Home » » गजल-चलिरह्यो बार्तालाप आँखाबाटै (राम शरण श्रेष्ठ)

गजल-चलिरह्यो बार्तालाप आँखाबाटै (राम शरण श्रेष्ठ)

NepaliTalim | 9:42:00 AM | 0 comments
Ram
चुपचाप चुपचाप आँखाबाटै
चलिरह्यो बार्तालाप आँखाबाटै
..
उताबाट निरन्तर गरेर प्रहार
गरिदियो सखाप आँखाबाटै
..
यसरी गरेपछि जुलम म मा
मैले नि गरे पाप आँखाबाटै
..
थमार्इ गुलाब अनि धड्कनको
लिइएको थियो माप आँखाबाटै
..
मेरो हजुरले मलाई फसाउन
थाप्नुभयो धराप आँखाबाटै
..
यो रामले अब हजुर्लाइ अफ्नो
बनाउछ मैसाप आँखाबाटै
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
बाचन भएको
नयाँ बुलबुल new bulbul 51 
Yo sanjh Yo Subash 107
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger