Home » » गजल सिद्धान्तहरु

गजल सिद्धान्तहरु

NepaliTalim | 2:49:00 PM | 0 comments

गजल सिद्धान्तहरु

गजल सिद्धान्तहरु
नेपालका प्रथम गजलकारहरु मोतिराम भट्ट र शम्भु प्रसाद ढुङ्गेल लाई हार्दिक श्रद्दन्जलि ब्यक्त गर्दछु ।
बर्तमान विश्व साहित्यमा लोकप्रियताको सिखर चढ्न सफल गजल विधा आफैमा एक उत्कृष्ट साहित्य विधा हो । गजल अरविमा जन्मिएर उर्दु फारसिमा विकास विस्तार र उत्कृष्टता हाँसिल गरेको गेय विधा हो ।
गजल फारसि सब्द हो जसको अर्थ हुन्छ प्रेमिका संग कुराकानी वा प्रणय वार्ता तर ब्यवहारमा धेरै अगाडि देखिनै प्रेमि वा प्रेमिकासंगको वार्तामा मात्र सिमित छैन ।गजल लेख्न सामान्यतया काफिया, रदिफ, मतला, शेर आदिको जानकारि हुनु आवस्यक छ । जसको एक पंत्ति लाई “मिसरा” भनिन्छ । दुई ओटा मिसरा मिलेर एक सेर बन्छ । सेरको माथिल्लो पंत्तिलाई “मिसरा ए उला” र तल्लो पंत्ति लाई “मिसरा ए सानि” भनिन्छ । जसको दुबै सेरहरु अनुप्रास युत्त हुन्छन् । गजलमा एक भन्दा वढि मत्लाको प्रयोग हुनसक्छ यस्तो गजलमा प्रथम मत्लालाई “मत्ला ए उला” र त्यसपछिको लाई “मत्ला ए सानि” भनिन्न । त्यसपछिका शेरहरुमा “मिसरा ए उला” स्वतन्त्र हुन्छ भने तल्लो मिसरा मत्लाका मिसराहरमा अनुप्रास युक्त हुन्छन् ।गजलका सबैभन्दा महत्वपूर्ण २ तत्वहरु हुन् “रदिफ” र “काफिया” ।। “रदिफ” मत्लाका दुबै मिसराका अन्तिम र शेरको अन्तिम शब्द हो । “काफिया” रदिफको पूर्ववर्ति अनुप्रासयुक्त शब्द हो ।
उदाहरण
पछि पछि सारा विश्व आउनुको के अर्थ ।।
तिमी छैनौ त सारा खुसि पाउनुको के अर्थ ।।
यहाँ रदिफ — के अर्थ हो भने
काफिया — आउनुको, पाउनुको हो
माथिको २ लाईन लाई शेर भनिन्छ ।
यो गजलको पहिलो शेर भएकोले यसलाई मतला भनिन्छ जसमा दुबै लाईनमा काफियाको प्रयोग भएको छ
यस्तै,
काफिया एउटै गजलका शेरहरुमा कहिल्यै पनि दोहोरिनु हुँदैन भन्नुको मतलब एउटै काफिया अर्को शेरमा प्रयोग गर्नु हुदैन । जस्तै, नगाउ, नपाउ, नजाउ जस्ता शब्दहरु काफियाको रुपमा प्रयोग गर्दा अन्य शब्दहरु बनाउ, उठाउ जस्ता “ आउ ” स्वर आउने शब्दहरु प्रयोग हुनु पर्छ देउ, लेउ जस्ता पछाडि “उ” मात्र आउने शब्द प्रयोग हुनु हँुदैन । गजलमा गजलकारको अभिब्यक्ति कौशलको विशिष्टतालाई “अन्दाजेबयाँ” भनिन्छ भने “अन्दाजेवयाँ” को सवालमा गजलको शैली प्रतिक र भावले प्रकट गर्दछ ।
त्यस्तै, गजलको अन्तीम शेरलाई “मक्ता” भनिन्छ जसको अर्थ अन्त्य हुनु हो ।

१. काफिया :
काफियालाई गजलको मुटु भनिन्छ । काफिया प्रयोगमा गजलकार जति सशक्त छ गजल त्यतिनै उत्कृष्ट हुन्छ । काफिया भनेको गजलको थालनि देखि अन्त्य सम्म आउने विन्यास हो । गजलमा एउटै काफिया दुई ठाउँमै आउनु हुँदैन । त्यस्तै पुग्छ संग आएको फुट्छ र माग्ने संग आएको चाख्ने ले पूर्ण काफियाको भूमिका निर्वाह गर्न सक्दैन । मुख र दुःख उच्चारण मुख हुनसक्छ तर दुख् हुन सक्दैन जुनबेला काफिया दोस देखापर्छ ।। सहि र सान्दर्भिक काफियाको प्रयोग गर्न सक्ने खुबिनै गजलकारको विशिष्ट चिनारी हो ।।
उदाहरण,
मुटु तिमीले चोरेर लिएपछी बेचैन छु ।।
ज्यान तिम्रो मुठ्ठिमा दिएपछी बेचैन छु ।।
यहाँ,
काफिया — लिएपछी, दिएपछी हो भने
रदिफ — बेचैन छु हो ।

२. रदिफ:
रदिफ गजलको अनिवार्य तत्व हो । प्रत्येक काफियाको पछि आउने र सुरुदेखि अन्त्य सम्म आईरहने शब्द वा पदावलिनाई रदिफ भनिन्छ । यो नभएको गजल असफल चाहिं हुँदैन तर रदिफ नभएका गजल रदिफ भएका गजलको तुलनामा कम गेय हुन्छ । रदिफ प्रयोगमा गजलकारले सचेत हुनुपर्ने भनेको नै भावअनुकुल उहि शब्दको आवृतिमा हो ।।

३. मतला
:मतला को अर्थ प्रारम्भ र सुरुवात हो । मतला भनेको गजलको प्ररम्भ हो अर्थात गजलको प्रथम सेर वा पहिला दुई हरफलाई मतला भनिन्छ अर्थात दुबैमा काफियाको प्रयोग भएको गजलको पहिलो शेरनै मतला हो ।
उदाहरण,
एक पल्ट प्रेम नसा, पिएरत हेर्नुस ।।
मस्त प्रेम आनान्दमा, जिएरत हेर्नुस ।।

प्रस्ताव यो प्रेमको, राखेकोछु हजुरलाई
सुरुवात मा रोतो गूलाफ, लिएरत हेर्नुस ।।

जिन्दगीमा प्रेम भन्दा, ठुलो कुरा केहि छैन
एक मुस्कान यता तिर, दिएरत हेर्नुस ।।

जीन्दगीको अर्को नाम, दुःख र सुःख हो
घाउ भए पुरानो, सिएरत हेर्नुस ।।
नोट ः
लेखक ः राम शरण श्रेष्ठ
माथिको गजलमा मतला भनेको
...............................
एक पल्ट प्रेम नसा, पिएरत हेर्नुस ।।
मस्त प्रेम आनान्दमा, जिएरत हेर्नुस ।
यहाँ
मिसरा ए उला — एक पल्ट प्रेम नसा, पिएरत हेर्नुस ।।
मिसरा ए सानी — मस्त प्रेम आनान्दमा, जिएरत हेर्नुस ।।
र दुबै लाईनलाई मिलाए पछि एउटा शेर बन्छ ।।

४. मक्ता :
अरबिमा समापन अर्थात समाप्तीलाई मक्ता भनिन्छ । गजलका सन्दर्भमा मक्ता भन्नेविक्तिकै गजलको समाप्तीको शेर भन्ने सम्झनुपर्दछ । कतिपय लेखकले जुन शेरमा तखल्लुस प्रयोग भएको छ त्यसलाई मात्र मक्ता भनेको पाईन्छ । याहाँ मक्ता भनेको अन्य हुनु हो चाहे तखल्लुस होस या नहोस ।। तखल्लुस भन्नाले गजलकारले आफ्नो नाम गजलको अन्तिम सेरमा सन्दर्भ भिलाएर प्रयोग गरेका हुन्छन , त्यसैलाई जनाउँछ । अन्तिम शेरमा गजलकारले आफ्नो नाम प्रयोग गर्दछ भने त्यसैलाई तखल्लुस भनिन्छ ।।

५. बहर:
गजलमा प्रयोग हुने फारसि वा उर्दु शास्त्रिय लयलाई बहर भनिन्छ अर्थात गजलमा प्रयोग हुने लय बिधालाई नै बहर हो । गजल लय विहिन हुन सक्दैन.. चाहे त्यो परम्परिक, सैदान्तिक होस वा स्वनिर्मित लय होस । गजल गेय विधा हो त्यसैले यसका लागि लय अनिवार्य हुन्छ । लय, छन्द वा वहर सबैले रचना भित्रको संगित चेतनालाई संकेत गर्दछ ।

६. मिसरा:
शेरका हरेक पंत्तिलाई मिसरा भनिन्छ । मिसराको उचित समायोजनमा एउटा पूर्ण शेर बन्छ । गजलमा समेटिने भिन्न खालका भावनालाई मिसराहरुले उचित समायोजन गरेका हुन्छन् । यो २ प्रकारको हुन्छ हरेक शेरको पहिलो हरफलाई “मिसरा ए उला” र तल्लो वा दोस्रो हरफलाई “मिसरा ए सानी” भनिन्छ ।

७. शेर:
अरबि भाषामा “शेर” भनेको कपाल हो । यद्यपि गजलको सन्दर्भमा शेर भनेको गजलका दुई हरफलाई बुझाउँछ । गजल यिनै शेरहरुको सयुक्त रुप हो । गजलमा यतिकै शेर हुनुपर्छ भन्नेत छैन तर न्यूनतम ३ देखि माथि २२ शेर सम्मका गजल रचना भएको पाईएतापनि ५ शेरको गजल उत्कृष्ट मानिन्छ ।।
तयार पार्ने,
राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स, बडा नं. ६, रामेछाप 
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger