Home » » नानू मगर ५ पाँच मुक्तकहरू -31-08-2015

नानू मगर ५ पाँच मुक्तकहरू -31-08-2015

NepaliTalim | 4:35:00 PM | 0 comments
नानू मगर
१, मुक्तक
म मरेको पल हाँसी हाँसी खुसी मनाउ तिमी।
खवर पाएछौ भने पुत्ला बनाइ जलाउ  तिमी।
जोर संख बजाउदै मलाई मसान घाट लैजादा।
तिम्रो घरमा शुभकार्यको नौ'मती बजाउ तिमी।
नानू मगर
किचनास ८ स्याङ्जा 
हाल कुवेत 

२,मुक्तक
धन कमाउछु भन्दै परदेश आए कमाउन सकिन।
धेरै भयो परदेश आको तर यहाँ रमाउन  सकिन।
बाबा आमा भाई बहिनी मेरै बाटो हेरि रुनु हुन्छ रे।
दुधको भारा तिरि आमालाई खुसी बनाउन सकिन।
नानू मगर
किचनास ८ स्याङ्जा 
हाल कुवेत 

३,मुक्तक
हिड्दा हिड्दै बाटैमा लडेको मान्छे म।
अोईलिएरै डाली बाट झरेको मान्छे म।
जलाउ कति जलाउछौ जल्न तयार छु।
तिम्रै बचनको रापमा जलेको मान्छे म।
नानू मगर
किचनास ८ स्याङ्जा 
हाल कुवेत 

४,मुक्तक
जिन्दगीमा बाच्ने आशाहरु मरे पछि।
स्वप्न हरु फूल झै अोईलिएर झरे पछि।
के नै अर्थ रहेछ र साथी जिउँनुको यहाँ।
जीवन दुई किनराको भुमरीमा परे पछि।
नानू मगर
किचनास ८ स्याङ्जा 
हाल कुवेत 

५,मुक्तक
दुई मुटू एक धड्क भन्थे किन यस्तो भयो।
दोबाटो मै छुट्नु पर्ने पिरति खै कस्तो भयो।
जिउला प्यारी संगै मर्छु संगै भुन्थ्यौ प्यारा।
छुटिए पछि नभेटिने मुनामदन जस्तो भयो।
नानू मगर
किचनास ८ स्याङ्जा 
हाल कुवेत 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger