RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 256
आजको बुधवारीय बुलबुलको श्रृंखलामा तपाइहरूकै गजल बाचन र रात्री गनथन बिशेष रहनेछ ।
Download : Click Here to Download
यो श्रृंखलाको सूरूमा बाचन भएको मेरो गजल
तिमी यता आउनु अगाडी सब ठिक थियो ।
आँखा ति झिम्क्याउनु अगाडी सब ठिक थियो ।
पहिलो पल्ट भेटघाट हुँदा खेरी स्वागतमा
फूलहरु बिछ्याउनु अगाडी सब ठिक थियो ।
त्यसै राम्री मान्छे तिमी झनै श्रृगार गरिगरि
पाउजु त्यो बजाउनु अगाडी सब ठिक थियो ।
अपराध केही गरुँ गरुँ लागिरहेको छ
उस्ले गजल सुनाउनु अगाडी सब ठिक थियो ।
यादहरुको एटम बम बिस्फोटन गराएर
आतंक यो मच्चाउनु अगाडी सब ठिक थियो
आफ्नो नाम सँगै मेरो नाम 'राम' राखी
प्रेमपत्र पठाउनु अगाडी सब ठिक थियो ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
Host : Achyut Ghimire Bulbul
Date : (30-07-2014/2071-04-14)
FB : Facebook Page
Source :www.ujyaaloonline.com
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2071 श्रावण 07 गते तदनुसार -2014-July-23 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 256) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
खुसीको खबर तथा सूचना
आइतवार १३ असोज २०७० देखी बुलबल उज्यालो ९० मेगाहर्जबाट हप्ताको २ दिन हरेक आइतवार र बुधवार सोहि समय रातको ९.१५ देखी १० वजेसम्म फरक फरक श्रृंखला प्रशसारण भइरहेको छ । निरन्तर चलिरहेको आइतवारिक बुलबुल १८ श्रृंखला पस्चात सदाकै समयमा आइतवारबाट सनिबार बज्नेछ । धन्यवाद ।
Listen and Download
Download : Click Here to Download
यो श्रृंखलाको सूरूमा बाचन भएको मेरो गजल
तिमी यता आउनु अगाडी सब ठिक थियो ।
आँखा ति झिम्क्याउनु अगाडी सब ठिक थियो ।
पहिलो पल्ट भेटघाट हुँदा खेरी स्वागतमा
फूलहरु बिछ्याउनु अगाडी सब ठिक थियो ।
त्यसै राम्री मान्छे तिमी झनै श्रृगार गरिगरि
पाउजु त्यो बजाउनु अगाडी सब ठिक थियो ।
अपराध केही गरुँ गरुँ लागिरहेको छ
उस्ले गजल सुनाउनु अगाडी सब ठिक थियो ।
यादहरुको एटम बम बिस्फोटन गराएर
आतंक यो मच्चाउनु अगाडी सब ठिक थियो
आफ्नो नाम सँगै मेरो नाम 'राम' राखी
प्रेमपत्र पठाउनु अगाडी सब ठिक थियो ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
0 comments:
Post a Comment