेटौडा, मकवानपुर
https://www.facebook.com/dipak.lama.524
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger