Shekhar Astitwa |
नमस्कार,
धेरै वर्ष देखी भारतको मुम्बइमा बसेर नेपाली गजलमा कलम चलाईरहनुभएका हाम्रा अति आदरणिय अग्रज गजलकार दाजु शेखर अस्तित्वको अनुमतिमा चिसापानी नेपाल ब्लगमा उहाँले फेसबुकमा सुरु गर्नुभएको गजल प्रशिक्षणको चौथो श्रृंखला यहाँ हरु सामु लिएर आएको छु । आशाछ उहाँले सुरु गनुएको यो गजल प्रशिक्षणले गजलमा भर्खर पाईला चाल्दै गर्नुभएका र गजल मनपराउनुहुने सबैलाई गजलको दिब्य दर्शन प्राप्त हुनेछ । यो अमुल्य प्रशिक्षणको लागि हामी उहाँ प्रति मुरि मुरि धन्यवाद ब्यक्त गर्दछौं र ईश्वर सँग प्रार्थना गर्दछौ उहाँको क्षत्र छायाँ हामीलाइृ सदैब प्रदान भईरहोस ।
Note :
यो लेखमा सर्वाधिकार लेखकमा निहित रहनेछ ।
प्रशिक्षक अग्रज आदरणिय गजलकार शेखर अस्तित्व ।
स्रोत फेसबुक : Facebook - Shekhar Astitwa
.......................................................................................................
नेपाली गजल प्रशिक्षण श्रृंखला-४ (Tuesday, 23rd July 2014, 9.30Pm)
..............................
नेपाली गजल प्रशिक्षण श्रृंखला-४
...........................................................
...........................................................
प्रिय मित्रहरू नमस्कार !
तिमीलाई आँखाको नानी बनाएँ
यो जीवन विरहको कहानी बनाएँ
यो जीवन विरहको कहानी बनाएँ
जलाएर आफ्नै मुटु सम्झनामा
सबै स्वप्नलाई खरानी बनाएँ
सबै स्वप्नलाई खरानी बनाएँ
रुँदै सूर्य लाखौं उदाएँ नयनमा
हिजो रातलाई बिहानी बनाएँ
हिजो रातलाई बिहानी बनाएँ
प्रिय मित्रहरू !
यतिखेर हामी बहरबद्ध रूपमा गजल सिक्ने प्रयास गर्दै छौं ! र यस अन्तर्गत हिजो देखि हामिले "फऊलुन्" (। ऽ ऽ) रुक्न बाट निर्माण हुने बहरको अध्ययन गरिरहेका छौं !
प्रिय साथी ! उर्दू (अरबी/फारसी) बहर मुख्यत: उच्चारण को आधारमा हुन्छ्न् !
मैले अघिल्लो श्रृंखला मा पनि यो कुरा राखेको थिएँ कि उर्दू बहर मात्रिक र वर्णिक छन्दको मिश्रण हो तर यो वर्णिक छन्दको अलि नजिक हुन्छ ! त्यसैलए उर्हू बहरमा उच्चारणलाई ठूलो महत्व दिइएको पाइन्छ !
अर्को एउटा मुख्य कुरा के हो भने उर्दूको उच्चारण मा कतिपय शब्दहरूको दुई रूप देखिन्छ्न् !
जस्तो - (एक) लाई (इक)
(मेरा) लाई (मिरा)

यसरी नै "ए" "इ/ई" "उ/ऊ" र "ओ" अक्षरलाई लचिला अक्षर मानिन्छ ! यिनको ह्रस्व र दीर्घ दुवै रूपमा उच्चारण गर्न मिल्छ !
मैले आज राखेको उपरोक्त गजल लाई हेर्नुस् !
तिमीला / (ई) आँखा / (को) नानी / बनाएँ
(यो) जीवन् / विरहको / कहानी / बनाएँ
(यो) जीवन् / विरहको / कहानी / बनाएँ
यो मतला मा ऊला मिस्रा मा (ई आँखा) र (को नानी) अनि सानी मिस्रामा (यो जीवन्) आएको छ !
एक छिनको लागि तपाईलाई भ्रम हुन सक्छ कि (ई), (को) र (यो) को वजन त दुई हो, तर ध्यान संग हेर्नुस् ! उच्चारण गर्दा यी अक्षरहरू (ई) र (ओ) ध्वनि दिन्छन् ! यो लचिला अक्षर भित्र परेको हुनाले यहाँ यिनी दुवै अक्षरको वजन (।) हो !

त्यस्तै-
जला(ए) / र आफ्नै / मु(टु) सम् / झनामा
सबै स्वप् / नलाई / खरानी / बनाएँ
सबै स्वप् / नलाई / खरानी / बनाएँ
यो शेर को ऊला मिस्रामा (ए) र (टु) आएका छन् ! र ह्रस्व भएर पनि "ए" र "उ" को ध्वनि हुनाले यिनी यो ठाउँमा "दीर्घ" को स्थानमा छन् ! किन भने यी लचिला शब्द हुन !
अब तपाईले यो गजलको उच्चारण गरेर हेर्नुस ! तपाईलाई थाहा पनि हुने छैन ! कतै अड्किए जस्तो पनि लाग्नै छैन उच्चारण गर्दा ! यो नै यस्ता लचिला शब्दहरूको खूबसूरती हो !
हिजो को होमवर्क मा मैले जानेर तपाईहरू लाई त्यो मिस्रा दिएको थिएँ -
"मेरो मन् / मु(टु)मा / छ नेपा / ल मेरो"
खै ! हेरौं त ! तपाईहरूले के कस्तो गजल लेखेर ल्याउनु भएको छ ?
Note :
All Copyright Reserved with Writer
0 comments:
Post a Comment