Home » » नेपाली गजल प्रशिक्षण श्रृंखला दुर्इ (Episode 2) : आदरणिय अग्रज गजलकार शेखर अस्तित्व

नेपाली गजल प्रशिक्षण श्रृंखला दुर्इ (Episode 2) : आदरणिय अग्रज गजलकार शेखर अस्तित्व

NepaliTalim | 10:57:00 AM | 0 comments
नमस्कार,
Shekhar Astitwa
धेरै वर्ष देखी भारतको मुम्बइमा बसेर नेपाली गजलमा कलम चलाईरहनुभएका हाम्रा अति आदरणिय अग्रज गजलकार दाजु शेखर अस्तित्वको अनुमतिमा चिसापानी नेपाल ब्लगमा उहाँले फेसबुकमा सुरु गर्नुभएको गजल प्रशिक्षणको दोस्रो श्रृंखला यहाँ हरु सामु लिएर आएको छु । आशाछ उहाँले सुरु गनुएको यो गजल प्रशिक्षणले गजलमा भर्खर पाईला चाल्दै गर्नुभएका र गजल मनपराउनुहुने सबैलाई गजलको दिब्य दर्शन प्राप्त हुनेछ । यो अमुल्य प्रशिक्षणको लागि हामी उहाँ प्रति मुरि मुरि धन्यवाद ब्यक्त गर्दछौं र ईश्वर सँग प्रार्थना गर्दछौ उहाँको क्षत्र छायाँ हामीलाइृ सदैब प्रदान भईरहोस । 
Note : 
यो लेखमा सर्वाधिकार लेखकमा निहित रहनेछ । 
प्रशिक्षक अग्रज आदरणिय गजलकार शेखर अस्तित्व ।
स्रोत फेसबुक : Facebook - Shekhar Astitwa
.......................................................................................................
नेपाली गजल प्रशिक्षण श्रृंखला - २

प्रिय साथीहरू नमस्कार !
हेर्नुस न ! मेरो पनि बाध्यता छ ! कुरो के छ भने सिक्ने - सिकाउने कार्यलाई शाब्दिक रूपमा प्रशिक्षण भनिन्छ, त्यसैले यो श्रृंखलामा मैले प्रशिक्षण शब्दको उपयोग गरेको छु ! तर वास्तविकता के हो भने मैले सिकाए जस्तो फील गरेको छैन र तपाईले पनि यस्तो फील नगर्नुहोला ! किनभने हामी सबै गजलको विद्यार्थी हौं र हातेमालो गर्दै एक अर्काको प्रगतिको शुभ चिन्तक र साक्षी हौं ! सबै प्रकारको अहंकार त्यागेर नेपाली गजलको उत्थान गर्ने हाम्रो ध्येय, होम्रो लक्ष्य हुनुपर्छ ! 

यसै क्रममा मैले एउटा सिम्पल तर अति आवश्यक र वास्तविक कुरा जोड्ने अनुमति चाहन्छु ! त्यो कुरा के हो भने आउने समयमा तपाई हामी सबैजनाको पहिचान हाम्रो गजलले गर्दा मात्रै हुनेछ ! र त्यसको लागि गजलको वास्तविक सिद्धाँतको अनदेखि गर्नु हुँदैन ! आज हामिले अनजानमा अथवा अल्पज्ञान ले गर्दा आफ्नो गाँउ-घर, टोल र शहरमा ढुङ्गालाई देउता ठाने जस्तै आफ्नो बहुमत बनाएर अथवा बहुमतको पछि लागेर गजलको मूलभूत सिद्धाँतहरूको साथ छेड़-छाड़ गर्न सक्छौं ! तर सत्य कहिल्यै छोपिंदैन ! सूर्यलाई हत्कोलाले ढाँक्न मिल्दैन ! यो कुरा हामिले बुझ्नै पर्छ ! अन्यथा आउने भविष्यकाल मा हाम्रो फ्यूचरको गजलकार जेनरेशनले हाम्रो यो आत्मघाती कदमको समीक्षा गर्नेछ ! र त्यतिबेला त्यो पीढ़ीले समय सङ्ग आँखा जुधाउने साहस गर्न सक्ने छैन ! हाम्रो यो सानो भूलले गर्दा ! 

त्यसैले आउनुस ! हामी आ-आफ्नो "म" लाई तिलाँजति दिएर गजलको यस महायज्ञ तर्फ लागौं ! मेरो यो सानो प्रयास र तपाईको अमूल्य साथ यस महायज्ञ मा समिधाको कार्य गर्ने छ ! यहि विश्वास मनमा लिएर आजको यो दोस्रो अङ्कको सुरूवात गर्ने अनुमति चाहन्छु !

प्रिय साथीहरू ! गजल मुख्यत: गेय विधा हो ! गजलमा गेयता हुनैपर्छ ! र त्यसैले गजल एउटा विशेष छन्द, लय, वा मीटरमा हुनैपर्छ ! उपरोक्त ( छन्द, लय, मीटर ) भिन्न-भिन्न शब्द भएपनि सबैको अर्थ एउटै हुन्छ, यसैलाई अरबी / फारसी / उर्दू / हिन्दी गजलमा "बहर" भनिन्छ ! यो बहरको रचना विभिन्न शब्दहरूको समूह बाट हुन्छ ! जसलाई संस्कृतमा "गण" र अरबी / फारसी / उर्दू / हिन्दीमा "रूक्न" भनिन्छ ! 

रूक्न मुख्य रूपमा ८ प्रकारका हुन्छन् ! एउटा रूक्नलाई रूक्न र एकभन्दा बढी हुँदा अर्कान भनिन्छ ! अर्कान भनेको रूक्नको बहुवचन मात्रै हो भनेर बुझ्नुपर्छ ! अब मुख्य रूपमा बुझ्ने कुरा के हो भने यिनी अर्कान मात्रिक अथवा वर्णिक छन्दको मिलाजुला रूप भएर पनि मुख्य रूपमा गेयता को गुणमा आधारित हुन्छन् ! यसैले म प्रायजसो आफ्नो सबै प्रशिक्षण कार्यशाला हरूमा गेयतालाई प्रधान्य दिन्छु ! र यो नै सही कुरा हो ! अझ नेपाली गजलको विषयमा त यो कुरा अझै महत्वपूर्ण छ, किन भले वर्णिक वा मात्रिक छन्दले तपाईलाई एकछिनको लागि भ्रमित गर्न सक्छन !
 त्यो कसरा भन्दा उदाहरण हेर्नुस -
"किन" को उच्चारण नेपालीमा गर्दाखेरी "आमा" जत्तिकै वजन हुन्छ ! तर यदि मात्रिक रूपमा हेर्नुभयो भने लेख्दाखेरी "किन" (। । दुई लघु अथवा ह्रस्व) तथा आमा (ऽ ऽ दुई गुरू अथवा दीर्घ) हुन्छ ! त्यसैले विशेष गरेर "बहरबद्ध गजल" लेख्दाखेरी रूक्नहरूको उच्चारण को "वजन" को विशेष महत्व हुन्छ ! 
मैले अहिले सम्म भनेका सबै कुरा तपाईले बिर्से पनि एउटा मुख्य कुरा ध्यान राख्ने प्रार्थना गर्दैछु कि - [ बहरबद्ध गजल लेख्दाखेरी रूक्नहरूको उच्चारणको "वजन" को विशेष महत्व हुन्छ !
अब अन्तमा मैले मुख्य रूपमा प्रयुक्त हुने ८ रूक्नहरूको नाम दिंदैछु जो यस प्रकार छन् -

1 - फऊलुन् - फ + ऊ + लुन् ( । + ऽ + ऽ )
2 - फाइलुन् - फा + इ + लुन् ( ऽ + । + ऽ )
3 - मफाईलुन् - म + फा + ई + लुन् ( । + ऽ + ऽ + ऽ )
4 - मुस्तफ्इलुन् - मुस् + तफ् + इ + लुन् ( ऽ + ऽ + । + ऽ )
5 - फाइलातुन् - फा + इ + ला + तुन् ( ऽ + । + ऽ + ऽ )
6 - मुतफाइलुन् - मु + त + फा + इ + लुन् ( । + । + ऽ + । + ऽ )
7 - मफाइलतुन् - म + फा + इ + ल + तुन ( । + ऽ + । + । + ऽ )
8 - मफ्ऊलात् - मफ् + ऊ + ला + त् ( ऽ + ऽ + ऽ + । )

प्रिय साथीहरू ! यो त भयो रूक्नहरूको नाम र उनको वजन ! यिनी कुराहरूको विषयमा तपाईले विभिन्न स्रोतहरू बाट पनि अध्ययन गर्न सक्नुहुन्छ ! धेरैजना अग्रजहरूले यस विषयमा विस्तृत रूपमा लेख्नुभा'छ ! तर...तर...तर....
जसरी जति थ्योरी पढेपनि प्रैक्टिकलको महत्व आफ्नै ठाउँमा हुन्छ, त्यसरीनै यिनी रूक्नहरूको वजनका साथ यिनको उच्चारण कसरी गर्ने त्यो कुरा पढेर सजिलै थाहा हुन्न ! त्यसैको लागि प्रत्यक्ष प्रशिक्षणको बढी महत्व हुन्छ !

यस पछिको श्रृखलामा हामि रूक्नहरूको वजनसहितको सही उच्चारण तर्फ लाग्नै छौं ! हुन त म तपाईहरूको सामुन्ने प्रत्यक्ष उपस्थित छैन ! तैपनि मैले सजिलो तरीकाले उच्चारण सम्बन्धी कुरा राख्नेछु ! र जाँदा जाँदै यति भन्न चाहन्छु कि रूक्नहरूको उच्चारणमा गेयताको अथवा सांगितिकताको विशेष महत्व छ ! तर डराउने आवश्यकता छैन ! तदि तपाई गाउन सक्नुहुन्न तैपनि त्यो वजन सजिलै बुझ्न सक्नुहुन्छ ! गाउँदै नगाएर पनि वजन सहित शेरको वाचन गर्ने कला लाईनै (तहद्) मा गजल वाचन भनिन्छ ! र प्रायजसो सबै हिन्दी उर्दूका ठूल्ठूला मुशायरा हरूमा शायरहरू आफ्नो गजलको वाचन तहद् मा नै गर्छन् !

आज यति मात्रै ! जय गजल !!
धन्यवाद ।

Note :
All Copyright Reserved with Writer

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger