![]() |
Ram Sharan Shrestha |
तिमी यता आउनु अगाडी सब ठिक थियो ।
आँखा ति झिम्क्याउनु अगाडी सब ठिक थियो । पहिलो पल्ट भेटघाट हुँदा खेरी स्वागतमा
फूलहरु बिछ्याउनु अगाडी सब ठिक थियो ।
त्यसै राम्री मान्छे तिमी झनै श्रृगार गरिगरि
पाउजु त्यो बजाउनु अगाडी सब ठिक थियो ।
अपराध केही गरुँ गरुँ लागिरहेको छ
उस्ले गजल सुनाउनु अगाडी सब ठिक थियो ।
यादहरुको एटम बम बिस्फोटन गराएर
आतंक यो मच्चाउनु अगाडी सब ठिक थियो
आफ्नो नाम सँगै मेरो नाम 'राम' राखी
प्रेमपत्र पठाउनु अगाडी सब ठिक थियो ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
बुधवारीय बुलबुलको श्रृंखला २५६ मा बाचन भएको
Listen Bulbul Episode 256 : Click Here
0 comments:
Post a Comment