Home » , » गजल- जरुर उसका अाखाँ खजानामा हुन सक्छ, (शारदा खड्का)- 02-04-2017

गजल- जरुर उसका अाखाँ खजानामा हुन सक्छ, (शारदा खड्का)- 02-04-2017

NepaliTalim | 3:46:00 PM | 0 comments

जरुर उसका अाखाँ खजानामा हुन सक्छ,
मान्छे न हाे बग्रेल्ती चाहनामा हुन सक्छ।

लुटेरा अनेक रुपमा गाउँ पस्लान हाेसियार,
चाहे समाजसेवा गर्ने बहानामा हुन सक्छ।

कसले गर्याे उसकाे हत्या कसैले बताएन,
अाशा गराैँ इतिहासकाे पानामा हुन सक्छ।

हर कुराकाे बिराेध गर्छ क्रान्तिकारी मान्छे,
तिमि यता खाेज्छाै उता धर्नामा हुन सक्छ।

किन हेरिरहन्छ ऊ मुस्कुराउदै मलाई,
यो  प्रस्नकाे जवाफ एेनामा हुन सक्छ।
(शारदा खड्का)

Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger