Home » » BULBUL : EPISODE 137 (नयाँ वर्ष २०६९ विशेष)

BULBUL : EPISODE 137 (नयाँ वर्ष २०६९ विशेष)

NepaliTalim | 12:19:00 PM | 0 comments
RADIO UJYALO 90MHZ PRESENTS
NEW YEAR 2069 SPECIAL BULBUL EPISODE - 137
(11-April-2012/ 29-12--2068)


 (आजको बुलबुल नयाँ वर्ष २०६९ विशेष रहनेछ
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! 
 
आज मिति 2068 चैत्र महिनाको 29  गते बुधवार तदनुसार April 11th, 2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे आज  बुलबुलको 137  भाग लिएर (BULBUL EPISODE - 137,  11th, April 2012) 
नयाँ वर्ष २०६९ विशेष बुलबुल लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

  
नयाँ वर्ष २०६९ सालको सुषद उपलक्षमा सम्पूर्ण नेपाली दाजुभाईहरुमा चिसापानी नेपाल ब्लग तथा बुलबुल परिवार  उक्तरोत्तर प्रगति, शुख शान्ति र सबृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
(राम शरण श्रेष्ठ, चिसापानी–६, रामेछाप )


Listen Bulbul

Download Link : Click Here to Download Bulbul Episode 137 ( New Year 2069 Special)

यो श्रृंखलाबा बाचन भएको मेरो गजल 9.12 minute ma
शुख शान्ति घर घरमा, आओस नयाँ सालमा ।।
चिताएको कुरा सबैले, पाओस नयाँ सालमा ।।

भोकै कोही बस्नु नपरोस, परिश्रम गर्दापनि
भकारी दिनदिनै भरिँदै, जाओस नयाँ सालमा ।।

जन जनका ईक्छा, हितकारी नयाँ संबिधान
मिलेर सबै दलहरु, बनाओस नयाँ सालमा ।।

कानुन मजबुत बनाएर, शान्ति शुरक्षा सरकारले
जनमुखी राहत पनि, ल्याओस नयाँ सालमा ।।

उत्तरोत्तर प्रगति र, सबको ईक्छा पुरा भई
देशैभरि खुसियाली, छाओस नयाँ सालमा ।।
राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स
बडा नं. ६, रामेछाप
April 2012
Share this article :

0 comments:

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger