Home » » नयाँ वर्ष विशेष गजल

नयाँ वर्ष विशेष गजल

NepaliTalim | 12:45:00 PM | 1comments
 शुख शान्ति घर घरमा, आओस नयाँ सालमा ।।
चिताएको कुरा सबैले, पाओस नयाँ सालमा ।।

भोकै कोही बस्नु नपरोस, परिश्रम गर्दापनि
भकारी दिनदिनै भरिँदै, जाओस नयाँ सालमा ।।

जन जनका ईक्छा, हितकारी नयाँ संबिधान
मिलेर सबै दलहरु, बनाओस नयाँ सालमा ।।

कानुन मजबुत बनाएर, शान्ति शुरक्षा सरकारले
जनमुखी राहत पनि, ल्याओस नयाँ सालमा ।।

उत्तरोत्तर प्रगति र, सबको ईक्छा पुरा भई
देशैभरि खुसियाली, छाओस नयाँ सालमा ।।



नयाँ बर्ष 2069 सालको उपलक्षमा सम्पूर्ण साथीहरुलाई सुख सान्ति र संवृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना
Share this article :

1 comments:

KARMA said...

Same to you..............
हरेक प्रभातसंग उदाउने नया दिन नया आशा नया उत्साह र नया उमंग लिएर आउन !
निरन्तर सफलताले ती पाइलाहरु चुमिरहन मेरा यी कामनाहरु हिम्मत, अठोट र आत्मविश्वासका नयाँ संचार बनुन !!
नववर्ष २०६९ को हार्दिक मंगलमय शुभकामना !!!

Followers

 
Support : Chisapani Nepal Blog | Unicode Converter | Blog Author-Ram Sharan Shrestha
Copyright © 2011. Chisapani Nepal चिसापानी नेपाल - All Rights Reserved
Template Modify by Gaurab Shrestha
Proudly powered by Blogger