Home » » नानू मगरका (७) सात केस्राहरू -31-08-2015

नानू मगरका (७) सात केस्राहरू -31-08-2015

NepaliTalim | 4:26:00 PM | 0 comments
नानू मगर
केस्रा(१)
मातृभूमि
रगतले  मातृभूमी  धुने  होला
अनि बग्ला यहाँ रगतको खोला 

आँसुमा राख्यौ नेपाल आमालाई
माग्दै छिन् शान्ति थापेरै रित्तो झोला

चिन्ता लाग्छ नेपाल के हुने होला
रोएरै बित्ने भो दुई दिने चोला!!
नानू मगर
किचनास ८ स्याङ्जा
हाल कुवेत 

केस्रा (२)
सरकार
अशान्ति ल्याई के पायौ सरकार
किन हुन्छ खै झगडा बार बार

भाइ भाइमा लडाई चलाउदै
भएको छ सडकमा काट मार

अत्ति भयो  केही  गर  सरकार
नदेउ मातृभूमि आँशुको भार!!
नानू मगर
किचनास ८ स्याङ्जा
हाल कुवेत 

केस्रा(३)
शोक
मेरो नेपाल डुबेको छ शोकमा
पिएछ रगत  थरुले  भोकमा

टुक्राउन लागेछ सिंगो नेपाल
मारे सपूत नि रिसको झोकमा

हाँसदै छ नेता नि पर्दा शोकमा
उडायो देशलाई गर्दै जोकमा!!
नानू मगर
किचनास ८ स्याङ्जा
हाल कुवेत 

केस्रा(४)
हामी नेपाली
एउटै हौ हिमाल देखि तराई
एकता हुनु छ नहुनु पराई

हिंसा हत्य मात्रै भयो जता ततै
बाच्नु पर्यो सधै डराई डराई

नेपाली हौ सबै हिमाल तराई
के पायौ निर्दोसको हत्या गराई!!
नानू मगर
किचनास ८ स्याङ्जा
हाल कुवेत 

केस्रा(५)
बिभाजन
सिंगो देश खण्डिकरण गरेर
टुक्रा टुक्रा पार्न लागि नै परेर

के गर्दै होला खै यो सरकारले
नेपालीको शिर गै गयो झरेर

बन्दैन देश  हत्य  हिंसा  गरेर
के बन्ला नेपाल युवा नै  मरेर!!
नानू मगर
किचनास ८ स्याङ्जा
हाल कुवेत 

केस्रा(६)
आग्रह
जन्म दिनु मेरी आमा फेरि बुद्ध
रोकिने छ तब हिंसा अनि युद्ध

दिलाउने छौ हामीले खुसी फेरि 
छोडौ है लड्न भाइ भाइ बिरुद्ध

शान्ति ल्याउनु  हे भगवान  बुद्ध
अनि हुने छ यो  मातृभूमि  शुद्ध!!
नानू मगर
किचनास ८ स्याङ्जा
हाल कुवेत 

केस्रा(७)
म हुँ नेपाली
गर्भको साथ भन्छु म हुँ नेपाली
झुक्ने छैन हामी महान गोर्खाली

उठाउने छौ शहिदको  निसानी
फेरि जाग्ने छ भएर शक्ति शाली

जात खोजेमा थर  भन्छु  नेपाली
गर्भ लाग्छ मलाई हुदा स्याङ्जाली!!
नानू मगर
किचनास ८ स्याङ्जा
हाल कुवेत 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger